सौरभ गांगुलीलाई धम्की

  • Get News Alerts

भारतका पूर्व टेस्ट कप्तान सौरभ गांगुलीलाई अनजान व्यक्तिले पठाएको धम्की पत्र प्राप्त भएको छ। कोलकाताको मेदनीपुरस्थित विश्वविद्यालयको एउटा कार्यक्रममा भाग लिन नजान गांगुलीलाई धम्कीपूर्ण पत्र प्राप्त भएको हो। धम्की दिने व्यक्तिको हालसम्म जानकारी प्राप्त हुन सकेको छैन।

गांगुलीले ७ जनवरीमा आफूलाई यस्तो पत्र आएको खुलासा गरेका हुन्। उनले विद्यासागर विश्वविद्यालयको कार्यक्रममा नजान आफूलाई धम्की आएको र यस विषयमा प्रहरी र आयोजकलाई सूचित गरिसकेको बताए। जिल्ला खेलकुद संघ र विश्वविद्यालयको संयुक्त आयोजनामा १९ जनवरीमा हुने कार्यक्रममा गांगुलीलाई विशेष निमन्त्रणा गरिएको थियो।

उनले कार्यक्रममा भाग लिने वा नलिने केही खुलासा गरेका छैनन्। गांगुली हाल बंगाल क्रिकेट संघका अध्यक्ष हुन्। ‘यो कार्यक्रम लाइभ हुनेछ। त्यही दिन सबैलाई थाहा हुनेछ, म उपस्थित हुन्छु कि हुन्न भन्ने,’ गांगुलीले भने।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी