हामी आफैं उखेलिनुपर्ने जरा हौं

  • Get News Alerts

एक दशकको उब्जनी

मैले कतै पढेको छु चिनिया उखान, ‘एक वर्षको लागि सोच्नुहुन्छ भने धान रोप्नूस्। दश वर्षको लागि सोच्नुहुन्छ भने रुख रोप्नुस्। सय वर्षका लागि सोच्नुहुन्छ भने आफ्ना छोराछोरीलाई शिक्षा दिनुस्।’

यो उखानले बुझाउन सक्ने सत्य जे जति भए पनि यतिखेर म दश वर्षको बारेमा सोचेर बडो तरङ्गित छु। आज म दुई पाटामा उभिएर सोचिरहेछु। एक त आफ्नो दश वर्षे स्कुलकाल सम्झनामा दगुरिरहेछ। अर्कोतर्फ, मैले शिक्षण गरेको पनि ठ्याक्कै दश वर्ष भएछ। यसरी मेरो जिन्दगीबाट पुस्तक अलग नभएको यथार्थको धरातलमा टेकेर यो आत्मसमीक्षा गरिरहेछु।

मैले दश–दश वर्ष पढाएँ। साँचो अर्थमा मैले आफैंले पढेँ। यस्तो लाग्छ कि मैले किताब, बालकका अनुहार र आँखा, समुदाय, संसार सबैसबै यही समयावधिमा अध्ययन गर्ने सुअवसर पाएँ। आज लागिरहेछ, मैले यो दश वर्षमा रुख रोप्न सकेँ कि सकिनँ। शिक्षा प्राप्त गर्ने बालअधिकारमा कत्तिको टेवा पु¥याउँन सकेँ!

आजभन्दा करीब ३ वर्षअघि यस्तो लेखेको थिएँ– एक दशकको उब्जनी कस्तो रह्योरु भनेर आफैंलाई प्रश्न गर्न मन लागिरहेछ।

प्रश्न गर्न पाउने अवसर

हामीलाई प्रश्न गर्ने कमै अवसर प्राप्त हुन्छ। केरु भनेर सोधिने प्रश्नका उत्तर जानेर हुर्केका हामी। किनरु भनेर सोध्ने र कसरीरु भनेर स्पष्टीकरण माग्ने संस्कार कमजोर नै छ हाम्रो। विद्यालयमा पनि र घरमा पनि यस्तै सत्य हाम्रो भोगाइ हो। निश्चित कुरा घोक्ने–घोकाउने गरे शिक्षा भइजाने हाम्रो ठम्याइ बनेको छ। जसरी हिजो सिकियो त्यसरी नै आज हामी हाम्रा नयाँ पुस्ताका तेजिला मस्तिष्कलाई सम्झन लगाइरहेछौं। विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म यही परिपाटीले जरा गाडेको छ। यो जरालाई यस्तरी उखेल्नु छ, कहिल्यै पलाउन नसकोस्। तर, हामी आफैं त्यो जरा हौं। आफूले आफैंलाई उखेल्ने दुस्साहस गर्न सजिलो कुरा होइन। हामी सिकाउन चाहन्छौं भने हामीले पनि सिक्न जरुरी हुन्छ। नयाँ कुरा सिक्नका लागि कुनै पुरानो कुराले बाधा खडा गरेको छ भने त्यसलाई बिर्सन आवश्यक हुन्छ। बिर्सन तयार हुनुपर्छ हामी। यो तयारीलाई समय लाग्ने रहेछ। म पनि पाठ्यक्रमको नाम नै नसुन्दै शिक्षण पेशामा आबद्ध भएको मनुवा हुँ। आज धेरै वर्षपछि तयार छु बिर्सन, सिक्न र सिक्ने वातावरण तयार पार्ने अभियानमा सरिक हुन।

प्रश्नबाटै सिकाईका द्वारहरु क्रमशः खुल्दै जान्छन्। यसर्थ प्रश्न गर्ने अवसर सिर्जना गरौं। कक्षामा होस या कक्षाबाहिर, घरमा होस् या घरबाहिर। आफूलाई पनि प्रश्नले घोच्न थालौं। समीक्षा र आलोचनाको तराजुमा उभिन तयार होऔं। बदलिन हामी नै तयार हुनुपर्छ।

मनमा उठेका प्रश्नहरु धेरै छन्। जस्तो कि, ज्ञानलाई किन परीक्षाकै सीमाभित्र राखेर मूल्याङ्कन गर्नेरु ¥याङ्किङ्को अनावश्यक झमेलामा बालकलाई किन मुछेकोरु स्थानीय ज्ञान, सीप र दक्षतालाई किन मूल्य दिन नसकेकोरु किन निश्चित पाठ्यपुस्तकमात्र वर्षभरिको सिकाई उपलब्धिको आधार बनाएकोरु यस्तैयस्तै।

बालबालिकालाई पनि प्रश्न गर्न पाइन्छ भन्ने प्रत्याभूति दिन सकौं।

बालमैत्री विद्यालय कागज र भाषणमा

बिबिसी नेपाली सेवामा बिपना शर्मा नाम गरेकी एउटी १७ वर्षकी किशोरीको अन्तरवार्ता बज्यो। मेरो ध्यान त्यो आवाजतर्फ तानियो। त्यो आवाजमा जुन आत्मविश्वास र आत्मसम्मान थियो त्यसले मलाई गजबले किक दियो। बालमैत्री देश निर्माणको अभियानमा लागेकी बिपनाले प्रत्येक प्रश्नको जवाफ परिपक्व तवरमा दिइन्।

म उनको सपना सुनेर भावुक भएँ। उनलाई प्रत्येक उत्तरमा ए प्लस दिन मन लाग्यो। उनी गर्वसाथ भन्दै थिइन् मैले गुड फस्र्ट डिभिजन ल्याएको थिएँ एस्एल्सीमा। उनले नवलपरासीको सुनवल नगरलाई बालमैत्री नगर घोषणा गराउँन सफलता हासिल गरिन्। ११ वर्षको उमेरदेखि बालक्लब खोलेर उनले यो उदाहरणीय कार्यको अभियानमा लागेको कुरा कत्ति सराहनीय छ। अनुभवले सिकाउँछ भन्ने कुरा मात्र बुझेर शिक्षण सिकाइ गर्न गराउन सके यी बिपनाहरु अझै बलिया हुने थिए। ज्ञान, सीप, दक्षता र समझले। कुनै विषय दिएर प्रधानमन्त्रीलाई पत्र लेख भन्ने प्रश्नको उत्तर लेख्न धौधौ परिरहेको हुन्छ। बिपनाले आफैं पत्र लेखिन्। प्रधानमन्त्रीलाई भेटिन्। बालमैत्री देश निर्माणमा लागिपर्न अनुरोध गरिन्। यो हो नि आँट। यो हो नि आत्मविश्वास। यो हो नि शिक्षा। म अहिले पनि लामो सास तान्दै छु। सम्झेर यो देशका लाखौं बिपनाहरुलाई। कोही स्वप्नदर्शी छन्। कोही सपना नै नदेखी पाका हुन्छन्। कसैको सपना उस्सै तिरोहित हुन्छ।

अवाक् हुन्छु। ओहो भन्छ मनले। कहिले रुन्छु त कहिले रुन नसकेर हाँस्छु पनि। यतिखेर पनि मलाई सजिलो भएको छैन लेख्न।

बालमैत्री विद्यालय अभियानमा लागिरहँदा बालबालिकाको उत्साह र जाँगर देखेर हौसिन्छु। शिक्षकहरुको प्रतिबद्धता पाएपछि त झनै दोब्बर हौसिन्छु। तर बाल दिवसको दिनमा कसम खाने त्यही शिक्षक त्यसको एक महिना नबित्दै भन्छ, ‘रिस नउठ्ने ओखति दिनूस् नत्र सकिँदैन। हेप्नुको नि हद हुन्छ नि। तीन दिन भइसक्यो होमवर्क नगरेको।’ यस्तै यस्तै।

मैलै जीवनमा धेरै बालबालिकाको कान निमोठेँ। कन्सिरीका रौं तानेँ। गालामा चड्कन लगाएँ। पाइपको लौरोले हत्केला बजाएँ। ढाड भाँचिएला जसरी हिर्काएँ। जबजब म बालबालिकालाई निरीह बनाउँदै शासकीय रवाफमा यी कार्य गर्थेँ म स्वयम् बिरामी पर्थेँ। त्यही दिन या भोलिपल्ट सम्बन्धित बालकसित भेटेर सम्बन्ध पुनसर््थापित भएको अनुभूति भएपछि मात्र आफूलाई सजिलो महसुस हुन्थ्यो। सारा तनाव दूर गराउँन सक्ने ताकत भएका सुन्दर मनका धनी बालबालिकालाई हामी तह लगाउन उद्यत छौं कि सद्भाव, सद्विचार र सद्व्यवहार सिकाउँन रु यो प्रश्नको सही उत्तरको पछि लाग्ने हो भने छाड्न सकिन्छ दण्डमय व्यवहार गर्न। हामीले जस्तो व्यवहार ग¥यौं त्यसै प्रकारले हामीलाई फिर्ता हुने न हो व्यवहार।

बालबालिकाको कामको प्रशंसामात्र पनि गर्न हिच्किचाउने हामी कुरा चाहिँ बालमैत्रीकै गर्दारहेछौं। एउटा ठट्टा।

प्रशंसा र सम्मान गरौं

‘आहा, कति राम्रो। तिमीले गरेको काम उल्लेखनीय छ। अझै राम्रो गर्नतिर सोच है। तिमी सक्छौ।’ यसो भन्न हामीलाई किन मुस्किल रु ‘नरेन्द्र कविता लेख्न सक्छ भनेर सरले भन्नुभो’ भनेर साथीले सुनाएको कारण मात्र पनि मन बेहद फुरुङ्ग भएको थियो। हामीलाई मूल्य नलागेका यस्तै कुराहरुले ठूलो अर्थ राख्छ। हाम्रो राष्ट्रिय उद्देश्य नै छ, अन्तरनिहीत प्रतिभाको प्रस्फुटन गराउँने। तर हामी बुझ्दैनबुझेको कुरा घोक्ने र त्यही कुरा पटकपटक दिक्कै लाग्नेगरी लेख्ने काममा मात्र जोताउँछौं सिकारुलाई भने कसरी मर्दैन प्रतिभा रु सट्टामा निराशा, क्रोध, इष्र्या आदिले भरिन सघाउँछौं। अनि त प्रतिभाशालीहरुको दुर्दिन शुरु भइहाल्छ।

जीवनमा उपयोगी ज्ञान, सीप र बानी विकासमा टेवा पु¥याउन सकौं।

स्कूल जीवनका सम्झना

शिक्षकले व्याखा गरेको प्रसङ्ग रोचक र कथात्मक भएको केही याद छन्।

भित्ते पत्रिका सम्पादन र प्रकाशन गरेको, शुक्रबारे कार्यक्रम संयोजन र आयोजन गरेको, खेलकुद, लेखन र अन्य प्रतियोगितामा सहभागी भएको, भ्रमण तथा पिकनिकमा रमाइलो गरेको, गीत गाएको, नाचेको, सचेतना ¥याली आयोजना गरेको, बाल क्लबमा पदाधिकारी भइ बैठक, अन्तरक्रिया र कार्यक्रमहरुको नेतृव्य गरेको, शिक्षकसँग दोहोरो संवाद भएको, सहपाठीलाई सिक्न सघाएको, समुहमा मिलेर खेलेको, वार्षिक कार्यक्रममा भाषण गरेको, शिक्षकलाई काम सघाएको जस्ता कुराहरु अझै पनि मानसपटलमा ताजा बसेका छन्। मलाई लाग्दछ यीनै अनुभवले दिएका कैयन् सीप म आज पनि जीवनमा उपयोग गरिरहेको छु।

जीवनमा उपयोग हुने सीपहरु प्रत्यक्ष सहभागी भएर काम गर्दा हासिल गरिन्छ। म अरुले बनाइदिएको र मानिदिएको कक्षा प्रथम थिएँ। म र मजस्तै साथीले प्राप्त गर्न सकेको अनुभव गर्ने अवसर अन्य धेरै साथीहरुले कहिल्यै पाएनन्। हो ती अन्य वर्गमा परेकालाई अछुतो गराइएको पक्षपातपूर्ण अवसरको सिर्जना अब हरेकको पहुँचमा पुग्ने गरी गर्नु जरुरी छ।

शिक्षक बन्नुपूर्व नै सोचौं।

म कसरी शिक्षक भएँ

आँट (दुस्साहस पनि हो) र आवश्यकताले मलाई शिक्षक बनायो। शिक्षाकर्मी बनायो। एस्एलसी परीक्षा नै नसकिइ आवेदन बोकेर विद्यालय जाने मान्छे हुँ म। परीक्षाफल आएको दिनमा म एक फूर्तिलो शिक्षक भइसकेको थिएँ। मेरो मेमोरीमा जति डाटा थियो त्यति नै फलाक्न सक्ने बाहेक मसँग अरु योजना थिएन। शिक्षणका सवालमा। मैले न तालिम लिएँ न कतै यस बारेमा कुनै तयारी। म जस्तो व्यक्तिलाई मलाई नै जसरी आज पनि शिक्षक बनाइन्छ (भलै पृष्ठकथा फरक होलान्)। जुन सर्वथा गलत हो।

प्रक्रिया पूरा गरेर नियूक्त भएका शिक्षकसँग चाहिँ सैद्धान्तिक ज्ञान छ जुन परीक्षामा सहभागी हुँदा काम लाग्यो। तर बालबालिकाको संसार बिल्कुल गतिशील, चञ्चल र जिज्ञासामय हुन्छ जहाँ कसरी आफ्नो प्रभावकारी भूमिका निर्वाह गर्ने भन्ने सीप चाहिन्छ। नेपालको शिक्षक शिक्षाले त्यो सीप दिन सकेको छैन। त्यसैले शिक्षा विषयमा स्नातक सक्दासम्म पनि आफू शिक्षणसिकाइको कलाका दृष्टिकोणले निरीह साबित भएका कैयन् उदाहरण छन्। प्रयोगात्मक बिधि, प्रदर्शनी बिधि यस्तो हुन्छ भनेर पाठ घोकेर हुँदैन भन्ने कुरा बुझेको तर अभ्यासमा नलगेको सत्यलाई फेर्न ढिला भइसक्यो।

शिक्षक तयार गर्ने हाम्रो शिक्षाको पद्धति फेर्नुपर्छ र शिक्षक को हो भन्ने दायरा फराकिलो पार्नुपर्छ। जस्तो कि एक जना किसान, भरिया दाइ वा कुनै पनि व्यक्तिले विषय विज्ञको भूमिकामा रहन सक्छन्। सहजीकरण र व्यवस्थापन शिक्षकले गर्ने हो। अधिकसे अधिक अभिभावकलाई यस मामलामा सहभागी गराउँन सकिन्छ र सिकाइ अभियानमा थप उर्जा र उपलब्धि हासिल गर्न सकिन्छ।

यसै साल काभ्रेको पाँचखालमा रहेको इन्द्रेणी विद्या मन्दिरका विद्यार्थीहरुले आयोजना गरेको शैक्षिक प्रदर्शनीमा बनाइएका हाइड्रोलिक डोजर, हावाबाट चल्ने गाडी, सोलार कार, एटीएम् मेसिन, रोबोट, डान्सिङ एग, बुलेट ट्रेन, मोटरसाइकल, मोटर बोटजस्ता सिर्जनाका लागि यूट्युबले शिक्षकको भूमिका खेल्यो र शिक्षकहरुले आवश्यक सहजीकरण मात्र गरे। अन्य विषयका प्रस्तुतिहरु पनि बालबालिकाहरुको स्वभाविक मेहनतका फल थिए। यसका लागि यसो गर त्यसो गर वा यसरी गर भनेर सिकाइएको थिएन। निर्माणमा प्रयोग गरिएका सामाग्रीहरु फालिएका चीजहरु नै थिए।

वातावरण सहज बनाउने काम गरिदिए पुग्छ नकि ‘स्पुनफिडिङ’।

सहजकर्ताको भूमिका निर्वाह गर्दैगर्दा

सिक्ने चरणहरु पार गर्दै अघि बढ्दा शिक्षक शिक्षाको सहजीकरण गर्ने कर्ममा छु। अबको लगानी शिक्षक शिक्षामा गर्नुपर्छ। राम्रा शिक्षक (सहजकर्ता) , रमाइलो स्कूल, रुचिपर्ण सिक्ने अवसर अबको अपरिहार्यता हो। शिक्षकले चाहे गर्न सक्छन् भन्ने कैयन् उदाहरणहरु पनि छन्। शिक्षकमा लगानी वालुवामा पानी भएका केही उदाहरण पनि सम्झन्छु। विद्यालयको नेतृत्वले नबुझीकन पनि देखासिकीका लागि वा हामीकहाँ तालिमप्राप्त शिक्षकद्वारा मायालु वातावरणमा सिकाइन्छ भनेर विज्ञापन गर्नका लागि कार्यशालाहरु चलाएर खेर गएको पनि पाइन्छ। यसतर्फ ध्यान जानु जरुरी छ। सरकारी निकायले गरेका लगानीको पनि उचित अनुगमनको खाँचो देखिन्छ।

पूर्वाधारको व्यवस्थापन र सही उपयोग गर्नेतर्फ पनि हामीले विचार गर्नुपर्छ। छैन होइनकि भएका स्रोतसामग्रीको सिर्जनात्मक प्रयोग गर्ने बारे सोच्नुपर्छ।

यस्तो नहोस्

कुनै एउटा विद्यालय।

कक्षा तीनमा पढ्ने एक छात्रको भोलिपल्ट कम्प्युटर विषयको परीक्षा रहेछ।

मः तिमीलाई ल्यापटप थाहा छ रु

ऊः अहँ

मः कम्प्युटर देखेका छौं रु

ऊः अहँ

उक्त विद्यालयमा कम्प्युटर ल्याब पनि छ।

यस्तो होस्

अहँलाई थाहा छ र आउँछ बनाउँनका लागि मैले बेलाबेलाको भेटमा उनलाई ल्यापटप दिएँ।

उसले ल्यापटपलाई रोचक र रहस्यमय पायो।

आज उसलाई ल्यापटप खोल्न आउँछ। बन्द गर्न आउँछ। फाइल खोज्न आउँछ। कम्प्युटर गेम खेल्न आउँछ। पेन्ट गर्न सिक्दैछ।

उसको जाँचमा के सोधियो र उसले के लेख्यो होला!

स्कूल चेञ्जः नो अप्सन

बाबा मलाई यसपालि कुन स्कूलमा भर्ना गर्ने रु मधुरो मुस्कानका साथ छोरीको प्रश्नले मलाई एकाएक अवाक पारिदिन्छ। के जवाफ दिने रु मसँग भनिहाल्ने तयारी उत्तर थिएन।

केही दिन अघि फोनको घण्टी बजेको थियो। फोन रिसिभ गरेँ। उताबाट कोही बोल्यो, सञ्चै हुनुहुन्छ? खाना खानुभयो? के गर्दै हुनुहुन्छ? भुकम्प आयो कि आएन? आफ्नो केयर गर्नूस् है। मैलै प्रश्नहरुको उत्तर दिदैं गर्दा एउटा प्रस्ताव अनायास आएको थियो। बाबा अर्को साल चाहिँ मलाई अर्कै स्कूलमा भर्ना गरिदिनूस् है। १० वर्षकी मेरी छोरीले शैक्षिक सत्रको आधाआधीतिर किन यसो भनिन् भनेर मैले धेरै कुरा तत्क्षण अनुमान लगाएँ। उनी बोल्दै गइन्, हिजो हामीलाई स्कूलमा ...!

अभिभावकसँग उपयुक्त विकल्प छैन। यसर्थ अबको समय भनेको उपयुक्त विकल्पहरु तयार गर्ने हो ताकि एउटा विकल्पले अर्कोलाई पनि बदलिन बाध्य पारोस्। सबै स्कूल राम्रा छन् भन्ने दिन कहिले ल्याउने?

हाम्रो स्कूल कहिले राम्रो स्कूल बनाउने?

प्रतिकृया दिनुहोस

विचार

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

  • सरकारी टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता
  • दुबईमा नेपाली युवतीको हत्या
  • राजपामा चर्को विवाद
  • पारस खड्कासहित दर्जन बढी खेलाडीलाई सशस्त्रले हटायो
  • बूढीगण्डकी चिनियाँ कम्पनी सीजीजीसीलाई
  • पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन
  • यसकारण ओलीको प्रस्तावमा स्थगित भयो बैठक
  • देउवा सरकारमा राप्रपालाई ४ मन्त्रालय
  • प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’
  • राजपा निर्वाचन आयोगमा