लेटर ग्रेडिङ प्रणाली अल्छीलाई ओखती हैन !

  • Get News Alerts

भोलि बिहिबारदेखि एस्.इ.इ. अर्थात् कक्षा १० को माध्यमिक शिक्षा परीक्षा सुरू हुँदैछ। कतिपय विद्यार्थीहरुले लेटर ग्रेडिङद्वारा गरिने मूल्याङ्कन पद्धतिलाई अन्योल र गलत बुझाइले हेरेकाले पढाइप्रतिको नकारात्मक भाव बढाउँदै गएको पाइन्छ। त्यसो त यो मूल्याङ्न प्रणाली गत वर्षबाटै औपचारिक प्रयोगमा आइसकेको हो तथापि धेरै हदमा यो विषयमा अन्योल भएकै बुझ्नमा आएको लाग्छ। यद्यपि शिक्षक, अभिभावक तथा सरोकारवालाले समेत यस विषयमा राम्ररी बुझ्न नसकेको र विद्यार्थीलाई नबुझाइएको कतिपय परिस्थिति नियाल्दै गर्दा अब त परीक्षामा सामेल भए मात्र पनि पास भइहालिन्छ भन्ने सङ्कुचनको सोचले विद्यार्थीमा भ्रम पैदा गरेको बुझिन्छ। फलतः पहिलाको तुलनामा विद्यार्थीहरूको सङ्ख्या मात्र नभइ मनोविज्ञानमा पढाइप्रतिको लगाव ओरालो लागेको गुनासो सुनिन थालेको पाइन्छ। यसको वास्तविकताभित्र नपसी विद्यार्थीले मिहिनेत नगरेमा त्यसको प्रत्यक्ष असर उनीहरुको भोलिको भविष्यमा पर्छ।

तल्लो वा प्राथमिक तहबाट यो लेटर ग्रेडिङलाई अवलम्बन गराउँदै क्रमशः माथितिर लागु गरिएको भए यो अन्योलले डेरा जमाउने थिएन। यसमा कक्षा आठसम्म सुधारात्मक उदारवादी नीतिद्वारा अनुत्तीर्ण भन्ने शब्दको नकारात्मताबाट उम्किन चाहेको कुरा त आइरहेको बुझिन्छ। हाल कक्षा एकदेखि सात कक्षासम्म कायम रहेको निरन्तर मूल्याङ्कन प्रक्रियामा यसै पद्धतिअनुसार ग्रेड कायम गरिने कुरा उल्लेख छ। यद्यपि स्वयम् परीक्षार्थीले नै यो विषयलाई नबुझेका र पास भइहालिन्छ भन्ने बहानामा पढाइमा लापर्वाही गर्नु आफ्नो खुट्टामा आपैmँ बञ्चरो प्रहार गर्नु हो। यो पद्धतिले त अझ बढीे प्रतिस्पर्धात्मक कडाइको वातावरण उत्पन्न गराउँछ। बिना परिश्रम ठूलो आशा राख्ने अल्छीको ओखती हैन– अक्षराङ्कन मूल्याङ्कन पद्धति। ए प्लस ग्रेडका विद्यार्थीसँग इ गे्रडका विद्यार्थीले प्रतिस्पर्धा गर्नु धेरै कठिन कुरा हो। यसमा बौद्धिक चातुर्य र गुणस्तरीय निखारले प्रभाव पार्छ नै।

हुन त खाने मुखलाई जुँगाले छेक्दैन भनेभैmँ पढ्नेका लागि यी कुनै विषयसँग डर हुन्न। यद्यपि तल्लो ग्रेडको विद्यार्थीले राम्रो काम पाउन र माथिल्लो ग्रेडका विद्यार्थीले पढ्ने कलेजहरुमा गएर प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ। उसका लागि बौद्धिक भन्दा बढी सीपमूलक र व्यावहारिक शैक्षिक विकासतिर धकेलिने हुनाले अबको परिस्थितिमा सबै उच्च तहमा उपल्ला ग्रेडवालाहरुले नै डेरा जमाउन पुग्ने सोझो अनुमान लगाउन सकिन्छ। तर यसको सबल मनोविज्ञानमा सबै गुणस्तरीय सक्षमताको सम्मान र अवसर तथा जनशक्ति तयार पार्ने पक्ष पनि जोडिन आउँछ नै। यसर्थ अब त पढाइ र मिहिनेतमा अभैm बढी कम्मर कस्नुपर्ने आवश्यकता छ। प्रतिशतमा पद्धतिमा त कमसेकम एक, दुई प्रतिशतलाई हेरिन्थ्यो; ७९ प्रतिशत भएमा विशिष्ट श्रेणी नजिकै रहेछ भनिन्थ्यो तर अब एक प्रतिशत कम हुँदा पूरै एउटा ग्रेडमा तल झर्नुपर्ने हुनाले यसको व्याख्या वा मान्यता स्तर अनरुप नै हुन्छ।

प्रयोगात्मक अङ्क प्राप्त गर्ने विषयमा समेत एक लिखितमा एक अङ्क घटबढ हुँदा सोही अनुरुप जि. पि. ए. तथा समष्टि ग्रेड तय हुने हुँदा जागरुक हुनु उत्तिकै लाभदायक बन्छ। तसर्थ मान्यता र व्याख्यालाई नियाल्दा लेटर गे्रडिङ प्रणालीमा अभैm कडा र चुनौतिपूर्ण प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। नेपाली र सामाजिकजस्ता विषयमा ९० अङ्क नपुगिकन ए प्लस स्तर सबै विषयमा ल्याउने कुरा गाह्रो हुनाले अब प्रतिशतमा आधारित मूल्याङ्कनजस्तो गणित, विज्ञानजस्ता धेरै अङक ल्याउन सकिने विषयबाट नम्बर तान्नलाई तिनमै मात्र बढी अभ्यास गर्ने नभएर सबै विषयमा उत्तिकै दक्ष बन्नै पर्ने हुन्छ। मेधावी विद्यार्थीका लागि अभैm यो विशाल सङ्ग्रामको सहभागिता पनि हो। यद्यपि कुनै मन पर्ने विषयमा बढी अङ्क आएमा वा विद्यार्थीले चाहेकै विषयमा दक्षता हाँसिल गर्नलाई भने यो अवसर नै बन्ने देखिन्छ। तसर्थ विषयगत क्षमताको न्यायिक मूल्याङ्कनमा, क्षमताअनुसार पेशागत दक्षता अभिवृद्धि गर्न, परीक्षामुखी पढाइको सङ्कुचनलाई चिरेर साङ्केतिक मूल्याङ्कन गर्न यो बढी उपयोगी ठहरिन्छ। सबैका लागि शिक्षा तथा विभिन्न साक्षर अभियानले अपुरो रहेका राँटाहरु मेटाउन पनि सायद यो प्रणाली उत्साहको आधार बन्ला कि !

लेटर गे्रडिङ भन्नाले विद्यार्थीले प्राप्त गरेको अङ्कलाई नखुलाई निश्चित र पूर्वनिर्धारित मानकका आधारमा मान्यता दिएर स्तर छुट्याई व्याख्या गरिने मूल्याङ्कन पद्धतिलाई बुझिन्छ। अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि २०७२ लाई लागु गर्दै राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय तहमा विद्यार्थी उपलब्धी मापन तथा मूल्याङ्कनका लागि यो निर्णय गरेको छ। यसमा परीक्षार्थीको प्राप्ताङ्कको आधारमा गे्रडको व्याख्या लब्धाङ्क पत्रमा गरिएको हुनाले प्राप्ताङ्क प्रतिशतभन्दा स्तरलाई आधार मानिएको हुन्छ।

यद्यपि यो निरन्तर मूल्याङ्न प्रणालीसँग बढी नजिक भएर मापनीय बन्छ। विशेष गरेर फ्रान्स, अस्टे«लिया, इरान, बेल्जियम, भारतजस्ता देशहरुमा यो प्रणाली प्रयोगमा आएको पाइन्छ। यद्यपि हाम्रो देशमा भने लगभग ८० वर्षसम्म प्रयोगमा आएको मूल्याङ्न पद्धतिले अब कोल्टे फेर्न खोजेको भने बुझिन्छ। तर यो आफ्नोपन नभई प्रयोग अनुशरण भैmँ भएको प्रतित हुन्छ। समग्रतः विश्लेषणलाई आँखा लगाउँदा यसमा केही दुर्बल पक्ष रहेता पनि लेटर ग्रेडिङ प्रणाली कमजोरलाई उत्तीर्ण गराउने मूल्याङ्कन पद्धति नभएर अक्षर समूहमा मूल्याङ्कन गर्ने प्रणाली हो। यो पद्धति विद्यार्थी सिकाइ सक्षमता प्रमाणित गर्ने तथा शैक्षिक क्षति न्युनिकरण गरी गुणस्तर प्रबद्र्धन गर्ने उद्देश्यमा आधारित रहेको करासँग एकाकार बनेको ठम्याइ शिक्षाविद्को छ। विद्यार्थी मूल्याङ्कन प्रमाणिकरणमा सान्दर्भिकता, पारदर्शिता, वस्तुनिष्ठता कायम गर्न यो पद्धति केन्द्रित छ।

विगतका केही जानकारीअनुसार छवटा गे्रड निर्धारण गरिएका कुरा आए पनि अहिले नौवटा गे्रड तय गरिएको औपचारिक पक्ष यसमा छ। परीक्षा नियन्त्रण कार्यालयले प्रवेशिका परीक्षालाई सञ्चालन, व्यवस्थापन गर्दा अक्षराङ्कन पद्धतिको प्रयोग गर्ने जानकारी दिएसँगै यस विषयमा चर्चा र जिज्ञासा बढ्न थालेको छ। शिक्षक तालिम कार्यक्रममा समेत यसलाई समेट्ने कुरा शैक्षिक जनशक्ति विकास केन्द्रले राखेको छ पाठ्यक्रम विकास केन्द्रले विद्यार्थी, शिक्षक, विद्यालय र जिल्ला शिक्षा कार्यालयलाई यस विषयमा आवश्यक निर्देशन दिने प्रावधान रहेको भए तापनि अभैm विद्यार्थीहरु र कतिपय अवस्थामा शिक्षक पनि यसमा अनविज्ञ भएको बुझिन्छ।

यसभित्र व्यावहारिक र प्रयोगात्मक अभिलेख, सहकार्यकलापलाई प्रमाणीकरण गरी समावेश गर्ने गरेको बुझिन्छ। नियमित विद्यार्थीको हकमा ७५ प्रतिशत हाजिरी भएमा मात्र परीक्षामा सामेल हुन पाउने व्यवस्था रहेको छ। यद्यपि परीक्षामा सामेल भएको शिक्षार्थीको लब्धाङ्क पत्रमा उत्तीर्ण, अनुत्तीर्ण भनिँदैन र हरेक विषयको प्राप्ताङ्कलाई समेत गे्रडमा निर्धारण गरिनुका साथै समग्र प्राप्ताङ्कका आधारमा ग्रेड निर्धारण गरी व्याख्या गरिन्छ। यस्तो गे्रड विषयगत तथा समग्र दुवैमा गर्ने व्यवस्था रहेको हुन्छ। यसमा सैद्धान्तिक र प्रयोगात्मक खण्ड भएमा अलग–अलग स्तर खुल्ने गरी तोकिएको ग्रेड निर्धारण गर्ने अक्षराङ्कन विधि रहेको हुन्छ।

डि र सोभन्दा तल्लो ग्रेड आएमा सोही वर्षको ग्रेड वृद्धि परीक्षामा सामेल हुन पाउने व्यवस्था छ। यसका लागि माध्यमिक शिक्षा परीक्षा समितिले तय गरेको मिति र समयमा परीक्षा दिनुपर्ने व्यवस्था रहेको छ। तर यदि दुईभन्दा बढी विषयमा डी र सोभन्दा कम गे्रड आएमा विद्यार्थीले आपूmले चाहेका विषयमा आगामी मूल परीक्षामा सहभागी हुन पाइने व्यवस्था रहेको छ। क्षमता प्रमाणिकरण र विद्यार्थी हैसियत अवमूल्यन गर्नका लागि सक्षमतालाई व्याख्या गरिने यो मूल्याङ्कन प्रणालीको अवलम्बन उच्च शिक्षामा समेत लागु गर्ने कि नगर्ने भन्ने कुरामा शिक्षा मन्त्रालयले सोचेको बुझिन्छ। यद्यपि यो पद्धति सबै देशमा प्रभावकारी नभएका उदाहरणलाई नियाल्दा केही समय प्रवेशिका मूल्याङ्कनलाई हेरेर मात्र अघि बढ्ने या नबढ्ने भनी सोच्दा राम्रो हुने हो कि भन्ने प्रतित हुन्छ।

अर्को पक्षमा हेर्दा ए प्लस ग्रेडलाई अति उल्लेख्य ९इगतकतबलमष्लन० भनी सिकाइलाई उत्साहित पारेर व्याख्या गरिने तर इ ग्रेडतिर आइपुग्दासम्ममा अपर्याप्त ९क्ष्लकगााष्अष्० भन्ने व्याख्याको मनोवैज्ञानिक पक्षमा केही हतोत्साहित पार्ने विषय पनि छन् नै। नेपालजस्तो मुलुकका लागि निरक्षरता कम भए पनि सबै साक्षर हुन नसकेकोमा कमजोरी ढाक छोप गर्न खोजिएको भन्ने आरोपहरू सुन्नमा आउँछन्। एस्.एल्.सि.मा अनुत्तीर्ण भई निल लागेर दण्डित भएका विद्यालय र यसको असर प्रत्यक्ष रुपमा अल्छी कर्मचारीमा पर्ने भने देखिन्छ। यसर्थ सबै साक्षर देखाई विदेशी दातृ निकायसँग रुन्चे हाँसो हाँस्ने अवस्था नआउने अनुगमनको नीति र कार्ययोजनाको खाँचो यो पद्धतिसँगै गरिनुपर्ने आवश्यकता रहेको महसुस हुन्छ। शिक्षाको परिमाणात्मक विकासमा केन्द्रिकृत भएर गुणात्मकतामा लात नमारियोस्। अनुगमनका कसिलाई दह्रो नबनाएमा यो चुनौति टाढा छैन।

ग्रेडिङको व्याख्याका पक्षमा घोत्लिँदा यसमा विद्यार्थी मनोविज्ञानलाई ध्यानमा राखेर नकारात्मक व्याख्याका शब्द भन्दा स्तरको व्याख्यामा जोड दिएमा राम्रो होला कि ? समग्रतः ग्रेडिङ प्रणाली सबै देशमा सक्षम नभएका कारण यसलाई देश र परिवेश अनुसार परिवर्तित फाँटमा राखेर नियाल्नु पनि आवश्यक भएको महसुस गर्न सकिन्छ।

यसबाट विगतमा अनुत्तीर्ण भएकै कारण हुने गरेका आत्महत्याजस्ता घटनाको अन्त्य हुने सकारात्मक मनोविज्ञानलाई पनि केलाउन सकिन्छ। अयोग्य र असक्षम कोही हुँदैन भन्ने मनोवैज्ञानिक पाटो अर्को रहेको छ। वस्तुगत मूल्याङ्कनमा शिक्षक र विद्यार्थी सहभागिता हुने हुनाले परीक्षामुखी भन्दा व्यावहारिक सिकाइमा यो प्रभावकारी बन्ने देखिन्छ। यसबाट पास फेलको संस्कारलाई परिवर्तन गर्ने देखिन्छ भने रहरको पढाइप्रति जागरुकता बढ्न सक्छ। तसर्थ यो मूल्याङ्कन पद्धति सिकाइ जागरुकताको आधार हो तर यो अल्छीको ओखती हैन। यो सुधार केन्द्रित नीतिगत शैक्षिक सुधारको अवधारणा हो। यसबाट अनुत्तीर्णको लान्छना लाग्दैन। यसर्थ यो मूल्याङ्कन पद्धति प्रयोगात्मक र वैज्ञानिक बन्दै जानेमा आशा गर्न सकिन्छ।

Email: [email protected]

 

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट