महिलालाई किन उपप्रमुख मात्रै?

  • Get News Alerts

यस पटकको स्थानीय निर्वाचनमा महिला प्रतिनिधित्वमा ४० प्रतिशत हुने सुनिश्चित छ। महिला सशक्तिकरण र समानताका संघर्षमा यो अत्यन्तै महत्वपूर्ण कुरा हो।

स्थानीय तहमा प्रमुख तथा उपप्रमुख एक जना महिला हुनैपर्ने प्रावधान संविधानमा छ। तर राजनीतिक दलहरू महिलालाई स्थानीय तहमा प्रमुख पद दिन तयार देखिँदैनन्। पुरूषहरूकै नेतृत्वमा चलेका दलहरूले पुरुषलाई मात्रै सक्षम देखिरेहका छन्। महिला कमजोर हुन्छन् र नेतृत्व लिन सक्दैनन् भन्ने डर उनीहरूलाई छ। महिला अगाडि आए आफ्नो वर्चश्व गुम्ने खतरा पनि उनीहरूले महशुस गरेका हुनसक्छन्।

नेपालमा पुरुषको भन्दा महिलाको जनसंख्या धेरै अर्थात् ५१ प्रतिशत छ। अझ अहिले त मतदाता धेरै महिला नै छन्। धेरै पुरुष मतदाता वैदेशिक रोजगारमा रहेकाले उनीहरूले यसपटक मतदान गर्ने छैनन्। यति हुँदाहुँदै संविधानले सुनिश्चित गरेकै ४० प्रतिशतभन्दा महिला उम्मेद्वारी धेरै हुन नसक्नुमा राजनीतिक दल हाँकिरहेका पुरूषहरूमा व्याप्त पितृसत्तात्मक सोच कारण बनेको छ।

यही पितृसत्तात्मक सोचका कारण सक्षम महिलाले नेतृत्व गर्ने अधिकार पाएका छैनन्। महिलालाई राजनीतिक दलबाट नै उपमेयर र उपाध्यक्षमा थन्काउने मनोविज्ञान बढी देखियो। दलहरू महिला सक्षम छन् भन्ने पुष्टि गर्न चाहन्थे भने प्रमुख वा अध्यक्षमा उम्मेद्वार बनाउन तयार हुनुपर्थ्यो। राष्ट्रपति विद्यादेवी भण्डारी, समामुख ओनसरी घर्ती र प्रधानन्यायाधीश सुशीला कार्की भएको मुलुकमा महिलाहरू नगर प्रमुख वा गाउँपालिकाको अध्यक्ष हुन किन सक्दैनन्? महिलालाई उम्मेद्वार किन नबनाउने? स्थानीय तहमा पनि भण्डारी, घर्ती वा कार्कीजस्ता सक्षम महिला धेरै छन्। उनीहरूलाई अवसरको खाँचो छ।

राजनीतक दलको नेतृत्व गररिरहेका पुरुषहरुले बुझ्न आवश्यक छ, महिलाहरु अब समाजको हरेक क्षेत्रको नेतृत्व गर्न सक्छन्। यसका लागि उनीहरूलाई अवसर चाहिएको छ। उपमेयर र उपाध्यक्ष चलाउने महिलाले मेयर र अध्यक्ष पनि चलाउँछन्।

हाम्रो संविधानले स्थानीय सरकारलाई समावेशी बनाउन महिला तथा दलित महिलालाई प्रतिनिधित्व अनिवार्य गरेको छ। यसैअनुरुप प्रत्येक वडामा एक जना दलित महिला प्रतिनिधित्वसमेत अनिवार्य रुपमा हुनुपर्ने व्यवस्था छ। यसमा एउटा प्रश्न छ, दलित महिला उम्मेदवार नभएको खण्डमा के गर्ने? कुनै वडामा दलित महिला उम्मेदवार नहुन सक्छन्। दलित महिला नभएको ठाउँमा विकल्पका रुपमा सीमान्तकृत अल्संख्यक महिलालाई स्थान दिइएको भए उपयुक्त हुने थियो। 

हाम्रो समाजमा जति पुरुषलाई राजनीति गर्न सजिलो छ, महिलालाई त्यति नै गाह्रो छ। महिलाले हरेक कुरामा संघर्ष गर्नुपर्ने हुन्छ। एकातिर पारिवारीक संरचनाले असर गर्छ, अर्कोतर्फ सामाजिक संरचनाले। यी असरहरुसँग संघर्ष गरेर नै महिलाहरु २१औं शताब्दीको नयाँ नेपाल बनाउने यो महायज्ञमा होमिन तयार छन्।

चुनौतिमाझ पनि जति महिला उम्मेदवार भएका छन्, उनीहरूले आफूलाई पुरुष उम्मेदवारभन्दा कमजोर नठानी प्रतिस्पर्धा गर्नु आवश्यक छ। पुरुषजस्तै चुनावी मैदानमा होमिनु जरूरी छ। यसले नै राजनीतिक दलका नेतालाई पनि थाहा हुन्छ, महिलालाई प्रमुख वा अध्यक्ष नदिएर भूल भयो। त्यसैले आउने दिनमा महिलाको नाम उपमेयर र उपाध्यक्षमा होइन मेयर र अध्यक्षमा आओस्।

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा