ओलम्पियन फुपु २५ हजारबाट पुरस्कृत

  • Get News Alerts

नेपाल जुडो संघले रियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै महिला ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी जुडो खेलाडी फुपुल्हामु खत्रीलाई पुरस्कृत गरेको छ।

यो तौल समूहमा एक बाउट पूरा समय (४ मिनेट) टिकेर खेलेकोमा फुपुलाई नगद २५ हजार रुपैयाँबाट पुरस्कृत गरिएको हो। जुडो संघले ओलम्पिकमा एक बाउट पूरा समय टिकेको खण्डमा २५ हजार रुपैयाँबाट पुरस्कृत गर्ने निर्णय गरेको थियो।

ओलम्पिकको जुडोमा पूरा समय टिकेर खेल्ने फुपु पहिलो नेपाली जुडो खेलाडी हुन्। फुपुले क्युबाकी इस्पिनोसासँग पूरै अवधि टिकेर खेलेकी थिइन्। ओलम्पिकमा सहभागी हुने फुपु चौथो नेपाली जुडो खेलाडी हुन्।

फुपुअघि ऋषिराम प्रधान, गंगाबहादुर डंगोल र देबु थापाले ओलम्पिकको विभिन्न संस्करणमा सहभागिता जनाएका थिए। रियो ओलम्पिकमा देबु प्रशिक्षकका रुपमा सहभागी थिइन्। देबुलाई १० हजार नगदबाट पुरस्कृत गरियो।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले फुपुलाई उक्त रकम बराबरको चेक मंगलबार एक कार्यक्रमबीच हस्तान्तरण गरे। सोही अवसरमा भारतको केरलामा गत सेप्टेम्बरमा भएको १० औं एसियाली क्याडेट तथा १७ औं एसियाली जुनियर जुडो प्रतियोगितामा पदक जित्ने दुई महिला खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पनि पुरस्कृत गरियो।

पुरस्कृत हुने खेलाडीमा फुपुसहित मनीता प्रधान श्रेष्ठ छन्। फुपुले जुनियर ६३ केजीमुनि तथा मनीताले क्याडेटतर्फ ५७ केजीमुनि कास्य जितेका थिए। दुवैलाई समान १०–१० हजार नगद प्रदान गरियो।

प्रशिक्षक रमेश मगर र देवीका खड्का ४–४ हजार तथा व्यवस्थापक धर्मरत्न पाछै र गायत्री बस्नेत ३–३ हजारबाट पुरस्कृत भए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी