डीआईजी सिलवालनिकट प्रहरी अधिकृतलाई छानी छानी कारबाही

  • Get News Alerts

नेपाल प्रहरीले काजमा बसेका सबै कर्मचारीलाई १५ दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । निर्वाचनलाई ध्यान दिँदै प्रहरी प्रधान कार्यालयले यस्तो निर्देशन दिएको हो ।

प्रहरी प्रधान कार्यालयको यो निर्देशनसँगै शक्तिको आडमा लामो समयदेखि आफूलाई पायक पर्ने ठाउँमा बसेकाहरु प्रत्यक्ष प्रभावित हुनेछन् । नेपाल प्रहरीमा अधिकाँश जुनियर अधिकृतहरु शक्ति र पैसाको आडमा लामो समयदेखि आफूलाई पायक पर्ने ठाउँमा बस्दै आएका छन् । बेला बखत सरुवा भएपनि पुनः काज मिलाइ उनीहरुले यस्तो फाइदा लिँदै आएका छन् । यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौ।

‘निर्वाचन सुरक्षाका लागि जहाँ जसको दरबन्दी हो त्यहीँ जान निर्देशन दिइएको छ,’ प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले भने । उनले दरबन्दी कायम भएको स्थानमा नगएका प्रहरी कर्मचारीलाई आ–आफ्नो दरबन्दी भएको ठाउँमा जान कडा निर्देशन दिइएको बताए ।

प्रहरी प्रधान कार्यालय तथा काठमाडौ उपत्यकामा अधिक संख्यामा प्रहरी कर्मचारीहरु काजमा रहेका छन् । खासगरी जुनियर अधिकृतहरु काजमा रहेको प्रधान कार्यालय स्रोतले जनाएको छ । प्रायः जुनियर अधिकृतहरु आफूलाई पायक पर्ने स्थानमा सोर्स लगाएर बस्ने गरेकाले पनि काजमा रहने प्रहरी कर्मचारीहरु ठूलो संख्यामा रहेको प्रधान कार्यालय जनाएको छ ।

एसएसपी खनालका अनुसार, केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी), लागूऔषध व्यूरो, अपराध महाशाखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरीलाई भने यस्तो निर्देशन अनिवार्य गरिएको छैन ।

तर केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत चार जना प्रहरी अधिकृतलाई भने काजमै तानेर प्रहरीको केन्द्रीय निर्वाचन सेलमा खटाइएको छ । तानिएकामध्ये वन्यजन्तु तस्करी नियन्त्रण सेलमा रहेका डीएसपी प्रवीण पोखरेल, आर्थिक व्यूरोमा कार्यरत डीएसपी रेशम पराजुली, प्रशासनमा कार्यरत डीएसपी दधिराम न्यौपाने र प्रहरी निरीक्षक रुगम कुँवरलाई प्रहरी प्रधान कार्यालय निर्वाचन सेलमा खटाइएको छ ।

स्रोतका अनुसार उनीहरुलाई सीआइवी प्रमुख डीआईजी नवराज सिलवालको विश्वास पात्र भएको भन्दै निर्वाचन सेल तानिएको हो । उनीहरु सिआइवीको काविल अधिकारीका रुपमा चिनिने गरिन्छ ।

डिएसपी पोखरेल र न्यौपानेले निर्वाचन सेलमा हाजिर गरिसकेका छन भने पराजुली र कुँवर विदामा छन् । कुँवरका ८१ वर्षीय बाबु विरामी भएका कारण धेरै दिनदेखि नेपाल प्रहरी अस्पतालमा उपचार गराइरहेका छन् ।

डीएसपी पोखरेल पछिल्लो समय त्रिभुवन विमानस्थलबाट बरामद साढे ३३ किलो सुनकाण्डको अनुसन्धान गर्ने अधिकृत हुन् । सुनकाण्डको अनुसन्धानका क्रममा अनेक धाकधम्की खेपेका पोखरेललाई केही समय अघिदेखि सरुवा गराउन सुन तस्करहरू लागिपरेका भएपनि उनको सरुवा भने भएको थिएन । डिएसपी न्यौपाने पोलिग्राफका विज्ञ हुन् ।

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा