राजपामा चर्को विवाद

  • Get News Alerts

नेतृत्वबीच आन्तरिक विवाद बढेपछि आइतबार हुने भनिएको प्रधानमन्त्री चुनाव र दल दर्ताबारे राष्ट्रिय जनता पार्टी टुंगोमा पुग्न सकेन। प्रधानमन्त्री चुनावमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने राजपाको तयारी रहे पनि निर्वाचन आयोगमा दल दर्ताको विषय बीचमा आएपछि राजपा बैठक अनिर्णित बन्न पुग्यो। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

त्यसै कारण उसले देउवालाई समथर्न गर्ने औपचारिक घोषणा गर्न सकेन। दल दर्ताका लागि चाहिने पार्टी विधान र घोषणापत्र अन्तिम रुप दिन बसेका शनिबार र आइतबारका दुवै बैठक विवादपूर्ण बनेपछि राजपाले सोमबार बिहान ९ बजे फेरि बैठक राखेको छ।

‘बैठक टुंगोमा पुगेन, त्यसको कारण मैले भन्न मिल्दैन,’ राजपाका एक उच्च नेताले भने, ‘महेन्द्र यादवजी स्थानीय चुनावमा जानुपर्छ भन्नेमा हुनुहुन्छ, अरु केही नेताको पनि त्यस्तै भावना छ। उहाँहरुलाई अरु कसैले प्रभावित पारेको हो कि भन्ने हाम्रो आशंका छ। भोलि बैठकमा यसबारे खुलेरै कुराकानी हुन्छ।’

तर अध्यक्ष मण्डलका नेताहरु राजेन्द्र महतो, राजकिशोर यादवले भने यसअघिको प्रधानमन्त्री चुनावमै राजपाले यो गठबन्धनलाई सघाउने निर्णय गरिसकेकाले प्रधानमन्त्री चुनावमा देउवालाई सघाउने बताए। महतोले चुनावमा देउवालाई ‘सघाउन नपर्ने कारण नरहेको’ भन्दै यसअघि नै सहयोग गर्ने बताइसकेका छन्।

‘अहिलेकै गठबन्धनलाई सघाउनुपर्छ भन्ने हाम्रो प्रष्ट नीति छ, चुनाव नभएकाले मात्रै हामी नगएका हौं,’ राजकिशोर यादवले भने, ‘विगतमा भएका सम्झौताबारे देउवाजीको प्रष्ट धारणासहित हामी उहाँलाई सघाउन चाहन्छौं।’ पार्टी घोषणा भएको आइतबार ४५ दिन पुगे पनि विधान, दल दर्ताको घोषणापत्र नहुँदा राजपाभित्र मनोमालिन्य बढेको छ।

स्रोतका अनुसार महेन्द्र यादवले निर्वाचन आयोगमा तत्कालै जान आनाकानी गरेपछि अरु नेता उनलाई मनाउन सक्रिय छन्। बैठक सकिने बित्तिकै राजकिशोर यादवले महेन्द्रलाई आफ्नै गाडीमा राखेर आइतबार प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव भेट्न निर्वाचन आयोग गएका थिए। आयुक्त यादवले दल दर्ताको औपचारिक चिठीबाहेक विधान, घोषणापत्र आइनपुगेकाले निर्धारित समय गुज्रिएर फरक नपर्ने भन्दै समझदारी गरेर आयोगमा आउन सुझाएको स्रोतले बतायो।

वैशाख ७ गते ६ मधेसी घटक मिलेर एकीकृत राजपाभित्र दोस्रो तहको स्थानीय चुनाव सकार्ने कि नसकार्ने भन्ने विषयमा विवाद बढै गएको छ। मधेसमा पकड भएको अर्को घटक संघीय समाजवादी फोरम नेतृत्वलाई महेन्द्र यादवसहित अरु केही नेतालाई चुनावमा जानुपर्छ भन्ने पक्षमा प्रभावित पारिरहेको राजपा नेताहरुले आरोप लगाएका छन्। फोरम यसअघि नै चुनावमा सक्रिय छ।

जिल्लाहरुमा राजपाले चुनाव विरोधी गतिविधि तीव्र पारेसग त्यसका कतिपय कार्यकर्ता चुनावमा उम्मेदवारी दिने योजनासहित अन्य दल प्रवेश गर्न थालेको भन्दै महेन्द्रले अब चुनावमा जान ढिलाई गर्न नहुने बताउदै आएका छन्। नेता वृषेशचन्द्र लालले पार्टीभित्र विभिन्न विचार आउनु अनौठो नभएको भन्दै थपे, ‘तर जे भए पनि संविधान संशोधन नहुन्जेल राजपा यो चुनावमा भाग नलिने निश्चित छ। हामी निर्वाचनको विरोध र अवरोध नै गर्छौं।’

 

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा