नचिनेकाले मलाई किन 'तिमी' भन्नू?

SAMSUNG
  • Get News Alerts

baleno
tata

 

 

१.तिमि भन्नु :

माया गर्नेलाई अनौपचारिक रूपमा, एकदम नजिक भएकालाई 'तिमी' भन्ने चलन छ। हाम्रो समाजमा ठूलाले सानालाई तिमी भन्न सकिने खालको संस्कार छ। अग्रजले, एकदम हदसम्म चिनाजानी भएकाले, समकालीनले तिमी भन्नु त ठिकै हो। तर, एकदम नचिनेको मान्छेले पनि केटी देख्यो भने सोझै तिमी भन्छ। मलाई जसले चिनेकै छैन उसले किन तिमी भन्ने? कसैले हेर्दैमा म सानी देखिएकै आधारमा बिना परिचय किन तिमी भन्ने? केटा मान्छेले सिधै तिमी भनेर कुराकानी सुरू गर्छ किनभने उसले केटीको सम्मान गर्न जानेकै छैन। आफू समान उसले कहिल्यै सोच्दै सोचेन।

केटीसँग नचिने पनि औपचारिक हुनुपर्छ भन्ने सोच्ने सक्दैन। उसलाई आदत भइसक्यो केटीलाई सानो सोच्ने। म जत्रै केटाले मलाई किन बराबर देख्दैन र तपाईं भन्दैन? मैले कहिले काँहि आफू समानकालाई, नयाँ साथीलाई, कार्यक्रममा नचिनेका तर बोल्न आउनेहरुलाई तिमी भनेर पहिलो पटक भनिदिँदा रिसाउने गरेको देख्छु। फेसबुकमा पनि अग्रजहरु सिधै तिमी भनेर बोल्न खोज्छन्। म त्यस्तालाई तिमी नै बनेर जवाफ दिने गर्छु। त्यसरी 'तिमी' मा जवाफ पाउनेहरु फेरि मेरो उमेर, पढाइ सोध्न थाल्छन्। जोसुकै होस्, म सँगको दोहोरो बोलचाल बिना मलाई सानो सोचेर तिमी भन्न कसैले पाउँदैन। मलाई बराबरीमै सोच्नुपर्छ। म कसैलाई तपाईं भन्नुपर्ने हुँदैमा उसलाई ठूलो ठान्दिनँ र मान्दिनँ पनि।

२.अनावश्यक ठोक्किन खोज्नु :

झाँकी, र्‍याली, आन्दोलन, साँघुरो गल्ली, भिडभाड भएको बाटो, मेला, उत्सव, भरिएको बस जस्ता ठाउँहरुमा केटाहरु अनायासै ठोक्किन आइपुग्छन् जानि जानि। कहिले काँहि यस्तोमा साँच्चिकै ठेलामठेल हुन्छ, धक्कापेलेट हुन्छ पनि। तर अधिकांश केटाहरु यस्तोमा 'चान्स' मार्न खोज्छन्, छुन या चिमोट्न खोज्छन्, नजानिदो पाराले। मैले अहिलेसम्म नबुझेको कुरा यसरी धक्का दिएर, टुच्च छोएर, चिमोटेर उसलाई के हुन्छ? कस्तो तरङ्ग आउला र त्यति मान्छेको अगाडि? अथवा कस्तो रहर हो भिडभाडमा टुच्च छोएर मेटिने? मलाई त केही हुँदैन। उल्टो रिस उठ्छ। एकपटक दुईपटक झुक्कियो होला भनेर बेवास्ता गर्यो तर केटा त झन् 'अरे! लाइन दिई भन्छ। चुपचाप बसिछे भनेर फेरि फेरि त्यही दोहोर्‍याई रहन्छ। भिडभाडमा अथवा अन्तै हिँडेको बेलामा हामी त्यसलाई ठूलो बिषय बनाउँदैनौ। फेरि अर्काको ठाउँमा गएर एक्लै भएको बेलामा त्यस्तो छेडछाडको कुरा र गर्ने व्यक्तिमाथि बबण्डर मच्चाउन हामीलाई  हिम्मत पनि हुँदैन। कहिले समय हुँदैन र कहिले चाँहि उसकै भलोको लागि यसै छोडिदिन्छौ। होइन भने ठाउँको ठाउँ दुई-चार मान्छे उठाएर पिट्पाट गर्न आजकल गाह्रो छैन।

३.अनावश्यक हल्ला फैलाइदिने: केटाहरुको बानी कस्तो हुन्छ भने आफूलाई मन परुन्जेल ठीक, मन लागुन्जेल राम्रा कुरा गर्ने तर भने जस्तो भएन भने बेइज्जत गरिदिने। आफैं अनेक अवान्छित हल्लाहरु फैलाइदिने। यसै कारण केटीहरुको बारेमा धेरै नराम्रा कथाहरु फैलिरहेका हुन्छन्। कुनै सम्बन्धमा दरार आयो भने प्रायः केटा चुप लागेर बस्दैनन्। उसले त्यो केटी यस्ती-उस्ती भनेर नराम्रा कुराहरु भन्दै हिँड्न थाल्छ। केटीले सबैको खण्डन गर्दै हिँड्न पनि नसकिने। कतिपय कुरा त हामी सामु आउँदैन तर धेरै ब्यापक भैसकेको हुन्छ र केटीको जीवनमै असर पार्छ।

उदाहरणको लागि एउटै अफिसमा कुनै केटाले कुनै केटीलाई मनपराउँछ तर मनपराउँछु नभनेर मित्रवत व्यवहार गरिरहेको हुन्छ। उसको मित्रवत व्यवहारलाई केटीले मित्रवत व्यवहारकै रुपमा मात्र बुझिराखेको हुन्छे। एकदिन त उक्त केटाले भन्छ नै। त्यसबेला केटीले 'हुँदैन, यस्तो त मैले सोचेकै छैन' भन्ने खालको उत्तर दियो भने केटा अब चुप लागेर बस्दैन। हिजोको मित्रवत व्यवहारलाई उसले आफैं रंग फूलबुट्टा भरेर हावासरी फैलाईदिन्छ। राम्रा कुराभन्दा नराम्रा कुरा छिटो फैलिने र त्यसैलाई बिना आधार हल्लाकै भरमा पत्याइदिने यो समाजमा केटीहरुलाई निकै गाह्रो हुन्छ।

४. प्रसंगमा नकारात्मक बिम्ब जोडिदिने: अलिकति मिलनसार व्यवहार गर्यो भने केटाहरु त्यसको फाइदा उठाउन खोज्छन्। झन अलिकति खुलेर कुरा गर्यो भने त 'छिल्लिन' सुरु गरिहाल्छन्। कतिपय अवस्थामा त आफ्नै सिनियरहरु पनि लाज पचाएर, मर्यादा बिर्सिएर, जिस्किन्छन्। जस्तो की 'ओहो! आज त कस्तो गर्मी' भनेर फ्यान चलाउन खोज्यो भने 'बैंसको तातोले होला' भनेर फ्याट्ट भन्दिन्छन्। यस्ता उदाहरण धेरै छन् र जुनसुकै स्तरको महिला पनि यसबाट पीडित छन्।

५.गालीमा अस्लिल शब्दको प्रयोग: लगभग सबै गालीहरु स्त्रिलिंगी छन्। एकछिन सोचौं त एक एक गालीका शब्दहरु त्यो पनि....त्यो पनि ....त्यो पनि, कस्तो आइमाई जस्तो रैछ, जा साडी लगा अब, केटीले झैं नौटंकी नगर त .....। अधिकांश केटाहरुले अश्लिल शब्द भएका गाली फ्याट्टै बोल्छन्। गालीहरु रिसको झोंकमा बोलिने भएपनि समग्रमा उसको केटीप्रतिको बुझाइ झल्किरहेको हुन्छ तर सधैं यही भन्ने पनि होइन। 'स्ल्यांग'हरु बोलिरहिन्छ तर त्यसको प्रयोग नियतवस हुँदैन। हामी केटीहरु धेरै अवस्थामा सोझै गाली गर्ने तहमा पुग्दैनौं र जवाफमा पनि उस्तै नपरे सम्म अश्लिल गाली गर्दैनौं।

६. शंका: साँझ होटेलबाट निस्किने केटी शंकाको घेरामा परिहाल्छे जबकि उ त्यहाँबाट निस्किने अनेक कारण हुन सक्छन्। कसैलाई भेटेर आएको हो कि? पैसा सापटी लिन गएको हो कि? सहकारीको पैसा उठाउन गएको हो कि?  अरु त त्यस्तै, विवाह गरिसकेका ४०/५० उमेरका दिदीहरु, जसका छोराछोरी समेत हुर्किसकेका छन्, राम्रै घरबार गरिराखेका छन्, उनीहरु समेत एकैछिन परपुरुषसँग बोल्दा शंकाको घेरामा परिहाल्छन्।

७.कमजोर भूमिका दिनु: अहिले सिडियोले महिला सदस्य नभएसम्म संस्था दर्ता नगरिदिने हुनाले महिलाहरु संस्थाको सदस्यमा 'पर्न' थालेका छन्। राख्न त थालेका छन् तर औपचारिकताका लागि मात्र। कोटा पुर्‍याउन मात्र। सबै निर्णय गरेर ल्याप्चे लगाउन मात्र। अन्य अवस्थामा पनि सहायक भूमिका मात्र दिएको हुन्छ। अध्यक्ष, महासचिव, सचिव सधैं पुरुष। कोषाध्यक्षमा चाँहि अलिअलि महिला राख्न थालेका छन्। बिधानमा अध्यक्ष र सचिवले पनि हस्ताक्षर गरेर मात्र चेक चल्ने नियम लेखेर मात्र। पाइलटभन्दा एयर होस्टेज, डाक्टरभन्दा नर्स, माबिमा भन्दा प्राबिमा मात्रै राख्ने चलन अझै पनि छ। यो पनि त्यसैको नमुना हो।

८.छनोटको अवसर नदिनु:  अधिकांश मागी विवाहमा खास केटालाई हेर्ने बेला सम्ममा एक प्रकारले बिहे तय भैसकेको हुन्छ। अत्यन्त कम अवस्थामा मात्र बिहे नकार्न सक्ने ठाउँ केटीलाई दिईएको हुन्छ। सानोमा पनि छोरीलाई 'बुझेर' नै बाबुआमाले खेलाउने कुराहरु किनिदिन्छन् भने छोरालाई के चाहिन्छ? भनेर सोध्छन्। अधिकांश अभिभावकको सोच छोराले 'परेर' सिकोस् भन्ने हुन्छ भने छोरीले चाँहि आफूले दिएको सँस्कार, निर्देशनको भरमै सिकोस् भन्ने चाहन्छन्। केटीको मामलामा कुन फिल्म हेर्ने, कस्तो किताब पढ्ने, बाहिर जाँदा कुन कपडा लगाउने, पाहुना आउँदा कुन लगाउने, कुन मान्छेसँग कसरी बोल्ने- सबै पटक पटक सिकाइएको हुन्छ। यसरी अभिभावकले छोरीहरुलाई सिकाउनु चाँहि गलत होइन तर छोरालाई चाँहि यसरी नै किन नसिकाएको? छोराले यो सब किन जान्न पर्दैन? सिक्ने कुरामै फरकपन किन ?

manitasister@gmail.com

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink