पशुपतिनाथ आयकर मुक्त छोरा गणेशलाई कर लगाइयो

  • Get News Alerts

samsung
tata

पशुपतिनाथको आयमा देवस्व मानेर देवश्वम् आयकर लिने गरिएको नभए पनि गुठी संस्थानअन्तर्गत राजगुठीमा दरिएका मुलुकभरका करिब साढे दुई हजार मन्दिरको आयस्तामा आयकर लाग्दै आएको छ । यो विभेदलाई देवस्थलको व्यवस्थापनमा लागेका पशुपति विकास कोष र गुठी संस्थानले सुल्झाउन सकेका छैनन् । यो खबर सरोज आचार्यले आजको गोरखापत्रमा लेखेका छन्।

गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले अर्थ मन्त्रालयले देवस्वमा आयकर नलगाउनु भनी परिपत्र गरे पनि आन्तरिक राजस्व कार्यालयले देवस्वमा कर नलिन मिल्दैन भन्दै कर कट्टा गरिरहेको बताए।

उनले कर कटाउनु गल्ती भयो भनेर आन्तरिक राजस्व कार्यालयले एक समय काटिएको कर पनि फिर्ता गरेको स्मरण गर्दै पुनः कर छोड्नै हुँदैन भनेर आयकर कट्टा गर्न थालेको बताए।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनका अनुसार पशुपतिनाथको आयस्थामा कर बुझाउनुपर्ने दायित्व कोषलाई नभए पनि पशुपतिनाथका मूल पूजारीसहित अन्य पुजारी र भण्डारीले बुझ्ने पारिश्रमिकमा आयकर लाग्ने र नाथको आयस्ता भेटीमा कर नलाग्ने दाबी गरे।

संविधानअनुसार सङ्घीय व्यवस्थामा गुठी आयस्ता बाहेकको रकम मात्र सञ्चित कोषमा दाखिला हुने र सङ्घीय वा प्रदेश सरकारले पनि देवस्वको रकमलाई प्रदेश वा सङ्घीय सरकारको कोषमा दाखिला नहुने व्यवस्था गरेको छ ।  यसो भए पनि हाल पशुपतिनाथको भेटी, दान दातव्यलगायतका आयस्तामा कर नलाग्ने तर सूर्य विनायकलगायत उपत्यकाका चार विनायक, चार नारायण र गुठी संस्थानअन्तर्गतका साढे दुई हजारभन्दा बढीका देवताको आयस्तामा भने यो कर लागिरहेको छ ।  संस्थानका प्रशासक नारायण चौधरीले संविधानको मर्म र भावना विपरीत देवताको आयस्तामा आयकर लगाउनु गैरसंवैधानिक कार्य भएको दाबी गर्दै यसलाई हटाउनुपर्ने बताए।

देव मन्दिरको आयस्तालाई राजस्वमा मिसाउँदा दोष लाग्छ भनेर विगतका संविधानमा पनि देवस्व र राजस्व अलग गरिएको हो तर यसको विपरीत कार्य भइरहेको संस्थानका प्रवक्ता थपलिया बताए।

यस विषयमा आन्तरिक राजस्व विभागका पदाधिकारीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।  गुठी संस्थानका प्रवक्ता थपलियाले भने, ‘पशुपतिनाथको आयमा कर लाग्दैन तर उनैका छोरा सोह्हाते गणेश र मरु गणेशलाई आयस्तामा आयकर लाग्ने गरेको छ ।  यस्तो पनि ठीक हो त ?’

hundai
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink