एउटा मात्रै बिक्यो अनुदानको चुलो

  • Get News Alerts

चिनियाँ सरकारले उपलब्ध गराएको इन्डक्सन चुलो डेढ वर्षमा एउटा मात्रै बिक्री भएको छ। भारतीय नाकाबन्दीका बेला अनुदानमा आयातित चुलोको उचित व्यवस्थापन नहुँदा बिक्री हुन नसकेको हो। नाकाबन्दीले खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि चीनले अनुदानमा ११ हजार ३ सय चुलो उपलब्ध गराएको थियो। उक्त चुलो नेसनल ट्रेडिङ लिमिटेडमार्फत बिक्री गर्ने सरकारको योजना भए पनि डेढ वर्ष बित्न लाग्दा एउटा मात्रै बिक्री हुन सकेको छ। यो खबर हामीले आजको कान्तिपुर दैनिकबाट लिएका हौ।

ट्रेडिङका महाप्रबन्धक लवराज जोशीले महँगो भएकाले बिक्री नभएको बताए। ‘बजारमा ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँमै इन्डक्सन चुलो पाइन्छ, तर अनुदानको चुलोको मूल्य ११ हजार ९ सय ९५ रुपैयाँ छ,’ उनले भने। नाकाबन्दीका कारण ग्यास अभाव भएका बेला त्यसको फाइदा उठाउँदै निजी व्यवसायीले इन्डक्सन चुलोको मूल्य मनोमानी असुलेका थिए। अभावलाई केही व्यवस्थापन गर्न चीनले अनुदान दिएको थियो। चिनियाँ सरकारले केरुङ नाकाबाट १३ सय र हवाई मार्गबाट १० हजार चुलो उपलब्ध गराएको हो। अनुदानको चुलो आउने हल्लाले बजार भाउ नियन्त्रण गर्न धेरै सहयोग पुगेको थियो। ‘अनुदानबाट सर्वसाधारणले राहत पाउने महसुस गरेका थिए,’ ट्रेडिङका उपत्यका बिक्रीवितरण व्यवस्था कार्यालय प्रमुख श्यामकुमार श्रेष्ठले भने, ‘तर आयातित इन्डक्सन चुलोको उचित व्यवस्थापन हुन सकेन, गोदाममै थन्किएको छ।’

ट्रेडिङका नायब वरिष्ठ अधिकृत चेतबहादुर खड्काका अनुसार केरुङ नाकाबाट २०७२ मंसिर २८ गते १३ सय थान आयात गरिएको थियो। इन्डक्सन चुलोको मूल्य निर्धारण गर्न वाणिज्य मन्त्रालयले २०७२ माघ ५ गते मूल्यांकन समिति गठन गरेको थियो। वाणिज्यका सहसचिवको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका उपसचिव, आपूर्ति मन्त्रालयका शाखा अधिकृत, परराष्ट्र मन्त्रालयका शाखा अधिकृत र नेसनल ट्रेडिङका दुई जना महाप्रबन्धक थिए। ‘समितिले भन्सार शुल्क र ढुवानी खर्च जोडेर ११ हजार ९ सय ९५ रुपैयाँ मूल्य निर्धारण गरेको थियो,’ खड्काले भने।

ट्रेडिङका अनुसार माघ २८ गते एक थान चुलो बिक्री भएको थियो। त्यसयता सर्वसाधारण हेर्न त आए, तर मूल्यकै कारण किनेनन्। ‘अनुदानको चुलो भनेर हेर्न र किन्न भनेर सर्वसाधारण आउँछन्,’ उनले भने, ‘तर बजारमा पाइनेभन्दा महँगो भएको भन्दै फर्कन्छन्।’ चीनबाट आयातित इन्डक्सन चुलो माइडिया कम्पनीले उत्पादन गरेको हो। जानकारहरूका अनुसार उक्त कम्पनीको चुलो ६ हजार रुपैयाँमा बजारमा सजिलै पाइन्छ। बजारसरह चुलोको मूल्य समायोजन गर्न आग्रह गरे पनि सरकारले बेवास्ता गर्दै आएको ट्रेडिङका अधिकारीहरूको गुनासो छ। ‘मूल्य बढी भयो, बिक्री भएन भनेर आपूर्ति मन्त्रालयमार्फत पटक–पटक अर्थ मन्त्रालयमा पत्रचार गरेका छौं,’ श्रेष्ठले भने, ‘तर अर्थबाट सकारात्मक जवाफ पाएका छैनौं।’

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट