नेपाली फोटोपत्रकारिताका बारेमा मेरो कुरा

SAMSUNG
  • Get News Alerts

baleno
tata

भनिएकै हो र देखेको पनि हो, तस्बिर हजारभन्दा बढी शब्द बोल्छन्। आजको कालमा सही नहुन सक्छ, यो ‘चाइनिज’ उखान। अर्थात सधै प्रकाशित सबै तस्बिरहरुमा पाठकहरु सहमति नहुन पनि सक्छन्। नबोलेको तस्बिर जहिले शब्दकै सहारामा प्रस्तुत हुन्छ। यो त्यति गलत होइन जति यसलाई समाचार डेस्कले बुझ्ने गरेको छ। समाचारपत्रहरुमा प्रकाशित सबै तस्बिर शब्दको सहारामा प्रस्तुत हुन्छन्। यसको यो माने कदापी होइन कि, तस्बिर कमजोर भएर शब्दको सहारामा बाँचेको। यो त साथ साथ प्रस्तुत हुन्छ/हुनुपर्छ।

नेपालमा फोटोग्राफीको इतिहास हेर्दा झण्डै एक शताब्दीअघि डम्बर शमशेरले भित्र्याएको क्यामेरा र दरवारभित्र खिचिने मुहार रेखाचित्रलाई सम्झनु पर्ने हुन्छ। बालकृष्ण सम त्यसै समयका अब्बल फोटोग्राफरमा गनिन्थे। नेपाली छापामा साप्ताहिक गोरखापत्रमा १९८४ वैशाख १३ गते वीरगञ्जकी सूर्यकुमारीले चर्खामा धागो कातिराखेको तस्बिर नै पहिलो हो।

गोरखापत्रमा पहिलो तस्बिर छापिएको पाँच दशकपछि गोरखापत्रबाटै बि.सं. २०३० मा गोपाल चित्रकारलाई फोटो पत्रकारको रुपमा अनुबन्ध गरेपछि मात्र नेपाली फोटोपत्रकारिताको व्यवसायिकता शुरु भएको हो।

गोपाल चित्रकार सम्झँदै भन्छन्, 'त्यसअघि तस्बिर भनेपछि छापाखाना (प्रेस) अन्तर्गत राख्ने गर्दथ्यौँ, तर मेरो समयमा फोटोग्राफी इडिटोरीयल डिपार्टमेन्टमा समाहित भएको थियो।'

नेपाली फोटोपत्रकारिताको व्यवासायिक विकास भने निजी प्रकाशन गृहहरुबाट दैनिकीहरुको प्रकाशनपछि मात्र भएको हो। २०४६ सालको परिवर्तनले फोटो पत्रकारिता संस्थालाई व्यापक हुने र स्थापित हुने बाटो खोलिदियो। बिभिन्न उद्देश्य र लक्ष्य लिएर दैनिक ब्रोडसिट, साप्ताहिक र विविध प्रकारका म्यागजिनहरु प्रकाशित हुन थाले। यही पत्र पत्रिकाहरुले आवश्यक र आर्कषणको नाममा राजनैतिक आन्दोलन, मानवीय रुचि र औपचारिक कार्यक्रमका दृश्यहरु छाप्नका लागि दिइराखेका छन्।

छापा पत्रकारितामा शब्द र तस्बिरलाई के कति स्थान दिनु पर्ने हो नीतिगत रुपमा कुनै पनि प्रकाशन गृहहरु स्पष्ट भएका छैनन्। पत्रिकामा तस्बिर छाप्न भनेको खेर गएको ठाँउ वा जहाँ शब्दहरु राख्न बेमेल हुन्छ, जहाँ लेख्न नसकिएको ठाउँलाई प्रयोगमा ल्याएको मात्र देखिन्छ। र, प्रकाशित तस्बिरहरुले के कस्ता विषयमा के र कस्तो प्रगती गरिराखेका छन्? सामाजिक रुपमा प्रभाव र महत्व पारिराखेको छ, छैन्? यी र यस्तै प्रश्नहरु थप अध्ययनका विषयहरु हुन सक्दछ।

पत्रकारिता पत्रकार भन्दा ठूलो हुन्छ। अन्तर्वार्ता गर्ने मान्छे अन्तर्वार्ता दिने व्यक्तिभन्दा महत्वपूर्ण हुँदैन। यही तथ्य फोटो पत्रकारितामा पनि समाहित हुन्छ। अरुभन्दा फोटोपत्रकारहरु समाजमा बसेर काम गर्नुपर्ने बाध्यता रहन्छ। तस्बिर चित्रण गर्न विषयसँग नजिक पुग्नु नै पर्ने कारण यसबाट टाढा भिन्न रहेर सहि तस्बिर ल्याउन नै सकिँदैन।

फ्रेन्च फोटोग्राफर हेनरी कार्टर ब्रेसन (इं.सं.१९०८–२००४) का अनुसार फोटोग्राफर जहिले पनि निश्चित क्षणको लागि कुर्नुपर्छ र त्यसलाई ठिक समयमा कैद गर्नुपर्छ। भनिन्छ– फोटोग्राफरको जहिले पनि चीलको जस्तो आँखा, बकुलाको जस्तो धैर्यता, घोडाको जस्तो शक्ति हुनुपर्छ।

कुनै समयमा फोटोग्राफी पनि एक व्यवसाय हो भन्दा वकालत गर्नुपर्दथ्यो भने आज कुनै पनि घटनामा हेरिने आँखाहरुभन्दा बढी क्यामेराको उपस्थिति भएको महसुस हुन्छ। फोटोग्राफरले कैद गरेको सबै क्षणलाई हेर्न लायकको बनाइदिनुपर्छ। तस्बिर शक्ति बोकेर आएको हुन्छ। मनमा छुट्याउन तपाईंलाई सही सूचनाको जरुरी पर्दछ, त्यसबेला समाचारभन्दा एक उत्कृष्ट तस्बिर उपलब्ध गर्न सकिन्छ। आख्यानले बुझाउन त सकिन्छ तर तस्बिरले भूतप्रेतको छायाँसरी केही छोडिराख्न सफल हुन्छ। जसले पछ्याउन कहिले नछोडिने कुरा अमेरिकन लेखिका सुसान सोनराजले भनेका छन्।

शब्द समाचारको तुलनामा तस्बिर समाचार कम हुनै सकिँदैन। अझ नेपाली समाजको विकास क्रममा तस्बिरको सचेतना र महत्व अझ बढी छ। विविध कारणले क्यामेराको उपस्थितिले मात्र पनि नेपाली समाजमा प्रजातान्त्रिक सञ्चार पद्धतिमा समेटिएको अनुभव गर्न सकिन्छ। सञ्चार क्रान्तिको ठूलो दोस्रो भूमिका भनेको फोटोपत्रकारिता नै हो, त्यसैले असल तस्बिरबाट जो कोही पनि बाँच्न सक्छ, अस्तित्वमा बाँचिरहन सक्छ।

सम्पादक कुन्द दीक्षितका भनाइमा फोटोपत्रकार पहिलो त पत्रकार हो, उसले खिचेर मात्र पुग्दैन खोज्नु नै पर्छ, तस्बिरको विवरण लेख्नु पनि पर्छ। यति न हो, यसको भाषा सरल छ / हुन्छ, जो कोहीले पनि बुझ्छ। फोटोको भाषा अन्तराष्ट्रिय भाषा हो। तर मुनि लेखिएको भाषाले पाठकलाई थप कुरा भनिदिए मात्र पुग्छ, आफ्नो मौलिक भाषामा। के, कहिले, को, कहाँ, कसरी भने।'

नेपाली फोटोपत्रकारिता भनेजस्तै विकास र उन्नति नहुनुमा नेपाली फोटो पत्रकारहरुले जति सुन्दर तस्बिर कैद गर्छन् त्यस्तै अनुरुपमा फोटो क्याप्सन (फोटो विवरण) नलेखेर हो। उनीहरुलाई लाग्छ कि लेख्नु भनेको लेखक पत्रकारहरुको काम हो। त्यसैले त्यो लेखाइ गलत भैदिन्छ जब क्याप्सन लेखकले फोटोपत्रकारको नजरले हेर्न सक्दैन।

सान्दर्भिक हुन सक्छ, हालै एक राष्ट्रिय दैनिकीको फोटोपत्रकारले सार्वजनिक कार्यक्रममा आफ्नै साथीहरुसँग गरेको कुराकानी। ऊ भन्दै थियो, 'मलाई बालुवाटार जा भनेको छ हाकिमले। त्यसैले आएको छु, नत्र म उता जान्थेँ।'

न्युज डेस्कले फोटोलाई नबुझिदिँदा वा फोटो पत्रकारले डेस्कलाई नबुझिदिँदा देखा पर्ने धेरै समस्याहरुमा यो महत्वपुर्ण झमेला बनिदिएको छ। यस्ता अन्य विषयहरुमा पनि हुने गर्दछ तर तस्बिरमा हुने प्रत्येक कमीकमजोरी त्यहाँ देखा पर्छ। आम पाठकसम्म पुग्ने हैसियत रहने कारण त्यो प्रमाण भइदिन्छ। के फोटोपत्रकारहरु सधैं दोश्रो दर्जामा नै सीमित हुने हो त?

फोटोपत्रकारिताको स्पष्ट परिभाषा, क्षेत्र, आचारसहिंता नै व्याख्या ‍नभएको नेपाली फोटो पत्रकारितामा थपिन आएका भिन्न विधाहरुले थप चुनौती र महत्व थपिदिएका छन्। व्यावसायीक नेपाली पत्रकारितामा आजसम्म पनि फोटो खालि ठाउँमा भर्ने उपाय मात्र बनाइएको छ, अध्ययनले यही भन्छ।

डेस्कका सम्पादकहरु भन्छन्, 'तस्बिर यस्तो होस्, त्यहाँ लेख्न नपरोस्। जुन फोटोपत्रकारले लेखकलाई शब्द लेखाउँछ, ऊ सफल फोटोपत्रकार हुन सक्दैन। यथार्थ पनि यही नै हो।

फोटोपत्रकार को योग्यताका बारेमा नेपाली पत्रकारितामा प्रख्यात भनाई व्याप्त छ, व्यावसायीक भनेर व्यापार गर्ने उद्देश्यले खोलेको घराना होस् वा समाज परिवर्तनको नाममा कुनै पार्टीको मुखपत्र बनेर प्रकाशित एतिहासिक पत्रिका नै किन नहोस्, त्यहाँ आवश्यकता भनेको उनले मोटरसाइकल चढ्न सिपालु र आफ्नै श्वामित्वमा किनेको क्यामेरा हुनुपर्नेछ। समाचार खोजी गर्ने पत्रकारले नै अप्रत्यक्ष लगानी गरिसकेपछि मालिकहरुले थप लगानी गर्नु नपर्ने र त्यसबाट आइपर्ने जोखिम (रिस्क) पनि व्यहोर्नु नपर्ने हुन्छ। स्मरणीय रहोस्, यी दुवै साधानहरुको बजार मूल्य असाधारण हुन्छ।

तर, बिडम्बना उसले त्यो मोटरसाइकल त हाँक्छ ड्राइभर भएर तर उसले चालै पाउँदैन ऊ वास्तवमा पिलिएन राइडर (ड्राइभर को पछाडी बस्ने ) भएर हिँडिराखेको छ। ड्राइभ त पछाडि बस्ने संवाददाताले गरिराखेको हुन्छ।

यो मुख्य समस्या नहुन सक्छ, मुख्य समस्या त फोटोपत्रकार कति सचेत छ भन्नेमा नै हो। ऊ ट्रेन्ड हुँदै होइन किनकि, काठमाडौंमा यसको व्यावसायीक तालिम दिने संस्था नै छैन। यदाकदा विदेशी दाताको सहयोगमा आइदिएको अन्तराष्ट्रिय फोटोपत्रकारले दिएको कोठे बैठक वा वर्कसप नै हो। तर त्यसमा पनि सबैको सामेल हुँदैन किनकि भाषा प्रमुख समस्या भइदिन्छ।

तर फरक मत हुनसक्छ, नेपालकै पहिलो फोटोपत्रकार ‘गोपाल चित्रकारको भनाइ छ, फोटोपत्रकार बन्न कुनै विशेष ज्ञानको आवश्यकता पर्दैन, जस्तो सैनिक हुनका लागि चौडा छातीको आवश्यकता परोस्। आजभोली सबै फोटोग्राफर, जसले क्यामराबाट फोटो खिच्छ ऊ नै फोटोग्राफर हो, यसैले रुची हुने जो कोही फोटोग्राफर हो। तर यो त्यतिकै सजिलो भने छैन।

३० को दशकमा फोटोग्राफरलाई प्रेसको टेक्निकल शाखामा नै गाभेर इतिहास कोरेको हो। तर २०३२ मा यसलाई न्युज रुममा गाभेर पहिले फोटोपत्रकारको रुपमा परिचय पत्र पनि गोपाल चित्रकारले नै पाएका हुन्।

संघर्ष सबै क्षेत्रमा छ, र यसमा पनि संघर्ष छ। राजनैतिक व्यक्तित्वहरुको गजबको तस्बिर खिचेर स्थापित हुन अन्तरास्ट्रिय रुपमा सफल मीनरत्न बज्राचार्यको संघर्ष पनि अलग छ। एकदिन डेस्कमा उनको तस्बिरलाई लिएर छलफल भयो, सम्पादक कभर स्टोरी चेन्ज गर्ने मुडमा थिए र यसैबेला प्रकाशक आएर 'वाउ' भने। जवाफमा उनले भनेछन्- Don’t say wow, let ask How? (अति राम्रो, त्यसो मलाई नभन्नुस, यो कसरी खिचियो भनेर सोध्नुस्)।

उनको भनाइ थियो, 'काठमाडौंको धुलो र गर्मीमा मोटर बाइकमा कुदेर तस्बिर समाचारहरु कैद गर्न यताउता दौडिरहेको थिएँ, अचानक मलाई भोलि नै सगरमाथाको बेस क्याम्प मा गएर रिपोर्टिङ गर्न भनियो। म मनभरी कुरा गर्दै गएँ। म हेल्थ कन्सस थिएँ तर तस्बिरको पनि उत्तिकै थियो। जाने बेलामा कुनै विदेशीले त्यो स्थानबाट पठाएको तस्बिर देखाइदिएको थियो, जाँदै गर्दा। त्यो विदेशी र उनले त्यो स्थानमा पुग्न गरेको तयारी व्यापक थियो र उसले प्रयोगमा ल्याएको इक्युप्मेन्ट्स पनि त्यस्तै। तर मबाट अपेक्षा गरिएको तस्बिर भने त्योभन्दा स्तरीय थियो, त्यो अपेक्षा मेरो पाठकहरुको पनि र प्रकाशकको पनि। त्यो क्षणमा भाग्यमानी साबित भएँ तर नेपाली फोटोपत्रकारिता त्यस्तै भाग्यको प्रतीक्षामा छ।

देशको प्रमुख राष्ट्रिय दैनिकमा ७ जना (कम्तिमा) सक्रिय फोटोपत्रकाहरु छन्। उनीहरु प्रत्येक दिन पहिलो पेजको प्राथमिक तस्बिरका लागि दौडि नै रहन्छन्, ठूलोभन्दा ठूलो स्थानका लागि। बिडम्बना! उनीहरु काठमाडौंको रिङरोडकै वरिपरि संकुचित हुन बाध्य छन्। तर आज तथ्य तस्बिर समाचार त्योभन्दा टाढा छ।

नेपाली छापामाध्यमको अर्को कमजोरी भनेको प्रथम पृष्ठको पहिलो प्राथमिक तस्बिर सही छनौटमा पर्न नसक्नु हो। त्यसो हुनुको कारण कुनै पनि व्यासायीक प्रकाशन गृहहरुमा फोटो सम्पादक नहुनु नै प्रमुख कारण हो। लेखन सम्पादकहरुमा भिजुअल चेत नहुनु, लेखन रिपोर्टिङ र भिजुल रिपोर्टिङलाई अलग गरिदिनाले पनि ठूलो समस्या देखा परेको छ।

स्मरणीय छ, दक्षिण एसिया फोटोग्राफी इन्स्टिच्युट पाठशाला, बंगलादेशका निर्देशक सहिदुल आलमको एक खोजअनुसार पाठकहरुको ध्यान लगभग सतप्रतिशत पहिलो तस्बिरले सजिलै खिच्छ। त्यति सजिलोसँग त जतिसुकै आकर्षक समाचार शीर्षकले पनि सक्दैन। 'तस्बिर हेरिन्छ', आलम भन्छन्, 'किनभने पत्रिका हेर्दा त्यसलाई बेवास्ता गर्नै सकिन्न।'

नेपाली फोटोपत्रकारिताको अर्को समस्या भनेको तस्बिरमा बसेर रिभ्यु (छलफल ) नगर्नु। हामीसँग सम्बन्धित क्षेत्रका विशेषज्ञ छैनन् भनेर युनिभर्सिटीमा ग्रेस मार्क दिएर पास गरिदिएजस्तै प्रकाशन गृहमा पनि त्यो आवश्यकता नै छैन भन्दै त्यसको सिर्जना नगर्नुले पनि हो।

(बज्राचार्य काठमाडौं युनिभर्सिटी र स्कुल अफ क्रिएटिभ कम्युनिकेसन, कुपण्डोलमा फोटोपत्रकारिता अध्यापन गराउँछन्।)

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink