निधारमा खत बनेको दशैँ

  • Get News Alerts

 

म लगबग १३ वर्षको थिएँ । हरेक वर्षझैँ दशैँ मनाउन काठमान्डौबाट आफ्नै गाँउ धादिङ गएको थिएँ। त्यतिवेला दशैँ एउटा खुसीको पोको थियो, धेरै दिन देखिको रमाउने धोको थियो। शहरमा पढ्ने, अनि दुई चार दिन मात्र गाँउ बस्ने भएकाले म सानोतिनो “हिरो” नै कहलिन्थें।

फूलपातीको दिन थियो।  'आउ जाम बाहिर डुल्न', सन्तोषले तलबाट बोलायो। ऊ मेरो मिल्ने साथी  थियो।  म दलिनमा बसेर यसो यताउति चियाउदै थिएँ।  खासै काम पनि थिएन।  दशैँमै किनेको नयाँ  पाइन्ट लगाएँ, अनि तल झरें।   हामी दुई बजार डुल्न लाग्यौं।   

खहरे बजार खासै ठूलो छैन। विचमा मोटर गुड्ने सडक र दाँयावाँया लस्करै मिलेका घरहरु, कुनै चित्रकारले क्यानभासमा उतारेको सुन्दर वस्ती जस्तै छ खहरे। बेशी झरेकाहरु दशैँ मनाउन गाउँ नै लागिसकेका छन्।  यहिँका रैथाने र स्थाई बसोबास भएकाहरु मात्र छन्।  केहि पसल खुलेका छन्।  म हरेक पटक दशैँ मनाउन गाँउ आँउदा केहि नयाँ परिवर्तन भएकै हुन्छ।  योपाली आँखुखोलामाथि नयाँ झोलुंगे पुल बनेछ। चिसो हावाको मन्द वेगसंग खोलाको सुसाइमा हराउदै पुलबाट कंचन पानी बगीरहेको हेर्दा छुट्टै आनन्द आउँछ। 

हामी दुई त्यतैतिर लम्कियौं।   पुलको जिपनेर मान्छेहरुको हुल थियो, बीचमा एकजना कराइरहेको थियो।   ए, त्यहाँ त लंगुरबुर्जा खेलाइरहेको रहेछ।  हामी पनि त्यहि हुलमा मिसीयौं।  

“पान तेव्वरSSSSSSSS, अरु बात छैन” खेलाउने मान्छे करायो।   

हेर्दा हेर्दै एउटा मान्छेले ५० को १५० कमायो। अरु खालमा राखेको पैसा भने सबै खेलाउनेले नै सोहोर्यो। 

मलाई पनि कुनैमा थापम थापम झैँ भयो । तर आफुसंग पैसा थिएन ।  कसो गर्ने के गर्ने भयो । सन्तोषलाई भने, “ओइ पख है, म घर गएर पैसा लिएर आउछु ।”

उसलाई त्यहिँ वस्न लगाएर म घरतिर लागेँ।  घरमा कोहि थिएनन।  बुबा खसी लिन पल्लो गाँउ जानुभएको थियो, आमा पारी मिलमा।  लौ पर्यो फसाद, कसो गर्ने त? घरमा एक-दुई रूपयाँको सिक्का यता उति झरीरहेको हुन्थ्यो।  छ कि भनेर खोजें  तर कतै केहि भेटिन।

झट्ट आँखा भित्ता झुण्डीरहेको हजुरबुबाको इस्टकोटमा गयो। ढुंगा खोज्दा देउता मिलेझै भयो।  मनमा पाप पलायो ।  धत्त्, त्यस्तो काम गर्न हुन्न झैँ लाग्यो । तर, आ जे पर्ला पर्ला, कसरी थाह पाउलान र । हात भित्री गोजीमा छिराएँ र २०, २० को दुइटा नोट झिकें । हो, म जिन्दगीमा पहिलोपल्ट चोर बने, हजुरबुबाको खल्तीको ४० रुपयाँ चोर ।   

त्यसपछि फिलीली कुदेर उहि ठाँउमा पुगें।  मान्छेको भिड अलिक कम भएछ।  सन्तोष भने त्यहिँ रहेछ।

“ल्यायौ ?” उसले सोध्यो।

“अँ, मुन्टो हल्लाएँ।”

ल पख एकछिन दाउ हेरम।  खालमा १-२ रुपयाँका सिक्का देखि १०० रुपयाँ राख्ने सम्म थिए। गट्टी गुर्क्याउने एकजना र पैसा सोहोर्ने अर्कै थियो।  जम्मा पारेको पैसाको चुली नै बनिसकेको थियो।   अघिदेखि दाउ पारिरहेको त्यो मान्छेले इटामा राखेर दोव्वर खायो। उसैको सिको गर्दै जता राख्यो उतै राख्ने बिचार गरें।     

जे पर्ला पर्ला, ल पानमा २०, मैले २० रुपयाँ पानको खालमा फालिदिएँ।   

“झण्डी चौवरSSSSSS”

“ज्या, थुइक्क झण्डीमा राख्नु पर्ने रैछ ।” अनिल सुसायो, “हेर, ऐले ठाँउको ठाँउ ८० रुपयाँ हात लाग्थ्यो ।” 

अव बाकि २० रुपयाँ थियो । चोक्टा खान गाको बुढी, झोलमा डुवेर मरी भने झैँ होला जस्तो भयो ।  आ, जे पर्ला पर्ला, गए बाउको, आए साउको ।

“ल झण्डीमा २० ।” मैले झण्डीको खालमा २० रुपयाँ फालिदिएँ । 

“पान तेव्वरSSSSSS”

तैट, पानमा राख्याबेला झण्डीमा पर्यो, झण्डीमा राख्याबेला पानामा । आज दाउ नै रहेनछ। त्यसरी ल्याएको पैसा, सबै हारियो, मन खिन्न मात्र भयो।

“ल हिड जाउँ, पारी चौतारातिर पिंग खेल्न।” सन्तोषले भन्यो।

अव त्यहाँ वसिरहेर काम थिएन। घर जान मन पनि थिएन।  हामी उतै चौतारातिर लाग्यौं।

सधै मान्छेहरुको भिड हुने पिंग आज भने खाली रहेछ।  सबैलाई दशैँ लागेछ क्यारे। पहिले सन्तोष खेल्यो, उसले उभिएर आफै मच्चायो।

“चह चह हुइSSSSSSSSSS” ऊ चिच्यायो।

म भने आफै मच्चाउन सक्दैनथें। सन्तोषले भोटेसाल लाइदियो।  मलाई कहाली लाग्यो, तर बल गरेर अझै मच्चाउन खोजें।  ऊ जस्तै उभिएर आफैं मच्चाउन खोजें। पिंग बाङ्गो मच्चियो। आकस्मात कापे चिप्लियो र खुट्टाले ठाँउ छोड्यो। म पिंगबाट उछिट्टीएँ र तल बङ्लङ्ग बजारिएँ।  

ढुंगामा ठोकिएकाले निधारमा चोट लाग्यो, अलि अलि रगत पनि बग्न थाल्यो।  सन्तोष आएर हत्तपत्त उठाइहाल्यो।  म रुन थालें।

मुलबाटो हुदै पल्लो गाउँको ढकाल काका आए। उनि मलाई राम्रोसंग चिन्थे। बिहान बिहान हाम्रो घरमा दुध पुराउन आउथे। सबै कुरा थाह पाएसी मलाई काँधमा बोकेर घर लगे।

घरमा मेरो नै खोजी हुँदैरहेछ। निधारबाट रगत बग्न रोकिसकेको थियो। बुबाले मलम लगाइदिनुभयो। एक दुई दिनमा घाउ खाटा बस्यो र निको भयो। त्यो दशैमा त्यसपछि मैले पिंग खेलिन, अँ साँची लंगुरबुर्जा नि खेलिन।

आजभोलि पनि पिंग देख्नेबित्तिकै यो घटना मानसपटलमा ताजा स्मृति बनेर आउछ । घाउ त निको भयो तर त्यो दिनको खत निधारमा बसिरह्यो, अनि मनमा पनि, बाल्यकालको दशैँको एउटा अमिट छाप बनेर।

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink