२१ वर्षमै हो मैले दुस्साहस गरेको

  • Get News Alerts

चौध वर्षअघिको कुरा हो। त्यतिबेला म ठ्याक्कै २१ वर्षकी थिएँ।

त्यही उमेरमा हो, मैले एउटा दुस्साहस गरेको। त्यो दुस्साहस नै आज ‘रक्षा नेपाल’ नामक सामाजिक संस्थाका रूपमा सञ्चालित छ। त्यही दुस्साहस नै आज मेरो साहसमा परिणत भएको छ। र, त्यही दुस्साहसकै बलमा आज सयौं दिदी–बहिनीको जीवन पुनर्स्थापित पनि भएको छ।

हो, त्यति बेला म ठ्याक्कै २१ वर्षकै थिएँ।

मैले काठमाडौं सहरमा खुलेका अव्यवस्थित क्याबिन रेस्टुरेन्ट, डान्सबार, मसाज सेन्टर र दोहोरी साँझको आवरणभित्र श्रमिक महिलामाथि शारीरिक, मानसिक तथा आर्थिक शोषण भइरहेको देखेँ। यसले मेरो मुटुमा काँडा बिझेझैं भयो। छाती भतभती पोल्यो। मैले महिला दिदी–बहिनीमाथिको शोषण अन्त्य गर्ने उद्देश्य बोकेर एउटा सामाजिक संस्था स्थापना गर्ने दुस्साहस गरेँ।

क्याबिन रेस्टुरेन्ट, डान्सबार, मसाज सेन्टर र दोहोरीजस्ता ठाउँलाई व्यवस्थित बनाउनु र यो राजधानी काठमाडौंलाई थप कलंकित र आतंकित हुन नदिनु मेरो सानो अभिलाषा थियो।

यही अभिलाषाका साथ संस्था दर्ता गर्न काठमाडौं सिडियो कार्यालय पुगेर फाइल पेस गर्दा त्यहाँका कर्मचारीले जुन नजरबाट मलाई हेरेका थिए, त्यो हेराइले आज पनि मेरो मुटु बेलाबेला घोचिरहन्छ। सायद मेरो दुस्साहसले उनको पैतालामुनिको जमिन हल्लिएको थियो। त्यसैले त, मलाई पैतालादेखि टाउकोसम्म नियालेर व्यंग्यात्मक शैलीमा उनले भनेका थिए, ‘२१ वर्षकी भुरीले यस्तो ठूलो काम गर्छु भनेर मलाई बेवकूफ बनाउन खोज्ने? कस्ता–कस्ता संस्थाले सकेनन्, तिमी फुच्चीले यत्रो काम कसरी गर्न सक्छौ? तिमी बरु बिहे गरेर बस नानी, यस्तो अनावश्यक झन्झटमा नफस।’

ती कर्मचारीले यस्तै उपदेश दिँदै मैले बुझाएको फाइल फ्याकिदिएको हिजैजस्तो लाग्छ। तर, मैले हिम्मत हारिनँ। उनको व्यंग्यले बरु मेरो दुस्साहस अझ बलियो भयो। मैले रक्षा नेपाल स्थापना गरेरै छाडेँ। महिला दिदी–बहिनीको सामाजिक सुरक्षामा मद्दत गर्ने अभियानमा अघि बढेरै छाडेँ।

त्यतिबेला मेरो अभिलाषालाई अपरिपक्व दिवास्वप्न ठानेर तिरस्कार गर्ने र मेरो योजनाको फाइल मिल्काउने कथित अनुभवी व्यक्तित्वहरू नै आज रक्षा नेपालसँग सहकार्य र समन्वय गर्न लालायित छन्। यो चौध वर्षमा मलाई मेरो दुस्साहसले नै यहाँसम्म ल्याइपुर्याएको छ।

र, जुन दिन मैले यो यात्रामा पहिलो पाइला चालेकी थिएँ, त्यतिबेला म २१ वर्षकै थिएँ।

यो समाजलाई २१ वर्षकी युवतीले निडर भएर हिँडेको मन पर्दैन। उसले आफ्नो निर्णय आफैं गरेको मन पर्दैन। समाज बदल्न अघि सरेको पनि मन पर्दैन। किनकि, यो समाज २१ वर्षका युवायुवतीलाई चुरोट तान्दै हिँडेकै देख्न चाहन्छ। गाँजा तान्दै आफ्नै तालमा रनभुल्ल परेकै देख्न चाहन्छ। छुरा हान्दै हिँडोस् भन्ने नै चाहन्छ।

कसैले २१ वर्षको उमेरमा म आफ्नो बाटो आफैं बनाउँछु भन्दै हिँड्यो भने यो समाजका कथित अनुभवी र परिपक्वहरू नै उसको बाटोमा तगारो लगाउन आइपुग्छन्। अरू बेला सधैं युवा पुस्ताले देशको भविष्य बनाउनुपर्छ भनी फलाक्नेहरू नै आवश्यक पर्दा उमेरकै दोष देखाएर युवाको जोशमाथि बन्देज लगाउन आइपुग्छन्।

हामीकहाँ एउटा प्रवृत्ति छ– आमाबाबु आफ्ना केटाकेटीलाई आवश्यकताअनुसार कहिले हुर्केको ठान्छन्, कहिले कलिलै देख्छन्। कुनै काम अह्राउनुपरे ‘यति ठूलो भइसक्यो, जाबो यति काम पनि जान्दैन’ भन्छन्। तर, छोराछोरीले केही प्रश्न गरे ‘केटाकेटी भएर के–के सोधेको’ भनेर गाली गर्छन्।

हो, समाजको यही प्रवृत्तिले युवा पुस्तालाई अगाडि बढ्नबाट छेकबार लगाउँछ।

प्रिय रञ्जु दर्शना बहिनी, तिमी पनि आज ठ्याक्कै २१ वर्षकी छौ। तिम्रो आत्मविश्वास, जोशजाँगर र अभिलाषामाथि पनि आज त्यसरी नै प्रश्न र शंका गरिँदैछ, जसरी आजभन्दा चौध वर्षअगाडि मलाई गरिएको थियो।

तिम्रो दुस्साहस देखेर आज पनि कथित परिपक्व र अनुभवीहरूको पैतालामुनिको जमिन भासिएको छ, सायद। तिमीलाई पनि भुरी र फुच्ची भनेर तिम्रो मनोबल कमजोर पार्न खोजिँदैछ, सायद। तिमीलाई पनि बरु बिहे गर बस नानी भनेर अपहेलना गरिँदैछ, सायद।

दुस्साहसी भनेका तिनै हुन्, जसको मनोबल चट्टानझैं अटल हुन्छ।

मलाई थाहा छ, तिमी पनि त्यस्तै छौ रञ्जु। मैले हरेस खाइनँ, आशा छ तिमी पनि हरेस खाँदिनौ।

यो संसार नै हरेस नखानेहरूका लागि हो। आत्मविश्वासीहरूको हो। कम उमेरमै संसार तहल्का पिटेका विदेशी व्यक्तित्वहरूको कथा सुनेर वाहवाह गर्ने हाम्रो समाज आफ्नै देशका युवा पुस्तालाई विश्वास नगर्ने र अपरिपक्वको बिल्ला भिराइदिने कुन्ठित मनोदशाले ग्रस्त छ। तर, मलाई थाहा छ, यस्ता कुन्ठित मनोदशाबाट डगमगाउने भनेका कमजोर आत्मविश्वास भएकाहरू हुन्। म र तिमीजस्ता दृढनिश्चयीहरू होइनौं।

तिम्रो जुन दर्शन छ, जुन प्रतिबद्धता छ, जुन विश्वास छ, त्यसलाई जीवनको कुनै पनि मोडमा कमजोर हुन नदेऊ रञ्जु। तिमीलाई गलाउन खोज्ने, तिम्रो साहसमा नकारात्मक ऊर्जा भर्नेहरूको यहाँ कमी छैन। त्यस्ता नकारात्मक ऊर्जाबाट तिमीले विचलित हुनुपर्दैन। जसले आफ्नो काम र यात्रालाई आफैंले सम्मान गर्छ, उसले कहीँ पनि अपमानित हुनुपर्दैन।

म केही उदाहरण दिन्छु। अमेरिकाको मेरिल्यान्ड राज्यको मेयर ब्रानडन पलिन पनि २१ वर्षकै छन्। उनले मेरिल्यान्ड राज्यलाई अमेरिकाकै उत्कृष्ट राज्य बनाउन कसरत गरिरहेका छन्। नेपाल एकीकरण गरी राष्ट्रनिर्माता बन्न सफल पृथ्वीनारायण शाह पनि एकीकरण अभियान सुरु गर्दा २१ वर्षकै थिए। विश्व इतिहास पल्टाउँदा २१ वर्षको उमेरमा आफ्नो नाम उच्च बनाएका यस्ता व्यक्तित्व थुप्रै भेटिन्छन्।

मलाई पनि मेरो गृहजिल्ला काभ्रेबाट उम्मेदवार बन्ने प्रस्ताव आएको थियो। तर, मलाई आफ्नो सामाजिक काम छाडेर राजनीतिको मैदानमा हाम्फाल्ने हिम्मत आएन। तिमीले त्यो हिम्मत देखाएकी छौ।

रञ्जु बहिनी, नेता हुन त सबै चाहन्छन्, तर नेतृत्व लिन सक्ने क्षमता सबैमा हुँदैन। तिम्रो नेतृत्वकला, जोश, जाँगर, हिम्मत र साहस नै तिम्रो जित हो। जसले आमाको साथ, हात र आर्शिवाद पाएका छन्, उसले समाजमा गर्विलो छाति र उँचो शिर पारेर हिँडेकै देखिन्छ।

मैले विभिन्न मिडियामा आएका सामग्रीबाट थाहा पाएकी छु, तिम्रो साथमा पनि आमा हुनुहुन्छ। आमा जोसँग छन्, उसँग संसारका सबै चिज हुन्छन्।

२१ वर्षको उमेरमा काठमाडौं सहरको मुहार फेर्न हिँडेकी तिमीलाई म २१ वर्षकै उमेरमा महिला सशक्तकीकरणको बाटोमा लागेकी दिदीको तर्फबाट शुभकामना।

(लेखक रक्षा नेपालकी अध्यक्ष हुन्।)

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट