पौडेलले देउवालाई भने– तपाईं सिंगो कांग्रेसको नेता बन्ने कि?

SAMSUNG
  • Get News Alerts

baleno
tata

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई ठूलो छाती बनाएर अघि बढ्न आग्रह गरेका छन्। प्रधानमन्त्रीको औपचारिक उम्मेदवारी तय गर्न शनिबार बिहान बसेको पार्टी कार्यसम्पादन समितिको बैठकमा पौडेलले भने, ‘सिंगो कांग्रेसको नेता र सभापति बन्ने कि नबन्ने ? सुधार तपार्इं (देउवा) बाट हुनुपर्छ।’ उनले अहिलेकै परम्परागत शैलीमा सरकार बन्ने र फेरिने घटनाले जनताको मन जित्न नसकिने बताए। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

‘आगामी दिनमा हाम्रा बाटा कठिन छन्। सरकार गठन, पार्टी संरचना गठन, नीति तथा कार्यक्रम के कसरी अगाडि जान्छ ? सरकार कसरी बन्छ ? म पार्टीकै बारेमा चिन्तित छु,’ पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अब पार्टी, सरकार सञ्चालन, पार्टीका विभिन्न विभिन्न निकाय गठन कुन आधारमा हुने हो ? कुन क्राइटेरियामा हुने हो ? कुन मान्यतामा हुने हो ? कुन विधि, पद्धति र आचरणमा हामी हिँड्ने हो ? धेरै प्रश्न अनुत्तरित छन्।’

उनले जनतालाई विश्वास दिलाउन सभापतिले त्याग नदेखाएको गुनासो पोखे। ‘यो त्यागको समय हो। दलको नेता आफैं हुनुहुन्छ। बहुमत पनि छ। प्रचण्डजीलाई यहाँ ल्याएर समर्थन पनि लिनु भएको छ। अब त्यस्तो अवस्थामा तपाईंले त्याग गर्नु हुन्छ भन्ने मलाई विश्वास छैन,’ पौडेलले थपे, ‘तपाईं (देउवा) त्याग गर्न सक्नु हुन्न भने म नै त्याग गर्छु। कसै न कसैले त्याग गरेर देखाउनुपर्‍यो।’

पौडेलले आफ्नो क्रियाशीलताले नै संविधानसभा दोस्रो निर्वाचनमा पार्टीले पहिलो स्थान ल्याएको दाबी गर्दै भने, ‘त्यतिबेला उहाँ (देउवा) कति खटिनु भयो ? कांग्रेसलाई ठूलो पार्टी कसरी बनाइयो। सबैले देखेकै छन्।’ कांग्रेसभित्र सामान्य उपचारले नहुने रोग लागिसकेको बताउँदै पौडेलले आफूलाई सधैं जोखिममा राखेर पार्टी र प्रजातन्त्रलाई जोखिममा जान नदिएको बताए।

सभापति देउवाप्रति आक्रामक शैलीमा देखिएका पौडेलले भने, ‘अब कांग्रेसको छवि सुधार्दै लोकतान्त्रिक आचरण र पद्धतिमा पार्टीलाई हिँडाउने कि नहिँडाउने ? पार्टीभित्र गतिशीलता कसरी पैदा गर्ने ? के गरी कार्यकर्तामा उत्साह र जाँगर पैदा गराउने ? के गरी जनतामा आशा र भरोसा जगाउने ? पौडेलको भनाइमा देउवाले भने कुनै प्रतिक्रिया दिएनन्।

 

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink