विशेष

Search news by date range:

  • काठमाडौं महानगरकी एक्ली महिला वडाध्यक्षको कथा

    काठमाडौं महानगरकी एक्ली महिला वडाध्यक्षको कथा समुन्द्र राज घिमिरे, काठमाडौं, जेठ १६ -

    भान्छा समानताको एउटा बिम्ब हो भने घरमा शोभा र उनका श्रीमान दुवै बराबरी देखिन्छन्। राजनीतिमा भने शोभा अगाडि छिन्। उनी एमाले जिल्ला कमिटीकी सदस्य हुन् भने सोमनाथ वडाको सचिव पद सम्हाल्छन्। अर्थात्, पार्टीको माथिल्लो तहमा शोभाकै निर्णय चल्छ। अब त झन् सिंगो वडाकै जिम्मेवारी थपिएपछि घरको धेरै जिम्मा सोमनाथकै हातमा जाँदैछ।

     

  • कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा एमाले नेताहरु आएनन्

    सन्जिब बगाले, काठमाडौं, जेठ १६ -

    ‘कांग्रेसको नेतृत्वमा सहमतीय सरकार गठन गर्नका लागि भनेर पत्र पठाइएको रहेछ। यो पत्र कांग्रेसको नेतृत्वमा सरकारमा जान चाहनेका लागि मात्रै होला’, ढकालले भने, ‘हामीलाई झुक्किएर आएको होला भनेर हामी बैठकमा गएनौ। हामी त्यो बैठकमा जानुको केही औचित्य छैन। राष्ट्रपतिले सहमतिको सरकारका लागि आह्वान गर्नुभएको हो। कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि होइन।’

  • तपाईंको गाउँ/नगर/महानगरपालिकालाई कति बजेट पर्‍यो ? हेर्नुहोस् सूची

    तपाईंको गाउँ/नगर/महानगरपालिकालाई कति बजेट पर्‍यो ? हेर्नुहोस् सूची सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १६ -

    भर्खरै स्थानीय तहको पुनः संरचना भई स्थानीय तहका ७४४ एकाइ बनेको र तीमध्ये २८३ एकाइमा निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले कार्यभार लिइसकेको तथा बाँकी ४६१ एकाइ पनि आगामी दुई सातामा जनप्रतिनिधि आइसक्ने सुनिश्चित भइसकेको अवस्थामा बजेटले स्थानीय तहलाई साधन र स्रोत सम्पन्न बनाएको छ ।

  • एमाले अध्यक्ष ओली भोलि भरतपुर जाने

    एमाले अध्यक्ष ओली भोलि भरतपुर जाने सेतोपाटी संवाददाता , काठमाडौँ, जेठ १५ -

    भरतपुर महानगरपालिकाको मतगणनामा मतपत्र च्यातिएपछिको स्थिति बुझ्न एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार चितवन जाने भएका छन्। एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार त्यहाँको वस्तुस्थिति बुझ्न अध्यक्ष ओलीसहितको टोली चितवन जान लागेको हो।

  • दाङमा सरकारी मेडिकल कलेज खोल्ने सहमति, केसीको अनसन स्थगित

    सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १५ -

    दाङमा सरकारी मेडिकल कलेज स्थापना गर्न सरकारले अवधारणापत्र अघि बढाएपछि वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले सोमबारबाट बस्ने भनेको अनसन स्थगित गरेका छन्। दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न दुई वर्षअघि नै सहमति भए पनि अहिलेसम्म प्रक्रिया अघि बढेको छैन।

  • आर्थिक वर्ष २०७४/७५ को लागि १२ खर्ब ७८ अर्ब ९९ करोड बजेट सार्वजनिक (पूर्णपाठ)

    आर्थिक वर्ष २०७४/७५ को लागि १२ खर्ब ७८ अर्ब ९९ करोड बजेट सार्वजनिक (पूर्णपाठ) सेतोपाटी संवाददाता , काठमाडौं, जेठ १५ -

    सरकारले आर्थिक वर्ष २०७४/७५ का लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार बजेट विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार अपराह्न व्यवस्थापिका–संसद्को बैठकमा प्रस्तुत गरेको आयव्यय विवरण (बजेट)मा विनियोजित रकममध्ये चालु खर्च रु आठ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार अर्थात् ६२ दशमलव ८ प्रतिशत, पूँजीगततर्फ रु तीन खर्ब ३५ अर्ब २७ करोड ५९ लाख ७० हजार हजार अर्थात् २६ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु एक खर्ब ४० अर्ब २८ करोड ७४ लाख ३१ हजार अर्थात् ११ प्रतिशत रहेको बताए।

  • कानुनी छिद्रबाट छिरेर भरतपुरमा पुन: मतदान गराउने माओवादी नियत

    रोहित खतिवडा, काठमाडौं, जेठ १५ -

    यो वडामा कांग्रेसको पकड बलियो भएकाले दुई उम्मेद्वारको मतान्तर तीन सय हाराहारीमा झर्ने कांग्रेस-माओवादीको आकलन थियो। तर, १८०० मत गन्दा दाहालको पक्षमा ज्ञवालीको भन्दा ५१ मत मात्रै धेरै पर्‍यो। बाँकी ६ सय मतबाट सात सय भन्दा धेरैको अन्तर तीन सयमा झर्न सम्भव थिएन। यो वडाको मतगणना सकिँदा दाहालले ज्ञवालीसँगको मतन्तार एक सय जति मात्रै कम गर्न सक्ने देखिएको थियो।

  • प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता गर्न निवेदन दर्ता

    प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता गर्न निवेदन दर्ता सन्जिव बगाले, काठमाडौं, जेठ १५  -

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता नलिएसम्म बजेट प्रस्तुत हुन नदिने चेतावनी दिएपछि सत्तारुढ घटकले कार्कीविरुद्धको महाअभियोग फिर्ता लिन निवेदन दिएको हो।

  • आर्थिक वर्ष २०७४/७५ को बजेट प्रस्तुत हुँदै (LIVE)

    आर्थिक वर्ष २०७४/७५ को बजेट प्रस्तुत हुँदै (LIVE) सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १५ -

    अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/७५ को वार्षिक बजेट पेश गरिरहेका छन्। एमालेको संसद अवरोध गर्ने चेतावनीका कारण निर्धारित समयभन्दा एक घन्टा ढिला गरी बजेट प्रस्तु गर्न लागेका हुन्।

    हेर्नुहोस् लाईभ

  • एमालेको अवरोधले बजेट अनिश्चित

    एमालेको अवरोधले बजेट अनिश्चित सेतोपाटी संवाददाता , काठमाडौं, जेठ १५ -

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बजेट अनिश्चित भएको छ। सरकारसँग यसअघि भएको सहमति अनुसार प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव फिर्ता नलिएसम्म संसद चल्न नदिने भनेपछि बजेट अनिश्चित भएको छ।

  • दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने मन्त्रिपरिषदको निर्णय

    दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने मन्त्रिपरिषदको निर्णय सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १५ -

    राजपालाई समेत निर्वाचनमा सहभागी गराउने उद्देश्यले सरकारले दोस्रो चरणको निर्वाचन मिति एक साता पर सार्दै  असार ९ गते गर्ने निर्णय गरेको छ। प्रमुख तीन दलका शीर्ष नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले दिएको सुझावका आधारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तय गरेको हो।

  • भरतपुर मतगणनाबारे आयोगले बनायो तीन सदस्यीय छानविन समिति, १७ गतेसम्म प्रतिवेदन अाउने

    भरतपुर मतगणनाबारे आयोगले बनायो तीन सदस्यीय छानविन समिति, १७ गतेसम्म प्रतिवेदन अाउने सेतोपाटी संवाददाता, काठमाडौं जेठ १५ -

    निर्वाचन आयोगले भरतपुर महानगरको मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। तीन सदस्यहरुमा सहन्यायाधिवक्ता गीता प्रसाद तिमिल्सना, गृहका एक सहसचिव र एक डिआइजी रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सेतोपाटीलाई जानकारी दिए।

  • १० औं गणतन्त्र दिवस तस्बिरमा

    १० औं गणतन्त्र दिवस तस्बिरमा नारायण महर्जन, काठमाडौं,  जेठ  १५ -

    गणतन्त्र दिवस–२०७४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।

  • भरतपुरमा एक अर्कामा आरोप प्रत्यारोप

    सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १५ -

    उनले आफूले जित्ने निश्चितजस्तै भएपछि आत्तिएको एमालेले सुनियोजित रुपमा मतपत्र च्यातेको आरोप लगाइन्। ‘मैले लिड गर्ने अवस्था आएको थियो, आफू हार्ने भएपछि एमालेले षड्यन्त्रपूर्वक मतपत्र च्यात्ने काम गरे’, रेणुले भनिन्, ‘एकपक्षीय समाचार सम्प्रेषण गरेर जनतामा भ्रम सिर्जना गर्न खोजियो ।’

  • भरतपुर घटनाबारे छलफल गर्न आयोगको बैठक बस्दै

    भरतपुर घटनाबारे छलफल गर्न आयोगको बैठक बस्दै सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १५ -

    चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले त्यहाँको अवस्था जानकारी गराइसकेका छन्। अब मतगणना अघि बढाउने कि नबढाउने भन्ने विषयमा छलफल गर्न आयोगको बैठक बस्न लागेको आयुक्त नरेन्द्र दाहाललाई जानकारी दिए।

  • हामीलाई नै ज्यान जोगाउन मुस्किल भयोः भरतपुरका निर्वाचन अधिकृत

    हामीलाई नै ज्यान जोगाउन मुस्किल भयोः भरतपुरका निर्वाचन अधिकृत सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १५ -

    ‘राति पौने १२ बजेतिर म बाथरुम जान भनी उठें, त्यतिञ्जेल सामान्य रुपले मतणना भइरहेको थियो’, न्यौपानेले टेलिफोनमा सेतोपाटीसँग भने, ‘म बाथरुम नपुग्दै मतगणनास्थल रणभूमिमा परिणत भयो। एक मिनेटभित्रै सबैथोक भइसकेकाले कसले के गर्यो भन्ने मेसो पाइएन, हामीलाई नै ज्यान जोगाउन मुस्किल भयो।’

  • गणतन्त्र दिवसमा पदक पाउनेको नाम घोषणा (नामसहित)

    गणतन्त्र दिवसमा पदक पाउनेको नाम घोषणा (नामसहित) सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १५ -

    गणतन्त्र दिवसका अवसरमा पदक पाउनेको नाम सार्वजनिक भएको छ। गृह मन्त्रालयले मानपदवी, अलंकार पदक पाउनेहरुको नाम आज घोषणा गरेको हो। पदक पाउनेहरुलाई एक वर्षपछि राष्ट्रपतिले सम्मानित गर्ने कार्यक्रम छ । नेपाल रत्न पदकबाट विश्वेश्वरप्रसाद कोइराला (मरणोपरान्त) लाई दिइने गृहले जनाएको छ भने राष्ट गौरव पदकबाट महेन्द्रनारायण निधि मरणोपरान्तलाई दिइने छ।

  • भरतपुरमा मध्यरात माओवादीले मतपत्र च्याते, गणना रोकियो (भिडियो)

    भरतपुरमा मध्यरात माओवादीले मतपत्र च्याते, गणना रोकियो (भिडियो) सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १५ -

    मतगणनाको अन्तिम चरणमा पुगिसक्दा पनि माओवादी केन्द्र तथा नेपाली कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालले नेकपा एमालेका देवी ज्ञवालीसँगको प्रतिस्पर्धामा मतअन्तर सोचेजस्तो घटाउन नसकेपछि माओवादी कार्यकर्ताहरू हुलदंगामा ओर्लिएका हुन्। मतगणना स्थलमा सहभागी माओवादी प्रतिनिधिहरूले नै मतपत्र च्यातेर अवरोध खडा गरेको अन्य दलका प्रतिनिधिले सेतोपाटीलाई जानकारी दिए। उनका अनुसार मतपत्र च्यात्ने केही माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउसमेत गरेको छ।

  • चुनाव सात दिन सार्ने निर्णय

    सेतोपाटी संवाददाता , काठमाडौँ,जेठ १४ -

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार रातीसम्म बसेको तीन प्रमुख दल र राष्ट्रिय जनता पार्टीबीच सम्पन्न वैठकले दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनको मिति सात दिन सार्ने निर्णय गरेको छ।

     

  • प्रधानन्यायाधीश कार्की विरुद्धको महाअभियोग अघि नबढाउन निवेदन

    प्रधानन्यायाधीश कार्की विरुद्धको महाअभियोग अघि नबढाउन निवेदन सेतोपाटी संवाददाता, काठमाडौँ,जेठ १४ -

    प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका सांसदहरुले नै त्यसलाई स्थगित गर्न सभामुख ओनसरी घर्ती समक्ष निवेदन दिएका छन्। आइतबार दिइएको निवेदनमा वर्तमान राजनैतिक परिस्थितिलाई मध्यनजर राखि उक्त प्रस्ताव अघि नबढाउन अनुरोध गरिएको उल्लेख छ।

  • सत्तारूढ दल र एमालेसँग बसेको राजपा बैठक निष्कर्षविहिन

    सत्तारूढ दल र एमालेसँग बसेको राजपा बैठक निष्कर्षविहिन काठमाडौं, जेठ १४ -

    संविधान संशोधन, दोस्रो चरणको स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले यथास्थितिमा संविधान संशोधनका पक्षमा दुईतिहाई बहुमत पुग्न कठिन रहेको र स्थानीय तहको दोस्रो निर्वाचनको मिति नजिकै आएकाले निर्वाचनपछि संविधान संशोधन पारित गरेर अघि बढ्ने गरी निर्वाचनमा सहभागी हुन राजपाका नेताहरुलाई आग्रह गरेका थिए।

  • काठमाडौँ महानगरपालिकाको मेयरमा उठेर एक भोट मात्रै! हेर्नुहोस् कसले कति पाए?

    काठमाडौँ महानगरपालिकाको मेयरमा उठेर एक भोट मात्रै! हेर्नुहोस् कसले कति पाए? काठमाडौं, जेठ १४ (सेतोपाटी) -

    मेयरमा कडा टक्कर दिने ठानिएका नेपाली कांग्रेसका राजुराज जोशी भने कमजोर सावित भए। उनी झन्डै २० हजार मतान्तरमा पराजित भए। नयाँ पार्टीका रूपमा उदाएका साझा पार्टीलाई विवेकशील नेपालीले पछाडि पारेको छ। काठमाडौंको मेयरमा २८ उम्मेदवारमध्ये १७ जना उम्मेद्वारले १०० मत भन्दा कमी ल्याए। जित्ने विद्यासुन्दरले ६४ हजार ९ सय १३ मत ल्याउँदा मेयरकै एक प्रत्यासी भगवान गिरीले १ भोट मात्रै पाए।

  • काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो? रोहित खतिवडा, काठमाडौं, जेठ १४ -

    जसरी उनले चुनाव जित्न सक्छन् कि सक्दैनन् भन्ने आशंका उनकै पार्टीका नेताहरूमा थियो, त्यसरी नै उनले पार्टी घोषणापत्रमा लेखिएका महत्वाकांक्षी योजना कार्यान्वयन गर्दै महानगरको विकासलाई गति दिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न महानगरवासीमा छ। मेयर निर्वाचित भएसँगै उनको परीक्षा सुरु भइसकेको छ।

  • डेन्जर जोनमा थिएँ, सेफ जोनमा आएँ: देवी ज्ञवाली

    डेन्जर जोनमा थिएँ, सेफ जोनमा आएँ: देवी ज्ञवाली सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १४ -

    भरतपुर महानगरपालिकामा ६ हजार मत गन्न बाँकी रहँदा एमालेका मेयर उम्मेद्वार देवी ज्ञवाली र कांग्रेस-माओवादीकी संयुक्त उम्मेद्वार रेणु दहालबीच हजार भन्दा कम मतान्तर बन्दै गएको छ। पछिल्लो परिणाम अनुसार ज्ञवालीले ४० हजार ९ सय ८० मत ल्याएका छन् भने रेणुले ४० हजार १ सय १६ मत पाएकी छन्। उनीहरुको मतान्तर ७८४ पुगेको छ।

  • काठमाडौंको मेयरमा एमाले यसरी उदायो

    काठमाडौंको मेयरमा एमाले यसरी उदायो सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १४ -

    काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गरे।

  • २० हजारभन्दा बढी मतान्तरमा चुनाव जित्ने यी हुन् महानगरका उम्मेद्वार

    २० हजारभन्दा बढी मतान्तरमा चुनाव जित्ने यी हुन् महानगरका उम्मेद्वार काठमाडौं, जेठ १४ -

    काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा एमाले भारी मतान्तरले विजयी भएको छ। महानगरमा हालै भएको अन्तिम नतिजा अनुसार नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत ल्याएर विजयी भएका छन्। निटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएका छन्।

  • काठमाडौं महानगरमा मेयर एमाले र उपमेयरमा कांग्रेस भारी मतान्तरले विजयी

    काठमाडौं महानगरमा मेयर एमाले र उपमेयरमा कांग्रेस भारी मतान्तरले विजयी सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १४ -

    काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा एमाले भारी मतान्तरले विजयी भएको छ। महानगरमा हालै भएको अन्तिम नतिजा अनुसार नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत ल्याएर विजयी भएका छन्। निटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएका छन्।

  • गोमा एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटना

    गोमा एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटना सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १३ -

    गोमा एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। काठमाडौंबाट लुक्लाका लागि उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा रूखमा ठोक्किएर करिब २ बजे दुर्घटनामा परेको हो।

  • दमक मेयरमा केपी ओलीका भतिजासहित झापामा एमालेले उम्मेद्वारी टुंग्यायो

    दमक मेयरमा केपी ओलीका भतिजासहित झापामा एमालेले उम्मेद्वारी टुंग्यायो विनोद सापकोटा, झापा, जेठ १३ -

    पन्ध्र वटा स्थानीय तह रहेको झापामा नेकपा एमालेले दुई वटा तहको अध्यक्ष पदमा महिलासहित १३ वटा तहको प्रमुख र उपप्रमुख पदको उमेद्वारको नाम अन्तिम टुंगो लगाएको छ।

    ती दुई तहको उपाध्यक्षमा पुरुषको नाम तय गरिएको पार्टी श्रोतले वताएको छ । अन्य १३ वटा तहको प्रमुख पदमा पुरूष र उपप्रमुखमा महिलाको नाम चयन गरको छ । महिला प्रमुख भएको तहमा भने उपप्रमुखमा पुरुषको नाम तय गरको छ।

  • काठमाडौंको मेयरमा एमालेलाई १८ हजारको अग्रता, रञ्जुले कटाइन् २२ हजार मत

    काठमाडौंको मेयरमा एमालेलाई १८ हजारको अग्रता, रञ्जुले कटाइन् २२ हजार मत सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १२ -

    काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ६१ हजार ५ सय ६ मत प्राप्त गरी विजयको नजिक पुगेका छन्। शाक्यलाई मेयरका कांग्रेस उम्मेदवार राजुराज जोशीले ४३ हजार १ सय २९ मत ल्याएर पछ्याईरहेका छन् ।

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink