पशुपतिमा विद्युतीय शवदाह मेसिन थपिने

  • Get News Alerts

पशुपति क्षेत्रमा सञ्चालन भइरहेको विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्न शव संख्या बढेपछि पशुपति क्षेत्र विकास कोषले मेसिन थप्ने तयारी गरेको छ ।अहिले गृहमा दुईवटा मेसिन छन् । शवदाह गर्न मेसिन अपर्याप्त भएकाले अर्को मेसिन खरिद गरी दैनिक दुईवटा मेसिन सञ्चालन गर्ने तयारी कोषले गर्न लागेको हो । कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले विद्युतीय शवदाह गृहमा चाप बढेपछि नयाँ मेसिन थप्न लागेको जानकारी दिए। 'शवदाह गृह सुरु गर्नुअघि अनेक आशंका थिए । यो खबर गोपिकृष्ण ढुंगानाले आजको अन्नपूर्णमा लेखेका छन्।

तर, अहिले वर्ष दिन पुग्दा चाप बढेको छ', उनले भने, 'कोषले अर्को मेसिन थप्न ठेक्का प्रक्रिया अघि बढाएको छ ।' कोषले झन्डै ११ करोड रुपैयाँ लगानीमा दुईवटा मेसिनसहित हालको विद्युतीय शवदाह गृह निर्माण गरेको हो । शवदाह गर्ने मेसिन करिब एक करोड २५ लाख रुपैयाँमा ल्याइएको थियो ।

आर्यघाटमा दैनिक बढीमा ४० वटासम्म शवको अन्तिम संस्कार हुने गरेका थिए भने अहिले ती शव बाँडिने गरेको छ। गृहमा पनि दैनिक बढीमा १५ वटासम्म आउने गरेका छन्। गत वर्ष माघ १० गतेदेखि नियमित सञ्चालित गृहमा मंगलबार दिउँसोसम्म ४ हजार ८ सय ४६ शवदाह गरिसकिएको छ । कोषले गृहमा एउटा शवदाह गर्न ३ हजार रुपैयाँ लिँदै आएकोमा साउन १ गतेदेखि ४ हजार पु¥याएको छ । यसबाहेक खटका लागि थप ३ सय रुपैयाँ लिने गर्छ ।

टण्डनका अनुसार कहिलेकाहीँ विद्युतीय शवदाह गृहमा अन्तिम संस्कारका लागि ५/६ घन्टासम्म पालो पर्खनुपर्छ । शवदाह गृहका कारण आँखाको नानी दान गर्नेको संख्या पनि ५ सय ३० पुगेको छ । नेपालमा विद्युतीय शवदाह गृह रुचाइएपछि नर्वेका एक सहप्राध्यापक ह्यान्स ह्याड्डरले गत महिना यसबारे अध्ययन गरेका थिए। भारतका बनारस र कोलकातामा सञ्चालन गरिएका विद्युतीय शवदाह गृह चल्न नसकेको सुनेका उनले शव जलाउने संस्कार रहेका हिन्दु समयअनुसार चलेको निष्कर्ष निकालेका थिए।

उनले कोषद्वारा तर्जुमा भइरहेको बृहत् गुरुयोजनाका लागि परम्परा र शवदाह गृह विषयक कार्यपत्रसमेत प्रस्तुत गरेका थिए। कोषले सञ्चालन गरेको विद्युतीय शवदाह गृहको सफलतापछि चितवनस्थित देवघाट विकास समिति र पोखरामा गुरुङ समाजले पनि विद्युतीय शवदाह गृह निर्माणको तयारी गरेको छ।

कोषले विद्युतीय शवदाह गृहमा उपभोग हुने विद्युत्को महसुलमा आधा छुट गर्न विद्युत् प्राधिकरणसमक्ष प्रस्ताव गरे पनि पारित भएको छैन । औपचारिक प्रस्ताव पठाए ३० प्रतिशतसम्म सहुलियत दिन सकिने प्राधिकरण केन्द्रीय कार्यालयले बताएअनुसार पत्र पठाउँदा पनि कुनै कारबाही नभएको कोषका सदस्यसचिव टण्डनको भनाइ छ।

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट