उड्न त उडेँ तर, गुँड फर्किएको छैन

  • Get News Alerts

२०६० सालतिर म पृथ्वीनारायण क्याम्पसमा विज्ञान संकायको तेस्रो वर्षमा अध्यनरत थिएँ, जीव विज्ञानको विद्यार्थीका रुपमा। ल्याबोरोटरीमा प्राक्टिकल क्लासका लागि छिर्दा सिसाको बोत्तलहरूभित्र फरमलडिहाइड र अन्य रसायनभित्र डुबाएर राखिएका चराहरू, सरिश्रृप, पुतली र अन्य जीवजन्तुहरूले मलाई तर्साइरहन्थे। 

म शाकाहारी पनि थिएँ। गँड्यौलाको डाइसेक्सनसम्म त्यती गाह्रो थिएन, किनकि हामीले खेतमा गँड्यौलाको हत्या र दाहसंस्कार कति ग¥यौं कति! तर, त्यही जाबो गँड्यौलालाई चिरेर भित्रि अंगहरूको अध्धयन गर्नुपर्छ भन्ने कुरा आइएस्सी पहिलो वर्षमा मात्र थाहा पाइएको थियो। त्यसपछि साङ्ले किरा र भ्यागुतो काटियो। म खुसी थिएँ कि, मैले खरायो र मुसा काट्नु परेन। तेस्रो वर्षमा हामीले केही पुतलीहरूलाई छोप्नु थियो। अन्तिम परिक्षामा त्यसको पनि नम्बर जोडिन्थ्यो। पुतलीलाई छोपेर जिउँदै ल्याउन पाएको भए पनि रमाइलै हुन्थ्यो। तर, सरहरूले पुतलीलाई जालीभित्र कसरी पार्ने भन्ने सिकाए। हलुका गरी पुतलीको टाउकोमा अँठ्याएर पुतलीलाई कसरी बेहोस बनाउने भनेर सिकाए। त्यसपछि काठ मेसिनमा गएर बनाउन लगाएको काठ र सिसाको फ्रेमको पिँधमा ठोकिएको प्लाइबोर्डमाथि ओछ्याइएको फममा पुतलीलाई राखिन्थ्यो र माथि पुतलीको शरीरको माझबाट पिन गाडिन्थ्यो। त्यसपछि ती पुतलीहरू कहिल्यै उडेनन्। मलाई निकै सकस हुन्थ्यो। म आफैंलाई सोधिरहन्थेँ, के यसो गर्नु आवश्यक छ?

भर्खर–भर्खर डिजिटल क्यामेरा आएको थियो। हामीले विद्यार्थीको हैसियतमा त्यसलाई ‘एफोर्ड’ गर्न सक्दैनथ्यौँ। मेरो चाहना थियो कि, त्रिभुवन विश्वविद्यालयले यसरी जीवजन्तु मार्ने काम हामीलाई नगराओस्। बरु क्यामरा उपलब्ध गराओस् र हामीलाई फोटो खिचेर ‘स्पेसिस’को वर्गिकरण गर्न लगाओस्।

अन्नपूर्ण संग्रहालयले स्पेसिसको ट्याक्सोनोमीका लागि सहयोग गर्दथ्यो। नामाकरण र वर्गिकरणपछि पुतलीहरूलाई जीव विज्ञानको प्रयोगशालामा राखिन्थ्यो। क्याम्पस मातहतमा रहेको संग्रालयभित्र अन्नपूर्ण आधार क्षेत्रका प्रायः सबै पुतली र अरु जीवहरू पनि संग्रहित थिए। केही साथीहरूले त सर्प र भ्यागुता पनि मारेर ल्याउँथे र सरको स्यावासी पाउँथे।

एकदिन संग्रहालयअगाडिको भानुपार्कमा साथीहरूलाई कुरिरहेको थिएँ। गोविन्दले एउटा चमेरा ल्याएछ। कालो प्लास्टिकभित्रको कालै चमेरो पनि अब फरमलडेहाइडमा डुबेर बस्ने भयो। मलाई त्यो रसायनको गन्ध र स्पेसिसलाई संग्रहित गर्ने यो तरिका दुवैले टाउको दुखाउँथे। त्यती नै खेरसमयले साथ दियो भने फोटोग्राफीका लागि पनि समय छुट्टाउँछु भन्ने अठोट गरेँ।

फोटाग्राफीलाई कहिलेकाहीँ मात्र समय दिन सके पनि म जहिले भ्याउँछु त्यती नै खेर क्यामेरा लिएर निस्किन्छु। मलाई सबैभन्दा बढी आनन्द चराहरू खिच्दा मिल्छ। यिनै चराहरूले मलाई सम्झाइरहन्छन् कि, म उड्न त उडेँ, तर गुँड फर्किएको छैन। चराहरूले पनि बसाइ सर्छन्। सबै चराहरूको फर्किने ठेगाना हुँदैन। सिमाना नै नभएका चराहरूसँग पनि जीवन संघर्षका कथाहरू छन्। आफूलाई बोकेको डुंगा पल्टिँदा जसरी मर्छन् हरेक दिन शरणार्थीहरू, चराहरू पनि आकाशबाटै फुत्त झर्छन् धर्तीमा आफ्नो जीवनको गती गुमाएर।

समुद्रको नुनीलो पानी पिउन नसकेर समुद्र किनारकै बन्द धारामा तिर्खाएर हेरिरहेका चराहरू पनि भेटेँ। लाग्यो, हाम्रो र चराहरूको संवेदना पनि मिल्दो रहेछ। हामी सबै तीर्खा मेट्न त उडेका हौँ!

नेपालको काग, यता पनि काग जस्तै देखिन्छ तर, यताको कागको भाषा पनि गोराहरूको जस्तौ भाषा बोल्छ। सिक्नै पर्ने। स्वरभित्र पनि अंग्रेजी ‘एक्सेन्ट’ मिसिएझैँ। कागको आवाज त नेपालमा पनि कोइलीको जस्तो सुनिएको होइन, तर किन हो यताको कागको आवाज सुनेपछि गाउँघरकै कागको आवाज सुरिलो थियो कि झैँ लाग्छ।

गज्जब हुन्थ्यो होला है, यी चराहरूको पनि भाषा सिक्न पाए! यिनीहरूका पनि कथा सुन्न पाए। हाम्रा केही हुल कागहरूलाई पनि बोइङमा चढाएर यतातिर छोडे कस्तो हुन्थ्यो होला? आकाश त यता पनि छ। के बाँच्नका लागि आकाश र धर्ती मात्र भए पुग्छ?

गएको वर्ष मात्र सिड्नीमा तीन नेपालीले आत्महत्या गरे। सायद, तिनीहरूलाई पनि पुगेन होला, धर्ती र आकाशले मात्र। कति चराहरू अरब कतारको बालुवामा फत्फती गलिरहेका छन्। ठाउँ कुठाउँ ढलिरहेका छन्। कहिलकाहीँ लाग्छ, राइट दाजुभाइले किन जान्ने भएर जोडिदिए होलान् जहाजमा पखेटाहरू? मान्छेलाई किन बनाइदिए होलान् चराहरू? मान्छे यती भाँती दुःखी हुँदैनथ्यो कि!

ऊ मान्छे बाट चरा नभएदिएको भए!

आमा हाँसहरूले नानी हाँसहरूलाई समुद्र किनारमा हिँड्न सिकाएको देख्दा मन कटक्क हुन्छ। हिँड्न नजान्दा त हामी पनि आमासँगै थियौँ। बासँगै थियौँ।

एउटा खुट्टा गुमाए पनि पखेटा नगुमाइन्जेल उड्न नछोड्ने चराहरूलाई पनि भेटेँ। लाग्यो, चराहरू पनि हामीजस्तै महत्वाकांक्षी हुँदा रहेछन्। यिनै चराहरूलाई हेर्दै लेखेको हुँ, कविताका यी हरफहरू पनिः

‘बालाई
उड्दै गरेका चराहरू मन पर्दैनन्
र, पनि
बाकै तालुमा बिस्ट्याउँदै
चराहरू उडिरहेकै छन्।

बालाई लाग्छ
यिनै चराहरूले भनिदिए होलान्
उडेपछि आकाश अझै फराकिलो देखिन्छ।

बा बर्बराइरहन्छन्
यी चराहरूले
किन सन्तानहरूलाई फर्किन सिकाएनन्?’

(‘बा बर्बराइरहन्छन्’ कविताभित्र बाट)

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा