वलि पशुको हैन, पाशविक प्रवृत्तिको

  • Get News Alerts

दशैं केवल जुवा — जांड, — मासु — मदिरा, वलि र वगली (पैसा) को चाड हैंन। यो भ्रातृत्व, स्नेह, मिलन, आपसी सद्भाव र खुसी बाँड्ने पनि पर्व हो। एक प्रकारले दशैं नेपालीहरुको राष्ट्रिय पर्व भन्दा अतिशयोक्ति नहोला। किनभने दशैका अवसरमा हाम्रो देशमा हिन्दू र वौध्द धर्मावलम्वी दुवै उत्तिकैं रमाउंछन्, खानपीनमा मस्ती गर्छन्, पूजाआजा गर्छन् र रमाइलोगरी मनाउंछन्। यसपालि दशैंताका काठमाडौंबाट २० लाखभन्दा बढी मानिस राजधानी छाडेर बाहिर गएको खवरले पनि दशैं यौटा राष्ट्रिय पर्व भन्ने बुझ्न कठीन हुंदैन। सधैं भीडभाड हुने राजधानीका सडकहरु मध्य दशैंमा करीव, करीव शुन्य हुन्छन्। दशैले बास्तवमै विविध जातजातीमा वांडिएका नेपालीहरुलाई एकसूत्रमा आवध्द गराएको छ। दशैंमा करीव दुइहप्ता सबै फेष्टिभ मुडमा हुन्छन्। दशैंमा स्कुल, कलेज, कल—कारखाना, सरकारी कार्यालय, बैक आदिमा लामो विदा हुन्छ। त्यसैले वर्षभरिको अहोरात्री काम पछि शान्तिको श्वास फेर्न र थकाई मार्न समय पाउंछन् नेपालीहरुले। कतिपय विदेशमा गएकाहरु पनि संभव भएसम्म यस अवसरमा स्वदेश फर्कन्छन् आ—आफ्ना परिवारसंग बसेर रमाइलोसंग दशैं मनाउन।

२०६२।६३ को जनआन्दोलन पछि नेपाल गणतन्त्रमा रुपान्तर हुनुका साथै धर्म निरपेक्ष घोषित भैसकेको छ। तर पनि जनसंख्याको. झण्डै अस्सी प्रतिशत हिन्दूहरुको बाहुल्य भएको कारणले  दशैं एक महान् चाडकोरुपमा झण्डै सबै नेपालीहरु हर्षोल्लासका साथ मनाउंछन्। राष्ट्रपतिव्दारा दशैमा सर्वसाधारणलाई टिका प्रदान गर्ने चलन अझै जारी नै रहनुबाट पनि यो पुष्टि हुन्छ।

संस्कृति, परम्परा, चाडपर्व मानिसले सयौं वर्षदेखि मनाउंदै आएको हुन्छ, र हरेक देशको आ—आफ्नो चाडपर्व हुन्छ, दशैं पनि त्यस्तै एउटा महान् चाड हो नेपालीहरुको निम्ति। दशै आसुरी शक्तिमाथि दैवी शक्तिको, असत्य माथि सत्यको अनि दुर्भावना माथि सद्भावनाको विजयको प्रतीक हो।  दुर्गाका दर्जनौं नामहरु मध्ये महिषासुरमर्दिनी अर्थात महिषासुरको वध गर्ने देवी पनि हो। यसको सांकेतिक अर्थ हो दुर्गा भवानीले मानिसहरुमा रहेको आसुरी प्रवृत्तिको अन्त्य गर्ने प्रेरणा हामीलाई दुर्गा प्रदान गर्छिन् भन्ने। दुर्गालाई जगदम्बे अर्थात् सारा जगतका माता वा सृष्टिकर्ता पनि भनिन्छ। विद्या, वुृध्दिकी खानी सरस्वती र धनसम्पत्तिदाता लक्ष्मीकारुपमा पनि दुर्गालाई पूजा गरिन्छ। यसरी दुर्गा एकातिर स्त्री शक्तिका अनेकरुप हुन् भने अर्कातिर नवरात्रीको रुपमा दुर्गाका नौरुपको पूजा गरिन्छ, शैलपुत्री, चन्द्रघण्टा, कालरात्री, महागौरी आदि जसलाई मानिसमा विभिन्न अवसरमा देखिने नौ प्रकारका भावना वा प्रवृत्तिकारुपमा पनि बुझ्न सकिन्छ। तसर्थ हाम्रो धर्म संस्कृति नै हाम्रो पहिचान हो र यसमा हाम्रो मौलिकता लुकेको हुन्छ।
तर दशैंसंगै जोडिएर आउने कतिपय कुप्रथा, गलत चलन र गलत प्रवृत्ति जति सबै हामीले साथै राख्न पर्छ भन्ने पनि छैन।  दशैंमा मासु एक प्रमुख परिकार मानिन्छ, जुन स्वास्थ्यवध्र्दक पनि छ। तर दशैंमा देवीदेवतालाई खुसि तुल्याउने नाउंमा पशुवली दिने प्रथा भने हिजोआज सभ्यसमाजको परिचायक मानिंदैन। हुन तः आजभोलि मन्दिरहरुमा गरिने पशुवलि धेरै हदसम्म कम भैसकेको छ। हालै दशैंको अवसरमा यस स्तंभकार दक्षिणकालीको मन्दिर दर्शन गर्न जांदा त्यहां मन्दिर हाताभित्र वलि दिन रोक लगाइएको पाइयो, जुन निकै सराहनीय कदम मान्न सकिन्छ। त्यहां मन्दिरमा पशुलाई ढोगाई मन्दिर बाहिर खुला ठाउंमा वलि दिने गरिएको रहेछ अहिले। तर लाखौं पशुहरुको वलि दिइने वाराको गढीमाईको जात्रामा भने वलिप्रथा अझै रोक्न सकिएको छैन।

वास्तवमा हामीले वेद वा उपनिषदको गहन अध्ययन गर्यौं भने के निश्कर्षमा पुगिन्छ भने वलि हामीले पशुको हैन हामीभित्रको पाशविक प्रवृत्तिको दिने हो। महिषासुर खोज्न बाहिर कतै जान पर्दैन, हामी मध्ये कोही, कोहीमा त्यो प्रवृत्ति अझै पाइन्छ र त्यही महिषासुर प्रवृत्तिलाई वलि चढाउन सकिएमा माता दुर्गा खुसि हुन्छिन्। हामीभित्र रहेको घृणा, व्देष, रीस, अहं जस्ता नकारात्मक भावनाको वलि चढाउन सकेमा नै देवी प्रसन्न हुन्छिन् र त्यसले मानव जातीको कल्याण पनि गर्दछ। शक्ति पीढहरुमा वलि चढाउने प्रथा पशुलाई आसुरी शक्ति मानी त्यसलाई दमन गर्ने कार्यको प्रतीक मात्र हो। हामी भित्रको अन्तरव्दन्द, अहं, घृणा र व्देषलाई त्याग्न सकिएमा त्यसै भित्री उर्जा मुखरित भएर आउंछ र अन्तरव्दन्व्द र व्देषको अभावमा हामी भित्रैबाट जांगरिलो र फूर्तिला देखा पर्छौं। पशुलाई वलि चढाउंदैमा शक्ति बुध्दि हुने कुरा भ्रममात्र हो। वास्तवमा अहिंसामा जति ताकत हुृन्छ हिंसामा हुंदैन भन्ने कुरा हामीले बुझ्न जरुरी छ।

दशै तास, जुवा नखेलिकनै, जांडरक्सी नखाएरै अनि हिंसा, हत्या नगरी कनै पनि मनाउन सकिन्छ। हिजोआज कतिपय मानिसले पशुवलिको सट्टा दशैंमा नरिवल फोर्ने गरेको पनि देखिएको छ।

हामीले आफ्ना खराव बानी, कुलत, गलत प्रवृत्तिलाई सदाको निम्ति छाड्ने प्रण गरेर दशैं मनाउन सकिन्छ। खराव प्रवृत्तिको वलि दिनसके स्वतः हामीमा असल विचार र असल भावना पलाउंदछ र हाम्रो जीवन सुखमय, समृध्दमय हुन्छ। दशैंमा हामी सुख, शान्ति र समृध्दिको कामना पनि गर्छौ। यदि त्यसलाई साकार तुल्याउने हो भने आसुरी र पाशविक प्रवृत्तिको वलि चढाउनै पर्छ हामीले।

गाडीमा, मोटर साइकलमा, कलकारखानामा र हुंदा, हुंदा हेलिकोप्टरमा समेत बोका वा कुखुरा वलि चढाइएको हास्यास्पद समाचार पनि कहिले काहिं पढ्ने मौका पाइन्छ। गाडीमा वोका चढाएर हैन, मापसे नगरेर, इन्जीन, व्रेक ठीक ठाक राखेर होस पुर्याइ हाँकेमा दुर्घटनाबाट बचिन्छ भन्ने आजभोलिको वैज्ञानिक युृगमा, शिक्षित समाजमा सधैँ बुझाइरहन नपरोस्।

अन्त्यमा, विजया दशमीका अवसरमा शुभकामना सन्देश दिनेक्रममा राष्ट्रपतिव्दारा राजनैतिक पार्टीहरुलाई सम्विधान लेखन कार्य समयमै पूरा गरी जनताका सामू गरिको कवुल पूरा गर्न स्मरण गराइएको छ। विजयादशमी वास्तवमै आत्मवल र आत्मविश्वास वृध्दि गर्ने अनि आफूले गरेका कार्यहरु सफलतातर्फ उन्मुख गराउन प्रेरण दिने पर्व हो। यसपल्ट पार्टीहरुले जनतालाई निराश तुल्याउने छैनन् भनी राष्ट्रपतिले आशा व्यक्त गर्नुभएको छ, जसलाई अतिशयोक्त मान्न सकिन्न। अहिले हाम्रो सामु शान्ति प्रकृयालाई निश्कर्षमा पुर्याउने र सम्विधान लेखन कार्यलाई टुंग्याउने गहन जिम्मेवारी आएको छ, प्रजातान्त्रिक उपलव्धिलाई संस्थागत तुल्याउन। हाम्रा राजनैतिक पार्टीका नेताहरुले विजयादशमीको अवसरमा आफूमा भएका गलत प्रवृत्तिहरुलाई त्याग्ने प्रण गर्न सकेमा यसपालिको दशैं साच्चिकै उपलव्धिमूलक हुने थियो। जनतालाई झुक्याउने, झुठा वाचाहरु गर्ने, आफ्नो व्यक्तिगत र समूहगत स्वार्थ मात्र हेर्ने गलत प्रवृत्तिलाई वलिमा चढाउने हिम्मत गरुन् राजनैतिक पार्टीका नेताहरुले तवमात्र विजयादशमी मनाएको सार्थक हुनेछ। घुसखोरी, भ्रष्टाचारी, अनंैतिक र षड्यन्त्रको तानावाना बुन्ने आसुरी प्रवृत्तिलाई उनीहरुले सदाका निम्ति त्याग्न सकुन् यही नै विजयादशमीको अवसरमा शुभकामना दिनु मनासिव होला कि?

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink