विशेष

Search news by date range:

  • काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो?

    काठमाडौंका मेयर भन्छन्- सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्‍यो? रोहित खतिवडा, काठमाडौं, जेठ १४ -

    जसरी उनले चुनाव जित्न सक्छन् कि सक्दैनन् भन्ने आशंका उनकै पार्टीका नेताहरूमा थियो, त्यसरी नै उनले पार्टी घोषणापत्रमा लेखिएका महत्वाकांक्षी योजना कार्यान्वयन गर्दै महानगरको विकासलाई गति दिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न महानगरवासीमा छ। मेयर निर्वाचित भएसँगै उनको परीक्षा सुरु भइसकेको छ।

  • डेन्जर जोनमा थिएँ, सेफ जोनमा आएँ: देवी ज्ञवाली

    डेन्जर जोनमा थिएँ, सेफ जोनमा आएँ: देवी ज्ञवाली सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १४ -

    भरतपुर महानगरपालिकामा ६ हजार मत गन्न बाँकी रहँदा एमालेका मेयर उम्मेद्वार देवी ज्ञवाली र कांग्रेस-माओवादीकी संयुक्त उम्मेद्वार रेणु दहालबीच हजार भन्दा कम मतान्तर बन्दै गएको छ। पछिल्लो परिणाम अनुसार ज्ञवालीले ४० हजार ९ सय ८० मत ल्याएका छन् भने रेणुले ४० हजार १ सय १६ मत पाएकी छन्। उनीहरुको मतान्तर ७८४ पुगेको छ।

  • काठमाडौंको मेयरमा एमाले यसरी उदायो

    काठमाडौंको मेयरमा एमाले यसरी उदायो सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १४ -

    काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गरे।

  • २० हजारभन्दा बढी मतान्तरमा चुनाव जित्ने यी हुन् महानगरका उम्मेद्वार

    २० हजारभन्दा बढी मतान्तरमा चुनाव जित्ने यी हुन् महानगरका उम्मेद्वार काठमाडौं, जेठ १४ -

    काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा एमाले भारी मतान्तरले विजयी भएको छ। महानगरमा हालै भएको अन्तिम नतिजा अनुसार नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत ल्याएर विजयी भएका छन्। निटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएका छन्।

  • काठमाडौं महानगरमा मेयर एमाले र उपमेयरमा कांग्रेस भारी मतान्तरले विजयी

    काठमाडौं महानगरमा मेयर एमाले र उपमेयरमा कांग्रेस भारी मतान्तरले विजयी सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १४ -

    काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा एमाले भारी मतान्तरले विजयी भएको छ। महानगरमा हालै भएको अन्तिम नतिजा अनुसार नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत ल्याएर विजयी भएका छन्। निटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएका छन्।

  • गोमा एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटना

    गोमा एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटना सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १३ -

    गोमा एयरको विमान लुक्ला विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। काठमाडौंबाट लुक्लाका लागि उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा रूखमा ठोक्किएर करिब २ बजे दुर्घटनामा परेको हो।

  • दमक मेयरमा केपी ओलीका भतिजासहित झापामा एमालेले उम्मेद्वारी टुंग्यायो

    दमक मेयरमा केपी ओलीका भतिजासहित झापामा एमालेले उम्मेद्वारी टुंग्यायो विनोद सापकोटा, झापा, जेठ १३ -

    पन्ध्र वटा स्थानीय तह रहेको झापामा नेकपा एमालेले दुई वटा तहको अध्यक्ष पदमा महिलासहित १३ वटा तहको प्रमुख र उपप्रमुख पदको उमेद्वारको नाम अन्तिम टुंगो लगाएको छ।

    ती दुई तहको उपाध्यक्षमा पुरुषको नाम तय गरिएको पार्टी श्रोतले वताएको छ । अन्य १३ वटा तहको प्रमुख पदमा पुरूष र उपप्रमुखमा महिलाको नाम चयन गरको छ । महिला प्रमुख भएको तहमा भने उपप्रमुखमा पुरुषको नाम तय गरको छ।

  • काठमाडौंको मेयरमा एमालेलाई १८ हजारको अग्रता, रञ्जुले कटाइन् २२ हजार मत

    काठमाडौंको मेयरमा एमालेलाई १८ हजारको अग्रता, रञ्जुले कटाइन् २२ हजार मत सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १२ -

    काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ६१ हजार ५ सय ६ मत प्राप्त गरी विजयको नजिक पुगेका छन्। शाक्यलाई मेयरका कांग्रेस उम्मेदवार राजुराज जोशीले ४३ हजार १ सय २९ मत ल्याएर पछ्याईरहेका छन् ।

  • प्रधानन्याधीश कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव फिर्ता लिन सरकार तयार

    प्रधानन्याधीश कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव फिर्ता लिन सरकार तयार सन्जिब बगाले, काठमाडौं, जेठ १३ -

    सरकारले प्रधानन्याधीश सुशीला कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव फिर्ता गर्ने निर्णय गरेको छ। प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच शनिबार बिहान भएको छलफलपछि सरकारले महाभियोग प्रस्ताव फिर्ता गर्न तयार भएको हो।

  • भरतपुरमा एमालेले फेरि मतान्तर बढायो, २३ नम्बर वडामा पनि प्यानलै विजयी

    भरतपुरमा एमालेले फेरि मतान्तर बढायो, २३ नम्बर वडामा पनि प्यानलै विजयी सेतोपाटी संवाददाता–, चितवन, जेठ १३ -

    भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले आफ्नो अग्रता बढाउँदै लगेका छन्। बिहीबारसम्म देवीको अग्रता घट्दै गएको ज्ञवालीको शुक्रबारबाट अग्रता फेरि बढेको हो। वडा नम्बर २३ को मत गणना भइसक्दा देवी ज्ञवाली माओवादी केन्द्रका मेयर पदकी उम्मेद्वार रेणु दाहाल भन्दा १८ सय २० मतले अघि छन्।

  • ‘लाहुरे हुन खैरैले पत्याएन, पोखरेलीले मत दिएर मेयर बनाए’

    ‘लाहुरे हुन खैरैले पत्याएन, पोखरेलीले मत दिएर मेयर बनाए’ सागर राज तिमिल्सिना -

    ‘म अहिले पनि पोखरामा भाडामा बन्दै आएको छु। मेरो घर पहिले पनि कालिकामा थियो, अहिले पनि छ र पोखरामा घर बनाउन सक्छु जस्तो लाग्दैन। पोखरा लेखनाथ महानगरपालिका भएपछि कालिका गाविसमा भएको मेरो घर महानगरमा पर्‍यो र पार्टीले टिकट दियो मेयरमा उठेँ,’ उनले भने।

     

  • यादव र गच्छदारबीच चुनावमा तालमेल गर्ने तयारी, पार्टी एकताको योजना

    यादव र गच्छदारबीच चुनावमा तालमेल गर्ने तयारी, पार्टी एकताको योजना सन्जिब बगाले, काठमाडौं,जेठ १२ -

    नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको निर्वाचनमा तालमेल गरेर जाने अन्तिम तयारी गरेका छन्।उपप्रधानमन्त्री समेत रहेका लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदार र संघीय समाजवादी फोरमका अध्यक्ष यादवबीच निर्वाचनमा तालमेल गर्नेबारे पटक–पटक छलफल समेत भइसकेको छ।

  • केपी ओलीले भने- राष्ट्रिय सहमतिको सरकार गठन गर्ने पक्षमा एमाले

    केपी ओलीले भने- राष्ट्रिय सहमतिको सरकार गठन गर्ने पक्षमा एमाले सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १२ -

    प्रमुख प्रतपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली आफ्नो पार्टी राष्ट्रिय सरकार गठन गर्ने पक्षमा रहेको बताएका छन्। शुक्रबार संसद भवन बाहिर पत्रकारहरूसँग कुरा गर्दै ओलीले भने, ‘जसको नेतृत्वमा सहमति हुन्छ हामी त्यसका लागि तयार छौं। राष्ट्रपतिले दिनुभएको समय सदुपयोग गर्नुपर्छ।’

  • लाहुरे हुन हिँडेका जिसी महानगरका मेयर भए

    लाहुरे हुन हिँडेका जिसी महानगरका मेयर भए अर्जुन गिरी, पोखरा, जेठ १२ -

    जिसी अहिले पनि पोखरा फूलबारीमा डेरा लिएर बस्छन्। कतै जानआउन परे पैदल यात्रा नै उनको रोजाइ हुन्छ, गोल्डस्टार जुत्ता लगाएर पोखराका सडक किनारमा ठमठम हिँडिरहेका जो भेटिइरहन्थे उनी। हतारमा भने साथीभाइसँग लिफ्ट लिन्थे। पोखराको मेयर र त्यो पनि भारी मत ल्याएर हुन सक्नुको जस उनी आफ्ना साथीभाइ, आफन्त र पार्टीलाई दिन्छन्। ‘यसले अवसर पाएको छैन, पाए पनि बेइमान गर्दैन भन्ने आममतदाताको विश्वास हो,’ जिसीले सुनाए। अब भने साथीभाइ र विज्ञहरुको सरसल्लाहमा पोखरालाई समृद्धिको राजमार्गतिर डोर्‍याउने  उनको योजना छ।

  • स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १२ -

    स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । स्थानीय तहको संख्या बढाउने निर्णय विरूद्ध धनबहादुर श्रेष्ठसहितका तीन जनाले दायर गरेको रिटविरूद्ध न्यायाधीश सपना मल्ल प्रधान र ईश्वरप्रसाद खतिवडाको इजलासले संविधानको धारा २९५ अनुसार आयोगले मात्र स्थानीय तहको संख्या बढाउन सक्ने ठहर गरेको छ ।

  • निर्वाचनको मिति सार्न मुस्लिम सुमदायको माग

    निर्वाचनको मिति सार्न मुस्लिम सुमदायको माग अनिल तिवारी, वीरगन्ज, जेठ १२ -

    दोस्रो चरणको  निर्वाचन मिति सार्न माग गर्दै पर्साका मुस्लिम समुदायले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन र नेपाल मुस्लिम मञ्चले संयुक्त रूपमा पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै निर्वाचनको मिति सार्न माग गरेका हुन्।

  • सुगर भएको मान्छेलाई छुट्टै खाना जरूरी पर्दैन

    सुगर भएको मान्छेलाई छुट्टै खाना जरूरी पर्दैन डाक्टर रूपक भारी, मधुमेह रोग विशेषज्ञ -

    सुगर हुनासाथ आत्तिनु पर्ने हुँदैन। यसले जिउन सिकाउँछ। मानिसलाई अनुशासित बनाउँछ। यसलाई कन्ट्रोल गर्न सकियो भने मानिसको आयु दस–पन्ध्र वर्ष बढ्छ। सुगर भएपछि म खत्तम भए केही गर्न सक्दिनँ भनेर सोच्न हुँदैन। रोग नभएको मान्छेले केही पनि परीक्षण गर्दैन। तर सुगर भएको मान्छेले बेलाबखत शरीरको स्वास्थ्य परीक्षण गरेको हुन्छ।

     

  • पोखरा महानगरका २२ वडामा एमाले,११ वडामा कांग्रेस विजयी (मतसहित)

    पोखरा महानगरका २२ वडामा एमाले,११ वडामा कांग्रेस विजयी (मतसहित) सागरराज तिमल्सिना, पोखरा, जेठ १२ -

    पोखरा-लेखनाथ महानगरको ३३ वडा मध्ये एमालेले मेयरसहित २२ वटा वडामा जित हात पारेको छ। मेयरमा पराजित नेपाली कांग्रेसले ११ वटा वडामा मात्र अध्यक्ष पदमा विजयी भएको छ । एमालेले २० वटामा प्यानलसहित र दुई वटा वडामा वडाध्यक्ष जितेको हो।

  • सरकारले धोका दिएको भन्दै राजपाद्वारा चुनाव विथोल्ने गरी आन्दोलनको घोषणा

    सरकारले धोका दिएको भन्दै राजपाद्वारा चुनाव विथोल्ने गरी आन्दोलनको घोषणा संजिब बगाले, काठमाडौं, जेठ १२ -

    राष्ट्रिय जनता पार्टी नेपालले यही जेठ ३१ मा हुने स्थानीय तह निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सरकारले धोका दिएको भन्दै आफूहरू निर्वाचनमा नजाने र निर्वाचन हुन पनि नदिने भन्दै पार्टी आन्दोलनमा जान लागेको शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो।

  • कान्छीको सगरमाथा यात्रा

    कान्छीको सगरमाथा यात्रा समुन्द्र राज घिमिरे, काठमाडौं, जेठ १२ -

    ‘चुचुरोमा पाइला टेकेपछि ‘म सफल भएँ’ भनेर चिच्याउँला भन्ने सोचेकी थिएँ,’ सगरमाथा आरोहण सकेर हालै काठमाडौं आइपुगेकी कान्छीमायाको चिसोले डढाएर कालो बनेको अनुहार एकाएक उज्यालियो, ‘म त बोल्नै नसक्ने पो भएछु। आँशुले आँखा ढाक्यो र सफा हिमाल धमिला देखिए।'

  • कहाँ र किन चुके प्रभावशाली नेता ?

    कहाँ र किन चुके प्रभावशाली नेता ? किशोर बुढाथोकी, सिन्धुपाल्चोक, जेठ १२ -

    दुई दसकपछि भएको स्थानीय तहको निर्वाचनमा आफ्नो भविष्य दाउमा राखेर चुनावी मैदानमा भिडेका प्रमुख दलका अधिकांश नेताहरु जितबाट चुकेका छन् । राजनीतिक भविष्य ‘वार कि पार’ को अवस्थामा सिन्धुपाल्चोकबाट चुनावी स्पर्धामा उत्रिएका नेताहरुले हारेपछि उनीहरुलाई संकटसमेत परेको छ । टिकटकै लागि पनि आफ्नै पार्टीभित्र निकै संघर्ष गरेको जिल्लाका उच्च तहका नेताहरुलेसमेत हार व्यहोरेकाले अबको राजनीतिक बाटो खोज्नुपर्ने अवस्था आउँछ ।

  • पोखरा महानगरमा एमाले विजयी, मेयरमा मानबहादुर उमेयरमा मन्जु

    पोखरा महानगरमा एमाले विजयी, मेयरमा मानबहादुर उमेयरमा मन्जु सागरराज तिमल्सिना, पोखरा, जेठ १२ -

    नेकपा एमालेले बहुमत वडासहित पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उप प्रमुख विजयी भएका छन्। शुक्रबार सम्पन्न मतपरिणाम अनुसार पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख र उप प्रमुखमा एमाले उम्मेदवार विजयी भए।  

  • पहिलो चरणको निर्वाचनमा एमाले हाबी,२८० स्थानको अन्तिम मत परिणाम आयो, कसले कहाँ जित्यो मतसहित

    पहिलो चरणको निर्वाचनमा एमाले हाबी,२८० स्थानको अन्तिम मत परिणाम आयो, कसले कहाँ जित्यो मतसहित सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १२ -

    पहिलो चरणमा चुनाव भएका २ सय ८३ वटा स्थानीय तहमध्ये १८० स्थानको अन्तिम मत परिणाम आइसकेको छ। जसमध्ये नेकपा एमालेले १२२, नेपाली कांग्रेसले १०४ माओवादी केन्द्रले ४६, स्वतन्त्रले ३ तथा नेमकिपा, राप्रपा,जनमोर्चाले १-१ सिट जितेको छ।

  • पोखरा महानगरको मेयरमा १४ हजार मतान्तरले एमालेका मानबहादुर जिसी विजयी

    पोखरा महानगरको मेयरमा १४ हजार मतान्तरले एमालेका मानबहादुर जिसी विजयी सागरराज तिमल्सिना, पोखरा, जेठ १२ -

    पोखरा-लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेद्वार मानबहादुर जिसी विजयी भएका छन्।  उनले नेपाली कांग्रेसका उम्मेद्वार रामजी कुँबरलाई १४ हजार ७ मतान्तरले हराउँदै नेपालको सबैभन्दा ठूलो महानगरको मेयर निर्वाचित भएका हुन्।

  • भोटोजात्रामा जे देखियो

    भोटोजात्रामा जे देखियो नारायण महर्जन, ललितपुर, जेठ ११ -

    वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथ जात्राको अन्तिम दिन बिहिबार जावलाखेलमा भोटोजात्रा हेर्न बालबालिका, वृद्धवृद्धादेखि राष्ट्रपतिसम्म पुगे। राष्ट्रपति विद्यादेवी भण्डारीदेखि बुधबार मात्रै राजिनामा दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्याधीश सुशीला कार्की जावलाखेल पुगेका थिए ।

  • पोखरा महानगरमा एमालेको जित निश्चित

    पोखरा महानगरमा एमालेको जित निश्चित सेतोपाटी संवाददाता, पोखरा, जेठ १२ -

    पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका उमेद्वार मानबहादुर जिसीको बिजय निश्चित भएको छ। वडा नम्बर ३२ र ३३ को नतिजा घोषणा नगर्दै उनको मत अन्तर बढी भए पछि जित निश्चितत भएको हो ।

  • के के छन् सरकारको नीति तथा कार्यक्रममा? (पूर्ण पाठ)

    के के छन् सरकारको नीति तथा कार्यक्रममा? (पूर्ण पाठ) सेतोपाटी संवाददाता, काठमाडौं, जेठ ११ -

    सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति विद्या भण्डारीले बिहिबार संसद बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छन्। नीति तथा कार्यक्रममा संघीय ढाँचा अनुसारको केन्द्र, प्रदेश र स्थानीय तहको योजना र प्राथमिकता उल्लेख गरिएको छ ।

  • कसले लेख्यो प्रधानमन्त्रीको चोटिलो भाषण

    कसले लेख्यो प्रधानमन्त्रीको चोटिलो भाषण सेतोपाटी संवाददाता, काठमाडौं, जेठ ११ -

    कांग्रेस–माओवादी केन्द्रबीचको लिखित सहमतिको पालना गर्दै दाहालले सरकारको नेतृत्व छोडेका हुन्। त्यही नैतिक आधारमा टेकेर उनले भाषणको यो अंश सहजै पढे। सायद राजनीतिमा सधँै एकार्कालाई धोका दिनु गलत थियो भन्ने आत्मालोचनाका साथ उनले त्यो अंश पढे! उनले त्यो अंश जे सोचेर पढेको भए पनि राजनीतिमा एकले अर्कालाई र आम नागरिकले नेतालाई विश्वास नगर्ने हाम्रो समाजमा त्यो राम्रो सुनियो।

  • भरतपुरमा रेणुको मतान्तर झनै घट्यो, १५ वडाको गणनामा रेणु ३७३ मतले अगाडि

    भरतपुरमा रेणुको मतान्तर झनै घट्यो, १५ वडाको गणनामा रेणु ३७३ मतले अगाडि भरतपुर, जेठ ११ (सेतोपाटी) -

    यसअघिको १४ नम्बर वडासम्मको मत गणना सकिदा मतान्तर एक हजार ९ सय ६१ थियो। मंगलबारसम्म देवी ज्ञवाली माओवादी उम्मेद्वार रेणु दाहालभन्दा तीन हजार ८ सय ३६ मतले अगाडि थिए।

  • आविष्कार केन्द्रका लागि आफूले पाएको पदक बेच्दै महावीर पुन

    आविष्कार केन्द्रका लागि आफूले पाएको पदक बेच्दै महावीर पुन सेतोपाटी संवाददाता, काठमाडौं, फागुन ४ -

    महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रका लागि रकम संकलन गर्न आफूले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पाएका पदकहरू बिक्री गर्ने भएका छन्। पुन आफूले पाएका दुई वटा राष्ट्रदीप पदक, डाक्टर हर्क गुरुङ पर्वतीय पुरस्कार, फिलिपिन्सबाट पाएको रामोन म्यागसेसे पदक, अमेरिकाबाट पाएको इन्टरनेट हल अफ फेम र अमेरिकाकै नेब्रस्का विश्वविद्यालयबाट पाएको अनर ग्राजुएट पदक संग्रह गर्न चाहनेले सम्पर्क गर्न आव्हान गर्दै बिक्रीका लागि राखेका छन्।

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा