विशेष

Search news by date range:

  • हामीले माधवजीलाई प्रधानमन्त्री भन्यौं, श्यामशरणले गिरिजाप्रसाद

    हामीले माधवजीलाई प्रधानमन्त्री भन्यौं, श्यामशरणले गिरिजाप्रसाद प्यारजंग थापा, पूर्वप्रधानसेनापति - माओवादी सशस्त्र बिद्रोहलाई हतियारको बलले सखाप पार्ने नीति शाही नेपाली सेनाले कहिल्यै पनि लिएन। सेनाको परमसेनाधिपति राजा वीरेन्द्र र ज्ञानेन्द्रबाट बरोबर एउटै चिन्ता व्यक्त हुन्थ्यो, 'माओवादी पनि बाटो बिराएका नेपाली दाजुभाई नै हुन्, निशस्त्र गरेर सुधि्रने मौका दिनुपर्छ।' हामीले राजाको त्यहिँ सदिच्छा बुझेर काम गर्नै पर्थ्यो।

  • १२ बुँदेअघि नै गणतन्त्रको पक्षमा भारतको लबिङ

    काठमाडौं, वैशाख ११ (सेतोपाटी)– २०६२-६३ को जनआन्दोलनभन्दा सात महिनापहिला नै ‘नेपालको सुनिश्चित भविष्यका लागि’ कुनै न कुनै खालको गणतन्त्रको पक्षमा दिल्लीमा सहमति बनिसकेको थियो । माओवादी सशस्त्र विद्रोहको शान्तिपूर्ण निकासका लागि गैरमाओवादी दलहरुको सामथ्र्य वृद्वि गर्न अमेरिकासँग (दिल्ली) मिलेर जानुपर्ने धारणा पनि भारतमा बन्दै गएको थियो ।

  • 'पत्रकारितामा माफियाकरण छ'

    'पत्रकारितामा माफियाकरण छ' अमित ढकाल - ’पत्रिकाबाट पाउने भनेको इन्टरटेन्टमेन्ट हो, उसके बाद कुछो पाउँदैनन् । हिन्दी सिनेमा छ न, टिकट काटो फिलिम देखो, त्यस्तै हो पत्रिका भनेको, पैसा तिर्‍यो, एकछिन इन्टरटेन्टमेन्ट लियो, सकियो । ज्ञान पाउँछु भनेर कसैले फिलिम हेर्छ, त्यस्तै हो आजकालको पत्रिका ।’

  • लोकमानको बहस आइतबारलाई 'हेर्दाहेर्दै'

    लोकमानको बहस आइतबारलाई 'हेर्दाहेर्दै' काठमाडौं, वैशाख १० (सेतोपाटी) - अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त पूर्व मुख्य सचिव लोकमान सिंह कार्की हुने/नहुने विषयमा मंगलबार सुरु भएको बहस आउँदो आईतबारलाई 'हेर्दाहेर्दै' भएको छ।

  • भारतमा माओवादी नेताहरूको गिरफ्तारी चाहन्थे मोरियार्टी

    भारतमा माओवादी नेताहरूको गिरफ्तारी चाहन्थे मोरियार्टी काठमाडौं, वैशाख १० (सेतोपाटी)– राजा ज्ञानेन्द्रद्वारा २०६३ वैशाखमा संसद पुनस्र्थापनाको घोषणाभन्दा पूर्व माओवादीको बढ्दो हैसियतप्रति अमेरिकासँगै चीन र भारत चिन्तित हुन थालेको एउटा विकिलिक्स केबलले खुलासा गरेको छ।

  • खिलानाथ आक्रमणकारीलाई पाँच वर्ष कैद

    खिलानाथ आक्रमणकारीलाई पाँच वर्ष कैद विराटनगर, वैशाख १० (सेतोपाटी) - पत्रकार खिलानाथ ढकाल आक्रमण प्रकरणका अभियुक्त मनोजसिंह राईलाई जिल्ला अदालत मोरङले दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको छ। ढकाल आक्रमण प्रकरणमा अपहरण तथा ज्यान मार्ने उद्योगमा दायर मुद्दाको अन्तिम सुनुवाई गर्दै सोमबार अदालतका न्यायाधिश चण्डीराज ढकालको इजलासले राईलाई पाँच वर्ष सजाय सुनाएको हो।

  • सेनाको हिरासत र यातना विरुद्ध राष्ट्रसंघमा उजुरी

    सेनाको हिरासत र यातना विरुद्ध राष्ट्रसंघमा उजुरी काठमाडौं, वैशाख १० (सेतोपाटी)– द्वन्द्वकालमा माओवादी विद्यार्थी नेता हिमाल शर्मालाई सुरक्षा फौजले गैरन्यायिक हिरासतमा लिएर यातना दिएको आरोप लगाउँदै ट्रायल नामक संस्थाले संयुक्त राष्ट्रसघीय मानवअधिकार समितिमा उजुरी दायर गरेको छ । शर्माको तर्फबाट ट्रायलले उजुरी हालेको हो । उजुरीमा सशस्त्र द्वन्द्वको उत्कर्षमा (सन् २००३ देखि २००५)मा राज्यका सुरक्षा फौजले शर्मालाई गैरन्यायिक हिरासतमा लिएको, बलपूर्वक बेपत्ता पारेको र यातना दिएको आरोप लगाइएको छ ।

  • माओवादी राजासँग संवाद गरेर ‘फास्ट ट्रयाक’ सिंहदरबार आउन चाहन्थ्यो

    माओवादी राजासँग संवाद गरेर ‘फास्ट ट्रयाक’ सिंहदरबार आउन चाहन्थ्यो कमल थापा - माओवादी अध्यक्ष पुष्पकमल दाहाल दोहोरो चाल चलिरहेका थिए । उनकै भरथेगमा सात दलले ‘निर्णायक आन्दोलन’ को तयारी गरिरहेका थिए । अर्कातिर उनी राजासँग संवाद गरेर ‘फास्ट ट्रयाक’ बाट सिंहदरबार आउन चाहन्थे । मैले बुझेसम्म हत्याहिंसाको राजनीतिमा चुर्लुम्म डुबेको माओवादीलाई सुनपानी छर्कन राजा तयार थिएनन् ।

  • लोकमानको पक्षमा ओर्लिए दाहाल

    विनिता दाहाल - काठमाडौं, वैशाख ९- माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘पूर्वअनुमान, शंका र समाचारका भरमा पूर्व मुख्यसचिव लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन हुन्न भन्ने रिट परेको’ भन्दै त्यसलाई खारेज गर्न माग गरेका छन् ।

  • नामावली संकलनमा ३०५ टोली

    नामावली संकलनमा ३०५ टोली काठमाडौ, वैशाख ९ (सेतोपाटी) - गृह मन्त्रालय तथा निर्वाचन आयोगको एकीकृत टोलीले नागरिकता वितरण तथा मतदाता नामावली संकलन कार्यलाई सोमबारदेखि तिब्रताका साथ अगाडि बढाएको छ। आइतबार हरेक विकास क्षेत्रमा एक–एक टोली पठाएर सुरु भएको अभियान आजदेखि थप क्षेत्रमा विस्तार गरिएको गृह मन्त्री माधव घिमिरेले बताए । यो हप्ता भित्रमा ३ सय ५ वटै टोली सक्रिय हुने छ ।' अन्तरिम चुनावी सरकारका गृह मन्त्री माधव घिमिरेले सेतोपाटीलाई भने ।

  • पारस स्वस्थ : ज्ञानेन्द्र स्वदेश फिर्ता

    पारस स्वस्थ : ज्ञानेन्द्र स्वदेश फिर्ता काठमाडौ, वैशाख ८ (सेतोपाटी) - छोरा पारसको हृदयघातसँगै स्वास्थ्यस्थिति अत्यन्त चिन्ताजनक बनेपछि बैकक पुगेको पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल पारसको स्वास्थ्य लाभसँगै स्वदेश फर्केका छन्।    उनीसँगै पूर्व युवराज्ञी हिमानी शाह र छोरी पूर्णीका सहितको ...

  • कोइराला पछुताए

    काठमाडौं, वैशाख ८ (सेतोपाटी)– नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सहयात्री दल र आफ्नै पार्टीका नेताहरूको परिबन्दमा परेर लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा सिफारिस गर्न बाध्य भएको बताएका छन् । ‘लोकतन्त्रमा लोकमान’ भनी कांगे्रस महासमिति बैठकमा चर्को आलोचना खेप्दा पनि मौन कोइरालाले शनिबार झापा पुगेर इच्छा नहुँदा–नहुँदै सिफारिश गर्नुपरेको सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।

  • प्रचण्ड फर्किए

    प्रचण्ड फर्किए काठमाडौ,वैशाख ७ (सेतोपाटी) - एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' साताव्यापी चीन भ्रमण पूरा गरी शनिबार राति स्वदेश फर्किएका छन्। आफ्नो चीन भ्रमण ऐतिहासिक, सफल र उपलब्धीपूर्ण भएको त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग बताए। नेपालको आ...

  • मधेसको भावना अनुरुप देश संघियतामा : देउवा

    मधेसको भावना अनुरुप देश संघियतामा : देउवा मनिका झा, जनकपुर, वैशाख ७ - नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसको भावना अनुरुपनै देश संघियतामा जाने कुरामा ढुक्क हुन सबैसित आग्रह गरेका छन्। कांग्रेस संघियताको विरोधी रहेको गलत प्रचारबाजी भईरहेको र पार्टीले जहिले पनि संघिय लोकतान्त्रिक...

  • २ सय ६० हतियार बरामद

    २ सय ६० हतियार बरामद विनोद शाही, सुर्खेत, बैशाख ७ - भेरी अञ्चलका ४ जिल्लामा २ सय ६० थान अवैध हातहतियार फेला परेका छन् । भेरी अञ्चल प्रहरी कार्यालयले आफ्ना मातहतका जिल्ला प्रहरी कार्यालयहरुमार्फत दुई महिनाको अवधिमा बाँके, बर्दिया, दैलेख र जाजरकोटबाट अवैध रुपमा राखिएका २ सय ६० हतियार संकलन गरेको छ ।

  • पारस पुनर्स्थापना केन्द्रमा भर्ना, पूर्वराजा भोलि फर्कंदै

    पारस पुनर्स्थापना केन्द्रमा भर्ना, पूर्वराजा भोलि फर्कंदै काठमाडौं, वैशाख ७ (सेतोपाटी)– छोरा पारसको स्वास्थ्यमा सन्तोषजनक सुधार आएपछि पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल आइतबार बैंककबाट स्वदेश फर्कंदैछन् । साथमा पूर्वयुवराज्ञी हिमानी पनि आउँदैछिन् । पारसलाई बैंकककै एक पुनर्स्थापना केन्द्रमा भर्ना गरेर परिवार नेपाल फर्कन लागेको हो । केन्द्रमा पारसको लागूऔषध अम्मलको उपचार हुनेछ ।

  • खरदारको सम्पत्ति ५० करोड

    अमित ढकाल - अहिले चौधरीसँग कति सम्पत्ति छ भन्ने लेखाजोखा गर्न गाह्रो छ । सहरमा हालसालै बनेको आधुनिक होटल सीता प्यालेस, बजारको तीनतले घर, भन्सार नतिरेका चारवटा गाडी, सहरका महंगा ठाउँहरूमा आकर्षक घडेरीका मालिक हुन् उनी । उनीसँग एक अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति छ भनेर अड्कल काट्नेहरू जनकपुरमा थुप्रै छन् । जसलाई नमान्नेहरू पनि ५० करोडभन्दा कम छैन भन्नेमा सहमत हुन्छन् ।

  • धाक–धम्कीको राजनीतिले देशको भलो हुन्न : कोईराला

    धाक–धम्कीको राजनीतिले देशको भलो हुन्न : कोईराला बिर्तामोड, बैशाख ६ (सेतोपाटी) - नेपाली कांग्रेसका सभापती सुशिल कोईरालाले संविधानसभाको निर्वाचन मंसिर भित्रमा हुने बताएका छन।     झापाको लक्ष्मीपुरमा शहिद राजन गिरीको शालिक अनावरण गर्दै सभापति कोईरालाले मंसिरमा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरे। उच्चस्तरीय राज...

  • नेपालमा कार्टर सेन्टर अवैध

    युवराज घिमिरे - कार्टर सेन्टर ७ वर्षदेखि नेपालमा सक्रिय छ, यद्यपि उसले सरकारको कुनै निकायबाट दर्ता अनुमति हासिल गरेको छैन। 'राष्ट्रिय मामिलामा सरोकार राख्ने हो भने उसले जिल्ला प्रमुख कार्यालयबाट, क्षेत्रीय मामिलामा सरोकार राख्ने भए परराष्ट्र मन्त्रालय र सेवामूलक संस्था भए सामाजिक समन्वय परिषद्बाट सम्बन्धन लिनुपर्ने' परराष्ट्र स्रोतले बताएको छ। कार्टर सेन्टरले आफ्नो कुनै पनि हैसियत खुलाएको छैन।

  • चुनावमा मधेसकै सिट घट्ने

    अमित ढकाल, काठमाडौं, वैशाख ४ - अन्तरिम संविधानका धाराहरू आपसमा बाझिएकाले संविधानसभा चुनावअघि क्षेत्र पुनर्निर्धारण गर्न संवैधानिक जटिलता देखिएको छ। अन्तरिम संविधानको धारा ६३ (३) मा जनगणनाको पछिल्लो तथ्यांकअनुसार चुनाव क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने उल्लेख छ भने धारा १५४ (८) ले अन्तरिम संविधान जारी हुँदा प्रत्येक जिल्लामा कायम निर्वाचन क्षेत्र घटाउन नपाउने व्यवस्था गरेको छ।

  • दाउन्नेका सबै होटल भत्काइए

    काठमाडौं, वैशाख ४ (सेतोपाटी)– महेन्द्र राजमार्गको नारायणगढ–बुटवल खण्डमा पर्ने दाउन्ने बजारका सबै ५८ वटा होटल बुधबार भत्काइएका छन् ।

  • धपेडीले कोइराला अस्वस्थ

    काठमाडौं, वैशाख ४ (सेतोपाटी)– नेपाली कांग्रेसका सभापति सुशील कोइराला केही दिनदेखि अस्वस्थ छन् । नवलपरासीको त्रिवेणीमा भएको कांग्रेस महासमिति बैठकमा भाग लिने क्रममा उनलाई छातीको संक्रमण भएको हो । महासमिति बैठकको धपेडीले उनी बिरामी परेको उनी निकट कांग्रेस कार्यकर्ताहरुले जानकारी दिए ।

  • मातृशिशुको करोडौं लगानी बालुवामा पानी

    मातृशिशुको करोडौं लगानी बालुवामा पानी सुर्खेत एनजिओ/आइएनजिओहरुको ‘हब’ हो । सरकारी र देशी/विदेशी गैरसरकारी संस्थाहरुले करोडौं खर्चेर सुरक्षित मातृत्वको कार्यक्रम सञ्चालन गरिरहेका छन् । अवोध किशोरीहरुलाई चुँडेर लाने बालविवाह विरुद्ध अभियान पनि सञ्चालन गरिएको छ । ती कार्यक्रम प्रभावकारी हुन सकेका छैनन, कागजी मात्र भएको छ ।

  • भारतले सिक्किम गाभ्दा अमेरिकाको समर्थन

    काठमाडौं, वैशाख २ (सेतोपाटी)– झन्डै चालीस वर्षअघि भारत सरकारले सिक्किमलाई स्वतन्त्र मुलुकबाट आफ्नो राज्य बनाउँदा सन् १९७३ देखि ७५ सम्मको दुई वर्ष अवधिमा अमेरिका कतिपय अवस्थामा मौन रहेको र धेरैजसो भारतकै पक्ष लिएको खुलेको छ ।

  • दाहालको मालामहात्म्य

    दाहालको मालामहात्म्य एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आइतबार पत्नी सीता दाहाल र अन्य तीन निजी सचिवालय सहयोगीसाथ बेजिङ प्रस्थान गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनको बिदाइ हुँदा उनको गर्दन उठ्न नसक्ने गरी सयपत्री मालाले लादिएको थियो । जय–पराजय या कुनै अवसरबिना पनि मालामा लादिने व्यक्ति दाहाल हुन् । उनले विगत छ वर्षको खुला राजनीतिमा नेपालमा माला संस्कारलाई प्र्रोत्साहित गरेको देखिन्छ । संभवतः फूलको व्यापार र फ्लोरीकल्चरका लागि यो शुभ संकेत पनि हो ।

  • चुनाव 'पुरानै ऐनअनुसार'

    अमित ढकाल, काठमाडौं, वैशाख १– निर्वाचनसम्बन्धी अध्यादेशमा विवाद बढ्दै गएपछि पुरानै ऐनअनुसार निर्वाचन हुने सम्भावना बलियो भएर गएको छ। साना दलहरूको विरोध र चुनाव प्रस्तावक मुख्य दलहरूबीच नै विवाद देखिएपछि सरकारले 'संविधानसभा निर्वाचन अध्यादेश २०६९' राष्ट्रपति कार्यालय पठाउन सकेको छैन।

  • ‘महाभारत’बाट प्रभावित थिए राजा वीरेन्द्र

    ‘महाभारत’बाट प्रभावित थिए राजा वीरेन्द्र काठमाडौं, वैशाख १ (सेतोपाटी)– ‘सायद राजा वीरेन्द्र टेलिभिजनमा महाभारत सिरियल हेर्थे, समग्रतामा सिरियल र युधिष्ठिरका रूपमा मेरो अभिनय उनलाई खुब मन प¥यो क्यारे, मुम्बई आएको बेला सुटिङ हेर्ने इच्छा उनले व्यक्त गरेपछि मैले सादर आमन्त्रण गरेँ,‘ हाल भारतीय जनता पार्टीबाट सांसद रहेका लक्ष्मण चौहानले उनको सम्मानमा विराटनगरमा शनिबार आयोजित एक स्वागत कार्यक्रममा भने ।

  • नौलो होइन नेपालमा भारतको ‘दुष्टता’

    काठमाडौं, वैशाख १ (सेतोपाटी)– नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप बढिरहेको आरोप लागिरहेको वर्तमान परिस्थितिमा विकिलिक्सद्वारा जारी केही केबलले नेपाल र अन्य छिमेकी मुलुकहरूमा भारतीय हस्तक्षेपको लामो पृष्ठभूमि भएको खुलासा गरेको छ ।

  • दाहालले फेरी ढाँटे

    दाहालले फेरी ढाँटे किरण भण्डारी, काठमाडौ,वैशाख १- - नेपाललाई कसरि स्थिर, समृद्व र सम्पन्न वनाउन सकिन्छ भन्नेमा केन्द्रित हुनेछुः दाहाल 'बेजिङ गए पनि, दिल्ली गए पनि केहि हुन्न,' खनालले भने, 'बरु दिल्ली गएर धेरै सिल्ली भएर फर्किने गरेका छन्।'

  • दाहाल फर्केलगत्तै कोइराला, खनाल र गच्छदार चीन जाने

    दाहाल फर्केलगत्तै कोइराला, खनाल र गच्छदार चीन जाने काठमाडौं, चैत ३१ (सेतोपाटी)– माओवादी अध्यक्ष पुष्पकमल दाहालको चीन भ्रमणलाई लिएर अनेक अड्कलबाजी भइरहेका बेला बेइजिङले नेपालका विभिन्न राजनीतिक दलहरूसँग सम्बन्ध विस्तार गर्ने संकेत देखाएको छ । वैशाख १ गते आइतबार एक साता लामो चीन भ्रमणमा जान लागेका दाहाल नेपाल फर्केलगत्तै नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी जनअधिकार फोरम प्रजातान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई अलगअलग चीन भ्रमणको निम्ता आएको राजनीतिक सुत्रबाट थाहा भएको छ ।

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink