दोस्रो रुस्लान कपमा पुलिस र आर्मीको बिस्फोटक सुरुवात

  • Get News Alerts

दोस्रो रुस्लान कपमा नेपाल पुलिस र आर्मीको टिमले विजयी सुरुवात गरेको छ। मंगलबारदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताअन्तर्गत पहिलो खेलमा पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई ८१ रनले पराजित गर्यो। यस्तै, दोस्रो खेलमा त्रिभुवन आर्मीले न्यु राइजिङ स्टारलाई ९ विकेटले पराजित गर्यो।

पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसका लागि सुनिल धमलाले २ छक्का र ३ चौकाको सहयोगले ५४ रन बनाउदै टोलीका लागि उत्कृष्ट सुरुवात गरेका थिए। पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो। म्यान अफ दि म्याच घोषित धमलाले ५४ बलमा अर्धसतक पुरा गरेका थिए।

प्रत्युत्तरमा हिमालयनका लागि प्रारम्भिक ब्याट्सम्यान भूपेन्द्र थापाले ३ छक्का र ८ चौकाको सहयोगले ५९ बलमा बिस्फोटक ७३ रन बनाएका थिए। उनले ३५ बलमै अर्धसतक पुरा गरेका थिए। तर, उनलाई अर्को इन्डबाट सहयोग गर्ने ब्याट्सम्यानको कमी देखिएपछि १९ दशमलव ४ ओभरमा १ सय २ रन बनाउदै हिमालयनले सबै विकेट गुमायो। भूपेन्द्रलाई टोलीको योगफल १ सय १ रन हुँदा दीपेन्द्र ऐरीले रनआउट गराएका थिए। उनीबाहेक अन्य कुनै व्याट्सम्यानले दोहोरो अंकको योगफल बनाउन सकेनन्।

हिमालयनको इनिङ खुम्च्याउन आरिफ शेख र प्रेम तामाङले ३–३ विकेट लिए। पुलिसको इनिङमा मध्यक्रममा कुशल भूर्तेलले अविजित ३३ रन बनाए। यसअघि सुनिलसँग पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्ने क्रममा अर्का प्रारम्भिक ब्याट्सम्यान दीलिप नाथले २६ रन बनाए। यस्तै, जितेन्द्र मुखियाले न्यु राइजिङको ४ महत्वपूर्ण विकेट लिएपछि आर्मीले पुरै खेल आफ्नो नियन्त्रणमा राख्यो।

टस जितेर पहिलो ब्याटिङ गर्न उत्रिएको न्यु राइजिङका लागि कसैले पनि प्रभावशाली ब्याटिङ गर्न सकेनन्। माथिल्लो तीन विकेट २९ रनमा गुमाएपछि न्यु राइजिङ उठ्न सकेन्। मुखियाले माथिल्लो क्रमको तीनवटा विकेट लिएका थिए। कप्तान तथा विकेटकिपर सुशान्त सिंह थापा र रवीन्द्रजंग शाहीले १८–१८ रन बनाएपछि न्यु राइजिङले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनायो।

प्रत्युत्तरमा सागर पुनले अविजित ३९, महेश क्षेत्रीले २४ र नरेश बुढाएरले अविजित १८ रन बनाएपछि आर्मीले ११ दशमलव १ ओभरमा विजयी लक्ष्य १ विकेटको क्षतिमा प्राप्त गरेको थियो। दोस्रो खेलको म्यान अफ दि म्याच सागर पुन भए। उनले बलिङतर्फ पनि ३ विकेट लिएका थिए।

बुधबारको खेल
रुस्लान केसिटिसीविरुद्ध क्यानन क्रिकेट क्लब
खहरी क्रिकेट क्लब (धादिङ)विरुद्ध रोयल पिसी फाइटर

 

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी