विशेष

Search news by date range:

  • कमल थापाले पर्खन भनेपछि संशोधन विधेयकमा ४ गतेपछि मात्र मतदान हुने

    कमल थापाले पर्खन भनेपछि संशोधन विधेयकमा ४ गतेपछि मात्र मतदान हुने सन्जिव बगाले, काठमाडौं,साउन ३२ -

    निर्वाचन आयोगले राप्रपाबाट विभाजन भएर राप्रपा(प्रजातान्त्रिक) दर्ताका लागि परेको निवेदनमाथि अन्तिम निर्णय भदौ ४ गते गर्ने बताएको छ। सो निर्णयपछि मात्र अाफूहरूले विधेयकको पक्षमा मतदान गर्ने सन्देश थापाले सरकारलाई पठाएका छन्।  उनले  विधेयक ४ गतेभन्दा अगाडि निर्णयार्थ पेश भएमा भने  राप्रपाले संशोधनका विपक्षमा मतदान गर्ने जानकारी गराएको राजपा नेताले बताए।

  • प्रदेश नम्बर २ का कांग्रेस स्थानीय संयन्त्रले उम्मेदवार टुंग्याउन सकेनन्

    प्रदेश नम्बर २ का कांग्रेस स्थानीय संयन्त्रले उम्मेदवार टुंग्याउन सकेनन् सेतोपाटी संवाददाता, काठमाडौं, साउन ३२ -

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले अधिकांश जिल्लाले उम्मेदवारको नामावली पठाएको जानकारी दिए। उनका अनुसार आएकामध्ये कसैले पनि सर्वसम्मतले निर्णय गर्न सकेका छैनन्।

    प्रदेश नम्बर २ मा सकेसम्म स्थानीय संयन्त्रले नै विवाद सल्ट्याउन भनिएको थियो। तर अधिकांश जिल्ला संयन्त्रले भने विवादित नामावली नै पठाएका छन्।

  • प्रदेश र केन्द्रको निर्वाचन एक साथ गराउन तीन दल सहमत, आयोगसँग परामर्श गर्ने

    प्रदेश र केन्द्रको निर्वाचन एक साथ गराउन तीन दल सहमत, आयोगसँग परामर्श गर्ने सेतोपाटी संवाददाता, काठमाडौं, साउन ३२ -

    प्रधानमन्त्री निवास बालुवाटरमा बसेको प्रमुख दलहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एकसाथ प्रदेश र केन्द्रको निर्वाचन गराउने प्रस्ताव गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माघ ७ गतेसम्ममा निर्वाचन गराइसक्नुपर्ने भएकाले एक साथ गर्न सकिने धारणा राखेको थियो। 'मिति तोक्ने कुरा सरकारको हो। एक चरणमा गर्ने कि दुई चरणमा गर्ने कि भन्ने विषयमा निर्वाचन आयोगसँग छलफल गर्ने कुरा भयो',एमाले महासचिव इश्वर पोखरेलले भने।

  • छाता ओढ्न नपाएपछि राजपा साइकलमा सरर!

    छाता ओढ्न नपाएपछि राजपा साइकलमा सरर! सन्जिब बगाले, काठमाडौं, साउन ३२ -

    राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले छाता निर्वाचन चिन्ह नपाउने भएपछि साइकल रोज्ने भएको छ। छाता निर्वाचन चिन्ह दिन नसक्ने निर्वाचन आयोगले स्पष्ट गरेपछि राजपाले हातको पञ्जा निर्वाचन चिन्ह राख्ने छलफल चलाएको थियो। हातको पञ्जा राजपा बन्नु अघि सद्भावना पार्टीको चुनाव चिन्ह थियो।

  • चुडामणि मुद्दामा सर्वोच्चको फैसलासँग जोडिएका प्रश्न

    चुडामणि मुद्दामा सर्वोच्चको फैसलासँग जोडिएका प्रश्न शोभा शर्मा, काठमाडौं, साउन ३२ -

    'उनी भ्रष्टाचारका अन्य अभियुक्त सरह किन हैनन् भने, अरुले भ्रष्टाचार गर्दा कानुन उल्लंघन गरेकै हुन्छन्। कर फर्छ्यौट आयोग पदाधिकारीलाई भने कानुनले नै बक्यौता कर फर्छ्यौट गर्न छुट दिएको छ। त्यसमा असल नियत राख्यो वा खराब भन्ने आधारमा कारबाही गर्ने हो। त्यसैले अरु जस्तो हैन भनेर सर्वोच्चले भनेको होला,' उनले भने।

  • डा. केसीको अनशन स्थगित, आइसियू भर्ना

    डा. केसीको अनशन स्थगित, आइसियू भर्ना सेतोपाटी संवाददाता, काठमाडौं, साउन ३२ -

    २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीले आफ्नो ११औँ अनशन स्थगित गरेका छन्। बाढी-पहिरोले देशमा विषम परिस्थिति निम्त्याएका बेला आफूले अनशन स्थगित गर्नु उचित देखेको बताउँदै डा. केसीले २३ दिनदेखिको अनशन अन्त्य गरेका हुन्। डा. केसीलाई अनशन स्थगित गरेलगत्तै उपचारका लागि आइसियू भर्ना गरिएको छ।

  • रामचन्द्र झा र रामकुमार शर्मा नयाँ शक्तिबाट निष्काशित

    रामचन्द्र झा र रामकुमार शर्मा नयाँ शक्तिबाट निष्काशित काठमाडौं, साउन ३२ (सेतोपाटी) -

    बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले रामचन्द्र झा र रामकुमार शर्मालाई पार्टीबाट निष्काशित गरेको छ। नेकपा एमाले छाडेर नेकपा माओवादी हुँदै भट्टराईसँगै नयाँ शक्ति पुगेका झा अन्तत: माओवादी फर्कन लागेका हुन्।

  • संशोधन विधेयकमा आजदेखि छलफल हुने, बिहीबारसम्म निर्णयार्थ पेस गर्ने तयारी

    संशोधन विधेयकमा आजदेखि छलफल हुने, बिहीबारसम्म निर्णयार्थ पेस गर्ने तयारी सेतोपाटी संवाददाता, काठमाडौं, साउन ३१ -

    मंगलबार बस्ने संसद बैठकमा विधेयक अघि बढाउने सरकारको तयारी छ। विधेयकमा परेका संशोधनमाथिको छलफल सकिएपछि निर्णयार्थ पेस गरिन्छ। संशोधन विधेयक पारित हुन दुईतिहाइ बहुमत चाहिन्छ। यसअघि वैशाख १७ गते संविधान संशोधन विधेयक निर्णयार्थ पेस गर्ने सरकारको तयारी रहे पनि राप्रपाका १० जान सांसद अनुपस्थित भएपछि विधेयक अघि बढेको थिएन।

  • केसी अनसन सुखद निष्कर्षतिर

    केसी अनसन सुखद निष्कर्षतिर सेतोपाटी संवाददाता, काठमाडौं, साउन ३१ -

    अहिलेको प्रस्तावअनुसार मंगलबार दिउँसो बस्ने मन्त्रिपरिषद बैठकले माथेमा कार्यदलको प्रतिवेदनका आधारमा विधेयक संशोधन गरी पारित गर्ने निर्णय गर्नेछ। त्यही बैठकले मुख्यसचिवको नेतृत्वमा अर्थसचिव र शिक्षसचिव रहेको कमिटी बनाउनेछ, जसले मनसायपत्र पाइसकेका र किन्न आवश्यक देखिएका मेडिकल कलेज खरिद गर्न प्रक्रिया अघि बढाउनेछ। यसले सम्बन्धित कलेजहरूको सम्पत्ति मूल्यांकन गरी नेगोसियसन सुरु गर्नेछ।

  • पोखरामा सेनाको ब्यारेकभित्र गोली चल्यो, आफ्नै सहकर्मीको हत्या

    पोखरामा सेनाको ब्यारेकभित्र गोली चल्यो, आफ्नै सहकर्मीको हत्या सेतोपाटी संवाददाता, पोखरा, साउन ३१ -

    पोखरामा नेपाली सेनाकै ब्यारेकभित्र एक सैनिकले सहकर्मीको गोली हानी हत्या गरेका छन् । सिद्धिबक्स गणका सैनिक बसन्त लोहारले प्युठ पदमा कार्यरत गणेश विष्टको हत्या गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए। आज विहान ५ बजेतिर सुतिरहेका विष्टमाथि लोहारले सात राउण्ड गोली हानेको उनले बताए।

  • तस्बिरमा हेर्नुहोस् तराईको बाढी

    तस्बिरमा हेर्नुहोस् तराईको बाढी सेतोपाटी संवाददाता, काठमाडौं. साउन ३१ - प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितको उद्दार र राहतमा सरकारले कुनै कसर बाँकी रहने नगरी काम गर्ने बताएका छन्। सोमबार बाढी प्रभावित पूर्वी र मध्य तराईका ९ जिल्लाको अवलकोन गरेर इटहरीको कृष्ण मन्दिरमा बाढी पीडितहरुसँग साक्षात्कार गर्दै प्रधानमन्त्र...

  • डा. केसीले अनसन नतोडेसम्म विधेयक पेस नगर्ने रञ्जु झाको अडान

    डा. केसीले अनसन नतोडेसम्म विधेयक पेस नगर्ने रञ्जु झाको अडान सेतोपाटी संवाददाता, काठमाडौं, साउन ३० -

    डा. गोविन्द केसीको मागअनुसार चिकित्सा शिक्षा विधेयक संशोधन गरी बहुमतबाट पारित गर्ने तयारीबीच नयाँ अड्चन आएको छ। संसदको जुन समितिमा यो विधेयक विचाराधीन छ, त्यसका सभापतिले डा. केसीको अनसन नतोडिएसम्म संसदको पूर्ण बैठकमा पेस नगर्ने बताएकी छन्।

  • विराटनगरमा धेरैले अग्लो घरमा गएर ज्यान जोगाए

    विराटनगरमा धेरैले अग्लो घरमा गएर ज्यान जोगाए विराटनगर, साउन ३० -

    विगत २ दिनदेखि लगातार परेको बर्षाले गर्दा विराटनगरवासीको जनजीवन कस्टकर बन्न थालेको छ। आइतबार बिहान पानी रोकिए पनि मौसम अझै खुल्न सकेको छैन्। शनिवार राती स्थानीय नदी तथा खोलाहरु फुटेर पानी घर भित्र प्रवेश गरे पछि स्थानीयवासीहरु त्रासमा छन्।

  • एक्कासी किन पर्‍यो यति ठूलो पानी?

    एक्कासी किन पर्‍यो यति ठूलो पानी? सेतोपाटी संवाददाता, काठमाडौं, साउन ३० -

    केहीदिन अघिसम्म देशको पश्चिमी तराईमा नियमित पानी परेपनि पूर्वी क्षेत्रका पहाड र तराईमा ठूलो पानी परेको थिएन। शुक्रबार रातिदेखि पूर्वी र मध्य क्षेत्रमा एकाएक अविरल वर्षा भयो। ती क्षेत्रका नदीमा पानीको बहाव खतराको रेखाभन्दा माथि गयो। पहाडमा पहिरो आयो तराई बाढी र डुबान भयो। शनिबार यो क्रम पश्चिमतिर पनि फैलियो।

  • सय दिन कुरेर उडान अनुमति पाएको जहाज विमानस्थलमै बन्धक!

    सय दिन कुरेर उडान अनुमति पाएको जहाज विमानस्थलमै बन्धक! काठमाडौं, साउन २९ -

    शनिबार बिहानै विराटनगर विमानस्थल डुबानमा पर्‍यो। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरमा डुबान हुँदा विमानस्थलमा एक विमान सिवाय अरू केही देखिँदैन। विमानस्थल डुबानको एक्लो साक्षी श्री एयरलायन्सको त्यो जहाज उडान अनुमति पाएर पहिलो पटक विराटनगर पुगेको थियो।

  • एमाले नमाने पनि डा. केसीको मागअनुसार कानुन बनाउन प्रधानमन्त्री सहमत

    एमाले नमाने पनि डा. केसीको मागअनुसार कानुन बनाउन प्रधानमन्त्री सहमत सेतोपाटी संवाददाता, काठमाडौं, साउन २९ -

    डा. गोविन्द केसीका माग र माथेमा कार्यदलको प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा कानुन बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भएका छन्। संसदीय समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयकले आन्दोलनको मर्म समेट्न नसकेको भन्दै डा. केसीले असहमति जनाएपछि नयाँ शिराबाट वार्ता थालिएको हो।

  • भारतले भन्यो- कोशी, गण्डक र लक्ष्मणपुर बाँधका सबै ढोका खुल्ला

    भारतले भन्यो- कोशी, गण्डक र लक्ष्मणपुर बाँधका सबै ढोका खुल्ला काठमाडौं, साउन ३० (सेतोपाटी) -

    अविरल वर्षापछि बाढीले नेपालका विभिन्न स्थानमा जलमग्न भएपछि कोशी, गण्डक र लक्ष्मणपुर बाँधका सबै ढोका खुल्ला गरिएको छ। नेपाल सरकारको आग्रहपछि भारत सरकारले कोशी, गण्डक र लक्ष्मणपुर बाँधको सबै ढोका खुल्ला गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

     

  • राजेन्द्र पाण्डेले मनमोहन अस्पताल बेच्न मानेनन्, अब सम्बन्धनबाटै मेडिकल कलेज रोकिने

    राजेन्द्र पाण्डेले मनमोहन अस्पताल बेच्न मानेनन्, अब सम्बन्धनबाटै मेडिकल कलेज रोकिने सेतोपाटी संवाददाता, काठमाडौं, साउन २९ -

    मनमोहन मेमोरियल अस्पताल सरकारले किन्ने प्रधानमन्त्रीको प्रस्ताव अध्यक्ष राजेन्द्र पाण्डेले अस्वीकार गरेपछि अब ‘सम्बन्धनमै रोक लगाएर नयाँ मेडिकल कलेजको बाटो बन्द गर्न’ खोजिएको छ। डा. गोविन्द केसीको अनसन टुंगोमा पुर्याउन आइतबार दिउँसो बालुवाटार बैठक क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओली र पाण्डेसँग टेलिफोन कुराकानी गरेका थिए।

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो सन्जिब बगाले, काठमाडौं, जेठ २१ -

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय सेतोपाटी संवाददाता, काठमाडौं, जेठ २१ -

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद शोभा शर्मा, काठमाडौं, जेठ २१ -

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन सेतोपाटी संवाददाता, काठमाडौं, जेठ २१ -

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस एजेन्सी , हुनान (चीन) जेठ २१ -

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै एमाले सर्वोच्चमा

    रोहित खतिवडा, काठमाडौं, जेठ २१ -

    भरतपुर घटनाको विषयमा निर्वाचन आयोगले गरेको निर्णय रोक्न सर्वोच्चमा रीट दर्ता भएको छ। रीट दर्ता भएसँगै भोलिका लागि पेशी तोकिएको अधिवक्ता टीकाराम भट्टराईले सेतोपाटीलाई जानकारी दिए।

  • राजपाले सरकारलाई समर्थन गर्ने/नगर्ने निर्णय गर्दै

    राजपाले सरकारलाई समर्थन गर्ने/नगर्ने निर्णय गर्दै सेतोपाटी संवाददाता, काठमाडौं, जेठ २१ -

    बैठकमा शरदसिंह भण्डारी लगायतका नेताले  प्राप्त उपलब्धिलाई संरक्षण र स्वीकार गर्दै थप प्रयास गर्नका लागि सरकारलाई समर्थन गरेर अघि बढ्न सुझाएका छन्। तर राजेन्द्र महतो, राजकिशोर यादव लगायतले भने आफ्ना माग र मुद्दामा ठोस प्रतिवद्धता नआएसम्म सरकारलाई समर्थन गर्न आत्तिनु हुँदैन भन्ने तर्क राख्दै विपक्षमा बस्ने तर्क गरेका छन्।

  • गगन थापाले भने- मलाई नयाँ सरकारमा बसेर स्वास्थ्य मन्त्रालयमा फेरि काम गर्ने मन छ

    गगन थापाले भने- मलाई नयाँ सरकारमा बसेर स्वास्थ्य मन्त्रालयमा फेरि काम गर्ने मन छ काठमाडौं, जेठ २१ (सेतोपाटी संवाददाता) -

    स्वास्थ्य मन्त्री गगन थापाले आफू शेरबहादुर देउवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारमा पनि स्वास्थ्य मन्त्री भएर काम गर्ने इच्छा भएको बताएका छन्। आइतबार आफ्नै कार्यकक्षमा अन्तिम पत्रकार सम्मेलन गर्दै थापाले भने,‘मलाई नयाँ सरकारमा बसेर स्वास्थ्य मन्त्रालयमा फेरि काम गर्ने मन छ।’

  • एमालेले अवरोध नहटाउने भएपछि संसद बैठक तीन बजेसम्म स्थगित

    एमालेले अवरोध नहटाउने भएपछि संसद बैठक तीन बजेसम्म स्थगित सन्जिब बगाले, काठमाडौं, जेठ २१ -

    चितवनको भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयबाट असन्तुष्ट बनेको प्रमुख विपक्षी दल नेकपा एमालेले व्यवस्थापिका संसदको अवरोध कायमै राख्ने भएपछि संसद बैठक ३ बजेसम्म स्थगित भएको छ।

  • विशेष अदालतद्वारा चुडामणि शर्मालाई सात दिनको म्याद थप

    विशेष अदालतद्वारा चुडामणि शर्मालाई सात दिनको म्याद थप सेतोपाटी संवाददाता, काठमाडौं, जेठ २१ -

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सादा पोसाकका सुरक्षाकर्मी समेत को उच्च सुरक्षा घेरामा शर्मालाई आईतबार म्याद थपका लागि विशेष अदालतमा ल्याईएको थियो। अदालत परिसरमा सुरक्षा घेरा भित्रै बाट विभागका महानिर्देशक शर्माले आफूले विद्यमान ऐन नियममा उल्लेखित व्यवस्था अनुसार विधि सम्मत काम गरेको दाबी गर्दै आफूमाथि लागेको आरोप कर फछ्र्यौट आयोगको विधि निर्माण गर्ने संसद र सरकारको अपमान भएको प्रतिक्रिया दिए।

  • रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि

    रोनाल्डोको २ गोलपछि रियल म्याड्रिडलाई उपाधि काठमाडौं, जेठ २१ (सेतोपाटी) -

    वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।

  • भरतपुरमा पुन:मतदानको निर्णय आयोगमा सर्वसम्मत

    भरतपुरमा पुन:मतदानको निर्णय आयोगमा सर्वसम्मत सेतोपाटी संवाददाता, काठमाडौं, जेठ २० -

    प्रमुख निर्वाचन आयुक्त यादवले प्रचलित कानुन टेकेरै भरतपुरमा पुन: मतदानको निर्णय गरिएको बताउँदै चित्त नबुझे कानुन संशोधन गर्न दलहरुलाई सुझाव दिएका छन्। मतपत्र च्यातिँदा विगतमा पनि पुन: मतदान गरिएका दृष्टान्त रहेको भन्दै उनले भरतपुर घटनामा अायोगले गल्ती नगरेको जिकिर गरे।

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink