महिला भलिबलमा न्यु डायमन्डको एकल अग्रता

  • Get News Alerts

१२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा न्यु डायमन्ड एकेडेमीले एकल अग्रता बनाएको छ। बालाजु नयाँ बस पार्कस्थित नवनिर्मित कोटमा बुधबार सम्पन्न खेलमा रामेछापको चन्डेश्वरी युवा क्लवलाई तीन सेटको सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले एकल अग्रता बनाएको हो।

चन्डेश्वरीलाई २५–९, २५–११ र २५–८ को सोझो सेटमा पराजित गरेको न्यु डायमन्डले ५ खेलबाट १५ अंक जोड्न सफल भएको छ। बुधबार नै सम्पन्न अन्य खेलमा रिड मोडल कलेज र नेपाल पुलिसले पनि सफलता हात पारेका छन्। स्वयम्भू ठूलो भर्‍याङस्थित रिड मोडल कलेजले नैकापको न्यु डायमन्ड स्पोर्ट्स क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्यो।

भारतीय राष्ट्रिय खेलाडीको बर्चश्व रहेको रिड मोडलले न्यु डायमन्ड स्पोर्ट्स क्लवलाई २५–१४, २५–६ र २६–१२ को सेटमा पराजित गर्दै ३ अंक जोड्न सफल भएको छ।

त्यसैगरी बुधबार भएको अन्तिम खेलमा नेपाल पुलिसले पश्चिमाञ्चल क्षेत्री भलिबल संघलाई ३–१ को सेटमा पराजित गरेको छ। प्रतियोगितामा अहिलेसम्म ४ खेल खेलेको सशस्त्र प्रहरीको एपीएफ क्लव चारै खेलमा अपराजित रहँदै १२ अंकका साथ दोस्रो स्थान ओगट्न सफल भयो।

त्यस्तै तेस्रो स्थानमा नेपाल आर्मीले ४ खेलबाट १२ अंक जोडेको छ भने अर्को विभागीय टोली नेपाल पुलिसले ६ खेलबाट १२ अंक जोड्न सफल भएको छ।

त्यसैगरी आयोजक ढोरपाटन स्पोर्टस् क्लवले ५ खेलबाट ८ अंक जोडेको छ। रामेछापको चन्डेश्वरी युवा क्लवले ६ खेलबाट ७ अंक नै जोडेको छ।

पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले ३ खेलबाट ३ अंक नै जोड्न सफल भएको छ भने बिजेश्वरी ज्ञान मन्दिर र न्यु डायमन्ड स्पोर्टस् क्लवले खाता खोल्न सकेका छैनन्।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी