विशेष

Search news by date range:

  • २७ तोला सुन लुट्न बुढानिलकण्ठमा वृद्धाको हत्या

    २७ तोला सुन लुट्न बुढानिलकण्ठमा वृद्धाको हत्या प्रकाश ढुंगाना, काठमाडौं, भदौ २ -

    गत साउन १२ गते काठमाडौं बुढानिलकण्ठमा ५५ वर्षीया पार्वती ढकालको हत्या भयो । घरमा ढकालमात्र भएको अवस्थामा दिउँसै उनीमाथि आक्रमण भयो।  साँझ घर पुगेका आफन्तले ढकालको शव देखे । टाउकोमा ह्याम्बरले हानेको अवस्थामा शव थियो ।

  • आफ्नो दल दर्ता गराइदिन माग गर्दै पशुपति गए सर्वोच्च

    आफ्नो दल दर्ता गराइदिन माग गर्दै पशुपति गए सर्वोच्च सेतोपाटी संवाददाता , काठमाडौँ, साउन २ -

    यसअघि बुझाएको ४० प्रतिशत केन्द्रिय सदस्यको नामावलीकै आधारमा छुट्टै दल दर्ता गर्ने आदेशको माग गर्दै पशुपति शमसेर जबरा सर्वोच्च अदालत गएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टि फुटाएर राप्रपा (प्रजातान्त्रिक) दर्ता गर्न राणाले साउन २२ गते निर्वाचन आयोगमा ६४ सांसदको हस्ताक्षर सहित निवेदन दिएका थिए।

  • फर्कियो भारत पुगेको एक सिंगे गैडा

    फर्कियो भारत पुगेको एक सिंगे गैडा सेतोपाटी संवाददाता, चितवन, भदौ २ -

    अविरल वर्षासँगै आएको बाढीमा बग्दै भारतको बगाहा पुगेको दुर्लभ वन्यजन्तु गैंडा शुक्रबार बिहान चितवन निकुञ्ज ल्याइएको छ। मंगलबार निकुञ्जका अधिकारीहरु गैंडा लिन बगाहा गएका थिए। नवलपरासीको त्रिवेणीदेखि लगभग ४२ किलोमिटर दक्षिण पूर्वमा रहेको बगाहाबाट बिहीबार साँझ ६ बजे ट्रकमा राखेर ल्याइएको गैंडा आज बिहान साढे पाँच बजे सौराहा आइपुगेको हो।

  • फुट्यो नयाँ शक्ति, देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ

    फुट्यो नयाँ शक्ति, देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ काठमाडौं, भदौ २ (सेतोपाटी) -

    नयाँ शक्ति पार्टी विभाजित भएको छ। बाबुराम भट्टराईसँगै नयाँ शक्तिमा गएका पूर्व माओवादीहरुले नयाँ पार्टी बनाउन नयाँ शक्ति छाडेका हुन्। नयाँ शक्तिमा विगतमा संगठन विभाग प्रमुख रहेका देवेन्द्र पौडेल सहित १७ जनाले नयाँ राजनीतिक कार्यदिशा तय गर्ने र घोषणापत्र तयार गर्ने जनाएका हुन्।

  • फोटो फिचर: भोट हाल्ने फोटो खिच्न अझै चटारो

    फोटो फिचर: भोट हाल्ने फोटो खिच्न अझै चटारो मनोज सत्याल/अनिश रेग्मी, काठमाडौं, भदौ २ - १९ वर्षीय प्रतिक्षा पोखरेल बिहिबार बबरमहलस्थित जिल्ला निर्वाचन कार्यालय काठमाडौँ पुगिन्। पाल्पा घर भए पनि अध्ययनका लागि काठमाडौं रहेकी उनी झण्डै तीन घण्टा लाइन बसिन्। निर्वाचन आयोगले खटाएका कर्मचारीले उनलाई कम्युटर अगाडि बसाए। फोटो खिचे। अनि उनको औँठ...

  • काष्ठमण्डपदेखि खोकनासम्म भोलि साइक्लिङ

    काष्ठमण्डपदेखि खोकनासम्म भोलि साइक्लिङ काठमाडौं, २ भदौ (सेतोपाटी)– -

    १२ वैशाख २०७२ को भुइँचालोपछि क्षतिग्रस्त ललितपुरका खोकना र वुङमती एवं काठमाडौंको काष्ठमण्डप पुनःनिर्माणमा हातेमालो गर्दै पर्यटन विकासमा सघाउन सुरु गरिएको राइड काष्ठमण्डप टु खोकना साइक्लिङको तेस्रो संस्करण भदौ ३ गते शनिबार हुँदैछ।

  • मान्छे कुल्चिने गाडीवालाबारे प्रहरी मौन !

    मान्छे कुल्चिने गाडीवालाबारे प्रहरी मौन ! अर्जुन गिरी, पोखरा, भदौ २ - आफूलाई कुल्चिएर भागेको स्कोरपियो गाडी पहिचान हुँदासमेत प्रहरीले न्यायका लागि पहल नगरिदिएको गुनासो पीडितले गरेका छन् । घटना साउन ३१ गतेको हो । दिउँसो ४ बजे । ग १३ प १४५८ नम्बरको बुलेटमा चाउथेका अशोक पराजुली र बुटवलका समरुक परियार सवार थिए । चाउथे स्वा...

  • मेलम्चीको सुरूङमा 'ब्रेक थ्रु' हुन दुई किलोमिटर बाँकी

    सन्जिब बगाले, काठमाडौ,भदौ १ - मेलम्ची खानेपानी आयोजनाको सुरूङमा 'ब्रेक थ्रु' हुन अब दुई किलोमिटर मात्रै बाँकी रहेको छ। मेलम्चीको २६ किमि सुरूङ खन्नुपर्नेमा २४ किमि सुरूङ खनेर सकिएको छ। अहिले मेलम्चीको खन्न बाँकी दुई किमि सुरूङमा चारतिरबाट खन्ने काम भइरहेको आयोजनाका उपकार्यका...

  • मंसिरमै चुनाव गर्न आयोगका ४ शर्त

    मंसिरमै चुनाव गर्न आयोगका ४ शर्त सेतोपाटी संवाददाता , काठमाडौँ, भदौ १ -

    प्रदेश र संघीय सभाको चुनाव एकैपटक गर्नका लागि निर्वाचन आयोगले ४ वटा शर्त राखेको छ। विहिबार साँझ भएको प्रमुख तीनदलसंगको बैठकमा आयोगले मंसिरको पहिलो हप्ता निर्वाचन गर्ने हो भने आफ्ना ४ सर्त सरकारले मान्नुपर्ने भनेको हो।

  • प्रदेश सभा र संघीय सभाको निर्वाचन मंसिर ४ गते एकैचोटी हुने (भिडियो)

    प्रदेश सभा र संघीय सभाको निर्वाचन मंसिर ४ गते एकैचोटी हुने (भिडियो) सेतोपाटी संवाददाता, काठमाडौं,भदौ १ -

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार साँझ बसेको सत्तारूण दल नेपाली कांग्रेस र माओवादी तथा प्रमुख प्रतिपक्षी नेकपा एमाले र निर्वाचन आयोगको संयुक्त बैठकले उक्त निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।

  • 'प्रधानमन्त्री राहत बाँड्न अाउनु भयो रे, हामीले त हेर्न पनि पाएनौं'

    'प्रधानमन्त्री राहत बाँड्न अाउनु भयो रे, हामीले त हेर्न पनि पाएनौं' सेतोपाटी संवाददाता, काठमाडौं,भदौ १ -

    बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा राहत बाँड्न टीकापुर पुगे। प्रधानमन्त्रीले बाढीपीडितहरुसँग साक्षात्कार गरेर राहत वितरण गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। त्यहाँ पुगेर प्रधानमन्त्रीले बाढी पीडितहरुलाई खाद्यन्न,लत्ताकपडा र उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्। तर, उनी टिकापुरको कैलाली एयरपोर्ट ओर्लेर  सरकारी कर्मचारीहरुबाट ब्रिफिङ लिए। त्यहाँबाटै फर्किए।'प्रधानमन्त्री आएको खबर मात्रै सुनियो उहाँ हामीलाई हेर्नसमेत आउनुभएन,' दिवशले दुखेसो गरे।

  • बाढीग्रस्त क्षेत्रमा साढे १७ हजार सेना परिचालित

    बाढीग्रस्त क्षेत्रमा साढे १७ हजार सेना परिचालित सेतोपाटी संवाददाता, काठमाडौं, भदौ १ -

    बाढी पहिरोबाट पीडितहरुको उद्धार, राहत र तटबन्धका लागि साढे १७ हजार सेना खटिएका छन् ।

  • ‘पार्टी विभाजन रोक्न’ हेटौंडा गएका कमल थापा उतै अड्किए

    ‘पार्टी विभाजन रोक्न’ हेटौंडा गएका कमल थापा उतै अड्किए सेतोपाटी संवाददाता, काठमाडौं, भदौ १ -

    अध्यक्ष कमल थापा केन्द्रीय सदस्यहरूको करीब ६० जनाको टोली लिएर गत शनिबार नै हेटौंडा गएका थिए। केही दिन राप्रपाको कार्यसमितिको बैठकको नाममा उनीहरूलाई त्यहाँ राखिएको थियो। तर, निर्वाचन आयोगले राणा पक्षलाई एक साताको समय थप गरिदिएपछि सबै केन्द्रीय सदस्यको बसाइ लम्ब्याउन थापा बाध्य भए।

  • अस्ति बिमारले एउटी छोरी लग्यो, बाँकी तीन यसपालिको बाढीले

    अस्ति बिमारले एउटी छोरी लग्यो, बाँकी तीन यसपालिको बाढीले सेतोपाटी संवाददाता, काठमाडौं, भदौ १ -

    गत असारमा कान्छी छोरी बिरामी भएपछि कमिलाल घर गएका थिए। १३ महिनाकी बिरामी छोरी जचाउँन नेपालगञ्ज पनि पुगे। तर निको भएन। ‘के भएको हो थाहा भएन, बिराम लागेको दुई दिनमै बिती,’कमिलालले सेतोपाटीसँग भने। 

  • यस्ता छन् प्राधिकरणमा कुलमानका योजनाहरू

    यस्ता छन् प्राधिकरणमा कुलमानका योजनाहरू सेतोपाटी संवाददाता, काठमाडौं, भदौ १ -

    मन्त्री शाहीले बढ्दो मागलाई धान्ने गरी विद्युत उत्पादन गर्न पनि नेपाल विद्युत प्राधिकरणको व्यवस्थापनलाई सचेत गराए। बिहिबार काठमाडौंमा आयोजित प्राधिकरणको ३२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले विद्युत उत्पादन वृद्धि गरेर जानुपर्ने अहिलेको आवश्यक्ता पूरा गर्नु प्राधिकरणको मुख्य दायित्व रहेको पनि स्पष्ट पारे। मन्त्री शाहीले लोडसेडिङमुक्त गरेर प्राधिकरणले जनस्तरबाट पाएको सम्मानप्रति अभार व्यक्त गर्दै अब बढ्दो माग पूरा गर्न पनि लाग्न निर्देशन दिए। उनले उर्जा क्षेत्रको विकास गरी मुलुकलाई समृद्ध बनाउने दायित्व पूरा गर्न नेपाल विद्युत प्राधिकरण सक्षम हुने विश्वास पनि व्यक्त गरे।

  • अखिलेश यादव पक्राउ

    अखिलेश यादव पक्राउ सेतोपाटी, भारत, उत्तर प्रदेश, भदौ १ -

    समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

  • यसैगरी बढे राष्ट्रिय राजनीतिमा बाबुरामजीको उपस्थिति गाह्रो छः देवेन्द्र पौडेल

    यसैगरी बढे राष्ट्रिय राजनीतिमा बाबुरामजीको उपस्थिति गाह्रो छः देवेन्द्र पौडेल

    नयाँ शक्तिका नेता देवेन्द्र पौडेल माओवादीमा सधैंभरी बाबुराम भट्टराईलाई साथ दिने नेता हुन्। पछिल्लो ३८ वर्षदेखि उनी नेता भट्टराईसँगै छन्। उनी भट्टराईसँगै नयाँ शक्तिमा पनि सामेल भए। केही समयदेखि भने उनी माओवादीसँग एकता गर्नुपर्ने पक्षमा उभिएका छन्, त्यही कारणले संयोजक भट्टराईसँग उनको मतभेद बढ्दै गएको छ। छुट्टै पत्रकार सम्मेलन गरेको विषयमा संयोजक भट्टराईले उनीसँग स्पष्टिकरण समेत सोधेका छन्।

  • कमल थापाले पर्खन भनेपछि संशोधन विधेयकमा ४ गतेपछि मात्र मतदान हुने

    कमल थापाले पर्खन भनेपछि संशोधन विधेयकमा ४ गतेपछि मात्र मतदान हुने सन्जिव बगाले, काठमाडौं,साउन ३२ -

    निर्वाचन आयोगले राप्रपाबाट विभाजन भएर राप्रपा(प्रजातान्त्रिक) दर्ताका लागि परेको निवेदनमाथि अन्तिम निर्णय भदौ ४ गते गर्ने बताएको छ। सो निर्णयपछि मात्र अाफूहरूले विधेयकको पक्षमा मतदान गर्ने सन्देश थापाले सरकारलाई पठाएका छन्।  उनले  विधेयक ४ गतेभन्दा अगाडि निर्णयार्थ पेश भएमा भने  राप्रपाले संशोधनका विपक्षमा मतदान गर्ने जानकारी गराएको राजपा नेताले बताए।

  • प्रदेश नम्बर २ का कांग्रेस स्थानीय संयन्त्रले उम्मेदवार टुंग्याउन सकेनन्

    प्रदेश नम्बर २ का कांग्रेस स्थानीय संयन्त्रले उम्मेदवार टुंग्याउन सकेनन् सेतोपाटी संवाददाता, काठमाडौं, साउन ३२ -

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले अधिकांश जिल्लाले उम्मेदवारको नामावली पठाएको जानकारी दिए। उनका अनुसार आएकामध्ये कसैले पनि सर्वसम्मतले निर्णय गर्न सकेका छैनन्।

    प्रदेश नम्बर २ मा सकेसम्म स्थानीय संयन्त्रले नै विवाद सल्ट्याउन भनिएको थियो। तर अधिकांश जिल्ला संयन्त्रले भने विवादित नामावली नै पठाएका छन्।

  • प्रदेश र केन्द्रको निर्वाचन एक साथ गराउन तीन दल सहमत, आयोगसँग परामर्श गर्ने

    प्रदेश र केन्द्रको निर्वाचन एक साथ गराउन तीन दल सहमत, आयोगसँग परामर्श गर्ने सेतोपाटी संवाददाता, काठमाडौं, साउन ३२ -

    प्रधानमन्त्री निवास बालुवाटरमा बसेको प्रमुख दलहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एकसाथ प्रदेश र केन्द्रको निर्वाचन गराउने प्रस्ताव गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माघ ७ गतेसम्ममा निर्वाचन गराइसक्नुपर्ने भएकाले एक साथ गर्न सकिने धारणा राखेको थियो। 'मिति तोक्ने कुरा सरकारको हो। एक चरणमा गर्ने कि दुई चरणमा गर्ने कि भन्ने विषयमा निर्वाचन आयोगसँग छलफल गर्ने कुरा भयो',एमाले महासचिव इश्वर पोखरेलले भने।

  • छाता ओढ्न नपाएपछि राजपा साइकलमा सरर!

    छाता ओढ्न नपाएपछि राजपा साइकलमा सरर! सन्जिब बगाले, काठमाडौं, साउन ३२ -

    राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले छाता निर्वाचन चिन्ह नपाउने भएपछि साइकल रोज्ने भएको छ। छाता निर्वाचन चिन्ह दिन नसक्ने निर्वाचन आयोगले स्पष्ट गरेपछि राजपाले हातको पञ्जा निर्वाचन चिन्ह राख्ने छलफल चलाएको थियो। हातको पञ्जा राजपा बन्नु अघि सद्भावना पार्टीको चुनाव चिन्ह थियो।

  • चुडामणि मुद्दामा सर्वोच्चको फैसलासँग जोडिएका प्रश्न

    चुडामणि मुद्दामा सर्वोच्चको फैसलासँग जोडिएका प्रश्न शोभा शर्मा, काठमाडौं, साउन ३२ -

    'उनी भ्रष्टाचारका अन्य अभियुक्त सरह किन हैनन् भने, अरुले भ्रष्टाचार गर्दा कानुन उल्लंघन गरेकै हुन्छन्। कर फर्छ्यौट आयोग पदाधिकारीलाई भने कानुनले नै बक्यौता कर फर्छ्यौट गर्न छुट दिएको छ। त्यसमा असल नियत राख्यो वा खराब भन्ने आधारमा कारबाही गर्ने हो। त्यसैले अरु जस्तो हैन भनेर सर्वोच्चले भनेको होला,' उनले भने।

  • डा. केसीको अनशन स्थगित, आइसियू भर्ना

    डा. केसीको अनशन स्थगित, आइसियू भर्ना सेतोपाटी संवाददाता, काठमाडौं, साउन ३२ -

    २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीले आफ्नो ११औँ अनशन स्थगित गरेका छन्। बाढी-पहिरोले देशमा विषम परिस्थिति निम्त्याएका बेला आफूले अनशन स्थगित गर्नु उचित देखेको बताउँदै डा. केसीले २३ दिनदेखिको अनशन अन्त्य गरेका हुन्। डा. केसीलाई अनशन स्थगित गरेलगत्तै उपचारका लागि आइसियू भर्ना गरिएको छ।

  • रामचन्द्र झा र रामकुमार शर्मा नयाँ शक्तिबाट निष्काशित

    रामचन्द्र झा र रामकुमार शर्मा नयाँ शक्तिबाट निष्काशित काठमाडौं, साउन ३२ (सेतोपाटी) -

    बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले रामचन्द्र झा र रामकुमार शर्मालाई पार्टीबाट निष्काशित गरेको छ। नेकपा एमाले छाडेर नेकपा माओवादी हुँदै भट्टराईसँगै नयाँ शक्ति पुगेका झा अन्तत: माओवादी फर्कन लागेका हुन्।

  • संशोधन विधेयकमा आजदेखि छलफल हुने, बिहीबारसम्म निर्णयार्थ पेस गर्ने तयारी

    संशोधन विधेयकमा आजदेखि छलफल हुने, बिहीबारसम्म निर्णयार्थ पेस गर्ने तयारी सेतोपाटी संवाददाता, काठमाडौं, साउन ३१ -

    मंगलबार बस्ने संसद बैठकमा विधेयक अघि बढाउने सरकारको तयारी छ। विधेयकमा परेका संशोधनमाथिको छलफल सकिएपछि निर्णयार्थ पेस गरिन्छ। संशोधन विधेयक पारित हुन दुईतिहाइ बहुमत चाहिन्छ। यसअघि वैशाख १७ गते संविधान संशोधन विधेयक निर्णयार्थ पेस गर्ने सरकारको तयारी रहे पनि राप्रपाका १० जान सांसद अनुपस्थित भएपछि विधेयक अघि बढेको थिएन।

  • केसी अनसन सुखद निष्कर्षतिर

    केसी अनसन सुखद निष्कर्षतिर सेतोपाटी संवाददाता, काठमाडौं, साउन ३१ -

    अहिलेको प्रस्तावअनुसार मंगलबार दिउँसो बस्ने मन्त्रिपरिषद बैठकले माथेमा कार्यदलको प्रतिवेदनका आधारमा विधेयक संशोधन गरी पारित गर्ने निर्णय गर्नेछ। त्यही बैठकले मुख्यसचिवको नेतृत्वमा अर्थसचिव र शिक्षसचिव रहेको कमिटी बनाउनेछ, जसले मनसायपत्र पाइसकेका र किन्न आवश्यक देखिएका मेडिकल कलेज खरिद गर्न प्रक्रिया अघि बढाउनेछ। यसले सम्बन्धित कलेजहरूको सम्पत्ति मूल्यांकन गरी नेगोसियसन सुरु गर्नेछ।

  • पोखरामा सेनाको ब्यारेकभित्र गोली चल्यो, आफ्नै सहकर्मीको हत्या

    पोखरामा सेनाको ब्यारेकभित्र गोली चल्यो, आफ्नै सहकर्मीको हत्या सेतोपाटी संवाददाता, पोखरा, साउन ३१ -

    पोखरामा नेपाली सेनाकै ब्यारेकभित्र एक सैनिकले सहकर्मीको गोली हानी हत्या गरेका छन् । सिद्धिबक्स गणका सैनिक बसन्त लोहारले प्युठ पदमा कार्यरत गणेश विष्टको हत्या गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए। आज विहान ५ बजेतिर सुतिरहेका विष्टमाथि लोहारले सात राउण्ड गोली हानेको उनले बताए।

  • तस्बिरमा हेर्नुहोस् तराईको बाढी

    तस्बिरमा हेर्नुहोस् तराईको बाढी सेतोपाटी संवाददाता, काठमाडौं. साउन ३१ - प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितको उद्दार र राहतमा सरकारले कुनै कसर बाँकी रहने नगरी काम गर्ने बताएका छन्। सोमबार बाढी प्रभावित पूर्वी र मध्य तराईका ९ जिल्लाको अवलकोन गरेर इटहरीको कृष्ण मन्दिरमा बाढी पीडितहरुसँग साक्षात्कार गर्दै प्रधानमन्त्र...

  • डा. केसीले अनसन नतोडेसम्म विधेयक पेस नगर्ने रञ्जु झाको अडान

    डा. केसीले अनसन नतोडेसम्म विधेयक पेस नगर्ने रञ्जु झाको अडान सेतोपाटी संवाददाता, काठमाडौं, साउन ३० -

    डा. गोविन्द केसीको मागअनुसार चिकित्सा शिक्षा विधेयक संशोधन गरी बहुमतबाट पारित गर्ने तयारीबीच नयाँ अड्चन आएको छ। संसदको जुन समितिमा यो विधेयक विचाराधीन छ, त्यसका सभापतिले डा. केसीको अनसन नतोडिएसम्म संसदको पूर्ण बैठकमा पेस नगर्ने बताएकी छन्।

  • विराटनगरमा धेरैले अग्लो घरमा गएर ज्यान जोगाए

    विराटनगरमा धेरैले अग्लो घरमा गएर ज्यान जोगाए विराटनगर, साउन ३० -

    विगत २ दिनदेखि लगातार परेको बर्षाले गर्दा विराटनगरवासीको जनजीवन कस्टकर बन्न थालेको छ। आइतबार बिहान पानी रोकिए पनि मौसम अझै खुल्न सकेको छैन्। शनिवार राती स्थानीय नदी तथा खोलाहरु फुटेर पानी घर भित्र प्रवेश गरे पछि स्थानीयवासीहरु त्रासमा छन्।

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink