विशेष

Search news by date range:

  • एमालेले अवरोध गर्ने भएपछि संसद बैठक अझै सुरू भएन

    एमालेले अवरोध गर्ने भएपछि संसद बैठक अझै सुरू भएन सेतोपाटी संवादादाता, काठमाडौं, जेठ १७ -

    प्रमुख विपक्षी दल नेकपा एमालेले आज पनि संसद अवरोध गर्ने भएको छ। निर्धारित ११ बजेका लागि तय संसद बैठक एमालेकै अलमलका राण रोकिएको हो। एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि सत्तारूढ दलले लगाएको महाभियोग प्रस्ताव संसदबाटै फिर्ता नलिएसम्म संसद चल्न नदिने बताएको छ।

  • दोस्रो चरणको निर्वाचन असार १४ मा गर्ने मन्त्रिपरिषद्को निर्णय

    दोस्रो चरणको निर्वाचन असार १४ मा गर्ने मन्त्रिपरिषद्को निर्णय सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १७ -

    सरकारले दोस्रो चरणको स्थानीय निर्वाचनको मिति फेरि सारेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यसअघि असार ९ गते गर्ने भनिएको चुनाव असार १४ गते गर्ने निर्णय गरेको हो।

  • जेब्राक्रसमा गाडी नरोक्ने सवारी चालकलाई भोलिबाट कारबाही गरिनेछ: ट्राफिक प्रमुख

    सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १६ -

    हामीले सडक सुरक्षाको नियम तोड्दै जथाभाबी बाटो काट्ने पैदल यात्रुलाई कारबाही सुरु गरेका छौं,' महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख मिङ्गमार लामाले मंगलबार सेतोपाटीसँग भने, 'अब जेब्राक्रसबाट यात्रुले बाटो काटिरहँदा गाडी नरोक्ने सवारी साधनलाई पनि हामी कारबाही गर्ने छौं। यस्तो देखे जोकोहीले १०३ मा फोन गरेर त्यस्ता सवारीको नम्बर टिपाउनु होला, त्यो सवारी जहाँ भए पनि हामी खोजेर कारबाही गर्नेछौं।'

  • प्रधानमन्त्रीलाई निर्वाचन आयोगको सुझाव: असार १४ मा दोस्रो चरणको चुनाव

    सेतोपाटी संवाददाता,  काठमाडौं, जेठ १६ -

    असार ९ गते मुस्लिम धर्मावलम्बिको चाड इद-उल-फित्र अन्तर्गतको जुमा-अल-बिदा परेकाले उक्त दिन निर्वाचनको कार्यक्रम नराख्न सरकारमाथि दबाव परेको थियो। असार १३ गते रमादान सकिने र असार १५ गते धान दिवस पर्ने भएकाले १४ गते निर्वाचन गर्नु उपयुक्त हुने सुझाव आयोगले दिएको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ।

  • दोस्रो चरणको निर्वाचन असार १३ पछि मात्र

    दोस्रो चरणको निर्वाचन असार १३ पछि मात्र भानुभक्त/सन्जिब बगाले, काठमाडौं, जेठ १६ -

    ‘आज दिउँसो पनि हज समिति लगायतका मुस्लिम संगठनले १३ गतेसम्म चुनाव नगर्न माग गर्दै प्रधानमन्त्रीलाई भेट्नुभएको छ’, गृह मन्त्री विमलेन्द्र निधिले सेतोपाटीसँग भने, ‘प्रधानमन्त्रीज्यूले उहाँहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।’ निधिले चुनावको मिति बारे छलफल गर्न प्रधानमन्त्री दाहालले आजै साँझ निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने र आयोगको सुझाव लिने जानकारी दिए। ‘आयोगसँग छलफल गरेपछि मितिको टुंगो लाग्छ’, निधिले भने, ‘चुनाव सार्नुपर्ने भए मन्त्रिपरिषद्ले निर्णय गर्छ।’

  • कसरी पायो मनाङको नार्फुले ११ करोड, सर्लाहीको चन्द्रनगरले २२ करोड?

    कसरी पायो मनाङको नार्फुले ११ करोड, सर्लाहीको चन्द्रनगरले २२ करोड? रोहित खतिवडा, काठमाडौं, जेठ १६ -

    जनसंख्यालाई ठूलो भार दिएकाले बाक्लो जनघनत्व भएका मधेसका गाँउपालिकालाई पहाडका गाँउ भन्दा धेरै बजेट गएको छ। मधेसका प्राय: सबै स्थानीय तहहरूको क्षेत्रफल कम छ भने जनघनत्व धेरै छ। उदाहरणकालागि सर्लाहीका १७ स्थानीय तहमध्ये सबैभन्दा कम अनुदान पाउने गाउँपालिका चन्द्रनगरलेनै यसपालि २२ करोड रूपैंया अनुदान पाएको  छ। यहि जिल्लाको चक्रघट्ट गाउँपालिकाले ३२ करोड पाएको छ।

  • जमिनमुनि सुरूङबाट गाडी कुद्ने, माथि विमान बस्ने!

    जमिनमुनि सुरूङबाट गाडी कुद्ने, माथि विमान बस्ने! रविन्द्र शाही, काठमाडौं, जेठ १६ -

    ‘सुरूङ मार्ग बनाएर एयर ट्राफिक घटाउने कुरा कहाँबाट आयो’, गौतमले सेतोपाटीसँग भने, ‘यसका राम्रा नराम्रा पक्ष आफ्ना ठाउँमा छन् तर हामीलाई यस बारेमा कुनै पनि जानकारी थिएन।’ हालसम्म विमानस्थल पूर्वाधारको लागि अध्ययन, निर्माण, तथा कार्यक्रम सिफारिस गर्ने निकाय नै जानकार नभएको उक्त कार्यक्रम यसपालीको बजेटमा परेको हो।

  • देउवाले भने- मेरो नेतृत्वमा भए सहमतीय नभए बहुमतीय सरकार

    देउवाले भने- मेरो नेतृत्वमा भए सहमतीय नभए बहुमतीय सरकार सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १६ -

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब बन्ने नयाँ सरकार आफ्नै नेतृत्वमा बन्ने दाबी गरेका छन्। नेपाली कांग्रेसले आव्हान गरेको सर्वदलीय छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले भने,‘मेरो नेतृत्वमा सहमतिको सरकार बन्न नसके बहुमतीय सरकार बन्छ।’

  • काठमाडौं महानगरकी एक्ली महिला वडाध्यक्षको कथा

    काठमाडौं महानगरकी एक्ली महिला वडाध्यक्षको कथा समुन्द्र राज घिमिरे, काठमाडौं, जेठ १६ -

    भान्छा समानताको एउटा बिम्ब हो भने घरमा शोभा र उनका श्रीमान दुवै बराबरी देखिन्छन्। राजनीतिमा भने शोभा अगाडि छिन्। उनी एमाले जिल्ला कमिटीकी सदस्य हुन् भने सोमनाथ वडाको सचिव पद सम्हाल्छन्। अर्थात्, पार्टीको माथिल्लो तहमा शोभाकै निर्णय चल्छ। अब त झन् सिंगो वडाकै जिम्मेवारी थपिएपछि घरको धेरै जिम्मा सोमनाथकै हातमा जाँदैछ।

     

  • कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा एमाले नेताहरु आएनन्

    सन्जिब बगाले, काठमाडौं, जेठ १६ -

    ‘कांग्रेसको नेतृत्वमा सहमतीय सरकार गठन गर्नका लागि भनेर पत्र पठाइएको रहेछ। यो पत्र कांग्रेसको नेतृत्वमा सरकारमा जान चाहनेका लागि मात्रै होला’, ढकालले भने, ‘हामीलाई झुक्किएर आएको होला भनेर हामी बैठकमा गएनौ। हामी त्यो बैठकमा जानुको केही औचित्य छैन। राष्ट्रपतिले सहमतिको सरकारका लागि आह्वान गर्नुभएको हो। कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नका लागि होइन।’

  • तपाईंको गाउँ/नगर/महानगरपालिकालाई कति बजेट पर्‍यो ? हेर्नुहोस् सूची

    तपाईंको गाउँ/नगर/महानगरपालिकालाई कति बजेट पर्‍यो ? हेर्नुहोस् सूची सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १६ -

    भर्खरै स्थानीय तहको पुनः संरचना भई स्थानीय तहका ७४४ एकाइ बनेको र तीमध्ये २८३ एकाइमा निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले कार्यभार लिइसकेको तथा बाँकी ४६१ एकाइ पनि आगामी दुई सातामा जनप्रतिनिधि आइसक्ने सुनिश्चित भइसकेको अवस्थामा बजेटले स्थानीय तहलाई साधन र स्रोत सम्पन्न बनाएको छ ।

  • एमाले अध्यक्ष ओली भोलि भरतपुर जाने

    एमाले अध्यक्ष ओली भोलि भरतपुर जाने सेतोपाटी संवाददाता , काठमाडौँ, जेठ १५ -

    भरतपुर महानगरपालिकाको मतगणनामा मतपत्र च्यातिएपछिको स्थिति बुझ्न एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार चितवन जाने भएका छन्। एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार त्यहाँको वस्तुस्थिति बुझ्न अध्यक्ष ओलीसहितको टोली चितवन जान लागेको हो।

  • दाङमा सरकारी मेडिकल कलेज खोल्ने सहमति, केसीको अनसन स्थगित

    सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १५ -

    दाङमा सरकारी मेडिकल कलेज स्थापना गर्न सरकारले अवधारणापत्र अघि बढाएपछि वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले सोमबारबाट बस्ने भनेको अनसन स्थगित गरेका छन्। दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न दुई वर्षअघि नै सहमति भए पनि अहिलेसम्म प्रक्रिया अघि बढेको छैन।

  • आर्थिक वर्ष २०७४/७५ को लागि १२ खर्ब ७८ अर्ब ९९ करोड बजेट सार्वजनिक (पूर्णपाठ)

    आर्थिक वर्ष २०७४/७५ को लागि १२ खर्ब ७८ अर्ब ९९ करोड बजेट सार्वजनिक (पूर्णपाठ) सेतोपाटी संवाददाता , काठमाडौं, जेठ १५ -

    सरकारले आर्थिक वर्ष २०७४/७५ का लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार बजेट विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार अपराह्न व्यवस्थापिका–संसद्को बैठकमा प्रस्तुत गरेको आयव्यय विवरण (बजेट)मा विनियोजित रकममध्ये चालु खर्च रु आठ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार अर्थात् ६२ दशमलव ८ प्रतिशत, पूँजीगततर्फ रु तीन खर्ब ३५ अर्ब २७ करोड ५९ लाख ७० हजार हजार अर्थात् २६ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु एक खर्ब ४० अर्ब २८ करोड ७४ लाख ३१ हजार अर्थात् ११ प्रतिशत रहेको बताए।

  • कानुनी छिद्रबाट छिरेर भरतपुरमा पुन: मतदान गराउने माओवादी नियत

    रोहित खतिवडा, काठमाडौं, जेठ १५ -

    यो वडामा कांग्रेसको पकड बलियो भएकाले दुई उम्मेद्वारको मतान्तर तीन सय हाराहारीमा झर्ने कांग्रेस-माओवादीको आकलन थियो। तर, १८०० मत गन्दा दाहालको पक्षमा ज्ञवालीको भन्दा ५१ मत मात्रै धेरै पर्‍यो। बाँकी ६ सय मतबाट सात सय भन्दा धेरैको अन्तर तीन सयमा झर्न सम्भव थिएन। यो वडाको मतगणना सकिँदा दाहालले ज्ञवालीसँगको मतन्तार एक सय जति मात्रै कम गर्न सक्ने देखिएको थियो।

  • प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता गर्न निवेदन दर्ता

    प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता गर्न निवेदन दर्ता सन्जिव बगाले, काठमाडौं, जेठ १५  -

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता नलिएसम्म बजेट प्रस्तुत हुन नदिने चेतावनी दिएपछि सत्तारुढ घटकले कार्कीविरुद्धको महाअभियोग फिर्ता लिन निवेदन दिएको हो।

  • आर्थिक वर्ष २०७४/७५ को बजेट प्रस्तुत हुँदै (LIVE)

    आर्थिक वर्ष २०७४/७५ को बजेट प्रस्तुत हुँदै (LIVE) सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १५ -

    अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/७५ को वार्षिक बजेट पेश गरिरहेका छन्। एमालेको संसद अवरोध गर्ने चेतावनीका कारण निर्धारित समयभन्दा एक घन्टा ढिला गरी बजेट प्रस्तु गर्न लागेका हुन्।

    हेर्नुहोस् लाईभ

  • एमालेको अवरोधले बजेट अनिश्चित

    एमालेको अवरोधले बजेट अनिश्चित सेतोपाटी संवाददाता , काठमाडौं, जेठ १५ -

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बजेट अनिश्चित भएको छ। सरकारसँग यसअघि भएको सहमति अनुसार प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाएको महाभियोग प्रस्ताव फिर्ता नलिएसम्म संसद चल्न नदिने भनेपछि बजेट अनिश्चित भएको छ।

  • दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने मन्त्रिपरिषदको निर्णय

    दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने मन्त्रिपरिषदको निर्णय सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १५ -

    राजपालाई समेत निर्वाचनमा सहभागी गराउने उद्देश्यले सरकारले दोस्रो चरणको निर्वाचन मिति एक साता पर सार्दै  असार ९ गते गर्ने निर्णय गरेको छ। प्रमुख तीन दलका शीर्ष नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले दिएको सुझावका आधारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तय गरेको हो।

  • भरतपुर मतगणनाबारे आयोगले बनायो तीन सदस्यीय छानविन समिति, १७ गतेसम्म प्रतिवेदन अाउने

    भरतपुर मतगणनाबारे आयोगले बनायो तीन सदस्यीय छानविन समिति, १७ गतेसम्म प्रतिवेदन अाउने सेतोपाटी संवाददाता, काठमाडौं जेठ १५ -

    निर्वाचन आयोगले भरतपुर महानगरको मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। तीन सदस्यहरुमा सहन्यायाधिवक्ता गीता प्रसाद तिमिल्सना, गृहका एक सहसचिव र एक डिआइजी रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सेतोपाटीलाई जानकारी दिए।

  • १० औं गणतन्त्र दिवस तस्बिरमा

    १० औं गणतन्त्र दिवस तस्बिरमा नारायण महर्जन, काठमाडौं,  जेठ  १५ -

    गणतन्त्र दिवस–२०७४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।

  • भरतपुरमा एक अर्कामा आरोप प्रत्यारोप

    सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १५ -

    उनले आफूले जित्ने निश्चितजस्तै भएपछि आत्तिएको एमालेले सुनियोजित रुपमा मतपत्र च्यातेको आरोप लगाइन्। ‘मैले लिड गर्ने अवस्था आएको थियो, आफू हार्ने भएपछि एमालेले षड्यन्त्रपूर्वक मतपत्र च्यात्ने काम गरे’, रेणुले भनिन्, ‘एकपक्षीय समाचार सम्प्रेषण गरेर जनतामा भ्रम सिर्जना गर्न खोजियो ।’

  • भरतपुर घटनाबारे छलफल गर्न आयोगको बैठक बस्दै

    भरतपुर घटनाबारे छलफल गर्न आयोगको बैठक बस्दै सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १५ -

    चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले त्यहाँको अवस्था जानकारी गराइसकेका छन्। अब मतगणना अघि बढाउने कि नबढाउने भन्ने विषयमा छलफल गर्न आयोगको बैठक बस्न लागेको आयुक्त नरेन्द्र दाहाललाई जानकारी दिए।

  • हामीलाई नै ज्यान जोगाउन मुस्किल भयोः भरतपुरका निर्वाचन अधिकृत

    हामीलाई नै ज्यान जोगाउन मुस्किल भयोः भरतपुरका निर्वाचन अधिकृत सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १५ -

    ‘राति पौने १२ बजेतिर म बाथरुम जान भनी उठें, त्यतिञ्जेल सामान्य रुपले मतणना भइरहेको थियो’, न्यौपानेले टेलिफोनमा सेतोपाटीसँग भने, ‘म बाथरुम नपुग्दै मतगणनास्थल रणभूमिमा परिणत भयो। एक मिनेटभित्रै सबैथोक भइसकेकाले कसले के गर्यो भन्ने मेसो पाइएन, हामीलाई नै ज्यान जोगाउन मुस्किल भयो।’

  • गणतन्त्र दिवसमा पदक पाउनेको नाम घोषणा (नामसहित)

    गणतन्त्र दिवसमा पदक पाउनेको नाम घोषणा (नामसहित) सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १५ -

    गणतन्त्र दिवसका अवसरमा पदक पाउनेको नाम सार्वजनिक भएको छ। गृह मन्त्रालयले मानपदवी, अलंकार पदक पाउनेहरुको नाम आज घोषणा गरेको हो। पदक पाउनेहरुलाई एक वर्षपछि राष्ट्रपतिले सम्मानित गर्ने कार्यक्रम छ । नेपाल रत्न पदकबाट विश्वेश्वरप्रसाद कोइराला (मरणोपरान्त) लाई दिइने गृहले जनाएको छ भने राष्ट गौरव पदकबाट महेन्द्रनारायण निधि मरणोपरान्तलाई दिइने छ।

  • भरतपुरमा मध्यरात माओवादीले मतपत्र च्याते, गणना रोकियो (भिडियो)

    भरतपुरमा मध्यरात माओवादीले मतपत्र च्याते, गणना रोकियो (भिडियो) सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १५ -

    मतगणनाको अन्तिम चरणमा पुगिसक्दा पनि माओवादी केन्द्र तथा नेपाली कांग्रेसकी साझा उम्मेदवार रेणु दाहालले नेकपा एमालेका देवी ज्ञवालीसँगको प्रतिस्पर्धामा मतअन्तर सोचेजस्तो घटाउन नसकेपछि माओवादी कार्यकर्ताहरू हुलदंगामा ओर्लिएका हुन्। मतगणना स्थलमा सहभागी माओवादी प्रतिनिधिहरूले नै मतपत्र च्यातेर अवरोध खडा गरेको अन्य दलका प्रतिनिधिले सेतोपाटीलाई जानकारी दिए। उनका अनुसार मतपत्र च्यात्ने केही माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउसमेत गरेको छ।

  • चुनाव सात दिन सार्ने निर्णय

    सेतोपाटी संवाददाता , काठमाडौँ,जेठ १४ -

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार रातीसम्म बसेको तीन प्रमुख दल र राष्ट्रिय जनता पार्टीबीच सम्पन्न वैठकले दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनको मिति सात दिन सार्ने निर्णय गरेको छ।

     

  • प्रधानन्यायाधीश कार्की विरुद्धको महाअभियोग अघि नबढाउन निवेदन

    प्रधानन्यायाधीश कार्की विरुद्धको महाअभियोग अघि नबढाउन निवेदन सेतोपाटी संवाददाता, काठमाडौँ,जेठ १४ -

    प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका सांसदहरुले नै त्यसलाई स्थगित गर्न सभामुख ओनसरी घर्ती समक्ष निवेदन दिएका छन्। आइतबार दिइएको निवेदनमा वर्तमान राजनैतिक परिस्थितिलाई मध्यनजर राखि उक्त प्रस्ताव अघि नबढाउन अनुरोध गरिएको उल्लेख छ।

  • सत्तारूढ दल र एमालेसँग बसेको राजपा बैठक निष्कर्षविहिन

    सत्तारूढ दल र एमालेसँग बसेको राजपा बैठक निष्कर्षविहिन काठमाडौं, जेठ १४ -

    संविधान संशोधन, दोस्रो चरणको स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले यथास्थितिमा संविधान संशोधनका पक्षमा दुईतिहाई बहुमत पुग्न कठिन रहेको र स्थानीय तहको दोस्रो निर्वाचनको मिति नजिकै आएकाले निर्वाचनपछि संविधान संशोधन पारित गरेर अघि बढ्ने गरी निर्वाचनमा सहभागी हुन राजपाका नेताहरुलाई आग्रह गरेका थिए।

  • काठमाडौँ महानगरपालिकाको मेयरमा उठेर एक भोट मात्रै! हेर्नुहोस् कसले कति पाए?

    काठमाडौँ महानगरपालिकाको मेयरमा उठेर एक भोट मात्रै! हेर्नुहोस् कसले कति पाए? काठमाडौं, जेठ १४ (सेतोपाटी) -

    मेयरमा कडा टक्कर दिने ठानिएका नेपाली कांग्रेसका राजुराज जोशी भने कमजोर सावित भए। उनी झन्डै २० हजार मतान्तरमा पराजित भए। नयाँ पार्टीका रूपमा उदाएका साझा पार्टीलाई विवेकशील नेपालीले पछाडि पारेको छ। काठमाडौंको मेयरमा २८ उम्मेदवारमध्ये १७ जना उम्मेद्वारले १०० मत भन्दा कमी ल्याए। जित्ने विद्यासुन्दरले ६४ हजार ९ सय १३ मत ल्याउँदा मेयरकै एक प्रत्यासी भगवान गिरीले १ भोट मात्रै पाए।

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा