स्थानीय सरकारमा मेयरको भूमिका

  • Get News Alerts

२० वर्षपछि हुन लागेको स्थानीय निकायको चुनावको पूर्व सन्ध्यामा स्थानीय सरकारको संरचना र स्थानीय निकायसँग सम्बन्धित केही महत्वपूर्ण पक्षहरु यस लेखद्वारा चुनावी उम्मेदवार र मतदाता समक्ष प्रस्तुत गर्ने जमर्को गरिएको छ।

स्थानीय सरकार को भूमिका र कार्यक्षेत्र

जनताले लोकतन्त्रको प्रतिफल प्राप्ति गर्ने र लोकतन्त्रमा प्रत्यक्ष सहभागी हुने एकमात्र द्वार नै स्थानीय सरकार हो। स्थानीय सरकार राज्यको पहुँच र विकाशको प्रतिफल सर्व साधारणको घर-दैलोसम्म पुर्‍याउने माध्यम हो।

स्थानीय निकायका निर्वाचित प्रतिनिधि राज्यको विकेन्द्रीकरणका सम्बाहक हुन्। लोकतान्त्रिक विधि अनुरुप बढी भन्दा बढी जनतासम्म राज्यको उपस्थिति जनाउनु त्यस्ता प्रतिनिधिहरुको प्रमुख दायित्व हो। स्थानीय निकायका निर्वाचित प्रतिनिधिहरुको आफ्नो निकायको व्यवस्थापन गर्नुका साथसाथै विकासका लागि आवश्यक निर्णय गर्ने र केन्द्रीय तथा प्रान्तीय सरकारसँग समन्वय गर्ने दोहोरो र महत्वपूर्ण भूमिका हुन्छ।

लोकतन्त्रको संस्थागत विकास बलियो स्थानीय निकाय बिना असम्भव हुन्छ। स्थानीय निकायले नागरिक र राज्यका अन्य संयन्त्रबीच लोकतान्त्रिक सेतुको भूमिका सहीरुपमा निभाएका समाजमा लोकतन्त्र बलियो, सँस्थागत र सफल भएको देखिन्छ।

स्थानीय निकायले गर्ने निर्णयहरु र त्यससँग सम्बन्धित कार्यान्वयनका पक्षहरु सर्व-साधारण जनताको दैनिक जीवनसँग प्रत्यक्ष गाँसिएको हुन्छ। त्यस्तै सर्व-साधारण जनताका आवश्यकताहरु परिपूर्ति गर्न स्थानीय निकायको प्रभावकारी भूमिका रहन्छ।  

एक्काइसौं शताब्दिको आजको विश्वमा कुनै पनि देश विकशित मुलुकका रुपमा दरिन ठूला संरचना र पूर्वाधारभन्दा पनि सर्व-साधारणका दैनिक जीवन गुजाराका लागि चाहिने आधारभूत आवश्यकताहरु कुन हदसम्म सर्व-सुलभ रुपमा उपलब्ध छ भन्ने कुराले बढी महत्व राखेको देखिन्छ। विकशित समाजका अपरिहार्य सूचक यिनै आधारभूत आवश्यकताहरु तथा सेवा सुविधा राज्यको तल्लो निकायसम्म सुनिश्चित गर्नु स्थानीय निकायको प्रमुख कार्य क्षेत्र हो।

नगरपालिकाको हकमा सहरको निर्माण विकासका लागि आवश्यक पूर्वाधार सुनिश्चित गर्ने तथा दीर्घकालिन विकाससँग सम्बन्धित स्थानीय तहमा गर्नुपर्ने निर्णय, बनाउन पर्ने योजना र त्यसको कार्यन्वयन गर्ने प्रमुख निकाय स्थानीय सरकार हो। सहरी विकासका साथ साथै स्थानीय निकायका लोकतान्त्रिक तथा सेवामूलक अरु थुप्रै कार्य क्षेत्र हुन्छन्।

मैले अनुभव गरेको स्थानीय सरकार

१२  वर्षको न्यूजिल्याण्ड बसाई र ९ वर्ष यहाँको स्थानीय निकायमा रही सहरी विकासमा काम गर्ने क्रममा अनुभव गरेका स्थानीय सरकारको सकारात्मक र प्रभावकारी अनुभवका केही उदाहरण यहाँ उल्लेख गर्न सान्दर्भिक होला।

नेपाल र न्यूजिल्याण्डको भू-राजनैतिक र सामाजिक पृष्ठभूमि भिन्न भए पनि आकार र जनसंख्याका अधारमा यी दुवै देश तुलनात्मकरुपमा मध्यम-साना मुलुक हुन्। ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०१६ को रिपोर्ट अनुसार न्यूजिल्याण्ड संसारमा सबैभन्दा कम भ्रस्टाचार हुने मुलुकहरुको सूचीमा दोस्रो स्थानमामा पर्छ। स्थानीय सरकार, लोकतन्त्र र परोपकारी समाजको संसार भरिमै एक उत्कृष्ट प्रयोग गरिरहेको न्यूजिल्याण्ड जस्तो देशबाट नेपाली राजनीति र समाजले सिक्ने धेरै ठाउँहरु छन्।

न्यूजिल्याण्डका स्थानीय सरकारलाई यहाँ लोकल काउन्सिल (Local Council) भनिन्छ। राज्यमा स्थानीय निकायको स्थान र त्यसको कार्यक्षेत्र कानुनीरुपमा स्पष्ट उल्लेख छ। स्थानीय स्तरमा जनतासँग सरोकार हुने निर्णयहरु गर्नु अगाडि जन सहभागिता सुनिश्चित गर्ने  जिम्मेवारी र कर्तव्य पूरा गर्न काउन्सिलहरुले निरन्तर मिहेनत गरेको देख्न सकिन्छ।

काउन्सिलहरुले स्थानीय तहमा घरजग्गा कर संकलन गरी आफ्ना क्षेत्रका जनताहरुलाई  सेवा सुविधा प्रदान गर्न सो करको परिचालन गर्छन्। निर्माण विकासको अनुमति दिनेदेखि टोल-वडाका बाटोघाटो बनाउने र मर्मतसंभार  गर्ने, फोहरमैला व्यवस्थापन गर्नेदेखि खानेपानी वितरण गर्ने, पुस्तकालय स्थापना र संचालनदेखि  बालबालिकाहरु खेल्ने पार्कहरुको निर्माण, संरक्षण र व्यवस्थापन गर्ने काम यहाँ स्थानीय निकायले नै गर्छन्।

स्थानीय जनतासँग सरोकार राख्ने र स्थानीय निकायले दिने सेवा सुविधाको एउटा राम्रो उदाहरणको रुपमा कम्युनिटी सेन्टर (community centre) लाई लिन सकिन्छ। प्रत्येक वडा (suburb) हरुमा कम्तिमा एउटा कम्युनिटी सेन्टर छ। कम्युनिटी सेन्टरहरुमा स्थानीय जनताले स्थानीयस्तरमा प्राप्त गर्न सक्ने सेवाहरु उपलब्ध हुनुका साथै यस्ता सेन्टर सर्व साधारणले सामाजिक कार्यका लागि उपभोग पनि गर्न पाउँछन्। कम्युनिटी सेन्टरलाई त्यस वडाको "सामाजिक मिलन विन्दु" (community hub) को रुपमा ब्याख्या गर्न सकिन्छ। स्थानीय निकायले कम्युनिटी सेन्टरहरु दिगो रुपमा संचालन गर्न आवश्यक व्यवस्थापन गर्छन् र केही मात्रामा आर्थिक अनुदान पनि दिन्छन्। कम्युनिटी सेन्टर संचालनका लागि स्थानीय जनताको प्रत्यक्ष सहभागिता जुटाउने र आर्थिक श्रोत जुटाउने जस्ता कार्यको सहजकर्ताको भूमिकामा पनि स्थानीय निकाय निकै सक्रिय हुन्छन्।

स्थानीय निकायहरु आफैंमा निकै व्यवस्थित र सेवामूलक भएको पाइन्छ। यी सब कुराहरुको उचित व्यवस्थापन सम्भव हुनमा स्थानीय निकायसँग आफ्नो वडाका वासिन्दा लगायत यावत् कुराहरुको गुणस्तरीय तथ्यांक हुनु र तिनको सुचना प्रविधिद्वारा प्रभावकारी  प्रयोग गर्न सक्नु हो। जनसंख्या (demographic) देखि भौगोलिक सुचना (Geographic Information System, GIS) सम्बन्धि डेटाबेसहरुलाई निकै महत्वका साथ संकलन र प्रयोग गर्ने गरेको देखिन्छ। यस प्रकारको भरपर्दो डेटाबेस (database) उपलब्ध हुने हुनाले त्यसको प्रभावकारी प्रयोग गरी स्थानीय निकाय छिटो छरितोरुपमा स्थानीय जनताको आवश्यकता आँकलन र श्रोत परिचालन गर्ने गरेको पाइन्छ। त्यस्तै कुनै दैवीप्रकोप र बिपद् आइपरेको खण्डमा छिटोभन्दा छिटो उद्दार कार्य गर्ने र उचित व्यवस्थापन गर्न पनि डेटाबेसको निकै ठूलो प्रयोग गरेको देखिन्छ।  

तथ्यांक र सुचना प्रविधिको अर्को प्रभावकारी प्रयोग निर्वाचनमा हुने गरेको देखिन्छ। निर्वाचनको प्रचारप्रसार देखि लिएर मत दिने कामसम्म घर-घरैबाट गर्न सकिने सुविधा प्रदान गरिएको हुन्छ। त्यस्तै मतदाताले चाहेमा आफ्नो मतपत्र हुलाकमार्फत् मत खसाल्ने दिनभन्दा एक महिना अगाडि पठाउन सकिन्छ । सुचना प्रविधिको प्रयोग चुनावमा मात्र नभइ समुदायिक संरचनाहरुको व्यवस्थापन र विकास गर्न पनि उपयोग गरेको पाइन्छ। सामुदायिक पार्क र भवनहरुको निर्माण गर्दा ति संरचनाहरुले गर्ने प्रत्यक्ष फाइदाहरुको मुल्यांकन गर्न डेटाबेसको उपयोग भएको पाइन्छ। यसका साथै स्थानीय निकायका संरचनाहरुको दस्ताबेज राख्न तथा तिनीहरुको संरक्षण र सही उपयोगका लागि पनि तथ्यांक हुनु र तिनको सुचना प्रविधिको निक्कै प्रभावकारी उपयोग गरेको पाईन्छ।

मेयरको कार्यक्षेत्र र भूमिका

स्थानीय निकायका निर्वाचित प्रतिनिधिहरुको तीन प्रमुख भूमिका हुन्छ:

१.  स्थानीय तहमा सरकारको प्रतिनिधित्व गर्ने (governance function),

२. स्थानीय तहमा नेतृत्व प्रदान गर्ने (leadership function ) र,

३. स्थानीय तहमा गरिने निर्णयहरुको सहजीकरण गर्ने (facilitation of the decision making function)।

यी तीनै भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न नगरपालिकाको हकमा मेयरले नेतृत्वदायी र अभिभावकीय भूमिका निभाउँछन्। स्थानीय निकाय निर्वाचनद्वारा जनताले चुनेका प्रतिनिधिहरुको मातहतमा बन्ने निर्णायक स्वरुपहरुको सभापतित्व गर्छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नगरपालिकाको निर्वाचित प्रतिनिधि मेयर हुन्छन् ।

मेयर नगरपालिकाको दिनानुदिन व्यवस्थापक होइनन्। यो काम नगरपालिकाका प्रशासनले गर्छन्। प्रशासनका साथै नगरपालिकाको आकार र श्रोत हेरी उनका विषय विशेष सल्लाहकार हुन सक्छन्। प्रशासन तथा सल्लाहकारको टिमलाई प्रमुख कार्यकारीले नेतृत्व गर्छन्। नगरपालिकाको निर्वाचित प्रतिनिधिहरुले प्रशासन तथा सल्लाहकारबाट सुझाव लिन्छन् र लोकतान्त्रिक विधि प्रयोग गरी नागरिकहरुको हितमा निर्णय गर्छन्।

मेयरको भूमिकामा सफल हुन कुनै विषयको दक्षता र अनुभव सहयोगी त होला तर नभई नहुने चाँहि होइन। मेयरको भूमिका प्रभावकारीताका साथ निभाउन अत्यावश्यक गुण भनेको नेतृत्व क्षमता हो। अरु निर्वाचित प्रतिनिधिका साथै नगरपालिकाका कर्माचारी, विज्ञ र सल्लाहकारहरुलाई मेयरले नेतृत्व प्रदान गर्नुपर्ने हुन्छ।

नेतृत्व क्षमता अन्तर्गत सफल मेयरमा विषम परिस्थितिमा पनि जटिल समस्याहरु छिटोभन्दा छिटो विश्लेषण गर्ने, समस्याकाबीच विचलित नभई अवसर पहिचान गर्ने, र यी सबका वाबजुद जनमुखी निर्णय गर्ने कुशलता हुन जरुरी हुन्छ।

समन्वयकारी भूमिका प्रभावकारी रुपमा निभाउन सक्नु एक सफल मेयरमा हुनपर्ने अर्को प्रमुख गुण हो। सबैलाईसँगै लैजान सक्ने क्षमता राख्नु र राज्यका विभिन्न निकाय (केन्द्रीय सरकारदेखि स्थानीय जनतासम्म) सँग समन्वय गर्न सक्ने कलामा पोख्त हुनु उनको आवश्यकता हो।

सहरको नेताको रुपमा मेयरसँग सहरको विकासको स्पष्ट दीर्घकालिन अवधारणा नभएको खण्डमा दैनिक आउने चुनौतीका बीच उ छिट्टै कुहिरोको काग बन्नसक्ने प्रबल सम्भावना रहन्छ। आफ्नो दूरदृष्टीलाई सर्व-साधारणको आवश्यकता र अपेक्षासँग तालमेल हुने गरी प्रस्तुत गर्ने कलामा पोख्त हुन जरूरी छ। अवधारणाका साथै मेयर र उनको टिमसँग त्यसलाई व्यवहारमा उतार्न आवश्यक छोटो, मध्यम र दीर्घकालिन योजना तर्जुमा गर्ने क्षमता, कार्यान्वयन गर्ने सिप, उर्जा, साहस र दृढ अठोट हुनु अपरिहार्य हुन्छ।    

मेयरका उम्मेदवार कुनै राजनैतिक पार्टीसँग आवद्द हुन सक्लान् तर चुनाव जिते पछि भने उनले आफ्नो राजनैतिक आस्था र पार्टीगत स्वार्थभन्दा माथि उठि आफ्नो नेतृत्वको दायरा फराकिलो पार्न सक्नुपर्छ। यसको र उसको नेता अथवा कार्यकर्ता हुने छुट हुँदैन। उ सबैको मेयर बन्न सक्नुपर्छ।

अबको चुनौती र अवसर

नेपालको विगत २० वर्षको राजनैतिक तरलताले गर्दा देश दुई दशक स्थानीय सरकार विहिन परिस्थितिबाट गुज्रिन पुग्यो। यी दुई दशक निर्वाचित प्रतिनिधिको सट्टामा कर्मचारीहरु स्थानीय तहका निर्णयकर्ताको भूमिकामा रहे। निर्वाचन नभएको र स्थानीय तह प्रतिनिधि विहिन हुन पुगेको अवस्थामा कर्मचारीतन्त्र स्थानीय निकायमा व्यवहारिक समाधानको रुपमा स्थापित हुन पुग्यो। दुई दशक स्थानीय निकायमा गरेको सेवाका लागि कर्मचारीहरुप्रति हामी कृतज्ञ हुनैपर्छ।

तर, हामीले के बुझ्न जरूरो छ भने निर्वाचित प्रतिनिधि मतदाता प्रति उत्तरदायी हुन्छन् भने कर्मचारीको उत्तरदायित्व उनका हाकिम र काम गर्ने संस्थाप्रति हुन्छ।

अब हुन लागेको स्थानीय निकाय चुनावका निर्वाचित प्रतिनिधिका अगाडि निर्वाचन पश्चात कर्मचारीतन्त्र विस्थापित गरी सबैको सोच स्थानीय सरकारको अवधारणातिर प्रतिस्थापन गर्नु ठूलो चुनौतीको रुपमा खडा हुने देखिन्छ। यो चुनौती चिर्न र मेयर जस्तो निर्वाचित प्रतिनिधिको भूमिकाको अवसरमा सफल हुन भने विषयको दक्षताभन्दा नेतृत्व क्षमता अत्यावश्यक हुनेछ।

मतदाताका लागि भने यही आउँदो आइतबार हुन लागेको चुनाव 'हाम्रा नभई राम्रा उम्मेदवारलाई' मत दीई स्थानीय सरकारमा योग्य प्रतिनिधि चुन्ने सुनौलो अवसर हो। यो अवसरको सही प्रयोगले मात्र हाम्रो सुनौलो भविष्य कोरिनेछ।

विगतमा कसलाई वा परिवारका अरु सदस्यले केमा भोट दिए भन्ने जस्ता आधारमा मात्र मतदान केन्द्र जानु स्व-विवेक प्रयोग गरिएको मत हुन सक्दैन।

स्थानीय सरकारको नेतृत्व छान्ने बेला जनताले विवेक प्रयोग गरेमा र निर्वाचित प्रतिनिधिले इमान्दारीताका साथ कर्तव्य निभाएमा मात्र नेपाली समाज विकासतिर उन्मुख हुनेछ।

आशा गरौँ आउँदो आइतबार मतदाताले लोकतन्त्रद्वारा सुनिश्चित आफ्नो मताधिकारको सही उपयोग गर्नेछन्।

(लेखक न्यूजिल्याण्डको स्थानीय निकाय अक्ल्याण्ड काउन्सिलमा विगत ८ वर्षदेखि सहरी विकासमा कार्यरत छन्।)

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट