गैर खेलाडीलाई क्रिकेट टिममा छनोट गरिएकोमा छानबिन हुने

  • Get News Alerts

पछिल्लो समय क्रिकेट र फुटबलमा भएको अनिमियतता र गैरजिम्मेवारीको छानविन गर्न गठन गरेको समितिले सम्बन्धित निकायलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पत्रचार गर्ने निर्णय गरेको छ।

राखेपका सदस्य रहेका समितिका संयोजक देवकुमार अधिकारी (बद्री) को अध्यक्षतामा सोमबार बसेको समितिको पहिलो बैठकले यो निर्णय गरेको हो।

पुस पहिलो साता परिषद्ले अधिकारीको संयोजकत्वमा राखेपअन्तर्गत प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेत, खेलकुद विकास विभाग प्रमुख कुलबहादुर थापा, संघ संस्था समन्वय शाखा प्रमुख डेमबहादुर बस्नेत र राखेपका कानून विज्ञ धनबहादुर श्रेष्ठ सदस्य रहने गरी ५ सदस्यीय छानविन समिति गठन गरेको थियो।

पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्नु परेकाले काम अगाडि बढाउन ढिलाई भएको र अब तीव्र गतिमा छानविन प्रकृया अगाडि बढाउने समितिले जनाएको छ। समितिले जनाए अनुसार १ महिनाभित्र प्रतिवेदन बुझाइनेछ।

२०७३ असोज २० देखि हङ्गगकङ्गमा भएको एक महिने प्रशिक्षण तथा महिला विश्व कप छनोट प्रतियोगिताका लागि नेपाली खेलाडी छनोट गर्ने क्रममा क्यानका प्रशासन प्रमुख छुम्बि लामा, टोली प्रशिक्षक जगत टमाटा र टिम ब्यवस्थापक राजु बस्न्यातमाथि छनोटका क्रममा गैर खेलाडी छनोट गरेको, प्रतियोगिताका लागि वरिष्ठ फिजियोथेरापिष्ट वा डाक्टर लानु पर्नेमा परिषद्मा दुई–दुई वरिष्ठ फिजियोथेरापिष्ट र डाक्टर हुँदा हुंदै स्टाफ नर्सलाई फिजियोका रुपमा लगेको, खेलाडीको ठाउमा चार गैर खेलाडीलाई आर्थिक लाभ लिई छनोटमा अनियमितता गरेको आरोप छ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी