काठमाडौंमा म कसलाई मतदान गरौं

  • Get News Alerts

मेरो काठमाडौंप्रति ठूलो सपना छ। मसँग ज्यूँदो आशा छ कि ७० वर्षको हुँदा म रङ्गीचङ्गी बंगलामा कैद भएको हुँने छैन, बरू म फलैंचामा बसेर ७२ वर्षको छिमेकी दाजुसँग कुराकानी गर्न सकूँ।

म पाँच वर्षको हुँदा र चालिस वर्षको हुँदा जस्तो ताजा बिहानी हावा मेरो फोक्सोमा भरिन्थ्यो त्यस्तै ताजा हावा भरियोस् भन्ने चाहन्छु। काठमाडौंले मेरा लागि प्रदान गरेको त्यो सुरक्षा, मित्रता र समाज जहाँ मैले जस्तै मेरा बच्चाहरूले पनि बिहान बिहानै दौडँदै गएर पच्चिस पैसा प्रतिगोटा पर्ने  ̒ग्वालामारी ̓ किनेर खाने अवसर पाउन सकून्।

अनि बिना डरत्रास मैले खेल्ने गरेका चोक अनि बहालहरूमा उनीहरूले पनि खेल्न र साइकल सिक्न सकून्। आफूलार्इ आवश्यकता परेको बखतमा मेरा बुबाआमाले जस्तै मैले पनि सहयोगका लागि छिमेकीलार्इ बोलाउन सकूँ। म मेरो काठमाडौं पहिले जस्तै बिहानीको सूर्यमा चम्केको देख्न चाहन्छु।

जहाँ मैले हरेक दिन अग्ला अग्ला पहाडको शक्ति नजिकबाट हेर्न सकूँ, जहाँ म प्रत्येक दिन हिँड्ने बाटाहरू सफा होउन् र मैले श्वास फेर्ने हावा स्वच्छ होस्। त्यसै गरी निष्कलङ्क बागमती र विष्णुमति वेगले बगेको अनुभूति गर्न सकौं, जहाँ मानिसहरू खुशीले आफूलार्इ मन परेको काम गर्न व्यस्त रहुन्, जहाँ मलार्इ चढ्नका लागि ठूलो रातो बस होस् र मेरो नीलो स्कुटरले सेवा निवृत्ति पाओस्।

जहाँ १४ वर्षे किशोर किशोरीले आफ्नो परिवारको सहयोगका लागि काम गर्नुपर्ने बाध्यता नबनोस् । हामी बाँच्नका लागि बाँचौं न कि खान लाउनका लागि। त्यहाँ हामी ती दिनहरूमा फर्कँन सकौं जहाँ कुनै जातियता नहोस् केवल मानवता मात्र होस्। हो, त्यहाँ त्यस्तो समय पनि थियो जहाँ कुनै जातजाति थिएन। जहाँ हामीले हामी भन्दा फरक मान्छेहरूलार्इ स्वीकार गर्न सकौं र जहाँ मानिसहरू आफ्नो आत्मिक स्वयंलार्इ प्राप्त गर्नका लागि आउँन्।

मसँग साँच्चै यस्तो सपना छ जुन जीवन्त छ र जसले मलार्इ घच्घच्याइराखेको छ। यस्तो स्थानको खोजी गर्दै, यसलार्इ यस्तो बनाउनका लागि, नेपाल फर्किंएँ। मैले यहाँबाट टाढा भए पनि प्रत्येक दिन यस्तो सपना देखेँ।

मैले देखेको यो अदृश्य साँचो आगामी चुनावले काठमाडौंको मेयरलार्इ हस्तान्तरण गर्नेछ। अब के गर्ने भन्ने त्रासले म जीवनमा पहिलो पटक डराएको छु। आगामी पाँच वर्षमा काठमाडौंका लागि म कसलार्इ विश्वास गरौं? मैले यी हरफहरू कोर्दै गर्दा यो धुलोमाटोमा मडारिइराखेको छ, सहयोगका लागि रोइराखेको छ, पानीका लागि तिर्खाएको छ र आफू हुँदै गुज्रँनेहरूका लागि आफ्नो हरियालीपूर्ण सुन्दरता र दया देखाउनका लागि यो आतूर छ। यहाँ कोही छ जसले मेरो काठमाडौंको यो आर्तनादलार्इ सुन्न सकोस्?  

काठमाडौं! आफैं भित्र के छ? अवस्य नै धेरै छ। काठमाडौं मेरो लागि धेरै हो। यसलार्इ राम्रो बनाउन प्रतिज्ञा गर्ने र परिवर्तनका सम्वाहक बन्न खोज्ने मानिसहरूका लागि पनि यही नै सत्य हो, कुनै पनि व्यक्तिका लागि उसको नाम नै सबैथोक हो। काठमाडौंका लागि त्यो अझ बढी हो। तपाईँ आफूलार्इ विवेकशिल वा एमाले, काँग्रेस, माओवादी, साझा, हाम्रो यो वा त्यो अन्य दर्जनौं नामले पुकार्नुहोस्, के तपाईँको काठमाडौं वास्तवमै मेरो भन्दा फरक छ? तिनीहरू भन्छन् कि युवाहरू तेज, लचिलो र दिन चाहने हुन्छन्। तर नेपालका नयाँ राजनीतिक पार्टीहरूलार्इ के भएको छ, मलार्इ थाहा छैन । कुनै पनि नयाँ राजनीतिक पार्टीसँग जित्नका लागि चाहिने कोष, युवाहरूको सहयोग, अनुभव जस्ता सबै कुराहरू पर्याप्त छैनन्। के हामी सबै मिलेर एउटा समूह बनाउन सक्तैनौं जहाँ हामीसँग पर्याप्त कोष, कार्यान्वयन गर्न सक्ने युवाशक्ति र बौद्धिक वार्ताकारले भरिपूर्ण रहुन् अनि त्यहाँ उत्कृष्ठताका लागि फरक हुन सक्छ।

लाग्छ कि यहाँ धेरै सपनावाजहरू भ्रममा छन् । हामीलार्इ थाहा छैन कसलार्इ भोट दिऔं, किनकि सबैले एउटै परिवर्तनका लागि  प्रतिज्ञा गरेका छन्। जब समर्थन गर्ने समय आउँछ, कसलार्इ समर्थन गर्ने? किनकि हामी सबैसँग एउटा मात्र भोट छ। नयाँ राजनीतिक शक्तिमा नयाँ जोश, शक्ति र युवाको आशा चाहिन्छ; पाठ सिकेको, असफलताका मार्गहरू र अनुभवीहरूका विवेकहरू;  व्यक्तिले नेतृत्व गरेको भन्दा पनि भिजनले नेतृत्व गरेको समूह चाहिन्छ। नयाँ राजनीतिक शक्तिहरूको एकताले एउटा उदाहरण प्रस्तुत गर्छ जहाँ समूहमा देखिन नचाहने व्यक्तिहरू पनि राजनीतिक अभियानका लागि बाहिर निस्कने र जित्नका लागि भोट माग्ने खुराक प्राप्त गर्नेछन्। शायद, त्यसपछि मात्र मैले देखेको सपनाको शहरमा म आनन्दसँग निदाउन सक्नेछु ।

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट