अमेरिकामा तालिम

SAMSUNG
  • Get News Alerts

baleno
tata

यतिखेर म कास्कीकै अर्को शरणार्थी क्याम्प पार्जोलिङमा छु। पृथ्वीचोकमा पर्छ यो। तिब्बती समुदायको पहलमा यो क्याम्प सन् १९७२ मा स्थापना भएको हो। उतिबेला यहाँ २ सय ८८ जनाको बसोबास थियो। त्यो सङ्ख्या बढेर अहिले ५ सय १९ पुगेको छ। १ दशमलब ३७ हेक्टर क्षेत्रफलमा पैmलिएको यो क्याम्पमा व्यावसायिक दृष्टिबाट सञ्चालन गरिएका ४० वटा सटर छन्। यही कोषले तनहुँको वृद्धाश्रम र पृथ्वीचोकको क्याम्पभित्रको विद्यालयका लागि खर्च जुटाउने काम गर्छ। देशभरका क्याम्पमा विद्यालय सञ्चालन भएका छन्। ती सबैको खर्च तिब्बती आपैmँले जुटाउँदै आएका छन्। सरकारलाई उनीहरुले आर्थिक बोझ दिएका छैनन्।

पृथ्वीचोकका तिब्बतीलाई मैले सन् १९८० को अन्त्यतिर देखेको हुँ। बुबाको साथ लागेर पोखरा जाँदा पृथ्वीचोकमा उनीहरुलाई देख्दा म छक्क परेको थिएँ। बुबाले भन्नुभयो, ‘तिब्बती भनेका यिनै हुन्।’ उनीहरुका भेषभूषा र लामा कपालले मलाई आकर्षित गरेका थिए।

अहिले मेरो हातमा यो क्याम्पका केही पुराना तस्बिर छन्। म आफ्नो सङ्ग्रहमा भएका पुराना फोटो पल्टाउन थाल्छु। पृथ्वीचोकमा उतिबेला चहपपहल रहेनछ। खुला चौर।
क्याम्पका गे“ टासीसँग कुरा गर्छु। भने:

‘म भारतमा सन् १९५९ मै आएको हँु। मैले सिक्किममा एक वर्ष कुल्ली काम गरे“। मलाई चीनविरुद्ध लड्नका लागि अमेरिकामा तालिम लिन पठाउने कुरा भयो। आनड्र्युक गोन्पो टासीले मलाई अमेरिका पठाए। भारतबाट अमेरिका जाँदा आउँदा हवाइजहाजमै गइयो, आइयो। आनड्र्युक गोन्पो टासी तिनै व्यक्ति हुन्, जसले तिब्बतमा चिनियाँ सेनाको प्रतिरोध गर्न खोलिएको स्वयम्सेवी गुरिल्ला दस्ता छुसी गाङड्र्युकको नेतृत्व गरेका थिए। यही दस्ताले नै दलाई लामालाई तिब्बतबाट भगाएको थियो। अमेरिकाको धोम्ब्रामा तीन महिना बसे“।’

उनले धोम्ब्रा भने पनि त्यो उच्चारण सही छैन र त्यस्तो नाम भएको कुनै ठाउँ फेला पार्न सकिएन। आफ्नो जीवनी लेखिएको डायरी दि“दै टासीले भने, ‘सबै कुरा यसमा लेखिएको छ।’ मैले डायरीका सबै पानाको फोटो खिचे“ तर त्यसमा लेखिएका कुरा स्पष्टसँग बताउने कोही फेला पार्न सकिएन। पुराना दिन सम्झँदै टासीले भने, ‘म्याप हेर्ने, कम्पास प्रयोग गर्ने, मोर्टार हान्ने, मेसिन गन चलाउने आदि तालिम लिइयो। दूरबिन पनि पहिलोपटक त्यही“ देखेको हुँ। हाम्रो ग्रुपमा २६ जना थियौ“। मुस्ताङ फर्केर ११ वर्ष लड्यौ“। हामी तिब्बतको दराकोटमा आक्रमण गर्न धेरैपटक गयौ“ तर खास उपलब्धि केही हात लागेन। हामीले खान नपाएर ओछ्याउन राखेको छालाको चकटी समेत खायौ“। मुस्ताङको छापामार युद्ध सकिएपछि मैले पोखरा आएर गलै“चा फ्याक्ट्रीका ऊन जोख्ने काम गरे“। पछि डिजाइनिङ पनि सिके“। गलै“चा बुन्ने तिब्बती दुई सयजति थिए भने २० नेपाली। त्यो सन् १९९७ को कुरा हो।’

मेरो जानकारीमा नेपालमा बस्ने र अमेरिका गएर तालिम लिनेमध्ये टासी एक मात्र जीवित व्यक्ति हुन्।

क्याम्पभित्र गुजमुज्ज परेका कुनै एकतले र कुनै दुईतले स–साना टहरा छन्। मान्छेको चाप र घरका डिजाइन हेर्दा शरणार्थी क्याम्पजस्तै लाग्छ। क्याम्पभित्र पस्ने फलामको एउटै ठूलो ढोका छ। जुन राति अबेर र बिहान चाँडै खुल्छ। क्याम्पभित्र सानो गोन्पा, स्कुल र कार्पेट सोरुम पनि छन्। क्षमादान दिएर पालिएका केही खसी र भेडा पनि देखिन्छन्। स्कुल खुलेको बेला हुनुपर्छ, केटाकेटी चौरमा पुतलीजस्तै यताउता फुरफुर गर्छन्।

यहाँ भेट्नुपर्ने सूची मेरो हातमा छ। साङ्गे गोम्पो मेरा पुरानै साथी हुन्। नेपाल आउनुको कारण सोध्दा उनले सुनाए:  ‘चीनले पूर्वी तिब्बतको कार्जे एरिया सन् १९४५ बाट कब्जा गर्न सुरु ग¥यो, जहाँ मेरो घर थियो। यो एरिया अहिले चीनको सिचुवान प्रान्तमा पर्छ। चिनियाँ सैनिकको उपस्थितिपछि गाउँमा बस्न सकिने स्थिति भएन र म गाउँ छाडेर ल्हासा गएँ। त्यहाँ पुग्दा पनि जताजतै चिनियाँ सेनाको उपस्थिति थियो। तिब्बतीमाथि अत्याचार भएपछि त्यहाँबाट पनि भागेर म फेन्पो पुगे“। फेन्पो ल्हासाको नजिकै पर्छ।

त्यहाँबाट रातारात भागेर म तेलु छुर्पु भन्ने ठाउँमा पुगे“। एक रात त्यहाँ बिताएपछि अर्को दिन मैले अघि बढ्ने निर्णय गरे“ र एक्का लिएँ। भागेकै रात चिनियाँ सेनाले फायर ग¥यो। त्यस ठाउँलाई ताम्दिङ सेराप भनि“दो रहेछ। डाक्पा र छिमी नामका मेरा दुई साथी मरे र दुईको अपहरण भयो। मसँग आफ्नै दाजु र मामा पनि थिए। मलाई चोट लागेपछि उनीहरुले छुर्पुगाउँको एउटा घरमा लगे र घरबेटीलाई पैसा दि“दै मलाई उपचार गरी राखिदिन भनेर ल्हासा फर्किए।

म एक महिना छुर्पु गाउँमै बसे“। महिनादिनपछि घरबेटीलाई लिएर म ल्हासा आएँ। त्यहाँ एक नेपालीसँग भेट भयो, उनले मलाई इन्जेक्सन दिए। ल्हासामा व्यापार गरेर बसेका नेपालीको आर्थिक अवस्था राम्रो थियो। मैले सुने अनुसार नेपाली व्यापारीले छोरा पाए नेपाल ल्याउने र छोरी पाए त्यही“ राख्ने गर्थे रे! त्यहाँ व्यापार गर्ने सबै नेपालीले राम्रो तिब्बती बोल्थे। नेपाली व्यापारीसँग तिब्बतीले उधारोमा अन्न पनि लिने गर्थे। फिर्ता गर्दा ब्याजस्वरुप थप अनाज दिनुपथ्र्यो।

मैले सुनेअनुसार सांस्कृतिक क्रान्तिका बेला तिब्बतीले ल्हासाको नेपाली वाणिज्य दूतावासमा थुप्रै धार्मिक ग्रन्थ र मूर्ति राख्न दिएका थिए। क्रान्ति सकिसकेपछि तिब्बतीले त्यो फिर्ता पाएनन्।
केही दिनको बसाइपछि म ठीक भएँ अनि नोर्बु लिङ्खा भन्ने ठाउँमा आएँ। नोर्बु लिङ्खामा दलाई लामाको अर्को दरबार छ। एउटा त पोताला दरबार भइहाल्यो। नोर्बु लिङ्खामा तिब्बतीमाथि फेरि पनि अत्याचार सुरु भयो। तिब्बतीहरुमाथि गोली बर्साउन थािलयो। त्यो ठाउँ छाडेर मैले छुसी गाङड्र्युक समूहको सम्पर्कमा जाने प्रयास गरे“ तर धरपकडले गर्दा सकिनँ। त्यो समूह तिब्बती स्वयम्सेवी
दस्ता हो।

आकाशमा चिनियाँ सेनाका हेलिकप्टरहरुले गस्ती गरेका थिए। हामीले एउटा समूह बनायौ“ र नेपाल भाग्ने निर्णय ग¥यौ“। त्यतिबेला दलाई लामाले पनि तिब्बत छाडिसकेका रहेछन्। हामीलाई नेपाल आएपछि मात्र त्यो कुरा थाहा भयो। राति समूहमा भाग्नुपथ्र्याे, दिउँसो भागेमा चिनियाँ सेनाले समाउने सम्भावना हुन्थ्यो। भाग्ने इच्छा भएकाहरु समूहमा थपि“दै गए, नसक्नेहरु छाडि“दै गए।
झन्डै पाँच महिना लगाएर म नेपालको रसुवानजिकै आएँ, जसलाई केरुङ भनिन्छ। बाटोमा माग्दै खाँदै ग¥यौ“। केरुङमा अहिले नाका खुलेको छ। नेपाल आएपछि म काठमाडौ“को बौद्ध गुम्बामा गएँ। गुम्बाका नेपाली लामाले मलाई सहयोग गरे र मेरो घोडा पनि उनले नै किनिदिए। घोडा बेच्दा मलाई साथी बेचेजस्तो भयो।

म नेपालबाट सिक्किम (भारत) गएँ र गान्तोकमा बाटो बनाउने काममा लागे“। सन् १९६० मा पुनः मुस्ताङ फर्किएँ। सो ठाउँबाट तिब्बत फर्कन सकिन्छ कि भन्ने मेरो उद्देश्य थियो। उपल्लो मुस्ताङको दोराकोटी भन्ने ठाउँमा क्याम्प बनाएर बस्यौ“। बोर्डरमा गएर चिनियाँ सेनालाई सताउने र सम्भव भए उनीहरुलाई कब्जामा लिने रणनीति थियो। नसकेमा उनीहरुको खबर बुझेर आइन्थ्यो।

मुस्ताङमा हामी यस्तो ठाउँमा थियौ“, जहाँ गोठालाबाहेक अरु कसैले देख्दैनथे। सय–सयका दरले हामी १६ ग्रुप भएर बसेका थियौ“। मेरो क्याम्प लिडर सोनाम वाङ्गेल थिए र क्याम्प छोपपाक भन्ने ठाउँमा थियो। खानाका लागि अन्नको अभाव थियो। एक पाथी उवाको पिठोका लागि ११ ग्राम सुन बेच्नुपर्ने अवस्था थियो। खाद्यान्न अभावले भेडा र चौ“रीको छालाको चकटी पकाएर पनि खाइयो।
म एकपटक मात्रै बोर्डर क्रस गरेर तिब्बत गएँ। खासै केही उपलब्धि हासिल भएन। सन् १९७४ मा नेपाली सेनाले हतियार बुझाउन भन्यो। मैले पनि हतियार बुझाएँ। मसँग पाँच गोली जाने राइफल थियो। आत्मसमर्पणपछि म पोखरा आएँ।

तिब्बतमा मेरा दुई दाइ थिए, चिनियाँ सरकारको विरोध गर्दा उनीहरु थुनिए र जेलमै बिते। २२ वर्षको उमेरमा तिब्बतमै दावा छोजोमसँग मेरो विवाह भएको थियो। विवाहका एक वर्षपछि म नेपाल भागेर आउँदा उनी उतै छाडिइन्। उनीबाट खान्दो याङ्छो नामकी छोरी पनि जन्मेकी थिइन्। चिनियाँ सेनाले घरको सबै अन्न लैजानाले भोकमरी लाग्यो। मेरी आमा र छोरी खाना नपाएर मरेको खबर पाएँ। छोरी १२ वर्षकी थिइन्।

मैले १९७८ मा मात्रै तिब्बतबाट चिठी पाएँ, त्यतिबेला चिनियाँहरुले चिठी आदानप्रदान गर्न खुला गरेका थिए। श्रीमतीले पटकपटक भेट्न आउनू भनेकी थिइन् तर जान सकिनँ। केही वर्षअघि उनको देहान्त भयो। उनलाई भेट्न नपाएको र छोरी भोकमरीले मरेको घटनाले मलाई पीडा दिन्छ। यो भन्दा ठूलो अत्याचार अरु के हुन सक्छ?

नेपाल आएपछि मेरो जीवन शरणार्थी भएर बित्यो। तर, मेरा छोराछोरीले तिब्बत देखून् भन्ने चाहन्छु। मलाई लाग्छ, म बाँचुन्जेल तिब्बत मुद्दा सुल्झने छैन, भविष्यका बारेमा कसले जान्न सक्छ र ?’
उनको भित्तामा एउटा प्रमाणपत्र टाँसिएको छ, जसमा लेखिएको छ ः

सन् १९३४ मा तिब्बतको कार्जेमा जन्मेका गोम्पो तिब्बती स्वतन्त्रता आन्दोलनमा १४ वर्षदेखि लागेका हुन्। अहिले उनी पार्जोलिङ कार्पेट फ्याक्ट्रीमा ऊनसम्बन्धी सुपरभाइजरको काम गर्र्दैछन्। मिति सन् १९८५।

प्रमाणपत्रमा तिब्बती भाषा उल्लेख गरिएको छ।

(तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

साङ्गे गोम्पोसँगको कुराकानीपछि म सोनाम टासीको घरतिर लाग्छु। साङ्गे र सोनामको घर थोरै दूरीमा छ। सोनाम टासीको दैलोमा पुरेर बोलाएँ, सोनाम दाइ! ए सोनाम दाइ! ओ सोनाम दाइ!
वरिपरिका कुकुर भुके। कुनै उत्तर आएन।

नजिकै एउटा महिला आएर सोधिन्, ‘कास्लाई खोजेको ?’
‘सोनाम टासीलाई।’

‘ऊता छाइन। गायो।’

‘कति बेला आउनु हुन्छ ?’

‘माथि गयो, बित्यो।’ (आकाशतिर देखाउँदै उनले भनिन्।)

म स्तब्ध भएँ।

सोनाम टासीले भनेका कुरा डायरी पल्टाएर हेर्छु। अनुवादकको सहयोगमा उनले भनेका थिए ः

२९ वर्षको उमेरमा भागेर नेपाल छिरे“। मेरो परिवारमा आमा, दिदी, आन्टी र मामा थिए, ती सबै तिब्बतमै छाडिए। नेपाल छिर्ने क्रममा तीनपटक चिनियाँसँग भिडन्त भयो। म नेपाल हुँदै भारत पुगे“। गान्तोकमा सडक बनाउने काम गरे“। त्यसपछि मुस्ताङ आएँ र याराबुख भन्ने ठाउँमा बसे“। हाम्रो क्याम्पको रेखदेख गोम्पो टासीले गर्थे। उनलाई चीनमै छँदा चिनियाँहरुले हानेको गोली लागेको थियो। निकै वर्षपछि भारतमा उनको मृत्यु भयो।

चिनियाँको गुप्तचरी गर्न र लड्नका लागि म तीनपटक बोर्डर क्रस गरेर तिब्बत गएँ। पहिलोपटक तीन जनाको टोली गएका थियौ“ र २७ दिन चिनियाँ भूभागमा रह्यौ“। नेपालको मुस्ताङ बोर्डरबाट दुई दिन

टाढाको छो“गा भन्ने ठाउँ थियो त्यो। दोस्रोपटक ४७ जनाको घोडचढी ग्रुपमा हामी फेरि चीन पस्यौ“।

योतला ग्याकर भन्ने ठाउँको चिनियाँ सैनिक क्याम्प उडाउने हाम्रो योजना उनीहरुले थाहा पाए। झन्डै सात सयको सङ्ख्यामा रहेका सैनिकसँग ४७ जनाको गुरिल्लाले लड्न सक्ने अवस्था थिएन। हामीसँग मेसिन गन र आठ सय राउन्ड गोली मात्रै थियो। हामी भाग्यौ“।

तेस्रोपटक २५ जनाको समूह लिएर म फेरि तिब्बत प्रवेश गरे“। लुक्चे भन्ने ठाउँमा पुगियो, जहाँ चिनियाँ सेनाको क्याम्प थियो। दूरबिन लगाएर हेर्दा चिनियाँहरुको झुन्ड देखियो। उनीहरुमाथि हमला गर्ने साहसै आएन। मुस्ताङमा बसेर लड्दा हामीलाई हतियार अमेरिकीहरुले दिएका हुन्। जहाजले रातमा त्यहाँ हतियार खसाल्ने काम गथ्र्यो। पछि हामीले नेपाल सरकारसमक्ष आत्मसमर्पण ग¥यौ“। त्यसको एक वर्षपछि मैले सन् १९७५ मा पोखरामा विवाह गरे“।

म १९८६ मा भिसा लिएर आमालाई भेट्न तिब्बत गएँ। आमा यता आउन नमिल्ने र म उता बस्न नमिल्ने। त्यो बेलासम्म म मरे, बाँचेको आमालाई थाहा थिएन। हामी खुब रोयौ“। हामी आमाछोराका पीडा व्यक्त गर्ने शब्द कुनै पनि भाषामा छैनन्। मानिसले सबैभन्दा दुःख पाउनु भनेको शरणार्थी हुनु रै’छ।

(नेपालबाट भिसा लिएर तिब्बत गएर पुनः फर्कने व्यक्ति थिए सोनाम। सन् २०१४ मा कालचक्र पूजाका लागि भारत जाँदा त्यही“ उनको मृत्यु भएछ। तिब्बती संस्कारअनुसार मृत्युपछि ऊसँग सम्बन्धित सबै सामग्री जलाउने प्रचलन छ। अब मसँग उनका यी भनाइ मात्र सुरक्षित छन्।)

साङ्गे गोम्पोको आकृति झलझली सम्झन्छु। हट्टाकट्टा थिए। आँखाले नदेख्दासम्म उनी नरहेको विश्वासै नलाग्ने!
...

नेपाल सरकारको निम्तामा नेपालको भौगर्भिक अध्ययनका लागि आएका प्रसिद्ध स्विस भूगर्भविद् टोनी हागनले सन् १९५० देखि सन् १९६१ सम्म खिचेको नेपालको भिडियोमा पोखरामा रहेका तिब्बती

शरणार्थीबारे अलिकति समेटिएको छ। भिडियोमा भनिएको छ, ‘उतिबेला फेवाताल निकै सफा थियो। हाल फिस्टेल लज भएको ठाउँलाई हामी स्विस क्याम्प भन्थ्यौ“। मेरो परिवार आएको बेला हामी यहाँ बस्थ्यौ“। यहाँ केही तिब्बती थिए। उनीहरु हिउँदमा काठमाडौ“मा नाच देखाएर पैसा कमाउँथे। मलाई उनीहरुको नाच राम्रो लाग्यो। तर, नाच खिच्ने क्यामरा तयार गरिसक्दा नसक्दै उसले नाच्न छाड्यो। मैले उसलाई नचाउने कोसिस गरे“ तर उसले नाच्नै मानेन। मैले क्यामरा बन्द गरे“।’

(अप्ठ्यारो बाटो पुस्तक अंश)

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink