जहाँ दलित पुजारीसँग गैरदलितले वर माग्छन्

  • Get News Alerts

जातीय विभेदका कारण अधिकांश मन्दिरमा दलितलाई भित्र पस्न दिइँदैन। उनीहरूले परैबाट देउताको दर्शन गर्छन्। गैरदलितले मन्दिरबाहिर ल्याइदिएको टीका र प्रसाद मात्र उनीहरूले पाउँछन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

तर, गुल्मीको मालिका गाउँपालिका–३ ह्वाङ्दीमा भने भिन्न परम्परा छ। ब्रह्मा हस्त निशेल गौतम देवालयमा वर्षौँदेखि दलित पुजारीले पूजा गर्छन् र उनको हातको टीका लगाउँछन् गैरदलित। देवालयको परम्पराले दलित र गैरदलितबीचको विभेदबारे राम्रो सन्देशसमेत दिएको छ। यद्यपि, यो देवालय र परम्परा ओझेलमा पर्दै आएको छ।

अरू मन्दिर वा देवालयमा दलितले गैरदलितसँग फूल–प्रसाद माग्छन्। तर, त्यो देवालयमा दलित पुजारीसँग गैरदलितले प्रसाद थाप्नुपर्छ। सदरमुकाम तम्घासदेखि ४५ किलोमिटर टाढा उत्तर बाग्लुङको सिमाना गंगरे र गुल्मी म्यालेबडाचौर टापुमा त्यो देवालय छ जहाँ गुल्मी, प्युठान, बाग्लुङ, रुपन्देही र भारतसम्म रहेका विभिन्न जाति उक्त देवालयमा पाठा भाकल चढाउन आउछन्।

दलितहरू पुजारी र ब्राह्मणलगायतका अन्य जातिहरू भक्तजन बन्ने मन्दिर अहिलेसम्म नदेखेको मेलामा पुगेका गोविन्द कँडेलले प्रतिक्रिया दिए। ‘अचम्म लाग्यो, म पनि ब्राह्मणको छोरा हुँ,’ कँडेलले भने, ‘मैले पनि तिनै विश्वकर्मा पुजारीले दिएको प्रसाद ग्रहण गरेँ र शिर निहुराएर वर मागेँ।’ त्यो मन्दिरमा को पुजारी भन्ने मतलब नहुने र जे कामना ग¥यो त्यही पुग्ने भएकाले विभेद सोचे अधर्म हुने स्थानीय ब्राह्मण समुदायका भक्तजन बताउँछन्।

खडेरी परे पनि कुलदेवताकै पूजा

मन्दिर पुग्ने र आकाशतिर फर्केर पानी माग्ने। लामो समय खडेरी परे स्थानीवासीले यस्तै गरेर निशेल गौतम कुलदेवताकै पुकार गर्छन्। स्थानीयले हरेक सुख र दुःखमा उक्त कुलदेवतालाई सम्झन्छन्। कुलपूजाको दिन अन्य समुदाय बलि चढाउन मात्र आउँदैनन्, बिरामी परेसमेत मन्दिरमा भाकल गर्छन्। समाजसेवी अर्जुन बुढाले देवालय ऐतिहासिक र सबै जातजातिको आस्थाको केन्द्र भएकाले पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नसमेत पहल गर्नुपर्नेमा जोड दिए। त्यसको शिर पश्चिम, उत्तर र दक्षिण भाग लुम्बिनी अञ्चलकै दोस्रो उँचो लेख मदाने संरिक्षत वन छ। जसको पर्यटन विकासका लागि नेपाल सरकारबाट कार्यक्रम सञ्चालन भइरहेको छ।

दलितभन्दा गैरदलितले दोब्बर बलि चढाउँछन्

हरेक दुई वर्षको वैशाख पूर्णिमा मेलामा गौतम बन्धुहरूको कुलपूजा हुन्छ। तर, आश्चर्य दलित समुदायको भन्दा दोब्बर बलि गैरदलितले चढाउँछन्। ‘हातमा बोका डोहोर्याउँदै आएको देख्दा अचम्म लाग्छ,’ स्थानीय कांग्रेस नेता रमेश बुढाले भने, ‘धर्म र आस्था महत्वपूर्ण रहेछ।’ यसपालिको मेलामा मात्रै ब्राह्मण, क्षेत्रीलगायत अन्य समुदायका करिब दुईध सय पाठा बलि चढेका थिए।

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट