साथीको नाममा त्यो चिठी

SAMSUNG
  • Get News Alerts

baleno
संस्मरण
tata

सायद त्यो समय हाम्रो गाविसका हुलाक कार्यलयमा पुग्ने ९० प्रतिशत चिठीहरु प्रेम—पत्र हुन्थे। यसको कुनै अनुसन्धानात्मक तथ्य त छैन। तर हाम्रो गाउँमा आउने र गाउँबाट बाहिरिने प्रेमपत्र र अन्य पत्रको अनुपात हेर्दा यस्तै तथ्यको अनुमान गर्न सकिन्थ्यो। यस्तो चिठीको संख्या बढाउनेमा हाम्रो गाउँमा केही ‘चैते प्रेमी’हरु थिए। चैते प्रेमीको विशेषता भनेकै नयाँ–नयाँ मायालुहरुको संख्या थप्दै जानु हुन्थ्यो।

यस्ता प्रेमी वा प्रेमिकाहरुले चिठीमा केवल आफ्नो मायालुलाई मात्र सम्झने व्यहोरा जाहेर गर्थे। अनि, त्यो मायालु भनेको जसलाई चिठी लेखिएको उही मात्रै भएको दलिल पेश गर्थे। तर मैले थाहा पाएसम्म हाम्रा गाउँका चिठी लेख्ने सबै युवायुवतीहरु एकैचोटी दुई–तीनतिर चक्कर चलाइरहेका हुन्थे। प्रेमको सवालमा उनीहरुको कथनी र करनीमा ठूलो खाडल थियो। कति त अर्काेतिरको एउटै गाउँको दुई वा सो भन्दाबढीसँग एकसाथ चक्कर चलाइरहेका हुन्थे। तर यस्तो चोरी पक्राउ नपरोस् भन्नका लागि उनीहरु चलाखी गर्थे। उनीहरु चिठीको खाममा प्रेषकको छद्म नाम उल्लेख गर्थे। भित्र मात्र वास्तविक नाम लेख्ने गर्थे। चैते प्रेमीहरुको यो प्रयास सायद प्रेमको आदर्शवादी र भौतिकवादी परिभाषाको दुवै तराजुमा पर्दैन। किनकि, झुटको खेती गरेर पोखिएका प्रेमिल भावना आदर्श प्रेमको परिधिमा पर्दैन। अर्कातिर भौतिक दुरीमा रहेका यी मायालु जोडीहरुले प्रेमका भौतिक सुखसयल पाइराख्ने सम्भावना पनि विरलै थियो। सायद चिठी लेखिरहनु अनि धेरैतिर चिठी लेख्नु, उनीहरुका लागि त्यो दुर्गम परिवेशमा मन बहलाउने उपाय थियो। साथै चिठी लेख्ने भनेको, केही हदसम्म आफ्नो लेखन कलाको क्षमता प्रदर्शन गर्नु पनि हुन्थ्यो।

मैले पनि करिव १६ वर्षको उमेरमा प्रेमपत्रमार्फत नै त्यो दुर्गम गाउँमा आफ्नो लेखन कलाको क्षमता प्रदर्शन गरेँ। तर त्यो प्रेमपत्र मैले आफ्नै लागि लेखेको भने थिइन। कुनै साथीको लागि लेखेको थिएँ। कुरा ५६ साल, वैशाख अन्तिमतिरको कुरा हो। पाँचथर जिल्लाको एउटा गाउँमा पाहुना गएको थिएँ। मसँग गाउँका अरु पनि पाहुनाको रुपमा त्यहाँ पुगेका थिए। तीमध्ये एउटै गाउँका एक राई साथी थियो। ऊ र म एउटै सालको एकै महिनामा जन्मेका हौं रे। ऊ केवल मभन्दा ६ दिनले कान्छो भन्ने सुनेको थिएँ। हामी त्यहाँ कसैको वर्खान्तमा पाहुना गएका थियौं। अन्य धेरैतिरबाट पाहुना आएका थिए।

लिम्बु संस्कारअनुसार धान नाच नाचियो। धेरै केटीहरुसँग धान नाच्ने नाममा चिनजान गरियो। अनि उट्पट्याङ गफ हानियो। यसरी दुई दिन धान नाच्ने अनि ख्यालठट्टा गर्ने नाममा राई साथीको मन त एउटा युवतीसँग आकृष्ट भएछ। सायद ऊ आफ्नो भावना पोख्ने बााटो खोजिरहेको थियो। यही उपायको खोजीमा तेश्रो दिनको साँझ उसले एउटा प्रस्ताव राख्यो। प्रस्ताव थियो– दुवै मिलेर त्यो गाउँकी दुइटी केटीलाई प्रेमपत्र लेखेर छोड्ने।

‘भानु, ती केटीहरुलाई चिठी लेखौं,’ साथीको विनम्र अनुरोध थियो यो।

‘गाउँ पुगेपछि लेखौंला, यहीँको यही त के लेख्नु, आखिर भेट भइरहेको पनि छ,’ मेरो आसय भेटघाट भएको दिन बढ्दै गएपछि चिठी लेख्दा राम्रो हुन्छ भन्ने थियो।

तर साथीले मानेन। खै किन हो उसमा चिठी लेख्ने रहर विघ्न रुपमा चढेको थियो। उसले मलाई पनि सँगै चिठी लेख्न कर गरिरहेको थियो, जुन मलाई रुचीकर थिएन। उसले आफ्नो लागि मात्र हैन, मेरा निम्ति पनि एउटा केटी हेरिसकेको रहेछ। ऊ दुइटा चिठी लेखेर दुइटी केटीको नाममा छोडेर जाने कुरामा जोड दिइरहेको थियो। उसको अर्काे प्रस्ताव भनेको सल्लाह गरेर चिठी लेख्नु थियो, ताकि दुई जनाको दिमाग लगाएर चिठी जबरदस्त बनाउन सकियोस्। प्रेमका भावना यति सशक्त रुपले कोरिउन्, ताकि उनीहरु त्यसलाई इन्कार नगरुन्। प्रेमका निम्ति साथीको उद्देश्य पवित्र थियो होला तर म उसको प्रस्तावमा सहमत हुन सकिन। उसले कर गर्न पनि छोडेन।

‘म त लेख्दिन, तर तँ लेख्छस् भने म सहयोग गर्छु,’ मैले उसको प्रस्तावबाट उम्किन पासा फ्याँकेँ।

‘हो त भानु, तँ लेख्दिनस् त हाउ?’ ऊ सहमत होलाजस्तो भयो।

‘म त लेख्दिनँ, तर तेरो लागिचाहीँ लेखिदिन सक्छु,’ मैले उसको भावना बुझेर कुरा गरेँ। किनकि लेख्न सक्दैन भन्ने मलाई थाहा थियो।

त्यसपछि कापी र कलमको जोहो भयो। अनि चिठी लेख्न सुरु गरियो। त्यस्ता प्रेमपत्रका एकाध ढाँचा मैले गाउँमा अरुको चिठीमा देखेको थिएँ। त्यो सम्झेँ अनि कापीको बायाँ छेउमा एउटा कोठा बनाएर केही विधि पुरा गरेँ, जहाँ त्यो समयको परिस्थितजन्य बुँदाहरु उल्लेख भएका हुन्थे। ती बुँदाहरु यस्ता हुन्थे।

समय: रातको आठ बजे
स्थान: आफ्नै कोठा
अवस्थाः केवल तपाईंलाई सम्झिरहेको
उद्देश्यः माया, प्रेम, स्नेह पोख्ने

यस्तै–यस्तै कुरा लेखिएका हुन्थे। तर यीमध्ये अलिअलि मात्र साँचा हुन्थे। अधिकांशले बेलुकाको समयमा चिठी लेख्ने भएकाले यति कुराचाहीँ सबैको मिल्थ्यो। स्थानमा आफ्नै कोठा असम्भव प्रायः हुन्थ्यो, किनकि हाम्रोतिरका घरहरुमा सबैलाई पुग्ने छुट्टाछुट्टै कोठा हुँदैन। सिंगो घरमा जतिवटा तला हुन्थ्यो, त्यति नै मात्र कोठा हुन्थे। अक्सर ती घर तीन तलाभन्दा बढिका हुन्थेनन्। साथै, सबै तलामा मान्छे बस्दा पनि बस्दैनन्। तसर्थः यी प्रेमी—प्रेमिकाले चिठीमा व्यक्त गरे जस्तै आ–नै कोठा भएका एकाध हुन्थे होलान्। तर समग्रमा असम्भवप्रायः थियो। उनीहरुको अवस्था र उद्देश्यचाहीँ नेपाल सरकारले आर्थिक वर्षमा अघि सारेका नीति तथा कार्यक्रम जस्तै हुन्थे, जो थोरै मात्रामा दत्तचित्त भएर व्यवहारमा उतारिन्थ्यो।

खैर, यहीँ मैले साथीको लागि चिठी लेखे। बायाँतिर ढल्काएर लेखिएका अक्षरले कापीको तीन पृष्ठ भरिए। पहिलो पृष्ठमा चिठी लेखेर प्रेमका ईजहार गर्ने दुस्प्रयास गरेको माफी चाहेको उल्लेख गरेँ। साथै उनको रुप, रङका फिदा भएर आफ्नो भावना अभिव्यक्त नगरी बस्न नसक्ने बताएँ। त्यसपछि उसको रुपरङमा केही शब्दहरु लेखिदिएँ। प्रशंसाका निम्ति लेखिएका लाइनहरु मौलिक भने थिएनन्।

पहाड फर्कनुअघि इटहरी पढ्दा हिन्दी फिल्महरु हेरेको थिएँ। ती फिल्ममा यदाकदा हिरोले हिरोइनको रुपको प्रशंसा ‘उसकी काली काली आँखेँ, गुलाबी ओठ’ जस्ता शब्दहरु सुनेको थिएँ। तिनै संवादहरु सम्झेँ, अनि नेपालीकरण गरेर लेखिदिएँ।

साथीको लागि त्यो नै गतिलो लेखाई भइदियो। त्यसपछि चिठीलाई पट्याइयो। त्यो चिठी साथीले बढो सुरक्षित ढंगले आफ्नो वालेटमा राख्यो। भोलिपल्ट हामी गाउँ फर्कियौं। तर गाउँ फर्किनुअघि नै उसले त्यो चिठी सम्बन्धित केटीकोमा पुग्ने व्यवस्था गरेको थियो।

यो अनौठो संयोग थियो, हामी दुवै मित्रका लागि। मैले पहिलोपल्ट प्रेमपत्र लेखेँ तर आफ्नो लागि नभएर साथीका लागि। मेरो साथीले पनि कसैलाई पहिलोपल्ट प्रेमपत्र लेख्यो, तर आफ्नै हातले हैन, मेरो सहायताले। यसको दुई महिनापछि प्रसन्न चित्तमा ऊ मलाई भेट्न आयो। प्रायः हाम्रा भेट गाउँमा दिनका दिन हुन्थ्यो। तर त्यो दिन खास सुचना दिन आएको थियो ।

‘ओउ भानु, चिठीको रिप्लाई आयो नि हाउ,’ ऊ आफ्नो प्रेम प्रस्ताव स्वीकार्य भएको खुसीमा थियो।

‘साँच्ची हो, अनि के लेखेको छ त रिप्लाइमा?’ मैले सोधेँ।

‘कस्तो राम्रो लेखेको छ नि हाउ, जति पढ्यो उति पढुँ लाग्छ, मैले त हिजो बेलुकै तीनपल्ट पढिसकेँ,’ यसो भनिरहँदा सायद उसलाई पुरै शरीरमा काउकुती लागिरहेको थियो होला।

‘खै लेन त, म पनि हेर्छु,’ मैले भनेँ।

तर उसले मलाई चिठी देखाउन इन्कार ग¥यो। मैले उसले भनेको कुराले चिठी हेर्ने हुटहुटी बढेको थियो। त्यसैले मैले विभिन्न तर्क गरेर चिठी देखाउन अनुरोध गरेँ। तर, उसले दुई जनाको निजी भावनाको अभिव्यक्ति भएकाले मलाई कुनै हालतमा नदेखाउने जिद्दी ग¥यो।

अब म छक्क परेँ। अघिल्लोपटक सबै कुरा मैले लेख्दा निजी कुरा केही थिएन। तर एउटी केटीले जवाफ पठाउँदैमा निजी भयो? म सोचेर छक्क परेँ। तर चिठी हेर्नलाई फेरि अन्तिम अस्त्र फ्यालेँ।

‘हेर कान्छा, यसको जवाफ पनि उस्तै खत्रा लेख्नुपर्छ,’ ऊ घरको कान्छा छोरा भएकोले म कहिलेकाहीँ कान्छा भनेर सम्बोधन गर्थें, ‘म खत्रा जवाफ लेखिदिन्छु, तर त्यसका लागि के रिप्लाई गर्ने भनेर त्यो चिठी हेर्नुपर्छ।’

‘हैन, अब जवाफ पनि म आफैं लेख्छु,’ उसले जवाफ दियो।

उसको यो जवाफले कुनै पनि हालतमा चिठी हेर्न नपाइने निर्णयमा पुगेँ। केही समयपछि उसले आफुले त्यो चिठीको जवाफ पठाएको बतायो।

म एक दिन निरुद्देश्य साथी भेट्न उसको घर गएको थिएँ। घरको आँगनमा आमालाई देखेपछि उसको बारेमा सोधेँ। आमाले घरदेखि पुर्वपट्टिका धारामा गएको बताइन्। म त्यतैतिर लागे। मैले टाढैबाट देखेँ। ऊ धारानजिकै कम्मर माथिको सबै कपडा खोलेर टाउकोमा साबुन दलिरहेको थियो। म नजिकै पुगेर उसलाई बोलाउन लागेको थिएँ। त्यही बेला धारामाथिको ढुंगामा उसको वालेट देखेँ। उसले अस्ति पाँचथरको गाउँबाट आएको चिठी त्यही वालेटमा राखेको छ भन्ने मलाई थाहा थियो। त्यसपछि मैले उसलाई बोलाइन। चुपचाप गएर उसको वालेट उठाएँ। तर, उसले देखिहाल्यो। उसले मैले वालेट उठाउनुको आशय थाहा नपाउने कुरै थिएन। म वालेट बोकेर दौडिएँ। उसले टाउकोमा लगाएको सावुन नपखाली मलाई लखेट्न थाल्यो। उसले मर्छु, बाँच्छु नभनी लखेट्यो र मलाई भेट्टाई छाड्यो। मबाट वालेट फिर्ता लगेर गयो। अनि वालेट पेन्टको गोजीमा राखेरै नुहाउन थाल्यो। त्यो चिठी हेर्ने मेरो दोश्रो प्रयास पनि सफल भएन।

त्यसको दुई सातापछि अनौठो संयोग जु¥यो। म साँझतिर उसको घर गएको थिएँ। यो सामान्य भेटघाट मात्र थियो। किनकि हामी दुवै एक अर्काेको घर आउने जाने गरिरहन्थ्यौं।

‘आज यतै बसुम् हाउ, मैले ब्याट्री ल्याको छु। गीत सुन्नु पर्छ।’ उसले घर फर्किने बेलामा प्रस्ताव राख्यो।

उसको प्रस्तावको आशय क्यासेट प्लेयरमा गीत सुनौं भन्ने थियो। क्यासेट प्लेयर चलाउन ब्याट्री चाहिन्थ्यो, बिजुली नभएको कारण। आवश्यक ब्याट्री उसले किनेर ल्याएको रहेछ। साँझ खाना खायौं अनि पालीमा सुत्न गयौं। जहाँ ऊ र ममात्र थियौं। गीत सुन्दासुन्दै ऊ निदायो। ऊ निदाएको फाइदा उठाएर त्यो चिठी हेर्ने सोच एक्कासी पलायो। मैले उसको खोजी छामे। पछाडिको खोजीमा उसले वालेट राखेको थियो। ऊ कोल्टे परेर सुतेकोले वालेट झिक्ने खासै गाह्रो भएन। अर्काको चिठी हेर्ने मेरो प्रयास पुर्णतया सफल हुन गएको थियो।

मैले बत्ती अझ छेउमा तानेर चिठी खोलेँ। तर उसले बयान गरेको जस्तो घच्चीको कुरा केही थिएन चिठीमा। पहिलो पृष्ठमा उही ढाँचाका कुरा थिए। पहिले हामीले लेखेको चिठीमा जस्तै, समय, अवस्था र स्थानका कुरा। अनि आफुले प्रेमप्रस्ताव स्वीकारेको बताएकी थिइन्। सायद, यही कुराले साथीलाई छोएको थियो। त्यसपछिका दुइवटा पृष्ठमा केही सायरीहरु थिए। कुनै दमदार सायरी भने थिएनन्। ती सायरीका भावमा एक रुपता पनि थिए। खुसी र वियोगको सायरीहरु एकै ठाउँ थिए। सायद जे जे जानेकी थिई, त्यहि त्यही लेखेकी हुनुपर्छ। त्यो चिठी सामान्य भन्दा पनि सामान्य लाग्यो। जसमा हेर्नै पर्ने केही थियो जस्तो लागेन। अनि चिठी पट्याएर उसको वालेटमा राखे र त्यो वालेट पहिलेझैं उसको खोजीमा राखिदिएँ। क्यासेट प्लेयरमा शम्भु राईको गीत बजिरहेको थियो, ‘फूल फुल्यो गाउँबेसी छैन बासना, नबोलेपनि हजुर हाँसी राखना...’

त्यसपछि उसको दोश्रो चिठीको जवाफ आइनपुग्दै म गाउँ छोडेर सदरमुकाम झरेँ। बेला बेला गाउँ जाँदा साथीहरुसँग भेट हुन्थ्यो। तर, मैले अरुबाट थाहा पाएअनुसार पाँचथरे केटीसँग उसको प्रेमसम्बन्ध टुट्यो तर, ऊ कुनै वियोगको पीडामा थिएन। सम्बन्ध टुटेपनि चिठी लेख्ने काममा ऊ अभ्यस्त भएर एकसाथ धेरैतिरका मायालुहरुलाई चिठी लेखिरहेको थियो।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink