लेस्टर सिटीका क्लाउडियो रेनारी उत्कृष्ट प्रशिक्षक

  • Get News Alerts

रियल म्याड्रिडका जिनेदिन जिदान र पोर्चुगलका फर्नान्डो सान्तोषलाई पछि पार्दै इङ्लिस क्लब लेस्टर सिटीका इटालियन प्रशिक्षक क्लाउडियो रेनारीले फिफा वर्ष प्रशिक्षकको उपाधि जितेका छन्।

उनले ज्युरिचमा सोमबार राती आयोजित कार्यक्रममा २२ दशमलव ६ मत प्राप्त गर्दै दुवै भेट्रान प्रशिक्षकलाई पछि पारे। रेनारीले इङ्लिस प्रिमियर लिगमा प्रायः पुछारमा रहने क्लब लेस्टर सिटीलाई गत साल

अप्रत्यासित रुपमा लिग विजेता बनाएका थिए। पहिलो पल्ट च्याम्पियन्स लिग खेलिरहेको लेस्टर उनकै अगुवाईमा अहिले अन्तिम १६ मा पनि प्रवेश गरेको छ।

गत वर्ष म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाएका जिदानले १६ दशमलव ५६ मत प्राप्त गरे। यस्तै पोर्चुगललाई युरो कपको उपाधि दिलाएका सान्तोषले १६ दशमलव २४ मत प्राप्त गरेका थिए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    रोनाल्डोको च्याम्पियन्स लिगमा अर्को कीर्तिमान

    पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगको ३ वटा संस्करणको फाइनलमा गोल गर्ने नयाँ कीर्तिमान बनाएका छन्।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • असेन्सियोले हाने रियलका लागि चौथो गोल

    असेन्सियोले हाने रियलका लागि चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मार्को असेन्सियोले रियल म्याड्रिडका लागि चौथो गोल गरेका छन्। इस्कोको स्थानमा ८२ मिनेटमा मैदान प्रवेश गरेका असेन्सियोले ९० मिनेटमा गोल गरेका थिए। उनको गोलसँगै रियलले ४–१ को अग्रता लिएको छ। अतिरिक्त ४ मि...

  • युभेन्ट्स १० खेलाडीमा सिमित

    युभेन्ट्स १० खेलाडीमा सिमित युभेन्ट्सले ८३ मिनेटमा एउटा खेलाडी गुमाउन पुगेको छ। ३–१ ले पछाडि परेको युभेन्ट्सका जुआन कुआर्डाडो दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका छन्। रियल म्याड्रिडका डिफेन्डर सर्जियो रामोसलाई हातले ढकेलेको आरोपमा उनलाई रेफ्रिले दोस्रो पहेँलो कार्...

  • रोनाल्डोले गरे दोस्रो गोल

    रोनाल्डोले गरे दोस्रो गोल

    च्याम्पियन्स लिगको फाइनलमा क्रिस्टियानो रोनाल्डोले दोस्रो गोल गरेका छन्। उनले ६४ मिनेटमा दोस्रो गोल गरेका हुन्।

लोकप्रिय

सूचनापाटी