सामुदायिक विकासको सपना

SAMSUNG
  • Get News Alerts

baleno
tata

तपाईँ के भन्नु हुन्छ, मलाई भने एउटा प्रश्नले हिजो आज सधै झक्झक्याउँछ? एउटा विकासे कार्यकर्ताले कुरा उप्काउदै भने, यो आयआर्जनका नाममा दश बीस वटा कुखुराका चल्ला, एक दुई हजारका बाख्रा, केही तरकारीको बिउ अनि ४ हाते प्लास्टिक बाड्ने र यी क्रियाकलाप गर्न गाँउलेलाई थाहै छैन भन्दै कहिल्लै खेतबारी तथा गोठ नटेकेका तालिमेबाट सिक्न उर्दि गर्दै, त्यस्तो विकासको काम भए नभएको जाच्न करोड पर्ने गाडी चढेर गाँउ पुग्ने विकासे हाकिमहरू, यस्तो विकास बाड्ने कार्यकर्ता र तालिमेका बारेमा गाउँलेले मनमा कस्तो चित्र बनाएका होलान्? यो मेरो लागि अपेक्षा गरे भन्दा भिन्न तरिकाले सोधिएको तर मैले बेला बेला उठाउने प्रश्न हो। 

यो कुरा सुनेर, लामो समयसम्म विकासे भनेर गाउँघरमा पहिचान बनाएका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाहरु अब बिस्तारै गाउँलेका लागि सहयोगि कम र बोझिला बढी बन्दै गएका रहेछन भन्ने थाहा पाउन मलाई कुनै कठिनाई भएन। गाउँघरमा भए गरेका अधिकांश सामुदायिक तथा जिविकोपार्जनका काम सन्तोसजनक मात्र होइन, बयान गर्न लाजमर्दा समेत रहेका छन्।

गाँउलेलाई नजान्ने ठानेर सिकाउन गएका विकासेले गरेका काम देखेर गाँउलेहरुनै उल्टै गिज्याउँदैछन्। एउटा दलित बस्तीमा समुदायको आयआर्जनका लागि भन्दै बाडेका २० बटा कुखुरा मध्ये नौ वटा मरिसकेको गुनासो सुनाउँन नपाउदै सोही गाउँका सामाजिक परिचालकले कडै शव्दमा हकारे ‘तँपाईले कुखुरालाई घाममा राख्नु भएन होला यस्तो जाडोमा अनि हामीले दिएको औषधी खुवाउन बिर्सनु पो भयो कि? नजिकै रहेको सड्दै गरेको काठ र अलि पर बज्र परेको सिमेन्टको कथा अझ बेग्लै थियो।

भएछ के भने भूमीहिन दलितलाई सामुहिक कुखुरापालनका लागि खोर बनाउने भन्दै ल्याएको सिमेन्ट र काठ त खोर बनाउने ठाँउ नभएर कुहिएको रहेछ। यो त एउटा सामान्य उदाहरण मात्र हो ।

गाँउघरमा देखिने यस्ता विकासका दृष्य बयान गरेर साध्य छैन। पानी नआउने धाराका टुटी र खुल्ला दिसामुक्त क्षेत्र भनि टाँसिएका र्बोड नेरै दिसा भएको देखाउँदै, ‘पहिला पहिला जात्रा हेर्न हाँडीगाँउ जाने भन्थे अब त्यता हैन यतै आए हुन्छ है’ भन्दै एक जना गाँउले दाईले ब्यंग्य गरेको अहिले भरखर जस्तै लाग्छ। लक्षित समुदायमा कमै पुग्ने सरकारी सेवा सुविधाका बारेमा काठमाडौंमा चर्कै चर्चा गरिन्छ। तर गाँउमा बरू त्यति असन्तुष्टि सुनिएन यिनका बारेमा जति बिकास बाढ्न पुगेका संघसंस्थाहरुको बारेमा सुनियो।

हुनत यसलाई केही नगर्ने भन्दा, गर्ने नै बढी विवादमा हुन्छन् भन्न पनि सकिएला तर कुरा त्यति भनेर मात्र अब ढाट्न र टार्न हुँदैन। सामुदायिक विकास तथा जिविकोपार्जनका नाममा संघसंस्थाहरुले कहिलेसम्म कनिका छर्ने हो? अब यस्को जवाफ नदिई धरै छैन।

नेपालमा च्याउसरी उम्रिएर बहुदलसँगै मौलाएका विकासे संघसंस्थाहरू, ‘पेशेवर राजनीतिमा लाग्न तथा राजनीतिको नशाबाट भाग्न’ नसकेका पढेलेखेका बेरोजगार जमातले नेतृत्व गरेका थिए भने केहीपछि यसमा विकासको नशा बाडेर पैसा कमाउने दलाल समेत मिसिए। पछिलो चरणमा सरकारले निजिक्षेत्रलाई विकास कार्यान्वयनमा साझेदार बनाउन थालेसँगै यो केही विकासे ठेकेदारका लागि पैसा कमाउने उद्योगको रूपमा समेत विकशित हुँदै गयो। यस अवधिमा यो उद्योगमा पर्दा पछाडि व्यापारी, उच्च पदस्थ कर्मचारी तथा राजनीतिका हस्ती समेत सामेल भए।

गाँउघरमा नमुना तथा उदाहरणीय काम गरेर देखाउने, सिक्ने सिकाउने र फैलाउने कवोल गरेर भित्रिएका धेरै जसो संघसंस्थाहरुले समुदायलाई चाहिनेभन्दा आफूलाई मन लागेको विकास बाढ्ने गरेका छन्। यस्तो हुनुमा ‘धेरै जान्ने दाताका सबैकुरा जान्ने परामर्शदाता’ भएको स्थानीय साझेदारका गुनासा छन्। दाताले निर्धारण गरेका प्रतिफल शृंखलाका सूचक पुरा भएको देखाउन सफलताको कथा बनाउनेमै रमाएको देखियो विकासे संघ संस्थाहरुको ठूलो जमात। तर धेरै जसो यस्ता विकासे गतिबिधिलाई समुदायले अपनत्व नलिदा भने यी बेवारिसे  बनेका प्रसस्तै उदाहरण भेटिन्छन् गाँउघरमा। यसको अर्थ सबै काम बालुवामा पानि हाले सरहका छन भन्ने होईन साथै यसकार्यमा समर्पित सबै कान चिरेका छन् भन्ने पनि होईन होला।

विकासे यात्राको शुरुवातका आआफ्नै विबेचना र विश्लेषण होलान्। सन् १९४९ जनवरी २० का दिन गरेको सम्बोधनमा तत्कालिन अमेरिकी राष्टपति हेरी ट्रयुमनले दोस्रो विश्वयुद्वमा ध्वस्त युरोपको पुननिर्माणको प्रशगमा प्रयोग भएको  विकास शव्द अहिले उन्नति र प्रगतिको प्रयायबाची बनेको छ। देश अनुसारको परिवेशमा यसका उत्पति र उथ्थानका फरक फरक कथा पनि होलान्। नेपालमा भने सामुदायिक विकासमा संघ संस्थाहरुको उपस्थिति कुनै योजनावद्ध सोचबाट विकशित भएको होईन।

शुरुमा परोपकारका लागि खोलिएका यस्ता संस्थाहरु दाताको आगमनको स्वागत गर्दै स्वरोजगारका लागि फेरिने र थपिदै जाने गरेको देखिन्छ। अहिले यस्ता संघसंस्थाहरुको  संख्या साठी हजार नाघेको छ। यी मध्ये धेरैजसो आ आफ्नो क्षमता अनुसार बिभिन्न खाले विकास बाढ्नमै संलग्न छन्।

०३७ सालको जनमत संग्रहमा जिताइएको सुधारिएको पञ्चायतको औचित्य पुष्टी गर्न विकासप्रेमी हुनुपर्ने बाध्यता थियो तत्कालिन साशकहरुलाई । त्यसैले उदारवाद भित्र्याउने नाममा भित्रिए दाता र विदेशी गैरसरकारी संघ संस्थाहरु।

यससँगै विकासको जस आफैं लिने तर अपजस यतै सार्ने रणनीतिसहित भित्रिएका दाताका परियोजना तथा विदेशी गैरसरकारी संघ संस्थाहरुले विकास साझेदारको रुपमा चित्रण गर्ने गरिएका स्थानीय संघसंस्थाहरु अन्जानमै परनिर्भरताका बाहक बन्न पुगे नेपाली समाजका लागि। रहर या बाध्यता जे भने पनि, यही बाटै शुरू भएको हो नेपाली समाजलाई पराधिन र परनिर्भर बनाउने अन्त्यहिन विकासे यात्रा। 

अर्को कुरा, बेला बेलामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा धनी देशले गरिब देशलाई गरिबी निवारण तथा सामुदायिक विकासमा सघाउने वचनवद्धता देखाउने चलन छ। बाहिरबाट हेर्दा समग्र मानव समुदायको उथ्थानका लागि गरिएको सार्थक प्रयत्न जस्तो लाग्ने यो सहायता उनीहरुको आफ्नो व्यापारिक तथा आर्थिक साम्राज्य फैलाउने तथा आफ्नै रोजगारीका अवसर बढाउने निहित उद्येश्यमा केन्द्रित हुन्छ।

अहिले, दिगो विकासको नारामा फैलिएको विकास अभियान अहिले दिगो विकास लक्ष राखेका १७ वटा कार्यक्रममा बाडिएका छन्। १ र २ मा राखिएका गरिबी निवारण र शून्य भोकजस्ता नारालाई आधार बनाएर धनि देशका अन्तर्राष्ट्रिय विभाग, बहुराष्ट्रिय विकास साझेदार र ती देशका गैरसरकारी संघ संस्था र परामर्शदाता कम्पनीहरू आफूखुसी गरिब तथा बिपन्न देश र समुदायका प्रथामिकता तोक्दै विकासका योजना बनाउन सल्वलाउँछन्।

यस्तो योजना बनाउँदा विषयगत तथा भौगोलिक कार्यक्षेत्र बिभाजन समेत गरिसकेका हुन्छन्। बिगत केही दशकदेखि दाताबाट सञ्चालित परियोजना, बिदेशी गैरसरकारी संघ संस्थाहरुका कार्यक्रम र बिषयगत तथा भौगोलिक कार्यक्षेत्र बिभाजनको विश्लेषण गर्ने हो भने उनीहरुले गरेको नवउपनिवेशी भागबन्डा प्रष्ट देखिन्छ ।

पहिले पहिले दाता तथा विदेशी गैरसरकारी संघसंस्थाहरु यस्ता परियोजना आफैं सञ्चालन गर्थे। लामो समयदेखि ‘जताबाट आएको दान उतै फर्काएको’ आरोप खेपेका दाताहरुले सन् २००८ मा भएको पेरिस सम्मेलन पछि दानको सदुपयोग बढाउनका लागि भन्दै स्थानीय साझेदार संस्था मार्फ्त मात्र कार्यक्रम सञ्चालन गर्ने लगाएतका विकास साझेदारी आचारसंहिताको कागजी व्यवस्था गरे।

यो कुरा यीनका गाडी तथा अफिसमा टाँसिएका स्टिकरमा समेत देख्न पाईन्छ। तर व्यवहारमा भने यिनैले चलाउने गरेका छन् विकास परियोजनाहरू। ‘स्थानीय साझेदार त नाम मात्रका हुन हामीले आफै नगर्ने हो भने त यती पनि हुँदैन’ सगर्व प्रस्तूत   हुन्छन् विदेशी गैरसरकारी संघसंस्थाहरुका कारिन्दाहरू।

त्यसैले पनि होला स्थानिय संघसंस्थले आफ्नै गाँउघर र समुदायको विकासमा साझेदार हुँदा पनि यसको जिम्मेवारी बोध गर्ने भन्दा लगाए खटाएको कृयाकलाप गर्ने गरेका छन्। आफूले सञ्चालन गरेका विकासका गतिविधि सन्तोसजनक नभएको थाहै नपाएका भने हैनन् तर रोजगार धान्न देखेको पनि नदेखेझै गर्न लाचार देखिन्छन् स्थानीय कार्यकर्ता।

सरकारी निकाय यस क्षेत्रमा मौलाउँदै गरेको विकृति सच्याउने नीतिगत प्रावधान बनाउने र यसको प्रभावकारी कार्यान्वयनको बाटो पहिल्याउने भन्दा यीनै लाचार स्थानीय संघसंस्थाहरुलाई गलाउने रणनीतिमा मात्र लागेको छ। पार्टीहरुको भागबन्डाबाट नियुक्ति पाएका यसका सञ्चालक सदस्यनै यिनको केरकारमा लागेको देख्दा पुलिसले अपराधीलाई गरेको व्यवहार भन्दा फरक लाग्दैन।

भौतिक पूर्वाधार तथा मानवीय क्षमता बृद्धिमा सबैले उत्तिकै र उस्तै गरी लगानी गर्नुपर्ने उर्दिले केही राम्रा काम गरेका संस्थाहरु मकैसगै घुन पिसिएको अवस्थामा छन्। खासगरी, क्षमता तथा प्रविधि विकास, अनुसन्धान, अधिकारका लागि नीति पैरवीमा लागेका संस्थाहरुले यस्तो झमेला झेल्दै आएका छन्। 

त्यसै गरी गैरसरकारी संघ संस्थाहरुको स्वतन्त्रता तथा हित संरक्षण, मानव अधिकार, सामाजिक न्याय र गरिवमुखि विकासका लागि संर्घष गरिरहेको गैसस महासंघ, यस्ता विकासकार्यका विकृति सच्याउन सार्थक पहल गर्न आँट गर्न सकेको देखिदैन। बिडम्मवना, कसैले यसको कमजोरीका बारेमा प्रश्न उठाउन हुँदैन, खेदो खन्न उद्यत छन यसका संचालकहरू।

यो सबै हेर्दा अब दाताका विकास परियोजना मुख्यत सामुदायिक तथा जिविकोपार्जन, विदेशी तथा स्वदेशी गैरसरकारी संघसंस्थाहरुको यसमा रहेको योगदानको बस्तुनिष्ठ समिक्षा गरि कमि कमजोरि सच्याउन सार्थक पहल गर्ने बेला भएको छ।

यो समिक्षा गर्न समेत दाता नै खोज्न पर्ने बाध्यता बिच, यसको आत्मसमिक्षाको शुरूवात गरेर आफूमाथि उठाईको प्रश्नको सामना गर्न र सच्याउन पहल गरेर उदाहरण प्रस्तुत गर्ने दाता तथा विदेशी गैरसरकारी संघ संस्थाहरुका लागि यो एउटा राम्रो अवसर पनि हो । हेरौ, अरुलाई अर्ति दिनेहरू आफ्नै बारेमा के भन्छन्। 

   लेखक खाध्य तथा दिगो कृषिका अभियानकर्ता हुन्।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink