जुवा, तास र अति खानपिनको दशैं कहिलेसम्म?

  • Get News Alerts

महात्मा बुद्धले एकपटक जीवनलाई सेलिबेस गर अर्थात् विवेकपूर्ण संयततायुक्त जीवन बाँच भनी उपदेश दिएछन्। केही समयपछि शिष्यहरूले आफ्नो स्वार्थ र मस्तीका लागि बुद्धले सेलिबेट हैन, सेलिब्रेट भनेका थिए भनेर व्याख्या गरेछन्। बुद्धका शिष्यहरूको पालो–परम्परामा सिनियरहरूले भनेपछि कनिष्ठहरूले त्यसलाई सत्य भन्ठान्नै प¥यो, त्यसै अनुरूप सेलिब्रेट गर्न थाले। बिचरा बुद्धको वास्तविक वाणी आफ्नै शिष्यको वासनाका कारण ओझेलमा प¥यो। आजसम्म आईपुग्दा महान् करुणामयी बुद्धदर्शनमा आधारित बौद्ध धर्म मुन्धुम र कर्मकाण्डको पूजाउपचार र अन्य धर्मजस्तै हिंसा र मांसहारको पक्षपाती बन्न पुग्यो। ठीक यस्तै दुर्गति बुद्धको उदयअघि हिन्दु समाजमा भएको थियो। आज पुनः त्यो दुर्गति लामो कालखण्डपछि दोहोरिएको छ र जसको पृष्ठपोषण दसैँका नाममा हामी घर–घरमा गरिरहेका छौँ।

हाम्रा युगद्रष्टा पूर्वजहरूले दसैँलाई आरोग्य र उल्लासको पर्वको रूपमा प्रवर्तन गरेका थिए। तिनै पूर्वजका सन्ततिहरूले आजको मोडमा आइपुग्दा दसैँलाई तास र तासको अवसर बनाएका छौँ। भनिन्छ, अक्सर मान्छे आफ्नो जिब्रोको पक्षमा वकालत गर्छ, विवेकशीलताको पक्षमा कहिल्यै बोल्दैन। जिब्रो त्यस्तो सर्वशक्तिमान् अङ्ग हो, जसले सारा शास्त्र, धर्म, ज्ञान र परम्परालाई आफ्नो इशारामा नचाईदिन्छ। कस्ती दुर्गादेवी होलिन् जसले आफ्नै सन्तानको रगत पिउन पाउँदा खुसी हुन्छिन् ? भनिएको थियो दुर्गादेवीलाई दसैँमा पशुसमान दोष दुर्गुणरुपि प्रवृत्तिको बलि चढाऊँ तर जिब्रोको स्वादलिप्सामा मदमत्त बुद्धि सक्कली पशुको बलि चढाउन उद्यत भयो।

हाम्रा सबै शास्त्र, संस्कृति, परम्परा पूर्णतः मानवोचित र विवेकसम्मत थिए। त्यसबेला एउटा उक्ति सर्वाधिक महत्वपूर्ण थियो र हाम्रा पूर्वजहरूले कुनै संस्कृति, परम्परा सुरु गर्दा अभिवाज्य रूपमा यो उपदेश पनि दिने गर्दथे– ‘परम्पराको तुलनामा हमेशा विवेक ठूलो हुनुपर्छ।’ तर विडम्बना एक्काईसौँ शताब्दीमा आईपुग्दा परम्पराभित्रको कर्मकाण्डपक्ष र भोगपक्ष दिनानुदिन झाँगिदै गयो, विवेक र संवेदनाको पक्ष ओझेलमा पर्दै गयो।

जिब्रोको स्वादवादको पक्षमा विरोधरहित जनसमर्थन बढ्दै गएकाले होला हिजोआज दसैँ केवल मासुको दसैँ बनेको छ। आजको दिनमा विश्वमा लगभग दुई अरब हिन्दु छन्। दसैँको अवधिमा पर्ने नौ दिन मासु खाने र तासजुवा खेल्ने संस्कृति नेपालबाहेक कुनै देशका हिन्दु परिवारमा छैन। शरद ऋतुको मध्यबेलामा आउने यो महान् पर्व शरीर र मनको शुद्धीकरणको पर्व थियो। त्यसैले यस अवधिमा विभिन्न किसिमका उपवास, कल्पसाधना, मन्त्रसाधना, देवी उपासना आदि गर्ने विधान थियो। भर्खरै मिडियाद्वारा सबैलाई थाहा भएको छ कि छिमेकी भारतका हिन्दुवादी प्रधानमन्त्री यो नवरात्रमा जल उपवासमा छन्। यसले के स्पष्ट गर्छ भने हामी नेपालीहरू अरु विधा तथा क्षेत्रमा अधोमार्गमा लाग्यौँ–लाग्यौँ, चाडबाडलाई पनि अछुतो छाडेनौँ।

गहनताका साथ विश्लेषण गर्ने हो भने दसैँमा मासु अत्यन्त प्रतिकूल र अस्वस्थकर आहार हो भन्नेमा पर्याप्त ठाउँ भेटिन्छ। यतिबेला शरीरले विश्राम र उपवास खोजेको हुन्छ किनकि शरीरभित्र थुप्रिएको मलविकार निकाल्ने काम यसै मौसममा चलिरहेको हुन्छ। हाम्रा तत्वदर्शी पूर्वजहरूले भनेका थिए ‘यत् ब्रह्माण्डे तत् पिण्डे’ अर्थात् प्रकृति (ब्रह्माण्ड) जस्तो छ हाम्रो शरीर पनि त्यस्तै छ। छ ऋतुमध्ये यो शरद ऋतुमा प्रकृति र प्रकृतिको रितुचक्र आफ्नो साम्यावस्थाको उच्चतम अवस्थामा हुन्छ। आश्विन–कार्तिकका यी दुई महिनामा न जाडो हुन्छ न गर्मी। न असन्तुलित वृष्टि हुन्छ न खडेरी। यसबेला शुष्क र निरस हावा चलेको हुँदैन, न त हिमपात नै हुन्छ। वायुमण्डलको आद्र्रता घटेर न्यूनतामा आएको हुन्छ। एकप्रकारले प्रकृति र वायुमण्डलमा कुनै प्रकारको उद्वेग र आवेग हुँदैन। निसर्गको एउटा विशेष नियम के हो भने प्रकृति जस्तो हुन्छ, मान्छेको शरीर पनि ठ्याक्कै त्यस्तै हुन्छ। प्रकृति र मानव एक आपसमा सर्वाधिक निकट अवस्थामा पुगेका हुन्छन्। त्यसैले हाम्रो शरीर र मन पनि यो मौसममा सौम्य, शान्त र उपद्रवरहित स्थितिमा ओर्लिएको हुन्छ। जसले गर्दा ऊर्जा र प्राणशक्तिले सुसम्पन्न भएको हुन्छ। यसरी शरीर र मनमा जब–जब ऊर्जा बढ्छ तब–तब भित्रका मल–विकारहरू स्वयमेव बाहिरिन थाल्छन्। यस्तो स्थितिमा जसले अरु बढी ऊर्जा बढ्ने जीवनशैली अपनाउँछ, उसका आन्तरिक मलविकारहरू त्यति नै बढी मात्रामा वहिष्कृत हुन्छन्। यस परिप्रेक्ष्यमा हाम्रा पूर्वजहरूले वैज्ञानिक उपवास पद्धतियुक्त दसैँ नामक पर्वको परिकल्पना गरे र चलनचल्तीमा ल्याए। त्यसैले नेपाली हिन्दु बाहेक विश्वभरिका सबै हिन्दु यतिबेला उपवास गरिरहेका छन्।

यस अवधिमा जब उपवास गरिन्छ, सारा आन्तरिक शक्ति शरीरको कुना–कुनामा कुपित भएर बसेको अन्नविकार, वायुविकार, रक्तविकार, उदरविकार, अस्थिविकार लगायत अनेकौँ सूक्ष्म विकारहरू बाहिर निकाल्न केन्द्रित हुन्छ। उपवास भनेको शरीरमा ठोस खाद्य, गरिष्ठ खाद्य, तमोगुणी खाद्य प्रवेश नगराउनु हो। उपवासका दर्जनौँ विधाहरू छन्– पानी मात्रै पिएर जलोपवास, फलपूmल मात्रै खाएर फलोपवास, नुन नहालेको खाएर लवणोपवास, रसदार वस्तु मात्रै खाएर रसोपवास, एकछाक मात्रै खाएर लघु–उपवास आदि। बस्नु पर्ने उपवास, तर ठीक उल्टो हामी नेपालीले दसैँलाई मासु र तासजुवाको उत्सव बनाइदियौँ। आयुर्विज्ञानका मर्मज्ञहरू भन्छन् यस बेलाको मासु अरु बेलाको मासंहारभन्दा सयौँ गुणा हानिकारक हुन्छ किनकि पेटमा पाचन प्रक्रिया सञ्चालन गर्ने प्रमुख रसायन पित्तरस यतिबेला अत्यधिक मात्रामा प्रकुपित भएको हुन्छ। प्रकुपित पित्तको शमन गर्ने एक मात्र उपाय हो उपवास। यस्तो संवेदनशील घडीमा पेटमा पुगेको मासुले अवश्य पनि वर्षभरि आँसु लिएर आउँछ। पच्नका लागि सबैभन्दा गरिष्ठ खाद्य मासु हो। पेटमा पुगेको मासु पच्न कम्तिमा पनि ९० घन्टा लाग्छ। तर दसैँका नाममा मांसहारी व्यक्ति दिनमै पटक–पटक मासु खान्छ। मासु खाएपछि हलचल, डुलघुम, व्यायाम–कसरत गरे कतै पच्न सजिलो हुन्थ्यो होला। मान्छे यसो गर्दैन, लासको सेवनपछि तासको सेवन सुरु गर्छ। तास–जुवा खेल्ने व्यक्ति त्यसै त रोगी हुन्छ किनकि दिसा–पिसाब रोकेर घन्टौँ कुँजिएर बस्नु उसको बाध्यता हो। माथिबाट तेलैतेलमा तारेको महागरिष्ठ मासु खाएर घन्टौँ बस्नेको हालत के होला ? एकपटक सोचौँ। वास्तवमा दसैँको प्रत्येक गाँस मासुले मुटु र शरीरको स्वास्थ्यमाथि मन्दमन्द प्रहार गरिरहेको हुन्छ।

मानिसको विवेकशीलता र संवेदनाभन्दा ठूलो धर्म, संस्कृति र परम्परा हुँदैन। दसैँका दिनमा मासुका लागि पशुबलि मानवीय विवेकशीलता र संवेदनाको अत्यन्त विडम्बनायुक्त अपसंस्कृति हो। बलि शब्दको अर्थ दान, उपहार, त्याग र उत्सर्ग हो। बलि संस्कृति आरम्भमा तत्वतः आन्तरिक दोष–दुर्गुणहरूको बलिका अभिप्रायले प्रचलनमा आएको थियो। तर बुद्धको सेलिबेट अपसंस्कृत भएर सेलिब्रेट भएभैmँ पराई पशुको बलितिर मोडियो। यस अपसंस्कृतिलाई सबैभन्दा व्यापक पक्षपोषण यही जिब्रोद्वारा वशीभूत ठूलाठालुहरूले गरे। वास्तवमा दसैँमा बलिको विज्ञान र अभिप्राय आज हामीले ठानेको भन्दा पूर्णतः पृथक र गहन थियो। नवरात्रको उपवासद्वारा हाम्रा शरीरका नौ द्वारमार्पmत भित्र छिरेका मल–विकारहरूको उपशमन गरिसकेपछि मन स्वतः शान्त र अनुद्विग्न भएको हुन्छ। शान्त र अनुद्विग्न मनका पूर्वविद्यमान अनेकौँ दोष–दुर्गुणहरूलाई उल्लासपूर्वक फकाई–फुल्याई बाहिर निकाल्ने उद्देश्यले दसैँमा दुर्गा उपासनाको विधि–विधान प्रवर्तित भयो। दुर्गा कुनै कपोलकल्पित देवी होइनन्। दुर्गा ती शक्ति हुन् जसले मानव मनको दुर्गमस्थानमा लुकेर बसेका स्लिपिङ भोल्कानो जस्ता दोष–दुर्गुणहरूलाई आस्था–श्रद्धापूर्वक उन्मूलन गर्दछिन्। नवदुर्गा उपासनामा पाठ र मन्त्रको ठूलो स्थान छ। प्राचीन मन्त्रवेत्तारूका अनुसार मनको शल्यक्रिया गर्न मन्त्रभन्दा शक्तिशाली अर्को कुनै साधन छैन। त्यसैले भनिएको छ– ‘मननात् त्रायते यति मन्त्र’ अर्थात् मनलाई दोषविकारबाट त्राण दिने वस्तु नै मन्त्र हो। मातृशक्ति एवम् जननीशक्ति याने कि आफ्नी आमातुल्य देवी मानेर मनभित्र श्रद्धाभक्ति जगाई दुर्गा उपासनाद्वारा मनको निर्मलीकरण बडादसैँको मूल ध्येय थियो। नवरात्र पश्चात विजया दशमी आउँछ। विजया दशमीको तात्विक अर्थ मनका दस इन्द्रियरूपी उपकरणहरू मलविकारले मुक्त भए, त्यसैगरी संयमपूर्ण उपवासद्वारा शरीर र पेट मलविकारले मुक्त भयो, अब विजयोत्सव मनाउनु अर्थपूर्ण हुन्छ भन्ने हो। चाडबाड निश्चय पनि उल्लास र हर्षको उत्सव हुन्छ। सोचेर हेरौँ, मलविकारले ग्रस्त शरीर र मन हुन्जेल के वास्तविक हर्षोल्लास उद्घाटित हुन्छ ? कदापि हुँदैन। आजभोलिको चाडपर्वमा अनुभव हुने उल्लास केवल तास र लासले उब्जाएको बोक्रे उल्लास मात्र हो। तास–जुवा खेल्दा केहीबेर मनले कृत्रिम रूपले बहिर्मुखी एकाग्र अनुभव गर्छ,  अक्सर मान्छे त्यही बहिर्मुखी एकाग्रतालाई उल्लास भन्ठानेर त्यसैमा हराउँछ। बिचरा उसलाई के थाहा मलविकार मुक्ति पश्चातको हर्षोल्लास, कहिल्यै चाखेको भए पो ?

अल्ट्रा मोर्डन जमाना, ग्लोबल विचारधाराको आजको समयका हामी मान्छेले, अब हाम्रा संस्कृति, परम्परा र चाडबाडलाई पनि आधुनिक तराजुमा जोख्नुपर्ने बेला आएको छ। घन्टी बजाउँदैमा धर्म हुँदैन। घन्टी बजाउँदैमा धर्म हुने भए गधाले जीवनभरि घाँटीको घन्टी बजाउँछ। गङ्गाजलले नुहाउँदैमा पवित्र होईंदैन, नभए गङ्गाका माछा उहिल्यै स्वर्ग गइसक्थे। मासुका लागि लास बनाएर अनि लासमांस खाएर दसैँ हैन, दशाको आमन्त्रण हो। दसैँ जस्तो परमपवित्र मौसममा तास–जुवा र बोक्रे मनोरञ्जन वास्तविक हर्षोल्लास होइन, शारीरिक–मानसिक मलविकारको उन्मूलन नै सच्चा हर्षोल्लास हो। यसो गरे मात्रै दशमीको निधारको अक्षताले अक्षय प्रसन्नता र शिरको जमराले जीवन्त उल्लास दिन्छ।

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink