विशेष

Search news by date range:

  • भरतपुरको विषयमा आज निर्णय गर्छौं: प्रमुख निर्वाचन आयुक्त यादव

    भरतपुरको विषयमा आज निर्णय गर्छौं: प्रमुख निर्वाचन आयुक्त यादव सेतोपाटी संवाददाता , काठमाडौं, जेठ ११ -

    सेतोपाटीसँग कुरा गर्दै उनले भने, 'आयोगको बैठक बसेर हामी आजै सकारात्मक निर्णय गर्छौं।' भरतपुरमा च्यातिएका मतपत्रको संख्या यकिन भएर आइसकेको हुँदा आजै टुंगोमा पुग्ने उनले बताए। 'च्यातिएका मतपत्रको संख्या आइसकेको छ,' उनले भने, 'त्यसले निर्वाचन परिणाममा प्रभाव पार्छ वा पार्दैन भन्न सक्ने अवस्था छैन। कानुनी जटिलता पनि छ। यी सबै विषयमा हामी छलफलमा छौं। आज कुनै न कुनै निर्णयमा पुग्छौं।'

  • च्याम्पियन्स ट्रफीको लाइभ ब्लग र भिडियो सेतोपाटीमा मात्र

    च्याम्पियन्स ट्रफीको लाइभ ब्लग र भिडियो सेतोपाटीमा मात्र सेतोपाटी नोट -

    इङ्ल्यान्ड र वेल्समा भइरहेको आइसिसी च्याम्पियन्स ट्रफीअन्तर्गतका सम्पूर्ण खेलको लाइभ ब्लग, कमेन्ट्री, चौका, छक्का, विकेट, हाइलाइट्स लगायत सामग्री भिडियोसहित 'एक्सक्लुसिभ' रूपमा नेपालबाट सेतोपाटी अनलाइनले मात्र प्रकाशन-प्रसारण गर्ने भएको छ।

  • एमाले र सभामुखले राष्ट्रपतिको पत्रको सम्मान गर्नुपर्छ: बिडारी

    काठमाडौं, जेठ १९ (सेतोपाटी) -

    एमालेले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका अघि नबढाउन सभामुख अाेनशरी घर्तीलाई अाग्रह गरेको छ। कार्यव्यवस्था परामर्श समितिको शुक्रबार बसेको बैठकमा एमाले नेताहरूले संसद अवरुद्ध भएको अवस्थामा प्रधानमन्त्री चयन हुन नसक्ने बताएका थिए।

  • संसारमा किन यति धेरै सौन्दर्य छ?

    संसारमा किन यति धेरै सौन्दर्य छ? जेम्स कोरम्यान (न्यूयोर्क टाइम्स)    -

    लामो समय बाँच्ने जीवले बढी सन्तान जन्माउँछन् र आफ्ना गुण नयाँ पुस्तामा हस्तान्तरण गर्छन्। अर्थात्, कमजोर मृगको तुलनमा छिटो कुद्ने मृग बढी बाँच्छन् र उनीहरुका बढी सन्तान हुन्छन्। त्यसभन्दा पनि छिटो कुद्ने मृगका अझ धेरै सन्तान हुन्छन्। चाँडो कुद्न नसक्ने मृग मर्छन्। अन्तत: अत्यन्त चाँडो कुद्नु मृगको गुण हुन जान्छ।

  • भरतपुर मतगणना विवादबारे अायोगले अाज निर्णय गर्ने

    भरतपुर मतगणना विवादबारे अायोगले अाज निर्णय गर्ने सेतोपाटी संवाददाता , काठमाडौं, जेठ १९ -

    केही बेरअघि सुरू भएको आयोगको बैठकमा भरतपुरको मतगणना विवादबारे छलफल भइरहेको आयोग प्रवक्ता सुर्यप्रसाद शमाले जानकारी दिए। 'आयोगको बैठक बसिरहेको छ। भरतपुरबाट च्यातिकएको मतपत्रको संख्या यकिन भएर आइसकेको हुनाले आज यो विषयमा छलफल हुँदैछ,' उनले भने।

  • पारस खड्काले हालेको भ्रष्टाचारको मुद्दामा क्यान पदाधिकारीले सर्वोच्चबाट सफाइ पाए

    पारस खड्काले हालेको भ्रष्टाचारको मुद्दामा क्यान पदाधिकारीले सर्वोच्चबाट सफाइ पाए काठमाडौं, जेठ १९ (सेतोपाटी) -

    नेपाली क्रिकेट कप्तान पारस खड्कालगायत ४ खेलाडीले भ्रष्टाचारको आरोप लगाउँदै करिब ३ वर्षअघि अख्तियारमा दायर गरेको मुद्दामा नेपाल क्रिकेट संघ (क्यान) का पूर्व तथा वर्तमान पदाधिकारीले पुनः सफाइ पाएका छन्।

  • प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक हुँदै

    प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक हुँदै सन्जिब बगाले, काठमाडौं, जेठ १९ -

    प्रधानमन्त्री प्रचण्डले १० जेठमा पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सुरु भएको हो। यसअघि राष्ट्रपतिले सहमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न दलहरूलाई सात दिनको समय दिएकी थिइन्। त्यो अवधिमा सहमति नभएपछि बहुमतीय प्रक्रिया सुरु भएको हो।

  • सरकारको पाँच करोड नलिएका पुनले भने, 'डेढ करोड दिने निर्णय सकारात्मक'

    सरकारको पाँच करोड नलिएका पुनले भने, 'डेढ करोड दिने निर्णय सकारात्मक' रोहित खतिवडा , काठमाडौं, जेठ १८ -

    'यो अघिल्लो पटकजस्तो सरकारले गरेको निर्णय होइन,'उनले भने, 'यो उद्योगमन्त्रीज्यूको व्यक्तिगत सदासयता र सहयोग हो। यसलाई मैले सकारात्मक रूपमा लिएको छु।'

  • एमालेले पनि च्यातेको थियो मतपत्र

    सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १८ -

    भरतपुर महानगरपालिकाको मतगणना क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि उत्पन्न विवादलाई लिएर नेकपा एमालेले संसद अवरुद्ध गरेको छ। मतपत्र च्यात्नमा एमाले आफैं पनि अछुतो छैन। बीस वर्षअघि २०५४ सालमा भएको स्थानीय चुनाव क्रममा बागलुङको अमलाचौरमा आफूले हार्ने निश्चित भएपछि एमालेले मतपत्र च्यातिदिएको थियो।

  • नागरिकका गुनासा सुन्नेमा नेपाल संसारकै दोस्रो!

    नागरिकका गुनासा सुन्नेमा नेपाल संसारकै दोस्रो! भानुभक्त, काठमाडौं, जेठ १८ -

    ‘हामीले दुई कुरामा सफलता पाएका छौं। पहिलो, कुरा जनतामा चुप लागेर बस्न हुन्न, गुनासो गर्नुपर्छ भन्ने चेतना बढेको छ। दोस्रो, हामीले मन्त्रालय र निकायलाई यति धेरै गुनासा पठाइदिएका छौं, उनीहरुलाई जवाफ नदिए पनि हाम्रो कामले जनता सन्तुष्ट छैनन् भन्ने चेत खुलेको छ।’

  • काठमाडौंका एक वडाध्यक्षको पहिलो दिन

    काठमाडौंका एक वडाध्यक्षको पहिलो दिन समुन्द्र राज घिमिरे, काठमाडौं, जेठ १८ -

    सभागृहमा सपथ चलिरहँदा यहाँका स्थानीय पानसमा बत्ती बालेर २० वर्षपछि निर्वाचित आफ्ना वडाध्यक्ष र सदस्यहरूलाई पर्खिरहेका थिए। छोराको मोटरसाइकलमा सवार बालकृष्णलाई देख्नेबित्तिकै स्थानीयले छोपिहाले। उनलाई खादा पहिर्याए। रातो अबिर लगाइदिए। सगुन खुवाए। स्थानीय समस्याको हल स्थानीय स्तरबाटै सुल्झाउने जिम्मेवारी बोकेका निर्वाचित प्रतिनिधि पाएर सहभागीहरू नौलो अनुभव गरिरहेका थिए।

  • भरतपुरमा ९० मतपत्र च्यातिएको यकिन

    भरतपुरमा ९० मतपत्र च्यातिएको यकिन सेतोपाटी संवाददाता , काडमाडौँ,जेठ १८ -

    भरतपुर महानगरपालिकाको मतगणना क्रममा विवाद हुँदा ९० मतपत्र च्यातिएको यकिन भएको छ। आइतबार रातीदेखि बन्द गरिएको मतगणना स्थल निर्वाचन आयोगको निर्देशनमा आजै खोलिएको थियो। उम्मेदवारहरुको रोहवरमा शिलबन्दी खोलेर गणना गर्दा ९० वटा मतपत्र च्यातिएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले सेतोपाटीलाई जानकारी दिए। 

  • स्थानीय सरकार बनिसकेपछि पनि सांसदलाई बजेट किन?

    सन्जिब बगाले, काठमाडौं, जेठ १८   -

    महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले पनि निर्वाचन क्षेत्र पूर्वाधार तथा विकास कार्यक्रमको बजेट हिनामिना भएको देखाएको छ। धेरै आयोजना छनौट हुँदा पर्याप्त बजेट विनियोजन नहुने र स-साना आयोजनामै छरिने भएकाले कार्यान्वयन प्रभावकारी नभएको प्रतिवेदनले बताएको छ। नियमले तोकेको सीमाभित्र रहेर आयोजना छनौट गर्नुपर्ने भए पनि त्यस्तो गरेको पाइएको छैन।

  • नयाँ मेयर र उपमेयरको स्वागतमा प्रफुल्ल महानगरका कर्मचारी

    नयाँ मेयर र उपमेयरको स्वागतमा प्रफुल्ल महानगरका कर्मचारी काठमाडौं, जेठ १८ -

    समृद्ध राजधानीको सपना बोकेर आएका नयाँ मेयर र उपमेयरलाई काठमाडौं महानगरपालिकाका कर्मचारी भब्य स्वागत गरे। पुरानो भवन भूकम्पले क्षतिग्रस्त भएपछि महानगरपालिकाको कार्यालय सुन्धारास्थित जेडिए (जगदम्बा) कम्प्लेक्सको पाँचौँ र छैटौँ तलामा सजावट गरिएको कार्यालय प्रवेश गर्ने क्रममा महानगरका कर्मचारीमा प्रफुल्लता थियो।

  • ११ वर्षपछि च्याम्पियन्स ट्रफीमा फर्किएको बंगलादेशको भाग्य परीक्षा आज

    ११ वर्षपछि च्याम्पियन्स ट्रफीमा फर्किएको बंगलादेशको भाग्य परीक्षा आज   काठमाडौं, जेठ १८ (सेतोपाटी) - मिनी विश्व कपको रुपमा हेरिने आइसिसी च्याम्पियन्स ट्रफीअन्तर्गत आयोजक इङ्ल्यान्ड र बंगलादेश आज पहिलो खेलका लागि मैदानमा उत्रिँदा विश्वभरीका क्रिकेट समर्थकको ध्यान ओवलमा हुनेछ। कल्पना गर्न गाह्रो पर्ने इङ्ल्यान्डको पीच, त्यसमा पनि स्विङ बलरहरुलाई बढी स...

  • तीन हजार पैदलयात्रु समातिँदा जेब्रा क्रसिङमा नरोक्ने जम्मा एउटा ट्याक्सीलाई कारबाही

    प्रकाश ढुंगाना, काठमाडौं, जेठ १७ -

    पैदलयात्रुलाई कारबाही गर्न ट्राफिक प्रहरीले जति कडिकडाउ गरिरहेको छ, जेब्रा क्रसिङमा गाडी नरोक्ने सवारी चालकलाई भने कुनै कारबाही गरेको देखिएन। राजधानीका जेब्रा क्रसिङमा गाडीहरूको तछाडमछाड बुधबार पनि उस्तै थियो। पैदल यात्रु हिँडिरहेको देख्दादेख्दै पेल्न खोज्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही त परको कुरा, सचेतसम्म गराएनन्।

  • भरतपुर–१९ को मतगणना विवादबारे आयोग निष्कर्षमा पुग्न सकेन

    रोहित खतिवडा , काठमाडौं, जेठ १७ -

    निर्वाचन आयोगले भरतपुर– १९मा मतगणना गर्ने कि पुनः मतदान गर्ने बारे आज निर्णय गर्न सकेन।

  • बन्धक बनाएर प्रहरी कुट्ने विप्लव समूहका नेता पक्राउ

    बन्धक बनाएर प्रहरी कुट्ने विप्लव समूहका नेता पक्राउ प्रकाश ढुंगाना, ललितपुर, जेठ १७ -

    प्रहरीलाई बन्धक बनाएर कुट्ने नेकपा कम्युनिष्ट पार्टी विप्लव समूहका नेतालाई प्रहरीले पक्राउ गरेको छ। नेकपा कम्युनिष्ट पार्टी विप्लव समूहका ललितपुर जिल्ला सदस्य तथा पाटन क्याम्पसका संयोजक रामबहादुर तिरुवालाई ललितपुर प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले आज ग्वार्कोबाट पक्राउ गरेको हो। उनीहरुले गत चैत २० गते ललितपुर प्रहरी परिसर सामुन्ने रहेको लभ्ली ब्याङक्विटमा पुगेका प्रहरीलाई बन्धक बनाएर कुटपीट गरेका थिए।

  • वीर अस्पताल हिँडेकी आइतीमाया जब बग्गीखाना पुगिन्

    वीर अस्पताल हिँडेकी आइतीमाया जब बग्गीखाना पुगिन् गिरीश गिरी, काठमाडौं, जेठ १७ -

    ट्राफिक प्रहरीले सूचना जारी गर्दै पैदलयात्रीमाथि कारबाही घोषणा गरेको दोश्रो दिन सजायको भागी भएकी थिइन् आइतीमाया। जथाभाबी बाटो काट्ने पैदलयात्रीलाई कारबाहीस्वरुप दुई सय रुपैयाँ जरिवाना गर्ने र पैसा नतिर्नेको हकमा तीन घन्टा नियन्त्रणमा लिने चेतावनीअनुसारै उनी प्रहरी हिरासतमा परेकी थिइन्। मंगलबार कारबाहीमा परेकामध्ये ८ सय ४० जना आइतीमायाजस्तै निमुखा थिए, जोसँग ट्राफिक प्रहरीलाई जरिवाना तिर्न खल्तीमा दुई सय रुपैयाँ पनि थिएन।

  • जनतालाई ‘नो हर्न’, भिआइपीलाई साइरन!

    शोभा शर्मा, काठमाडौं, जेठ १७ -

    कसले साइरन बजाउँदा के असर हुन्छ भन्नेमा पनि सतर्क हुनुपर्ने पूर्वगृहसचिव श्रीकान्त रेग्मीको भनाइ छ। जस्तो, सेनाका अधिकारीहरू हिंसा र अशान्त क्षेत्रमा जाँदा साइरन बजाउनु आवश्यक हुन्छ। सामान्य अवस्थामा पनि द्वन्द्वकालको झल्को दिने गरी साइरन बजाउँदै सहरमा घुम्दा सर्वसाधारणमा त्यसले भय पैदा गर्छ।

  • यस्तो छ दोस्रो चरणको निर्वाचनको नयाँ कार्यतालिका

    यस्तो छ दोस्रो चरणको निर्वाचनको नयाँ कार्यतालिका काठमाडौं, जेठ १७ (सेतोपाटी) -

    निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले बुधबार असार १४ गते हुने ४६१ वटा स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। आयोग प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार असार २ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ। त्यसै दिन उम्मेदवारको सूची प्रकाशन गरिनेछ । 

  • सात घन्टा हिउँमा पुरिएर बाँचेका पाकिस्तानी पूर्व सैनिक

    सात घन्टा हिउँमा पुरिएर बाँचेका पाकिस्तानी पूर्व सैनिक समुन्द्र राज घिमिरे, काठमाडौं, जेठ १७ -

    त्यहाँबाट सगरमाथाको चुचुरोमा पुगिवरी करिब साढे दुई घन्टामा फर्किंदासम्म ती दुवै आरोही उस्तै अवस्थामा थिए। अघि लगाइदिएको अक्सिजन फुस्किइसकेको थियो। अब्दुल चिच्याइरहेका थिए भने दावा चुपचाप थिए। दावाको मुटुको धड्कन र नाडीको चाल निकै धिमा थियो। केही दावालाई ‘मरिसकेछ’ भन्दै थिए।

  • राजपाद्वारा आमहड्ताल, बन्द र मसाल जुलुसका कार्यक्रम फिर्ता

    राजपाद्वारा आमहड्ताल, बन्द र मसाल जुलुसका कार्यक्रम फिर्ता संजिब बगाले, काठमाडौं, जेठ १७ -

    राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचन बिथोल्ने गरी घोषणा गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। आमहड्ताल, बन्द र मसाल जुलुसका कार्यक्रम घोषणा गरेकोमा अब अरू 'सफ्ट' खालका कार्यक्रम बाहिर ल्याउने भएको राजपाका नेता केशब झाले जानकारी दिएका छन्।

  • रञ्जु साडीमा सजिएर गइन् विद्यासुन्दरको सपथमा

    रञ्जु साडीमा सजिएर गइन् विद्यासुन्दरको सपथमा सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १७ -

    काठमाडौं महानगरपालिकाको मेयरमा तेस्रो बढी मत ल्याएकी रञ्जु दर्शना बुधबार पहिलोपटक साडी र ब्लाउज लगाएर सार्वजनिक कार्यक्रममा देखा परिन्। यो नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्य र उनका टिमको सपथग्रहण समारोहको दृश्य हो।

  • प्रमुख-उपप्रमुखसहित काठमाडौं महानगरका १ सय ६२ जनप्रतिनिधिले लिए शपथ

    प्रमुख-उपप्रमुखसहित काठमाडौं महानगरका १ सय ६२ जनप्रतिनिधिले लिए शपथ नारायण महर्जन, काठमाडौं, जेठ १७ -

    काठमाडौं महानगरपालिका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रिय सभागृहमा बुधबार आयोजित विशेष सारोहमा मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी र ३२ वटै वडाका अध्यक्षहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।

  • एमालेको देउवालाई सन्देश–भरतपुरमा ‘किचलो’ गर्ने कि प्रधानमन्त्री बन्ने

    एमालेको देउवालाई सन्देश–भरतपुरमा ‘किचलो’ गर्ने कि प्रधानमन्त्री बन्ने सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १७ -

    संसद अवरुद्ध गरेर एमालेले भरतपुरमा पुनः मतगणना सुरु नगरेर किचलो गरिराख्ने हो भने आफूले पनि नयाँ सरकार बन्न नदिने स्पष्ट सन्देश दिएको छ। यो सन्देश मुख्यतः ‘प्राइममिनिस्टर इन वेटिङ’ शेरबहादुर देउवाप्रति लक्षित छ। संसद अवरुद्ध भएपछि उनीमाथि भरतपुरको विषय सहमतिमा टुंग्याउन दबाब पर्नेछ।

     

  • भरतपुरमा मतगणना सुरु नगरे हामी आफैं विजयी भएको घोषणा गर्छौं : एमाले नेता पाण्डे

    भरतपुरमा मतगणना सुरु नगरे हामी आफैं विजयी भएको घोषणा गर्छौं : एमाले नेता पाण्डे सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १७ -

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार भरतपुर महानगरपालिकाको रोकिएको मत गणना सुरू गर्न माग गर्दै संसद बैठक अवरोध गरेको छ। संसद्मा विशेष समय लिएर बोल्दै नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले तुरून्त मत गणना सुरू गर्न माग गर्दै त्यसो नगरे आफैं जीतको घोषणा गरेर जाने धम्की दिएका छन्। ‘तत्काल मतगणना कार्य सुरु गरियोस्, अन्यथा निर्णय भयो भने नेकपा एमाले यो नतिजा विजयी भयो भनेर स्वयम् घोषणा गरेर जान बाध्य हुनेछौं।'

  • कसले जित्ला, च्याम्पियन्स ट्रफी?

    कसले जित्ला, च्याम्पियन्स ट्रफी? काठमाडौं, जेठ १७ (सेतोपाटी) -

    यसपालि पनि उपाधिको दावेदार भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया र इङ्ल्यान्डलाई मानिएको छ। अस्ट्रेलियाले पनि २००६ र २००९ मा गरी लगातार २ पल्ट उपाधि जितेको छ। दक्षिण अफ्रिकाले १९९८ मा बंगलादेशबाट सुरु भएको यो प्रतियोगिताको पहिलो संस्करण नै जितेको थियो। त्यसयता अफ्रिका फाइनलमा पनि पुग्न सकेको छ्रैन्।

  • भरतपुर घटनाको विरोधमा एमालेद्वारा संसद अवरुद्ध, अर्को बैठक भोलि

    भरतपुर घटनाको विरोधमा एमालेद्वारा संसद अवरुद्ध, अर्को बैठक भोलि सन्जिब बगाले, काठमाडौं, जेठ १७ -

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको मत गणना तत्काल सुरु गर्नुपर्ने माग गर्दै व्यवस्थापिका संसद अवरुद्ध पारेको छ । सभामुख ओनसरी घर्तीले बुधबारको व्यवस्थापिका संसद बैठक प्रारम्भ भएको जानकारी गराए लगत्तै एमाले सांसदले उठेर विरोध जनाएका थिए ।

  • प्रधानमन्त्री दाहालले भने- एमालेकै सहमतिमा दोस्रो चरणको निर्वाचन असार १४मा सार्ने निर्णय

    प्रधानमन्त्री दाहालले भने- एमालेकै सहमतिमा दोस्रो चरणको निर्वाचन असार १४मा सार्ने निर्णय सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १७ -

    प्रधानमन्त्री दाहालले राष्ट्रिय जनता पार्टी, नेपाल पनि दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी हुने पनि स्पष्ट पारे। बुधबार बिहान सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले राष्ट्रिय जनता पार्टीको माग र मुस्लिम समुदायको पर्व रमजान परेकाले पनि निर्वाचनको मिति असार १४ गते सार्नु परेको स्पष्टिकरण पनि दिए।

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा