निधिको कुर्सीमा थापा बसेपछि उपप्रधानमन्त्रीको मर्यादाक्रम विवाद

  • Get News Alerts

दुई उपप्रधानमन्त्रीबीच मर्यादाक्रमको विवाद देखिएका बेला उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई घटुवा गरी स्थानीय विकासमन्त्री कमल थापालाई मर्यादाक्रममा दोस्रो नम्बरमा राख्ने कुनै पनि निर्णय भएको देखिएको छैन। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

गत बिहीबार गृहमन्त्री निधि भारत भ्रमणमा गएका बेला भएको मन्त्रिपरिषद् बैठकमा नवनियुक्त संघीय मामिला तथा स्थानीय विकासमन्त्री थापा निधि बस्दै आएको कुर्सीमा बसे। सामान्यतया मन्त्रीहरूको मर्यादाक्रम मिलाएर क्याबिनेट बैठकमा कुर्सी राखिएको हुन्छ। निधि बस्दै आएको प्रधानमन्त्रीसँगैको कुर्सीमा थापा एक्कासि बसेपछि त्यहाँ उपस्थित मन्त्रीले असजिलो महसुस गर्दै कानेखुसी गर्न थाले।

त्यहीबेला वाणिज्यमन्त्री रोमी गौचन थकालीले आपत्ति जनाउँदै मन्त्रीहरू आफ्नो मर्यादाक्रमअनुसारको सिटमा बस्नुपर्छ भने। तर थापाले आफू बसेको निधिको सिट छोडेनन्। त्यसपछि गौचन बैठकबाट बाहिरिए। कांग्रेसका अरू मन्त्री भने चुपचाप बैठकमा सहभागी भए। बैठक सकियो। गृहमन्त्री नेपाल फर्किएपछि आफ्नो सिटमा अर्का उपप्रधानमन्त्री बसेको थाहा पाए। त्यसलगत्तै निधिले आइतबार प्रधानमन्त्रीसँग उक्त विषयमा चासो राखे।

प्रधानमन्त्रीले पनि मर्यादाक्रमका विषयमा कुनै निर्णय नभएको र निधिलाई दोस्रो मर्यादामै राखेको भन्दै आश्वस्त पारे। यही खबर बोकेर निधि आइतबारै कांग्रेस सभापति शेरबहादुर देउवाकोमा पुगे। त्यहाँ पनि देउवाले दोस्रो मर्यादाबाट हटेको भन्ने विषयमा विश्वास गरेनन्। आखिर भएको के रहेछ त ? मन्त्रिपरिषद्का एक सचिवका अनुसार निधि बस्दै आएको सिटमा थापा बसेकाले मात्रै विवाद भएको हो तर औपचारिक रूपमा पहिलाको मर्यादा हेरफेर गर्ने गरी कुनै निर्णय भएको छैन। मन्त्रिपरिषद्को मर्यादाक्रम तलमाथि गर्न औपचारिक निर्णय गरेर राष्ट्रपति कार्यालयमा जानकारी गराउनुपर्छ। तर सोमबारसम्म त्यस विषयमा मन्त्रिपरिषद् कार्यालयले औपचारिक कुनै पत्राचार गरेको छैन।

‘उपप्रधानमन्त्रीहरूको मर्यादाक्रम तलमाथि हुने कुनै औपचारिक जानकारी हामीलाई आएको छैन’, ती सचिवले अन्नपूर्णसँग भने, ‘मर्यादाक्रम तलमाथि भए राष्ट्रपति कार्यालयमा जानकारी गराउनुपर्ने हुँदा पत्र नै तयार गर्नुपर्ने हुन्छ तर त्यस विषयमा हामीलाई प्रधानमन्त्रीले केही जानकारी दिनुभएको छैन।’

मन्त्रिपरिषद्को आधिकारिक वेबसाइटमा सोमबार साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहालपछि दोस्रो मर्यादामा निधि नै छन्। त्यसपछि अर्का उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा र चौथो नम्बरमा मात्रै संघीय मामिला तथा स्थानीय विकासमन्त्री थापा छन्।

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा