ताल्चा तोडेर एयरपोर्टमा गहना चोरिएपछि…

  • Get News Alerts

‘उताबाट गहना राखेर ल्याएको डब्बा यता त खाली पो देखियो। सबै निकालिदिएछन्।’

अष्ट्रेलिया पुगेपछि भाइले टेलिफोनमा सुनाएको यो ब्यथाले हामी सबै पिरोलियौं। जस जसले सुने सबैले फेरि एक राउण्ड नेपाल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘दुरावस्था’लाई लिएर गाली दिन थालेँ।

‘नेपालको एयरपोर्ट भित्र चोरै चोर छन्,’ हिजोआज यस्तो भनाइ सबैले ब्यक्त गर्छन्, मेरो परिवार मात्र के कम होस्? सबैभन्दा ठूलो गल्ती त भाइ कै थियो। उसले सुनका गहना लगेजमा राखेको थियो।

‘लगाएर जाँदा हरेक एयरपोर्टको सेक्युरिटी जाँचमा खोल्दा र फुकाल्दाको झण्झट हुन्छ,’ उसको भनाइ थियो, ‘त्यसैले एकैपटक काठमाडौंमा चेक गरेँ पुग्ने भएकाले लगेजमै डब्बाबन्द गरेर राखेको थिएँ।’

जे सुकै भए पनि यो सरासर गलत काम थियो। बहुमूल्य सामानहरु लगेजमा राख्नै हुँदैन। चोरी त परको कुरा, अमेरिकालगायत कतिपय मुलुकमा त सुरक्षाकै खातिर बन्द लगेजको सुरक्षाकर्मीबाटै ताल्चा तोड्ने काम गरिन्छ। यस्तो अवस्थामा गहनाजस्ता कुरा सकभर लगाएरै वा नभए हाते झोलामै राखेर लग्दा सुरक्षित रहने सम्भावना अत्यधिक रहन्छ।

अब, जे हुनु त भइसक्यो। बरू कसले पो चोरेको होला? के हाम्रो विमानस्थल भित्रको अवस्था यति गए गुज्रेको भइसकेको छ? प्रायः विदेशबाट ओहोर दोहोर गर्नेहरुको धारणा त त्यस्तै नै हुन्छ। यथार्थ चाहिँ के हो त?

मैले यो घटना विमानस्थलका सुरक्षाप्रमुख डिआइजी पंकज श्रेष्ठसमक्ष राखेँ। श्रेष्ठ भर्खरै विमानस्थलमा खटिएर आएकोले त्यहाँका धेरै विषयमा जान्नै बाँकी रहेको बताइरहेका थिए।

‘तैपनि, यसरी यहाँ चोरी भएको रहेछ भने यो मेरो निम्ति पनि महत्वपूर्ण जानकारी हुन्छ,’ श्रेष्ठले भने, ‘आउनुस्, जाँच गरौं।’

यस बीचमा केही मानिसले मलाई विमानस्थल पस्नेबित्तिकै सामान जाँच गरिने एक्सरे मेसिनमा बस्ने प्रहरी र भित्र सामान राख्ने लोडरहरु मिलेका हुन्छन् भनेका थिए। गरगहनाजस्ता महत्वपूर्ण सामग्रीको जानकारी एक्सरे मेसिनबाट पाएपछि लोडरसम्म चुहावट हुने र त्यसैका आधारमा चोरी हुने ती मित्रको दाबी थियो। फेरि यो कुरालाई मैले पत्याउने आधार पनि त थियो। किनभने मेरो भाइका अनुसार ऊ भित्र पस्नेबित्तिकै एक्सरे मेसिनका प्रहरीले उसको ब्याग छेउमा लगेर खोल्न लगाएका थिए। अनि फेरि छेउका अर्का प्रहरीको इशारामा खोल्न नपाउँदै ‘ठीक छ लैजानुस्’ भनिएको थियो। यो घटना शंका जन्माउन पर्याप्त थियो।

मैले भाइका झोला, गहना राखिएको डब्बा, हल्का मोडिएको ताल्चाका फोटाहरू डिआइजी श्रेष्ठलाई पठाइसकेको थिएँ। श्रेष्ठले मलाई विमानस्थलमा जहिले आए पनि छानविन गरिदिने जानकारी दिए। म बिहीबार पुगेँ।

‘ओहो, यता त चीनका रक्षामन्त्रीको स्वागत र सुरक्षाको भीडभाड पो छ। फेरि आजै बेलुकी प्रधानमन्त्री चीन जाने कार्यक्रम छ,’ डिआइजी श्रेष्ठले मलाई भने, ‘तैपनि केहि छैन। आइसक्नुभएको छ। काम गरेरै जानुस्। म सबै बन्दोबस्त मिलाइदिन्छु। तपाइँसँगै बसेर हेर्न चाहिँ आज भ्याइन्न।’

हुनपनि म विमानस्थल पुगेको बेलामा प्रहरी मात्र नभइ सेनाको समेत हाइ एलर्ट थियो। बाक्लो सुरक्षा घेरामा चिनियाँ मन्त्री केही बेरमै ओर्लिँदै थिए।

श्रेष्ठले खटाइदिएका प्रहरीले मलाई सरासर विमानस्थल भित्र लिएर गए। नेपाल भित्रको विमानस्थलमा पनि त्यति व्यवस्थित सिसिटिभी कक्ष छ भन्ने कुरा यत्रोपटक ओहोरदोहोर गर्दा पनि मैले अनुमान गरेको थिइनँ।

बीस वटा भन्दा बढी ठूल्ठूला स्क्रीनहरु मात्र नभइ कतिपय स्क्रीनहरु त एउटैमा चार वटा दृश्य पनि खापिएका हुँदारहेछन्। विमानस्थलका प्रत्येक कुना काप्चामा कहाँ के भइरहेको छ भन्ने कुराको त्यहाँ एक एक प्रत्यक्ष रेकर्ड थियो।

‘कुना कुनामा लुकेका यी सारा क्यामराले तत्कालको दृश्य देखाउने मात्र नभइ हरेक क्षणलाई समयसहित रेकर्डसमेत गरिरहेको हुन्छ,’ त्यहाँ बसेका प्रहरीले सुनाए, ‘जहिले सुकैको रेकर्ड यहाँ बसेर हेर्न सकिन्छ।’

यति भनिसकेपछि ती प्रहरीले मेरो भाइ उडेको विमान, त्यसको मिति र समय सोधे। ठ्याक्कै त्यो समय लग गर्नेबित्तिकै एकै छिनमा हामीबाट विदा भएको भाइको परिवारका विमानस्थल भित्रका गतिविधिहरु देखिन थाले।

पस्नेबित्तिकै प्रहरीले शंका लागेर चेक गर्न खोजेको झोला र उसले गहना राखेको झोला नै फरक रहेछ। अर्थात्, प्रहरीमाथि शंका उब्जाउने गरि भाइले दिएको सूचना नै गलत रहेछ।

त्यसपछि उनीहरुले सामान लिएर विमानको काउन्टरसम्म गएका दृश्यहरु बेग्लाबेग्लै कोणबाट देखिन थाल्यो। प्रत्येक फरक क्यामराले खिचेको दृश्यमा त्यो समय राख्नेबित्तिकै सिनेमा हेरेजस्तै अघि कै दृश्यको निरन्तरता अर्को कोणबाट हुँदोरहेछ।

उनीहरुले सामान विमानको काउन्टरलाई बुझाएपछि चाहिँ अबको दृश्य मेरा भाइको परिवार होइन कि उसले गहना राखेको सुटकेश आकारको ब्यागको थियो। प्रहरीले त्यो ब्यागसँग सँगै मलाई यात्रा गराउन थाले। विमानको काउन्टरकै ठीक पछाडि लोडरहरुको क्षेत्र हुँदोरहेछ। लगेज बोकेको ‘कन्भेयर बेल्ट’ले सामान बगाउँदै ल्याएपछि लोडरहरुले फुत्त फुत्त उचाल्दै ट्रलीमा राख्दा रहेछन्। यसरी जम्मा भएको केही ट्रलीको लश्करलाई एउटा ट्याक्टरले तानेर विमान रोकिने फराकिलो र उज्यालो क्षेत्रमा लैजाँदो रहेछ। म त्यो गहना राखिएको ब्यागको यात्रामा सँगसँगै थिएँ।

त्यो लश्कर लगेर सुरुमा एक ठाउँमा राखियो। पछि विमान अर्कै स्थानमा रोकिने संकेत पाएपछि फेरि गुडाएर अर्को स्थानमा लगियो। त्यो सामान बोकेको ट्रलीका लश्कर रोकेको ठाउँ, हिँडेको बाटो र फेरि रोकिएको अर्को ठाउँका बेग्लाबेग्लै क्यामराबाट खिचिएका दृश्यहरु एकपछि अर्को देखिँदै गयो। त्यसपछि भने विमान आएर खडा भएको लगत्तै सबैभन्दा पहिले यात्रुलाई खाना बोकेको ‘स्काइ सेफ’को ट्रक पुग्यो। त्यसको काम सकिएपछि लगेजका ट्रलीहरु विमानको छेवैमा लगेर अड्याइयो।

अब भने धमाधम सामान बोक्दै विमानभित्र राख्न थालियो। त्यो कालो गुफाजस्तो देखिने विमानको लगेज बोक्ने स्थान भित्रका दृश्य चाहिँ केही देखिन्थेन।

 ‘त्यो एउटा ठाउँ मात्र हो, जहाँ बदमासी हुनसक्छ र हामीले देख्न सक्दैनौं,’ सिसि क्यामरा कक्षका प्रहरीहरु भनिरहेका थिए, ‘तै पनि प्रत्येक विमानमा यसरी सामान राख्नेबेला एकजना प्रहरी खटिएकै हुन्छन्।’

यसरी खटिएका प्रहरीले चाहीँ विमानभित्र सामानको चाङ मिलाएर फर्केका लोडरहरुको सामान्य जाँच गर्ने गर्छन्।

‘ती प्रहरीले कुनै कुनै विमानमा भने सामान्य जाँच गरेरै लोडरलाई छाडिदिन पनि सक्छन्,’ उनीहरुले भने, ‘ठूलो सामान त होइन तर गहनाजस्ता सामानहरु यस्तो अवस्थामा फुत्किन पनि सक्छ।’

तर, यतिकैको भरमा गहना नेपालमै हराएको भन्ने सम्भावना चाहिँ अत्यन्तै थोरै रहने प्रहरीले बताए।

‘नेपालबाट कतै अन्त जाने बेलामा लगेजबाट सामान हराउने अवस्था एकदमै कम छ,’ डिआइजी श्रेष्ठ भनिरहेका थिए, ‘त्यसबाहेक अब त हामीले थप सिसि क्यामरा जडान गरेर अझ निगरानी बढाउन थालेका छौं।’

सिसि क्यामरा कक्षमै कार्यरत प्रहरीहरुले भने हिजोआज मलेसिया, कतार जस्ता मुलुकको ट्रान्जिटबाट भने अत्यधिक मात्रामा लगेजका सामान हराउने काम भइरहेको बताए।

‘ती मुलुकका विमानस्थलमा मजदुरीका निम्ति नेपालबाटै गएका कामदारहरुले सुनाएका आधारमा उता एकदमै धेरै समस्या छ,’ उनीहरुले भने, ‘तर, गाली गर्न सजिलो हुने भएकाले सबैले सजिलै नेपालको विमानस्थललाई बदनाम गरिरहेका हुन्छन्।’

सिसि क्यामरा कक्षमा बसुन्जेल त्यहाँका प्रहरीहरुले मेरो भाइको लगेज ठम्याउनेदेखि लिएर त्यसलाई अनेक कोणबाट हेर्नका निम्ति देखाएको तत्परताले पनि मलाई प्रभाव पारेको थियो। कसैगरि नेपालको विमानस्थलमा चोरीको काम भइरहेको छ भने त्यो पीडितजत्तिकै आफूहरुको पनि सरोकारको विषय रहेको उनीहरु बताइरहेका थिए।

‘को रहेछ र कसले कसरी गर्दा रहेछन् भनेर हामी पनि जान्न इच्छुक हुन्छौं,’ डिआइजी श्रेष्ठ भनिरहेका थिए, ‘तर, म आएदेखि आजसम्म आएका गुनासाहरु सबैको जाँच गर्दा यताको विमानस्थलको कमजोरी भेटेको छैन।’

म प्रहरीहरुको कामबाट सन्तुष्ट भएर फर्कँदै गर्दा उनीहरुले दिएका थप केही जानकारी अरुहरुका निम्ति पनि उपयोगी हुन्छ भन्ने मनमा लागिरह्यो।

जस्तो कि आफूले विमानस्थलमा बुझाएको सामान गन्तब्यमा पुगेपछि सरासर बोकेर बाहिरिनुभन्दा अघि एकपटक त्यसको अवस्था ठीक छ कि छैन भनेर विमानस्थलमै जाँच्नु जरुरी हुन्छ।

‘तपाईँको भाइले सिड्नी विमानस्थलमा उतिबेलै यो गुनासो गर्नुभएको भए आज तपाईँ यसरी व्यक्तिगत हिसाबले यहाँ आइरहनै पर्दैन थियो,’ ती प्रहरीहरुले भनेका थिए, ‘सम्वन्धित विमान कम्पनीले नै ट्रान्जिटदेखि लिएर सबै विमानस्थलमा तपाईँको ब्यागको पूर्ण जाँच गरिदिन्थ्यो।’

उनीहरुका अनुसार विदेसमा पुगेपछि लगेजबाट हराएको सामानको यसैगरि सोधपुछ गर्न सम्वन्धित विमान कम्पनीका मानिसहरू सिसि क्यामरा कक्षमा आइरहने गर्छन्।

ट्रान्जिटका मुलुकहरुमा पनि लगेजलाई एक्सरे मेसिनबाट जाँच गरिने भएकाले त्यहाँभित्र रहेका बहुमूल्य सामानहरुको जानकारी उनीहरुले पनि पाउने र त्यहाँ चोरी हुने घटना नै बढी देखिने गरेको उनीहरु बताइरहेका थिए।

‘त्यसैले आफैंले पूर्व सावधानी अपनाएर यात्रा गर्नु उपयुक्त हुन्छ,’ उनीहरुको निश्कर्ष थियो, ‘लगेजमा बहुमूल्य सामान राख्नु र गन्तब्यमा पुग्नेबित्तिकै त्यस्ता लगेजको विमानस्थलमै चेक जाँच नगर्नु तपाईँको भाइबाटै भएको गल्ती हो।’

सिड्नी विमानस्थलमै यो गुनासो गरिएको भए मेरो भाइलाई उडाउने मलेसिया एयरलाइन्सले नेपाल मात्र होइन मलेसियाकै क्वालालम्पुर विमानस्थलको पनि चेक जाँच मिहिन पाराले गरिदिने थियो। जुन अब हुन सकेन।

मैले उनीहरुको निश्कर्षलाई सहर्ष स्वीकारेँ। र, यस्तो जानकारी हवाइ यात्रा गर्ने आम मानिसका निम्ति पनि उपयोगी हुन्छ भन्ने लागेर शेयर गर्ने निधोमा पुगेँ।

सबैभन्दा बढी त, हाम्रा सरसामानको चोरी हुनबाट सक्दो नियन्त्रण गर्न नेपाल प्रहरीले अपनाएको सावधानीबारे पहिलोपटक यति नजिकबाट जानकारी लिन पाएँ।

नत्र त उही धारणा रहिरहने थियो, ‘नेपालको विमानस्थल खत्तम छ। यहाँ कुनै सुरक्षै छैन...’

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा