फुटबलको हितमा ४८ देशः इन्फान्टिनो

  • Get News Alerts

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पैसा कमाउने र थप शक्तिशाली बन्ने उद्धेश्यबाट प्रेरित भएर विश्वकप फुटबलमा ४८ देश सहभागी गराउन लागेको आरोपको खण्डन गरेका छन्। र, उनले फुटबलको हितलाई सर्वोपरी ठानेर नै यो कदम उठाएको बताएका छन्।

मंगलबार ज्युरिचमा बसेको फिफा कार्यसमितिको बैठकमा सन् २०१६ देखि विश्वकपमा ४८ देश हुने नयाँ नियम अनुमोदन भएको थियो। निर्णयको विरोधमा अभियान चलाउदै आइरहेको न्यु फिफा समूहले नवनियुक्त अध्यक्ष इन्फान्टिनोले पैसा कमाउने र थप बलियो बन्ने उद्धेश्यबाट प्रेरित भएर निर्णय लागू गराएको आरोप लगाएको थियो।

‘यसको उल्टो फुटबलको पक्षमा निर्णय भएको छ,’ उनले बिबिसीलाई प्रतिक्रिया दिने क्रममा भने। उनले आर्थिक हिसाबले पनि यो निर्णय गर्न उपयुक्त देखिएको बताए। ‘हामीहरू सहज स्थितिमा छौ, फुटबलको हितका लागि यो निर्णय गर्न,’ उनले भने। फिफाको एउटा अनुसन्धानले ३२ देशलाई बढाएर ४८ देश गर्दा आम्दानीमा पनि बढोत्तरी हुने देखाएको छ। ४८ देश हुँदा ५ दशमलव २९ बिलियन पाउन्ड कमाई हुने आशा गरिएको छ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी