फेसबुकमा मात्र हैन, आमालाई मनमा पनि सजाउने कि?

  • Get News Alerts

आज वैशाख कृष्ण पक्ष अर्थात् मातातिर्थ औंशी (आमाको मुख हेर्न दिन)। आफूलाई जन्म दिने र यो सृष्टि देखाउने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशिर्वाद लिएर आज मुलुकभर मातातीर्थ औंसी मनाइने प्रचलन छ।

पुरानो धार्मिक किंवदन्ती अनुसार मातातिर्थ औंशीलाई फरक किसिमले ब्याख्या गरिएको छ। जसअनुसार एक दिन कुनै गोठाले गाई चराउन गएका बेला उसले आफूसित भएको रोटी पोखरीको किनारामा बसेर खान खोज्छ, उसले जतिपटक रोटी निकालेर खान खाजेपनि उसका सबै रोटीहरु तलाउमा झर्छन्।

यसरी उसको सबै रोटी सकिन्छ। अन्ततः उ पोखरीमा हाम फाल्ने निर्णय गर्छ र पोखरीमा हाम फालेर हेर्दा उसकी स्वर्गवासी आमाले सबै रोटी हातमा लिएको देखेर उ छक्क पर्दै आमालाई आफंैसित घर हिँड्न अनुनय बिनय गर्छ। तर आमा कुनै पनि हालतमा घर नजाने र उ पनि आमालाई नलिईकन घर नजाने अडानमा बस्छ।

यति भइसकेपछि आमा पनि हैरान भएर प्रत्येक वर्ष आजकै दिन आफू यही पोखरीमा आउने र दर्शन दिने बताएपछि गोठालो घर फर्कन्छ। तत्पश्चात गाँउका सबै व्यक्तिहरु प्रत्येक वर्ष त्यही दिन आफ्नी स्वर्गवासी आमाको दर्शन गर्न जान थालेपछि त्यही दिनलाई नै मातातीर्थ औंशी भन्ने गरिएको पाइन्छ।

यो त भयो हिन्दु धर्म र परम्परा अनुसारको पुरानो कुरो। हामीले एकपटक बिगतलाई बिर्सेर बर्तमानलाई हेरौैं। हामीले अहिले आमा औंशी कसरी मनाउने गरेका छौं? समयको परिवर्तनसँगै देश परिवर्तन हुन नसकेपनि हामी भने अच्चकाली नै परिवर्तन त भएनौं? एकपल्ट सोचौं त। पछिल्ला पुस्ताले आजका दिन सामाजिक सञ्जाल अझ भनौं फेसबुकका भित्तामा आमाको फोटो सजाएर मनाउँछौं।

यसको अर्थ यो नमानौं कि आमाको फोटो फेसबुकमा राख्न पनि नपाउने? पक्कै पनि पाउने। तर आफूले आमालाई कतिको माया गर्छु, बिरामी पर्दा कतिको हेरचाह गर्छु, बृद्ध अवस्थामा कतिको माया र स्नेह गरेँ, आमालाई मिठो मसिनो खान दिएँ कि दिईन लगायतका कुराहरु ख्याल गरेका छौं? एकपटक स्मरण गरौं, हामीमध्ये कतिले फेसबुकमा धेरै खाले ‘क्याप्सन’ सहित तस्बिर राखेका आमाहरु कति बृद्धाश्रममा होलान्, कति खान नपाएर रत्नपार्कमा हात फैलाउन बाध्य होलान्, कति उपचार खर्च नभएर अस्पतालमा जीवन र मृत्युको दोँसाधमा लडिरहेका होलान्।

यसो भन्दै गर्दा मेरो आमालाई मैले त्यसो गरेको छैन भन्दै नभनौं। यदि हामी र हाम्रो समाजले यसो नगरेको हुन्थ्यो भने हरदिन रत्नपार्कका पुलमा पैसा मागेर एक छाक खान बाध्य बनाउने पनि हामी नै हौं। बृद्ध अवस्थामा जसबेला हेरचहाको आवश्यकता पर्छ, त्यसबेला बृद्धाश्रम खचाखच हुने गरी आमाहरुलाई छाड्ने र घरमा ऐस आरामका साथ जिउने पनि हामी नै हौं। अस्पतालमा जाबो एक टुक्रा सिटामोल खाने रकम नपाएर छटपटाईरहेका बेला पाँच तारे होटलमा बसेर पार्टी गर्ने पनि हामी नै हौं। र, बाचुन्जेल आमालाई सक्दो अपहेलना गर्ने र निधन पश्चात दुःख देखाउँदै १३ दिन काजकिरीया गर्ने पनि हामी मध्यकै छोरा वा छोरी हौं। आमा औशींका दिन २ वटा मिठाइ दिएर मुख मिठाइदिने र अन्य दिन एक छाक खान दिन समेत कन्जुस्याँइ गर्नुभन्दा बरु सधै‌ं एक छाक दिएर, आमाको मुख हेर्ने दिन मिठाइ नदिएपनि फरक पर्दैन।

यसरी कडा शब्दमा आमाप्रति हामीले गरिरहेका ब्यबहारबारे चर्चा गर्दा हावादारी कुरो लाग्न सक्छ। तर एकपल्ट राम्रोसँग मनन गरेर सोचौं त के हामीले यसो गरेका छैनौं? काठमाडौं लगायत प्रमुख शहरका गल्ली गल्लीमा हेरौं त दिनरात हजारौं आमालाई हात थाप्न बाध्य कसले बनायो? हामीले लत्याएका होइनौं भने यी आमाहरु आखिर कहाँबाट आए? कसले बाध्य बनायो? अस्पतालमा हेरचाह नगरी जिउँदै मर्न बाध्य कसले बनायो? बृद्धाश्रममा रुदैं बस्ने आमाहरु कहाँबाट आए? यो प्रश्नको जवाफ कुन छोराहरुसँग छ?

अझ कोही आजका दिन केही छोराछोरी आफूले बृद्धाआश्रममा लगरे छाडेकी आमालाई मिठो कुरा लिएर भेट्न जाने पनि परम्परा नै बनेको छ। आफ्नी आमालाई सहयोग र आश्रय चाहिएकोबेला जिम्मेवारी बहन नगर्ने र, फेसबुकमै फोटो राख्न भएपनि आमाप्रति माया देखाउने प्रवृत्ति कति जायज छ?

भनिन्छ, ‘आमालाई बिर्सेर ईश्वरलाई सम्झन सकिन्न’, नौ महिना आफ्नो कोखमा पालेर प्रसव पीडा भोगेर सन्तानलाई संसार देखाउँछिन् आमाले। आमाको दूधको भारा कहिल्यै उठाउन सकिन्न भन्ने उखान नेपाली समाजमा प्रचलनमै छ। तर हालको समाजमा हेर्ने हो यी सबै उखान र भनाइलाई खिल्ली उडाइरहेको छ।

मातृप्रेमको ऋण तिर्न नसकिएपनि आमाले गरेको मायाको स्मरणका लागि यो पर्व मनाइने गरेको संस्कृतिविद्हरुको भनाई छ।

मलाई लाग्छ, बाचुँन्जेल गरिएको व्यवहार, माया, प्रेम र स्नेहले नै आमालाई भरिपूर्ण हुन्छ। स्वर्गारोहण पश्चात गरिएका सबै क्रियाकलापहरु केबल आफ्नो परापूर्वदेखि चलिआएको चलन र परम्परा मात्र हो जसलाई नर्कान सकिन्न र नर्कानु पनि हुन्न।

औंशीका दिन खाली फेसबुकमा आमाको फोटो राखेर सहानुभूति दर्साउनुभन्दा आफ्नो मन–मुटुमा सजाउने गरौं। आमालाई आमाकै स्थानमा राखेर बाँच्न र जीवन कटाउन दिने हर प्रयास प्रयास गरौं।

आमा औंशीको सन्दर्भमा मेरी स्वर्गीय आमासहित सम्पूर्ण आमाहरु प्रति नमन।

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट