भारतले भन्यो- स्थिरताका लागि सबै पक्षसँग संवाद गर

  • Get News Alerts

नयाँदिल्लीमा मंगलबार भएको उच्चस्तरीय भेटवार्ताको भोलिपल्ट बुधबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी सबै पक्षलाई मिलाएर संविधान कार्यान्वयन गर्नुपर्ने भारतीय धारणा सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेतालाई भेटेकी थिइन् । यो खबर पर्शुराम काफ्लेले नयाँदिल्लीबाट आजको नयाँ पत्रिकामा लेखेका छन्।

‘भारतीय नेतृत्वले समाजका सबै पक्षलाई साथमा लिएर संवादमार्फत संविधान कार्यान्वयन प्रक्रियामा जाने नेपाल सरकारको जारी प्रयासमा समर्थन दोहोर्याएको छ,’ विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ, ‘दुवै पक्षले नेपाल–भारत सम्बन्ध साझा इतिहास, सांस्कृतिक मान्यता र खुला सिमानासहित जनस्तरको लामो समयदेखिको सम्बन्धमा आधारित रहेको उल्लेख गरेका छन् । भारतीय नेतृत्वले छिमेक प्रथम नीतिको महत्वमा जोड दिँदै हरेक तप्कामा नेपालसँगको सम्बन्ध सृदृढ गर्ने भारतको उच्च प्राथमिकतामा जोड दिएको छ ।’

राष्ट्रपति भण्डारीको भारत भ्रमणका क्रममा नेपाल र भारत दुवै पक्षले नेपालको नयाँ संविधानबारे आ–आफ्नो अडान व्यक्त गरेका छन् । मंगलबार भएको सबै उच्चस्तरीय भेटवार्तामा राष्ट्रपति भण्डारीले नयाँ संविधान समावेशी रहेको र सबै पक्षलाई समेटेको उल्लेख गर्दै निर्वाचनमार्फत समावेशी व्यवस्था कार्यान्वयन हुने उल्लेख गरिन् । तर, राष्ट्रपतिको धारणा मधेसी मोर्चालाई सम्बोधन गर्ने पक्षमा नरहेको भारतीय पक्षको निष्कर्ष छ ।

‘राष्ट्रपति भण्डारीको भनाइले मधेसीसहित नेपालमा मध्यमार्गी असन्तुष्ट समूहलाई संवादमार्फत सहमतिमा लिएर अघि जाने पक्षमा नेपाल छैन भन्ने धारणा स्पष्ट भयो, यसले नेपाल–भारत सम्बन्ध सुमधुर हुँदैन, नेपालले स्थिरता पनि प्राप्त गर्दैन,’ भारतीय विदेश मन्त्रालयसम्बद्ध एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘राष्ट्रपतिले सबैलाई मिलाएर जाने कुरा गर्नुभएन, संविधानको अहिलेकै प्रावधान कार्यान्वयनको कुरा गर्नुभयो, त्यसले नेपालमा बृहत् सहमतिको वातावरण बन्ने अवस्था छैन ।’

राष्ट्रपतिले मंगलबार मधेसी मोर्चाको असन्तुष्टि तथा उनीहरूलाई मनाउन संविधान संशोधनको प्रयास भएकोबारे केही उल्लेख गरिनन् । जवाफमा भारतीय नेतृत्वले भने सबैलाई मिलाएर मात्रै संविधानका सबै प्रावधान कार्यान्वयन हुने सन्देश दिएको छ । जानकारहरूको भनाइमा नेपाल र भारत दुवैले आ–आफ्नो अडान राखेका छन्, दुवै पक्ष एक–अर्काप्रति सन्तुष्ट छैनन् । संविधानको स्वागत र समर्थन नगरेको भारतले मधेसी मोर्चालाई सहमतिमा नल्याई नेपालको स्थिरता र संविधानको कार्यान्वयन सम्भव नभएको जोड दिँदै आएको छ । यसैबीच, तीर्थयात्राका क्रममा राष्ट्रपति भण्डारी गुजरात पुगेकी छिन् । उनी बिहीबार उडिसा गएर शुक्रबार दिल्ली हुँदै स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट