के पर्यटकका लागि सगरमाथा नै चाहिने होर?

  • Get News Alerts

प्रकृतिले दिल खोलेर दिएकी छिन् नेपाललाई। किन नेपाल आउने भन्ने प्रश्न गर्दा जवाफमा के के भन्ने अलमलमा परिन्छ। अग्लो चुचुरो, आठ हजार मिटर भन्दा अग्ला धेरै हिमालहरू, शान्तिका दूतका जन्मभूमि, गहिरो खोँच आदि इत्यादि लिस्ट लामै हुन्छ।

यसमा रमाइलो कुरो के भने सबैलाई आफ्नो लोकल ठाउँ पारौं भन्ने लाग्छ। तराईबासीका लागि चितवन, लुम्बिनी, हिमाल तिरका लागि सगरमाथा क्षेत्र, पहाडेलाई उपत्यकाहरु जस्ता ठाउँहरु प्रचार गरिनुपर्छ भन्ने ठम्याइ छ। यसको कुरुप अवस्था भनेको जुन उचाइबाट बेरोकटोक मज्जाले हिमाल देखिन्छ, बस्ती देखिन्छ वा जे जे देख्दा मन आनन्दित हुन्छ त्यो सबै देखिँदा पनि भ्यू टावरको निर्माण हुनु हो।

अनि धेरैलाई आफ्नै ठाउँमा हिमाल नि होस्, जंगल नि होस् त्यहाँ जनावरहरु पनि देखियिऊन् भन्ने लाग्छ, जुन धेरै अर्थमा जन्मस्थानको माया हो बास्तविकतामा सम्भव भने छैन।

बाघ हेर्न बर्दिया, हिमाल हेर्न पोखरा, गैंडाका लागि चितवन, पदयात्राका लागि सगरमाथा, अन्नपूर्ण, लाङटाङ क्षेत्र नै बढी चिनिएको छ, यो कुनै प्रचार–प्रसारले वा प्रबर्धनले होइन बरू विशेषत माथि भनिएका स्थानहरुमा ती देख्न सम्भव भएर नै हो। यहाँ समावेशी कुरो गर्दा राम्रो सुनिन्छ तर वास्तवमा प्रकृतिले नै फरक बनाए पछि यसमा वहश गर्नु ब्यर्थ टाउको दुखाउनु मात्र हुन्छ।

सगरमाथाले पाएको लाभलाई सप्तरी र कन्चनजङ्गाको फाइदा अपि शैपालसम्म पुर्‍याउँदा न्याय गरेको ठहर्छ। शिक्षा र स्वास्थ्य जसरी हर घर र टोलसम्म पुर्‍याउन पर्ने विषय पर्यटन होइन पर्यटनको लाभलाई कसरी साझेदारी गर्ने भन्ने विषयमा यो लेख खर्चिन खोजिएको होइन बरू साना कुरामा कसरी बजारिकरण सम्भव होला भनी केही उदाहरणहरु पस्किन लागिएको हो।

पर्यटन बजारमा नेपाललाई चिनाउँदा सुरुमा उल्लेख गरेको जस्तै संसार कै ठूला, अग्ला, गहिरा जस्ता अलौकिक चिजहरु धेरै अर्थमा प्रचार गरिराख्दा सोचनीय विषय भनेको मरूभूमि जस्तो वातावरण भएको दुबइको कृतिम हिउँचिप्ली खेल्ने ठाउँमा हाम्रामा भन्दा कैंयौं गुणा बढी पर्यटक पुग्दारहेछन्। सिंगापुर जस्तो कृतिम गगनचुम्बी घरहरू मात्र भएको देशले नि मनग्य संख्यामा पर्यटक भित्र्याउँदो रहेछ। नेपाल पर्यटन वर्ष २०११ मनाउँदा राखिएको दश लाख पर्यटकको लक्ष्य २०१८ को भ्रमण वर्षमा पनि दोहोर्‍याउँदा हामीले सगरमाथा, बुद्ध, गैंडामाथि नै भार बिसाउने लगभग तय छ। हालका दिनमा सामाजिक सञ्जालमा नेपाल चिनाउने विषय अलि पृथक भएर आएका छन्। कृष्ण मन्दिर छेवैको बारा पसल होनाचा, कीर्तिपुरको थामबहालमा पुरै गाउँ नै मिलेर सञ्चालन गरेको नेवारी रेष्टुरेण्ट लहना जुन आफैमा संग्रहालय जस्तो छ यस्ता ठाउँहरु धेरैको रोजाइमा परेको देखिएको छ ।

साना खुद्रे पसलहरु वा रेष्टुरेण्टमा पाउरोटी खाने झोले पर्यटक मात्र लगेर पर्यटन क्षेत्र उभो लाग्छ त? आजको भोलि प्रतिफल खोज्ने क्षेत्र पर्यटन होइन। पर्यटकलाई सुविधा दिएर फाइदा लिने अवस्थामा हामी नभएका कारण अनुभव बेचेर प्रतिफल बढाउनुपर्ने अवस्था नेपाली पर्यटन उद्योगको छ। त्यसैले दिनहुँ जस्तो हुने जात्रा पर्वहरु, सय भन्दा बढी जातिहरुका धर्म, संस्कृति, संस्कारहरुलाई पर्यटनको भाषामा बेचेर लाभ लिन ढिलो गर्नु हुँदैन।

भूकम्पले धेरै धनजनको क्षति भयो। लगतै मनाइएको गाइजात्राले संसारलाई नै के सन्देश दियो भने मृत आत्मालाई सम्मान गर्दै हामी जिवितहरू यथावत् काममा फर्कियौं। यो सन्देश कुनै प्रचारात्मक नभइ गाइजात्रा सुरु गर्दा कै मूल उद्धेश्य पनि हो साथै सो वर्षमा गाइजात्रा लिएर निस्कनेको संख्या दशकौं कै उच्च पनि थियो। हो यस्ता चाडपर्वले हिमालहरूलाई विश्राम दिदाँ नेपालको छुट्टै पहिचान पनि त स्थापित हुन्छ। उच्च हिमालहरुको रट लगाइ राख्दा त्यही भूभागमा हुने तिजी, यारतुङ जस्ता पर्वहरु अझ बढी पर्यटकहरुका लागि रमाइला हुन सक्छन्। र छन् पनि, प्रत्येक वर्ष तिजीका लागि मात्र आउने पर्यटकको संख्यामा बृद्धिले यसको प्रमाण दिइसकेको छ।

पर्यटकले मुख्यत विचार गर्ने अर्को पाटो भनेको हावापानी हो। नेपाल कुन समयमा आउँदा ठीक होला भन्ने प्रश्न अन्तराष्ट्रिय पर्यटन मेलाहरूमा बारम्बार सोधिइन्छ। फोटोग्राफीमा तपार्इँको रहर छ भने पानी बेस्कन पर्ने समय विचार गर्नुपर्ला नत्र बाह्रै महिना नेपाल भ्रमणका लागि उत्तम छ भन्ने हाम्रो उत्तर हुने गरेको छ।

उदाहरणका लागि माइनस चालिस डिग्रीको चिसोमा कठाँग्रिने रुसीका लागि हप्तामा प्राय सबै दिन नेपाली आकासमा झुल्किने सूर्य र घाम नै प्रमुख आकर्षण हो। संसारको अग्लो चुचुरो भनेर पनि नतानिने सामान्य रुसीलाई मज्जाको घाम नै नेपाल छिचोल्ने कारण हुनसक्छ। विराटनगरको उखरमाउलो गर्मीलाई एक घण्टाको यात्रामा पुगिने भेडेटारको ठन्डीले चिस्याउन सक्छ। अबका दिनमा प्रकृतिका देन घाम, पानी र चिसो नै पर्यटक तान्न काफी हुनेछन् खाँचो छ त केवल सही समयमा सही स्थानमा बजारिकरणको।

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा