राजपा निर्वाचन आयोगमा

  • Get News Alerts

निर्वाचन आयोगले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई सरकारसँग सहमति भएको पत्र पाउनासाथ चुनाव चिह्न प्रदान गर्न प्रक्रिया थाल्ने आश्वासन दिएको छ। राजपा शीर्ष नेतृत्वसँग आइतबार बहादुरभवनस्थित कार्यालयमै गरेको छलफलमा आयोगका पदाधिकारीले निर्वाचन चिह्न प्राप्तिको प्रक्रिया थाल्ने आश्वासन दिएका हुन्। राजपाले चुनाव चिह्नका लागि एक-दुई दिनमै आयोगमा दल दर्ता गर्ने भएको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

आयोग र राजपा नेताबीच पार्टीको दलीय मान्यताका लागि दर्ता प्रक्रिया सम्बन्धमा आइतबार छलफल भएको हो । राजपाले संविधान संशोधन, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लागेको मुद्दा खारेजीको माग गर्दै स्थानीय तहको पहिलो चुनाव बहिष्कार गरेको थियो ।

राजपाले १४ असारका लागि तय गरिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन पनि बहिष्कार गर्ने भन्दै शान्तिपूर्ण आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, आयोगका कानुनी सल्लाहकारसहित राजपाका नेताहरू महेन्द्रप्रसाद यादव, राजकिशोर यादव र केशव झाबीच भएको छलफलमा आयोगले ६ वटा मधेसी दलबीच भएको एकता प्रक्रियाको डकुमेन्ट पाउनासाथ दल दर्ता प्रक्रिया सुरु गर्ने जानकारी दिएको हो।

छलफलमा प्रमुख निर्वाचन आयुक्त यादवले राखेको भनाइ उद्धृत गर्दै राजपाका नेता राजकिशोरले भने, '६ पार्टीबीच एकता भई राजपा बनेको हस्ताक्षरसहितको निर्णय भएको मितिले ४५ दिनभित्र दलीय मान्यताका लागि आयोगमा निवेदन दिनुपर्ने धारणा राख्नुभयो ।'

६ वटा मधेसी दल (तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मेधस सद्भावना पार्टी, तराई मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना) वैशाख १९ मा एकीकृत भई राजपा बनेका हुन् । 'एकीकरणसम्बन्धी डकुमेन्ट र एकीकरण गर्दा ६ वटै केन्द्रीय नेताहरूको हस्ताक्षरसहितको पत्र आयोगमा बुझाउनुपर्ने प्रावधानबारे प्रमुख आयुक्तले जानकारी गराउनुभयो', राजकिशोरले भने।

नेता राजकिशोरका अनुसार छलफलमा प्रमुख आयुक्त यादवले सरकार र राजपाबीच भएको सहमतिपत्र आउनेबित्तिकै उसलाई चुनाव चिह्न प्रदान गर्न सकिने जानकारी दिनुभएको थियो ।'सरकारसँगको सम्झौतापत्रसहित आयोगमा जाँदा राजपालाई छाता चुनाव चिह्न मिल्न सक्छ', उनले भने।

नेता राजकिशोरले भने, 'राजपाले चुनावमा जान संविधान संशोधन, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लागेको मुद्दा खारेजीलाई बटमलाइनका रूपमा लिएको छ ।' राजपाका अर्का नेता केशव झाले प्रमुख आयुक्तले दल दर्ताका लागि ४५ दिनको म्याद नलाग्ने जानकारी दिँदै यथाशीघ्र दल दर्ताका लागि आग्रह गर्नुभएको उल्लेख गरे।

'एक-दुई दिनमै दल दर्ता गर्छौं'

आयोगका सचिव गोपीनाथ मैनालीले राजपालाई आयोगले संविधान, ऐन, कानुनअनुसार सहजीकरण गर्दै दल दर्ता प्रक्रिया अघि बढाउने बताए।

दल दर्ता सहजीकरणका लागि संसद्मा रहेको स्थानीय निकाय ऐनको दफा १८ मा संशोधन हुनुपर्ने उनले बताए। आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतपत्रमा चुनाव चिह्न स्वतः नटाँसिने भन्दै त्यसका लागि दलहरूले समयको ख्याल गर्नुपर्ने सुझाव दिए।

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट