डिभिजन–२ क्रिकेट : नेपालद्वारा नामिविया ३ विकेटले पराजित

SAMSUNG
  • Get News Alerts

baleno
tata
कप्तान पारस खड्काको आक्रामक व्याटिङको मदतमा नामिवियामा जारी आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–२ मा नेपालले आयोजक राष्ट्र नामिवियालाई ३ विकेटले पराजित गरेको छ । जितसँगै नेपालले डिभिजन–१ मा उक्लिने सम्भावना बलियो बनाएको छ भने डिभिजन २ कायम हुने पक्का भएको छ । 
 
बुधवार भएको आफ्नो चौथो खेलमा नेपालले नामिवियालाई ३ विकेटले पराजित गर्दै आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–२ तेस्रो जित दर्ता गरेको हो । तेस्रो जितसँगै नेपालले डिभिजन–२ मा  कायम रहने सम्भावना बलियो बनाएको छ । 
नामिवियाले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको नेपालले ३७ दशमलब ५ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो ।
जवाफी व्याटिङमा उत्रिएको नेपाललाई सुरुवातमै झट्का लाग्यो ।
ओपनर व्याट्स म्यान नरेश वुढाएरको स्थानमा नामिवियाविरुद्ध क्रिजमा उत्रिएका सागर पुन ७ रन जोड्दै पेभिलियन फर्किए भने सुवास खकुरेल २५ बलमा ४ रन बनाउँदै आउट भए । त्सपछि नेपालको इनिङ्स कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हाले । 
नेपालको इनिङ्स सम्हालेका कप्तान पारसले ६४ रन जोडे भने उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन बनाए । यस्तै विनोद भण्डारीले १८ , शरद भेष्वाकरले ७ रन जोडे भने आरिफ शेख एक रनमै पेभिलियन फर्किए । यस्तै बसन्त रेग्मी ५ र सोमपाल कामी २ रनमा अविजित रहे । 
यसअघि टस जितेर पहिले व्याटिङ गरेको नामिवियाले ४९ दशमलब १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रनको योगफल तयार पारेको थियो । नामिवियालाई सस्तैमा समेट्न नेपालका लागि करण केसीले ३, सोमपाल कामी, शक्ति गौचन र बसन्त रेग्मीले  समान दुई–दुई विकेट लिएका थिए । यसअघि पहिलो खेल नेपाल युगान्डासँग २ रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई २ विकेट र क्यानडालाई ७ विकेटले पराजित  गरेको थियो ।
hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • विराट कोहली एकदिवसीयका एक नम्बर ब्याट्सम्यान

    विराट कोहली एकदिवसीयका एक नम्बर ब्याट्सम्यान

    भारतीय क्रिकेट कप्तान विराट कोहली ‘आइसिसि ओडिआइ’ र्‍याङकिङको एक नम्बरमा परेका छन्। शुक्रबार जारी भएको वन डे इन्टरनेशनलको सूचीमा ८७३ को रेटिङसहित विराट शीर्षस्थानमा परेका हुन्।दोस्रो नम्बरमा अस्ट्रेलियाका डेभिड वार्नर छन्। विराट र वार्नरबीच १२ अंक मात्र फरक छ। यो दुरी बढाउन विराटले आइतबार हुने एकदिवसीय खेल श्रृंखलामा राम्रो मौका पाउने विश्लेषकहरुको भनाइ छ।

  • पोखरामा मंगलबारदेखि तीज गीत र भलिबल प्रतियोगिता

    हरितालिका तीजका अवसरमा बागमारा युवा संगम समूह, कास्कीको आयोजनामा मङ्गलबारदेखि खुला तीज गीत एवं भलिबल प्रतियोगिता हुने भएको छ । 

  • गौरीकाद्वारा सहभागी भएको सबै विधामा स्वर्ण, ५ नयाँ कीर्तिमान

    गौरीकाद्वारा सहभागी भएको सबै विधामा स्वर्ण, ५ नयाँ कीर्तिमान ओलम्पियन गौरिका सिंहले २० औं राष्ट्रिय पौडी च्याम्पियनसिपको अन्तिम दिन तीन नयाँ राष्ट्रिय कीर्तिमानसहित ६ स्वर्ण बनाउँदै सर्वाधिक स्वर्ण जित्ने खेलाडी बनेकी छिन्। ललितपुरस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा शुक्रबार भएको खेलमा उनले प्रति...

  • ६ स्वर्ण जितेकी गौरीकाका १२ तस्बिर

    ६ स्वर्ण जितेकी गौरीकाका १२ तस्बिर

    कान्छी ओलम्पियन गौरीका सिंहले राष्ट्रिय पौडी प्रतियोगिताको २० औं संस्करणको दोस्रो दिन शुक्रबार थप तीन कीर्तिमान कायम राखेकी छन्। ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषदमा भएको प्रतियोगितामा उनले ५० र १०० मिटर फ्रिस्टाइलको छुट्टाछट्टै प्रतिस्पर्धामा कीर्तिमान बनाएकी हुन्। 

  • यी खेलाडीले किन खोपाए विश्व नक्सामा रातो तारा भएको ट्याटु?

    यी खेलाडीले किन खोपाए विश्व नक्सामा रातो तारा भएको ट्याटु?

    खेलाडीमाझ ट्याटु निकै लोकप्रिय छ। फुटबल, क्रिकेटका लोकप्रिय खेलाडीको ट्याटुले बेलाबेला चर्चा पाइरहन्छ। ट्याटु खोपाउने खेलाडीमध्येका केभिन पिटरसनको ट्याटुको चर्चा भने बेग्लै छ।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink