थापाथलीका बाँदरमा एसआइभी भाइरस, मान्छेमा एचआइभीका रूपमा सर्न सक्ने खतरा

  • Get News Alerts

राजधानीको थापाथलीमा रहेका बाँदरमा एसआइभी एड्सको भाइरस देखिएको छ । युनिभर्सिटी अफ क्यालिफोर्निया विश्वविद्यालय र नेपालको सिएमडिएन संस्थाले गरेको अनुसन्धानमा थापाथलीका बाँदरमा पनि सर्न सक्ने क्यान्सर र एड्सको भाइरस पत्ता लागेको हो। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

गत ३० फागुनमा राजधानीको पशुपति क्षेत्र र स्वयम्भूका बाँदरमा क्यान्सर र एड्सको भाइरस भएको नयाँ पत्रिकाले समाचार लेखेको थियो। सिएमडिएनका कार्यकारी निर्देशक दिवेश कर्माचार्यले आफूहरूले गरेको अनुसन्धानका क्रममा थापाथलीका बाँदरमा पनि एसआइभीको भाइरस फेला परेको बताए । अनुसन्धानकर्ताले बाँदरबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन् । पशुपति क्षेत्र र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्सको संक्रमण भएको खबर आएपछि अनुसन्धानकर्ताहरूले त्यसलाई थप पुस्ट्याइँ गर्दै बाँदरबाट सचेत रहन आग्रह गरेका हुन् । युनिभर्सिटी अफ क्यालिफोर्निया विश्वविद्यालय र नेपालको सिएमडिएन संस्थाले २०१३ देखि पशुपति, स्वयम्भू र थापाथलीका बाँदरसहित अन्य जनावरमा निरन्तर अध्ययन–अनुसन्धान गरिरहेका छन् ।

एचआइभीजस्तै एसआइभी भाइरस

निरन्तरको अनुसन्धानमा पशुपति, थापाथली र स्वयम्भूका बाँदरमा मान्छेमा लाग्ने एचआइभीजस्तै बाँदरमा लाग्ने एसआइभी भाइरसको संक्रमण व्यापक मात्रामा देखाएको छ । कर्माचार्यले अनुसन्धानका क्रममा बाँदरमा व्यापक मात्रामा एसआइभी देखिएको भन्दै यो भाइरस मानिसमा सर्न सक्ने सम्भावना बढी भएकाले पशुपति, स्वयम्भू र थापाथलीका बाँदरबाट टाडै रहन सुझाब दिए ।

उनले भने, ‘थापाथली, पशुपति र स्वयम्भूका बाँदर र मानिसहरू कुनै न कुनै रूपले नजिक भएको पाइन्छ । यसले बाँदरमा लागेको रोग मानिसमा सर्न सक्छ र मानिसमा लागेको रोग बाँदरमा सर्न सक्छ । त्यसैले बाँदरबाट अलग्गै रहनुहोस् ।’

सिएमडिएनले विश्वकै अत्याधुनिक उपकरणहरूका माध्यमबाट जनावरका नमुना नेपालमै परीक्षण गर्दै आएको छ । कर्माचार्यले थपे, ‘पशुपति, स्वयम्भू र थापाथलीका बाँदरमा विभिन्न रोगहरूका बारेमा हामीले २०१३ देखि निरन्तर अनुसन्धान गरिरहेका छौँ । हालसम्मको परीक्षणमा बाँदरमा एड्सको संक्रमण गराउने भाइरस एसआइभी व्यापक मात्रामा रहेको पाएका छौँ । यो नेपालका लागि निकै ठूलो चुनौतीको विषय हो ।’

एचआइभीजस्तै बाँदरमा लाग्ने सिमियन फोमी भाइरस बाँदरमा देखिएको हो ।

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा