जिरो सेन्टिग्रेडमा जमेको मेरो अभागी खप्पर

  • Get News Alerts

म पछिल्लोपटक कैले रुन पुगेको थिएँ, थाहा छैन। कुन विरह लाग्ने संस्मरणद्वारा 'आघात' पुगेर म धित मरुन्जेल रूएँ हुँला? त्यो पनि बिर्सेँ। यद्यपि म सोचमग्न भएको कुरा नकार्न किमार्थ सक्दिन। युगको पराकाष्ठले थोपरेर आफ्नै आँखा वरिपरि नचाइदिएको दृश्य रोग,शोक अनि भोक। मानिसहरु भन्छन्- 'शोकलाई शक्तिमा बदलौँ।'  जबसम्म समाजमा व्याप्त भोक र रोग साम्य हुन सक्दैन, तबसम्म कुनै पनि शोक शक्तिमा बदलिन सक्दैन।

हामी चाहेर पनि शोकलाई शक्तिमा बदल्न सकिरहेका छैनौँ। कर्णालीको 'नुन' आन्दोलन अझै सकिएको छैन। न राप्ती 'युरिया' मल मागेर थाकेको छ। न 'महाकाली' मा बाढी थामिएर बालबालिका बुटामाथि चढेर बाँच्ने क्रम रोकिएको छ। नेपाल आमाको रित्तो काखको बदला तिनको भोको पेट पनि त भर्न सकेनौँ। भुपी शेरचको एउटा जिउँदो बिम्ब छ- 'रातभरि उपियाँले टोक्छ, दिनभि रुपियाँले टोक्छ'। कोठामा बसेर जब म गाउँका भोकानाङ्गा बस्तीहरुको याद गर्छु, तब मेरो अघाएको पेट देखेर केबल घृणा जाग्छ।

यो प्रदेश गोंगबु बसपार्क। दशैँ मनाउन घर फर्कने यात्रुको लाइन निकै लामो होलाजस्तो कि यहाँ बैंकमा हुन्छ। वास्तवमा दशैँ खाडीबाट पठाइन्छ। अण्डा टिप्नेदेखि डण्डा चलाउनेसम्मको काम हुन्छ। हरेक नेपालीको टाउकोमा सरकारी ऋण त छँदैछ। युगको भारी बोकेर एउटा कलिलो युवा, वयस्क र बृद्धको टाउको संसारमा चम्किरहेको छ। मुलुकमा मानवीय मूल्य गुमेका राजनेता केवल जूनकिरीझैँ देखिनुहुन्छ। घरमा साहु तमसुक सिरानीमा हालेर अनिँदो बसेको हुन्छ। सरकार यस वर्षको 'रेमिट्यान्स' सोचे जति नभित्रिएकोमा दुख व्यक्त गर्छ।

हिमाल नै नभएका देशहरु हिमालको मुहानबाट भरेको पानी भन्दै हाम्रै देशको हिमाल अंकित स्टिकर टाँसेर 'मिनरल' पानीको बोटल मेरै आँखाअगाडि बेचेको देखेको छु। इजिप्टमा माछापुछ्रे छैन। हामी नेपाली छातीभरि हिमाल बगाउँछौ तर कुवाको पानीमा लोटा डुबाएर बर्सौँदेखि हाम्रो पहाड आफ्नो प्यास मेटाउँछ। मुलुकको मुख्य सहर काकाकुल छभन्दा पनि हुन्छ। देश लाल्टिन र टुकी बालेर बिजुलीको कथा ओकल्छ। हामीसँग सेती नदी पनि छन्। काली नदी पनि छन्। सानी भेरी पनि छन्। ठूली भेरी पनि छन्। अरुण किनार छन्। तमोर किनार छन्। तर पनि बिजुलीबत्ती छैन । सबै थोक भएर पनि नभएजस्तो गरी शिर झुकाउनु किन परिरहेको छ?

असल नागरिकले आआफ्नो भूमिका खेल्ने हो भने कानुनी राज्यलाई व्यवस्थित गर्न सकिन्छ। कानुनी राज्यको मर्यादाबिना कुनै पनि समाज र मुलुकको हित हुँदैन। चोर पुलिसजस्तो हुनुभएन। पुलिस चोरजस्तो देखिनु भए । दोकानदारको पाथी मानाजस्तो नापिनु भएन। तराजु ढकजस्तो हुनुभएन। कवि कलाकारजस्तो र कलाकार पत्रकारजस्तो हुनु हुँदैन। आआफ्नो खुबी, इमान र ज्ञान मुताबिक आफ्नो काम आफैँ गरौँ। अरुको काम आफू नगरौँ भन्ने चेतनाको विकास जनजनमा पुग्नुपर्छ। अनि मात्र देश काल,परिस्थितिअनुसार आफू पनि चल्न सकिन्थ्यो र आफूसँगै देश चल्थ्यो तर मेरो देशमा त किसान पनि स्तम्भकारजस्ता छन्। नेता व्यापारीजस्ता छन् र व्यापारी किसानजस्ता छन्।

कुनै युगको अवलोकनकारी म तीन किलोमिटर लामो घाइते तथा अंगभंग मानिसको लाइन देख्दा कहिल्यै हतोत्साहित भइन। मानौँ म आन्दोलनकारी। आजकल आधा किलोमिटर 'सीमा-स्तम्भ' सारिएको अखबार हेर्दा अनायासै आँखा रसाउँछन्। मुटुमा घुंघेरुको काँडा पलाउँछ। फोक्सो फुलेर हावा भरिएको बेलुनजस्तो हुन्छ। स्वास फेर्न कठिनकठिन जस्तो लाग्छ। म देशदुनियाँको पिर बेसाइ माग्छु। मानौँ कि मेरो देशको मुहारलाई टाउकोमाथि बोकेर राजमार्गमा उभिएको छु। 

म फोस्रो मनुवा। पद र प्रतिस्ठाबिहीन एक नेपाली नागरिक। उपादेयता सकिएको सीमान्कृत सपना म। मसँग केवल गीतिकथा ओकलेर रत्नपार्कको भित्ताभरि कोर्न सकिने कोरा कल्पना छन्। अँ, मैले कतै पढेको थिएँ- 'देशलाई माया गर्ने मान्छे शहिद भएछ, देशद्रोही पो मेरो देशको मालिक बनेछ।' यो बिम्ब कसले, किन, कुन उद्दश्य का साथ कोरेको थियो मलाई थाहा छैन। जसले कोरे पनि सुनौलो बिहानीको चाँदलाई कालो बादल छेक्न कहिल्यै छाडेन। यो अभागी टाउको पनि उस्तै। हाम्रा अनगिन्ती नेताको टाउको पनि उस्तै।

बिना कुनैप्रसंग 'सिगरेट-जोन' मा मैले मेडम (बोस) लाई सोधेको थिएँ- 'तपाईँले सल्काइरहेको 'मारबल' चुरोटबाट उडिरहेको धुँवा र मेरो देशको मुख्य चोक सडकमा टायरबाट निस्कने धुवाँमा के त्यस्तो तात्विक अन्तर छ?' मुखको धुँवा आकाशतिर फ्याँक्दै उहाँले भन्नुभएको थियो, 'मैले तानिरहेको चुरोटको धुवाँले मेरो फोक्सो बिगार्छ,  अनि म मर्छु। यदि तिम्रो देश नेपालमा टायरको धुवाँ उड्छ भने यसले देशको मुटु बिगार्छ। देशको मुटु बिग्रेमा देशबासीको रक्तसंचार रहँदैन।'

मेडमको मन्तब्य सुनेपछि मैले पखेटामा पानी परेपछि कुखुराजसरी हल्लिन्छ, सोहीअनुरुप टाउको हल्लाए। मलाई सहरको चोकमा गोरखकाली 'टायर' बालेर गाउँतिर चन्दा संकलन गर्न डुलेको याद ताजा भयो। न्यायप्रेमी जनसमुदाय भनिकन थुप्रै अन्यायपूर्ण काम गरेको सम्झना आयो। जस्तो कि सडकमा रुख ढाकेर यात्रुको बाटो बन्द गराइयो। नेपाल खुला छैन! म अलिकति भावुक मान्छे। यो कविता-सविताको मन। टाउकोमा बोकेको यो सामाजिक पाप आँफ्नै आँगन खनेर साततले मन्दिर बनाए पनि पाप मेटाउन सकिँदैन थियो, यदि म आस्तिक हुँदो हुँ त। मेरो टाउको पुन:हल्लियो। धन्य नास्तिक छु। धड्कनमा केही बेताल छ। मुटु काँपिरहेको छ।

हो, मेरो टाउको हल्लियो। किन्तु मानिसको टाउकोमा गुरुत्व आकर्षण हुँदो हो त संसारका दर्दनाक दुख जति सबै तानेर बागमतीमा बगाउन पाइन्थ्यो। अनि खुसीसँग अमन-चयनको श्वाश फेरिन्थ्यो। होला कि भनेर आफ्नो टाउकोमाथि अनेक झन्झट बोकाइन्छ। जस्तोकि ऊ बेला आन्दोलन थियो। लहै-लहैमा लागेर आन्दोलनकारी 'भीमनाथ' को टाउको फुट्यो। अहिले आन्दोलनका आदेशकारी राजधानीमा आगो तापेर बसेका छन्। भीमनाथले भने टाउको मा लगाइएको 'टाँका' को खत जो छ- फोटो खिचेर अस्ति मात्रै फेसबुकमा अपलोड गरेको थियो। भारतको चेरापुन्जीबाट ऊ बेतमास कराउँदै थियो। 

केही दिनअगाडि मात्रै यो पंक्तिकारको गृहजिल्ला बाग्लुङका माननीयले म खुदलाई छाँगाबाट खसाल्न पुगेथे। निकै इमान्दार भद्र कांग्रेसी थिए माननीय प्रकाश पौडेल। तर घाइतेको उपचार रकम किर्ते गरिकन गोजीमा हालेछन्। म अखबारमा उनको किर्तेकाण्ड पढेपछि चकित हुन पुगेँ। तिनले मलाई मायाले 'दिलु भाइ' भनेर बोलाउँथे। म दाइ-दाइ भनिकन तिनको सम्मानमा शिर झुकाउँथे। हेर्दा-हेर्दै माननीय बनेका दाजैको किर्ते काण्डले मेरो लाजको शिर झुकेको छ। यति खेर भीमनाथको टाँकावाला टाउकोलाई कति 'लाइक' पुग्यो होला?

यो लोकमा अनेक टाउको छन्। भीमनाथको टाँका मारेको टाउको त छँदै छ। अल्बर्ट आइन्स्टाइनको टाउको पनि छ जसले नागासाकीमा कहिल्यै बिरुवा उम्रन दिएन। महात्मा गान्धीजीको टाउको जो थियो, संसारलाई गान्धीवादको नयाँ दिशा प्रदान गर्यो। खगेन्द्र थापामगरको टाउको पनि छ। तिनको टाउको सानै भइकन पनि गिनिजको किताबमा संसारमा होचो मनुवा भनिकन नाम दर्ज गराउन सफल बने। खगेन्द्र संग्रौलाको टाउको पनि छ, जो एकबारको जुनीमा जीवन त्याग गरिहाल्न मन नलाग्दा अनेक कुथानीको रचना गर्न भ्याउँछ्न्। छविलाल ओझाको अभागी टाउको त छँदै छ। स्मरण रहोस् म छविलाल दाहालको टाउकोको कुनै प्रसंग कोट्टाउँदिन, मेरो फेरि टाउको हल्लिन्छ। पखेटामा पानी पर्दा कुखुरा हल्लिएजस्तो गरी।

म घनटाउके। पाँच ग्रामको जिब्रोमा सरस्वतीको बास हुन नसक्दा केवल पाँच किलोको टाउको ह्ल्लाउँछु। यो कुरा हुन्छ भन्दा। यो कुरा हुन्न भन्दा। राणाजीहरुले चलाख भई बोल्नेहरुको जिब्रो काटिदिन्थे रे! आमा भन्नु हुन्थ्यो- बोल्ने को पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन। म जमिनतिर भासिन लागेको अभागी तथा उद्देलित टाउको उचालेर बोल्न त खोज्छु। अहँ, सक्दिन। मानौँ मेरो वाक्य जिरो डिग्री सेन्टीग्रेडमा जमेको छ। यस्तै हुँदो रहेछ निर्धा मानिसको टाउको। राणाजीसँग लडेर कांग्रेसले जनजनको जिब्रोमा वाक्य भरिदियो। 'वाक' अधिकारलाई कानुनमा लेख्यो तर पनि हाम्रा आवाजहरु बुलन्द भई निस्कन सकेका छैनन्। उहिलेदेखि अहिलेसम्म। एउटा अभागी 'टाउको' को बयान कुनै अदालतको कठघरा मा उभिएको निमुखा प्रतिवादीको जस्तै छैन र?

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink