रञ्जु बहिनीको हिम्मतलाई सलाम

  • Get News Alerts

रञ्जु दर्शना बहिनीलाई सर्वप्रथम आम युवा पुस्ताको प्रतिनिधित्व गर्दै देशकै केन्द्रविन्दु काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दिएकोमा अग्रिम बधाइ अनि शुभकामना। 
 
चुनावमा हारजित त भइहाल्छ, तर परिणाम स्वीकार्न सक्नु ठूलो उपलब्धि हो। तिमीजस्ता धेरै युवायुवती बाबुआमाको कमाइमै रमाएका छन्। विभिन्न दुर्व्यसनमा फसेका छन्। नेपालमा भविष्य छैन भन्दै विदेश हान्निएका छन्। तर, त्यही पुस्ताकी तिमीले हिम्मत गरेर राजनीतिजस्तो फोहोरै फोहोरले भरिएको दुर्गन्धित तलाउमा पौडिने हिम्मत गरेकी छौ। फोहोर तलाउ सफा गर्ने अभियानमा आफूलाई उभ्याएकी छौ। पहिलो विजय त यही हो जस्तो लाग्छ।
 
रञ्जुलाई भावनात्मक रूपमा भोट बटुल्ने अस्त्रका रूपमा अघि सारिएको भन्नेहरू धेरै छन्। हिजो मात्र अमेरिकाका एक मेयरले भिडियो सन्देश पठाई शुभकामना दिएको देखियो। यसरी जताततै चर्चा चुलिइरहने तर अन्त्यमा उनै पुराना पाटीका पुरानै विचारधारा भएका नेताले काठमाडौंको मेयर पड्काए भने के ठान्ने? 
 
युवालाई समर्थन, हौसला र सहयोग गर्ने हो भने भोलि महानगरको रथ उनले गुडाउन नसक्लिन् र? कि मेयर हुन उमेरले पाँच-छ दशक पार गरेको, दारी–कपाल फुलेर सेतै भएको, दुई–चारवटा मुद्दा मामिलामा जेलनेल भोगेको, गुण्डागर्दीको आडमा रजाइँ गरेको, जति पनि पैसा खर्च गर्न सक्ने, रक्सी, चिया र चुरोटमा मतदाता किन्न सक्ने हैसियत भएको व्यक्ति नै चाहिने हो? यसको जवाफ कहाँबाट पाउने? 
 
तिमीलाई राम्रोसँग थाहा छ बहिनी, राजनीति भनेको फोहोरी खेल हो। यो खेलमा आफ्नो पक्षमा मत पार्न राजनीतिक दलका नेता, कार्यकर्ता साम, दाम, दण्ड, भेद केही कुराको परवाह गर्दैनन्। सायद त्यही भएर उम्मेदवार हेरेर कमैले भोट दिन्छन् र कमैले जित्छन्। यहाँ त पहिले पार्टी हेरिन्छ, अनि पार्टीको आर्थिक क्षमता हेरिन्छ। जसले जति बढी पैसा खर्च गर्न सक्छ उसकै विजय सुनिश्चित हुन्छ। तिनै राजनीतिलाई कमाई खाने भाँडो बनाएकाहरूसँग जुध्न तिमीले देखाएको हिम्मत र आँटलाई सलाम छ।
 
अहिले अधिकांश युवा पुस्तामा आफू काठमाडौंको बासिन्दा भएको भए एक भोट रन्जुलाई दिन्थेँ भन्नेहरू धेरै देखिएका छन्। कतिपयले भने खिल्ली पनि उडाएका थिए। कलेजमा शिक्षकले दिएको होमवर्क गर्न अल्छी मान्ने नानी मेयर बन्ने रे भन्दै हाँसो गरिएको पनि सुनिएको छ। यस्ता टीकाटिप्पणीबीच युवालाई हौसला दिने र हतोत्साही गर्ने दुवैको विश्वास जित्न सक्नु नै अहिलेको मुख्य चुनौती हो। 
 
हिजो टेलिभिजनमा प्रसारित अन्तर्वार्ता हेर्दा २१ वर्षकी क्याम्पस पढ्ने विद्यार्थीले खारिएको नेताले जस्तै एकएक प्रश्नको जवाफ दिएको देख्दा खुसी लाग्यो। राजधानीवासीले एकपटक मौका दिइहाल्छन् कि भन्ने आश पनि जाग्यो। लाग्यो, यी बहिनीजस्तै पवित्र भावनाले सबै नेताले सोच्ने भए देश कहाँ पुगिसक्थ्यो होला? यस्तै भावना भएका युवा पुस्ताको हातमा एकपटक स्थानीय निकायको तालाचाबी सुम्पिने हो भने केही परिवर्तनको भाव देख्न पाइन्थ्यो कि?
 
यही सन्दर्भमा तिम्रो पार्टीले तिम्रो बारेमा महानगरका कति जनतालाई जानकारी गराएको छ भन्ने प्रश्न मेरो मनमा उब्जियो? महानगरका कति जनताले तिम्रो नाम सुन्न पाएका छन्? कति जनताले उनलाई विश्वास गर्लान्? सामान्य नागरिकले ठूला राजनीतिक पार्टीको भन्दा अरूको नाम थाहा पाएकै हुँदैनन्। उनीहरूका लागि मतदाता शिक्षा पनि पार्टीले दिलाउनुपर्ने होइन र? त्यसैले, रञ्जु बहिनी तिम्रो लडाइँ अझै धेरै बाँकी छ। 
 
मिडियाले यसमा एउटा आधार त खडा गरिदिएको छ, तर त्यसकै भरमा पूरै ढुक्क नबन। गर्न धेरै बाँकी छ। एकैचोटिमा सफल भइयो भने असफलताको स्वाद थाहा हुँदैन। घोडा चढ्ने मान्छे नै लड्ने हो। हिम्मत गरेर मैदानमा ओर्लिएकी छौ, यो हिम्मत सदैव कायम रहोस् शुभकामना। 
 
रञ्जु बहिनी, भावना र यथार्थ भन्ने कुरा अलग हुन्। भावनामा नबहकिएर यथार्थलाई आत्मसात् गरेर अघि बढ्नु अग्रिम शुभकामना। 
 
धेरै मान्छे रेस्टुरेन्टमा जाँदा मेनु हजारचोटि हेर्छन् तर अन्त्यमा त्यही ममः अर्डर गर्छन्। अहिलेको निर्वाचनमा त्यस्तो नहोस्। नयाँ अनुहारले स्थान पाओस् भन्ने मेरो सदिक्षा छ।
 
उही तिम्रो समर्थन गर्ने दिदी 
यमुना अर्याल

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा