रजश्वला भएका छात्रासँग देउता रिसाए भन्दै शौचालय भत्काइयो

  • Get News Alerts

विद्यालय परिसरमै छात्राहरू काम्दै बेहोस भई भकाभक लड्न थालेपछि लोजनीको पिपलकोट माध्यमिक विद्यालयका पदाधिकारी र अभिभावकको मतैक्य यस्तो रह्यो, ‘कि शौचालय भत्काऔँ नभए महिनावारी भएका बखत छात्रालाई विद्यालयमा आउन नदिऊँ ।’ यो खबर प्रकृति अधिकारी र गोकर्ण दयालले आजको गोरखापत्रमा लेखेका छन्।

विद्यालय परिसरमा रहेको मन्दिर नजिकै बनाइएको शौचालयमा महिनावारी भएका बखत शौच गरेकै कारण देउता रिसाएकाले छात्राहरू बेहोस बनेको ठम्याइ विद्यालय पदाधिकारी तथा अभिभावकको रह्यो। ‘मास हिस्टेरिया’बारे अनभिज्ञ विद्यालय पदाधिकारी तथा अभिभावकले अन्ततः शौचालय नै भत्काइदिए ।  शौचालय भत्काइएपछि बेहोस हुन छाड्नु संयोग थियो तर अभिभावकले त्यसलाई दैवी चमत्कारका रूपमा लिए ।

स्रोत व्यक्ति लालदत्त ओझाले जिल्ला शिक्षा कार्यालय बैतडीद्वारा आयोजित छात्रा शिक्षा सञ्जालको बैठकमा ‘मास हिस्टेरिया’ भएका दुई विद्यालयमा देउता रिसाएको भन्दै धामी झाँक्रीबाट उपचार गर्न खोजिएको बताउँदै भने, ‘कतिपय विद्यालयमा त महिनावारी भएकी महिला शिक्षकले चार दिन पढाउनु नपर्ने निर्णयसमेत व्यवस्थापन समिति र अभिभावकबीच भएको रहेछ। हामीले थाहा पाएपछि त्यस्तो गर्नबाट रोक्यौँ ।’

सुदूर पश्चिममा रजश्वलाका बखत अध्ययनरत छात्रा तथा महिला शिक्षकले भोग्नु परिरहेको पीडा अझै घट्न सकेको छैन।  जिल्लाका सदरमुकाम तथा आसपासमा रजश्वलाका कारण सिर्जित समस्या कमै देखिए पनि ग्रामीण तथा दुर्गम क्षेत्रमा उनीहरू पीडित छन् ।  सहरी क्षेत्रमा लुकाइने गरिएकाले घटेको जस्तो देखिएको सरोकारवालाको भनाइ छ ।

स्रोत व्यक्ति मदनसिंह भण्डारीले कतिपय शिक्षकले धामी झाक्रीको पेसा पनि अपनाउँदै आएको बताउँदै भने, ‘त्यस्ता शिक्षकहरूले निकै बार्छन् ।  महिनावारी भएका छात्रा पनि विद्यालयमा आएका हुनसक्ने भएकाले  कुनै पनि छात्रालाई छुँदैनन् ।  छात्राहरूलाई नजिक आउन दिँदैनन् र टाढाबाट सिकाउँछन्।’

बैठकमा कतिपय स्रोत व्यक्तिले रजश्वला भएकी छोरीलाई आमाले नै बढी भेदभाव गर्ने गरेको बताए ।  कतिपयको घरको ढोकामा अझै पनि गहुँत राख्ने चलन भएको र विद्यालयबाट फर्किएकाले रजश्वला भएका छात्रा तथा महिला शिक्षकलाई छोएको हुनसक्ने भएकोले घरभित्र प्रवेश गर्नुअघि गहुँत छर्किनु पर्ने प्रवृत्ति पनि थुप्रै घरमा रहेको उनीहरूले सुनाए । 

अर्का स्रोत व्यक्ति हरेन्द्रप्रसाद जोशीले आफ्नो क्षेत्रका विद्यालयहरूमा चार दिनसम्म महिला शिक्षक नजाने गरेको तर आफूले ‘शिक्षा ऐन र नियमावलीमा महिनावारी भएका बेला महिला शिक्षक विद्यालयमा जानु नपर्ने भनी कहाँ लेखिएको छ ? देखाउनु होस्’ भनेपछि त्यस्तो प्रवृत्तिमा कमी आएको सुनाउँदै भने, ‘आफू महिनावारी भएको अन्य शिक्षकहरूलाई किन जानकारी दिइरहनु पर्‍यो र ? अहिले धेरै विद्यालयमा महिला शिक्षकलाई यसबारे सोधिँदैन ।’

तेर्छाबटास्थित दुबला निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिको सदस्यमा एक महिला निर्वाचित भइन् र उनलाई टीका लगाइदिन खोज्दा आफू महिनावारी भएको भन्दै प्रधानाध्यापकको हातबाट टीका लगाउन मानिनन्।  स्रोत व्यक्ति केशवदत्त तिवारीले त्यस दिनको घटना स्मरण गरे, ‘टीका लगाइदिन तम्सिएका प्रधानअध्यापकले पनि महिनावारी भएको थाहा पाएपछि ती महिलालाई टीका लगाइदिन चाहँदै चाहेनन्। पछि अलिकति टीका भुइँमा राखियो र ती महिलाले आफैले टीका लगाइन्। आफू महिनावारी भएको नभनेको भए पनि हुन्थ्यो नि?’

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट