हिउँ पर्‍यो, उठ सन्दकपू! (फोटोफिचर)

  • Get News Alerts

बिहान ४ बजे ब्यूँझिएँ।

खिड्कीबाट बाहिर हेरे। केही देखिएन। टर्च बालेर हेरेँ सेम रिजल्ट। टोइलेट पसेँ। त्यहाँ कुनामा सेतो हिउँजस्तै देखे। रूमबाट सोझै निस्किएर मूलढोका बिस्तारै उघारेँ। मास्तिरबाट खसेको सानु हिउँको ढिस्कनाले चिण्डे तालुलाई फुस्स छोयो। टर्चले बाहिर चारैतिर नियाले। म हेरेको हेर्यै भएँ। एकचोटी आँखा मिचेँ। चाँदीको स्वर्गमा एकदुई पाइला चालेँ। टेक्नु पनि माया लाग्नेखाले!

आत्तुरीमा भित्र पसेँ अनि विनोदलाई उठाएँ। मोरोले पत्याएन कि क्या हो! अल्छी गर्दै उठे। म जुत्ता लगाउन थालेपछि मात्र उसलाई पत्यार भएछ। दुई फोटोग्राफर एउटा क्यामारा। ट्राइपड विनोदलाई हतार लगाउँदा दोकानभित्र नै रहेको अहिले याद भो। एउटा डस्टबिन, केही पेपर न्यापकिनका प्याकेटहरू, हेडलाइट, टर्च बोकेर दुई भाइ निस्कियौं। भर्जिन हिउँ टेकेर पहिले फोटोस्पट छान्यौं। त्यसपछि डस्टबिन हिउँमा गाड्ँयौं र क्यामरा मिलायौं। बिहानको साढे चार भइसकेको थियो। स्लो सटरस्पीडमा टर्च र मोबाइलको फ्लास प्रयोग गर्दै निक्कै कोशिस गर्र्यौं। एकदुइटा गज्जपको रिजल्ट आयो। 
पाँच बजेको पत्तै भएन। हामी हल्ला गर्न थाल्यौं।

'हिउँ पर्यो, उठ सन्दकपू' भन्दै जोडजोडले चिच्याउँदै उफ्रियौं।

आम्मामाम्! एकैछिनमा सन्दकपूमा कुनै उत्सवजस्तै वातावरण भयो। वल्लो छेउदेखि पल्लो छेउ, तल्लो गहिरीबाट माथिल्लो डाँडा, हाम्रो क्यामराको फुर्सद नै थिएन। विदेशी पर्यटकहरू शान्त र आनन्दित देखिँनथे।

ढाकाको एक पर्यटकले 'माइ बेस्ट टाइम एभर इन सेभेरल ट्रेक हियर' भन्दै मेरो हिउँको केश लगाएको नक्सा खिचेर बङ्ग्लादेश पुर्याउने भए। कालेबुङको सेन्ट अगस्टिनका छात्रहरू हिउँमा सुल्सुले खेलेको दृश्य साह्रै मज्जाको थियो। बङ्गाली ठिटाहरू 'सन्दकपू जिन्दावाद जिन्दावाद' भन्दै कुदिरहेका थिए। पारी फालुट जाने बाटो पनि सेताम्मे देखिरहेको थियो। ठिक्क क्षितिजमा कंचनजंघा, मकालु, ल्होत्सो अनि एभरेष्टजस्ता हिमालयका विशाल पर्वतहरूले आकाश र धरतीको समागम दर्शाइरहेका थिए। स्वर्गको अस्तित्व आस्था हो कि भ्रम कसैले किटान गरेर भन्न सक्दैनन्, तर छ नै भनेपनि यहाँको आजको दृश्यभन्दा धेर चाँही पक्कै होइन, यो कुरोमा म विस्वस्त छु। 

घडीले आठ हान्नु आँटेको बेला शेर्पा स्यालेको बहिनी ज्वाईंबाट निम्तो आयो। तातात्तो खाजा खाँदै खबर पायौं- हिउँले गर्दा फालुट जान नसकिने कुरा। छिट्टो भए आधा दिन भए पनि दोकान खोल्ने लोभ जागिहाल्यो मलाई। आखिर फुलटाइम त म व्यापारी नै त हुँ। हामीले गुणको ऋणको बोझलाई धन्यवादी वाक्यहरूले पखालेर अलि हलुङ भएर अन्तिमपल्ट सन्दकपूलाई हेर्यौं अनि ओह्रालो गुर्दुमको बाटो पछ्याउन थाल्यौं। निक्कै तलसम्म हिउँ भेट्यौं।

गुराँसघारी र मालिङ्गोघारी हुँदै लगभग १० बजेतिर गुर्दुम फरेष्टको सिरानमा रोकियौं। तलनेर गुराँस र आरूचाका फूलहरूमा सजिएको हरियो गाउँ। क्या दाम्मी देखिराकोथ्यो। माथि छाडिएको डाँडाहरू हेर्यौं। ती डाँडाहरूमाथि उडिरहेका सेता बादलहरू हेर्यौं। त्यहाँ हामीले याक्सोको लाडिकी सम्झ्यौं। विनोदको क्यारिकेचर अब्बल थियो।

'याक्सो यहाँ भा हान्थ्यो होला,' मैले भनेँ। गाउँ पसेपछि गुराँससित निकै लुट्पुटियौं। गुराँसको फेदमुनि एकअर्काको फोटो खिच्यौं। झर्यौं फेरि रिम्बीक ताकेर। तल सिरीखोलाको साँघुमा आउनेबित्तिकै गाडी पनि भेट्याइहाल्यौं। सञ्चो भो। एकैछिनमा तेर्सै-तेर्सो गुडेर रिम्बीकमा रोकियो त्यो गाडी। ठ्याक्क २४ घण्टामा दोकानको सटर उघारे। म ग्राहकहरू हेर्न थालेँ, विनोद फोटोहरू डाउनलोड गर्न थाले।

दर्जनौंपल्टको ट्रेकहरूमा सबैभन्दा छोटो तर सबैभन्दा मिट्ठो अनुभूति!

(दार्जीलिङ घर भएका विकास आले घुम्न र फोटो खिच्नका सौखिन हुन्। अालेको जहाँ पुगेको हो, त्यहाँको तस्बिरका साथ जनजीवन, वातावरण, संस्कृतिलगायत पक्ष चित्रण गर्दै लेखेको कविताको पुस्तक प्रकाशित छ।)

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट