बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

  • Get News Alerts

थाइराइड हर्मोन गर्भबति भएको पहिलो दिनदेखी जन्मेपछिदेखी १८ बर्षको उमेरसम्म बालबालिकाहरुको हुर्कदो अवस्था र मष्तिष्कको बिकास (बुद्धि लब्धि) IQ को लागि अत्यन्त जरुरी पर्ने हर्मोन हो।

बालबालिकाहरुको मष्तिष्कको बिकासको लागि पहिलो तिनबर्ष धेरै महत्वपूर्ण हुन्छ, बिशेष गरी पहिलो छ महिनाको अवधिमा आयोडिनको कमी भएमा स्थाइ रुपमा (बुद्धि लब्धि) IQ को कमी हुन जान्छ। यदि हामीले समयमा समस्याको पहिचान र निदान गर्न नसकेको खण्डमा एक महिना ढिलो भयोभने ति बालबालिकाको (बुद्धि लब्धि) IQ मा पाँच प्वाइन्टको कम हुन जान्छ।   

नेपालमा यस्ता बालबालिकाहरुको संख्या ठूलो रहेको अनुमान छ। यसको मुख्य कारण, धेरै पहाडि र हिमाली क्षेत्र रहेको नेपालको भौगोलिक अवस्था र त्याहाँको माटोमा रहेको आयोडिनको कमी हुनु हो। अर्को कारणमा नेपालमा मौसमी अवस्थाका कारण धेरै पानी पर्ने र पानीले माटोमा रहेको आयोडिनलाई बगाउँछ। यसले गर्दा माटोमा आयोडिनको मात्रा कमी भएर अन्न तथा खानेकुराहरुमा आयोडिन कम रहने गरेको छ। साथमा यसको महत्वको बिषयमा जनचेतनाको कमी रहेकोलेपनि यस्तो अवस्थाको सामना गर्नु परिरहेको छ।

बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

बिश्वको तथ्याङ्क अनुसार हरेक ४००० नबजात शिशुमध्ये एकजना थाइराइडको समस्या लिएर जन्मिन्छन्। यि शिशुहरुलाई समयमै समस्याको पहिचान तथा निदान नभएर मष्तिष्कमा र शारिरिक बिकासमा स्थाइरुपमा असर पर्ने गरेको छ।

के हो यो थाइरोइड हर्मोन र यसले के काम गर्छ ?

थाइराइड हर्मोनको मुख्यकामहरुमा हाड्डी को बिकास, शारिरिक बिकास, तापक्रम नियन्त्रण सँगै अझ महत्वपूर्ण रुपमा यसले मष्तिष्कको बिकास तथा परिपक्वतामा भूमिका खेल्दछ।

थाइराइड हर्मोनले गर्भबति भएको पहिलो तिन महिनामा गर्भमा रहेको भ्रुणको मष्तिष्कको बिकास र त्यसको परिपक्वतामा अत्यन्त महत्वपूर्ण भुमिका खेल्दछ।

यसैगरी, नबजात शिशुहरुमा यस हर्मोनको कमहुनु वा नहुनुले पनि मष्तिष्कको बिकासमा अत्यन्त महत्वपूर्ण भुमिका खेल्दछ जसले गर्दा स्थाइरुपमा नै बुद्धि लब्धि (IQ)  को कमी हुन जान्छ। यसैकारण, संसारका धेरै देशहरुमा रोकथाम गर्न सक्ने स्थाइ बुद्धि लब्धि (IQ) को कमी हुने किसिमका रोगहरुमध्येमा हाइपो थाइराइडिज्म प्रथम स्थानमा आउँदछ।

थाइराइड ग्रन्थी कम चल्यो भने हाइपो थाइराइडिज्म र बढी चल्यो भने हाइपर थाइराइडिज्म भनिन्छ। बालबालिका हरुमा बढी हाइपो थाइराइडिज्म देखिन्छ।

 

थाइराइड हर्मोन कमी भएका बालबालिकाहरुको कसरी चिन्ने ?

  • नबजात शिशुहरुमा थाइराइडको कमीहुँदा देखिने लक्षणहरुः
  • सुस्तता तथा बढी हलचल नगर्ने।
  • धोद्रो स्वरमा रुने।
  • जिब्रो लामो भएर धेरैजसो मुखबाट बाहिर निकाल्ने।
  • नाईटोमा हर्निया देखिने।
  • नबजात शिशुहरुमा जण्डिस देखिने।
  • आमाको दुध खान नमान्ने अथवा गाह्रो मानेर खाने।
  • कब्जियत हुने।
  • शरिरको तापक्रमलाई आफैंले नियन्त्रणमा राख्न नसक्ने।
  • बालबालिकाहरुमा थाइराइडको कमीहुँदा देखिने लक्षणहरुः
  • परिवारमा थाइराइडको समस्या हुनु।
  • दाँत ढिलो निस्कनु।
  • ढिलो हिड्ने र बोल्ने।
  • शारिरिक बिकास नहुनु।
  • उचाई नबढ्नु।
  • खाना राम्ररी नखाँदा समेत तौल अत्यधिक बढ्नु।
  • कब्जियत हुनु।
  • छाला सुख्खा हुने।
  • कपाल झर्ने।
  • चिसो लाग्ने।
  • सुस्त स्वभावको बच्चा हुनु।
  • धेरै सुत्ने।
  • एकाग्रताको समस्या हुनु र बिद्यालयमा सफल नहुनु।
  • (बुद्धि लब्धि) IQ को कमी हुनु।

जस्ता लक्षणहरु  थाइराइडको कमी भएका कारणले देखिन्छन्।

माथि चर्चा गरिएका लक्षणहरु देखिएमा बालबालिकाहरुलाई नजिकको स्वास्थ्य केन्द्रमा लगेर उपचार गराउनु पर्ने हुन्छ। यस रोगको निदानकोलागि लक्षणहरु र थाइराइड हर्मोनको जाँच गरिन्छ र हार्मोन बढी वा कमी देखिएमा त्यसको आधारमा उपचार गरिन्छ। उपचार सरल र सुलभ छ। 

हाम्रो बालबालिकाको भबिष्य हाम्रै हातमा रहेको छ। थाइराइड रोगको उपचार समयमै पाएपछि बालबालिकाहरुको शारिरिक बिकास, मानसिक बिकास र उचाईमा दिन प्रतिदिन उल्लेख्य रुपमा सुध्रदै जान्छ।

लेखक ग्राण्डि अन्तर्राष्ट्रिय अस्पताल, धापासी काठमाडौंका बालरोग बिभाग निर्देशक, हुन्।

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा