साक्षी

  • Get News Alerts

विगत चार–पाँच वर्षमा धेरै पाठकहरुसित संवाद गर्ने मौका मिल्यो। हरेकसित केही न केही कथा हुँदा रहेछन्। कोही भित्र–भित्रै लुकाउँछन्। कोही मसम्म आइपुगेर सुनाउँछु भन्छन्। कत्तिको सुन्ने अवसर मिल्छ। कतिको मिल्दैन। कत्तिको सुनेर तुरुन्तै बिर्सेको पनि छु। कत्तिको बिर्सन खोज्दा–खोज्दै पनि सम्झेको छु। कत्तिको टिपोट गरेर राखेको छु। कत्तिका कथा हिफाजतसँग राख्नलाई आफ्नै मस्तिष्कलाई ‘म्यजियम’ झैँ बनाइदिएको छु।

तिनै कथाहरुमध्ये एउटा कथा–जसको अहिले मेरो म्युजियमबाट झिरेर त्यसको जेरक्स कपी यहाँ दिँदैछु।

उनको कथा यसप्रकार थियोः

प्रेम उसले गरेकी थिई। मेरी साथी सुमीले। म उसले गरेको प्रेमलाई प्रेम गर्थें। मैले सुरुदेखि नै उसको प्रेमको आरोहका लागि राम्रो भूमिका खेलिरहेँ। अन्तिम–अन्तिमसम्म। उसको प्रेमले मेरै अघिल्तिर जन्म लियो, शनैः शनैः त्यसको विकास भयो र मेरै अघिल्तिर अन्तिम श्वास लियो। म अल्पायुमै आत्मदाह गरेको उसको प्रेमको साक्षी भएँ। उसको प्रेमले चढेका धेरै उकालीहरुमा मपनि सँगै चढेँ। उसको प्रेमले झरेका धेरै ओरालीहरुमा मपनि सँगै झरेँ। उसको प्रेमले तरेका खोलाहरुको साक्षी पनि भएँ। कहिल्यै वारि बसेर कैले पारि बसेर। उसको प्रेमले तापेको आगोहरुको पनि म साक्षी भएँ।

हो, म थिएँ साक्षी नै। साक्षी मेरो नाउँ।

उसको पहिलो डेटको दिन थियो। मलाई भनेकी थिई, ‘कस्तो अप्ठ्यारो लागिरहेछ, आजलाई साथ दिन्नस्?’

‘कवाबमा हड्डी हुन्न?’ मैले स्वाभाविक प्रतिक्रिया जाहेर गरेँ।

‘कवाबलाई आपत्ति नभए के फरक पर्छ र?’ मुस्कुराउँदै उसले भनी।

केही आनाकानी अझै गरेँ तर अन्तिममा हारेँ।

म त्यसदिन उसँगै गएँ। हड्डी यताबाट म छँदै थिएँ। एउटा अर्को हड्डी उताबाट पनि आएको थियो। डेट सुमीको थियो। एकान्त उसलाई चाहिएको थियो। हाम्रो साथले भाँजो हालिरहेको प्रष्ट भयो। उनीहरुलाई एकान्त दिलाउँदा, नजानिँदो पाराले हामीमाझ पनि एकान्त मिलिदिएको थियो। मिल्ने भए हामीमाझमा आइलागेको त्यो एकान्त उनीहरुकै भागमा खन्याउँदो हुँ। तर उपाय केही थिएन। जबरजस्ती आइलागेको एकान्तलाई थोरै प्रयोग गर्नुबाहेक। त्यही एकान्तको प्रयोग गर्दै, हरियो चौरमा बस्दै सुरुमा हामीले एक आपसका नाउँ भन्यौँ। थर भन्यौँ। ठाउँ भन्यौँ। रुचिहरु भन्यौँ। र, हामी साथी बन्यौँ।
सुमीले फेरि अर्को दिन उसैगरी मलाई लिएर जान्छु भनी। यसपटक मैले धेरै आनाकानी गरिनँ। उताबाट ऊ पनि आयो। फेरि उसैगरी उनीहरुलाई एकान्त दिलाउँदा केही एकान्त उब्रेर हामीसम्म आइपुग्थ्यो। हामी त्यो एकान्तमा केही भलाकुसारी गथ्र्यौँ। एक आपसलाई चिन्ने गथ्र्यौं। हरियो चौरको त्यो सानो टुक्रोमा बस्दा बस्दै मेरा गाला गुलाबी हुन थालिसकेको पत्तै भएन।

धेरै पटक यसरी म सुमीको पछि लागेर उसको डेटमा गएँ। पछिपछि त बानीजस्तै बस्यो। कुनै दिन सुमीले लगिन भनेचाहिँ बरु नरमाइलो लाग्थ्यो। म सुमीको बाटो हेरिरहन्थेँ। ऊ हिँड्ने बाटोमा मैले मेरो पनि गन्तव्य देख्न थालेको थिएँ। मैले देख्ने सपनामा एउटा ठाउँ उनीहरुले पनि बनाएका थिए। के उसको सपनामा हामी दुईलाई पनि ठाउँ थियो? म सम्झन्थेँ, उनीहरु दुईजना अनि हामी दुईजना टाढा–टाढा घुम्न गएको। दुई जोडी भएर रमाइलो गरेको। जिस्केको। चलेको। अँगालोमा बेरिएको। रोएको। कराएको। यसरी पनि कसैले सपना देख्छ? सपनामा त एकजना मात्र आउनुपर्ने होइन र?

नाउँ बताएर सुरु भएको सम्बन्धमा प्रेम जताउन भने मैले कहिल्यै सकिनँ। सायद मलाई हतार थिएन। जति चिने उति अझै चिनौं भन्ने लागिरह्यो। र, जतिजति उसलाई चिन्दै गएँ, उतिउति ऊ मनपर्दो हुँदै गइरहेको थियो। तर मेरो नियति, सुमीको अनुकुलमा मात्र म आफ्नो मन परेको मान्छेलाई भेट्न सक्थें। बडो धरापमा थिएँ म। मैले सुमीलाई पनि खुलस्त भन्न सकिरहेकी थिइँन। तर कुनै दिन त भन्नु पर्छ, र भन्छु भन्नेमा थिएँ।

त्यो दिन पनि म उसैगरी सुमीकै बाटो हेरिरहेकी थिएँ। तयार भएर बसेकी थिएँ। ऊ आउनसाथ उत्साहले आफैँ उकासिएँ। मेरा गाला ठाउँ कुठाउँ हरियो चौर बेगर पनि गुलाबी हुन थालेको थियो।
मेरो कोठामा पस्दा नपस्दै उसले भनी, ‘आजबाट नो डेटिङ’

‘किन?’ बडो आश्चर्यचकित मुद्रामा उसलाई हेर्दै भनेँ।

‘ब्रेकअप भो,’ कति सजिलैसित उसले यो भनेकी थिई। त्यसो त उसको सम्बन्ध गाँसिएको पनि सजिलैसित थियो। सम्बन्ध टुटेको हो वा कुनै बस छुटेको हो? उसको लवजमा कुनै फरक थिएन।

‘किन?’, ‘कसरी?’, ‘के भो?’ बरु म उत्तेजित भएकी थिएँ। अतालिएकी थिएँ।

प्रश्नहरु एकसाथ गरेँ। तर उसको जवाफको कुनै अर्थ रहेन। उसको ब्रेकअप भयो। दुई जनाबीचमा ठूलो झगडा भयो रे। र, मेरो फुल्न खोजेको प्रेमको कोपिला त्यही दिन निमोठियो। त्यही पल निमोठियो। मेरो कण्ठबाट केही आवाज निस्कन सकेन। आफूलाई दबाउन पनि सकिनँ। आँखाबाट निकास दिएँ भित्रका बिकार र बिरक्तिहरुलाई। ऊ गइसकेकी थिई। झगडा उनीहरु दुइबीचमा भएको थियो तर त्यसको असर मेरो सिंगो जीवनसम्म आइपुग्यो।

भोलीपल्टदेखि ऊ मेरो घरमा आइन। जापानको प्रोसेसिङ गरिरहेकी छु भन्दै थिई। म एक्लै भएँ। म कहाँको प्रोसेसिङ गरुँ? म जाउँ कहाँ? उसले त सजिलैसित आफूलाई ती दिनहरुको स्मृतीबाट चुँडाली। अक्सर खुकुला सम्बन्धहरुमा मान्छे आफूलाई सजिलै चुँडालेर अघि बढाउन सक्दो रहेछ। म कसरी चुँडालौं आफैँलाई? ऊ त प्रेममै थिई। चुर्लुम्म हुने गरी प्रेममै डुबेकी थिई। म त केवल किनारामा थिएँ। डुब्न त के स्पर्शसमेत ठिकसित हुन पाएको थिएन। के प्रेमको किनारामै बस्नेहरुलाई पनि यति धेरै पीडा हुन्छ? तर, चोट मैलाई बढी लागेको थियो। ऊ त प्रेमलाई जीवनमा लागेको दाग सम्झेर हटाउन सफल भैसकेकी थिई।

दिन बित्छ तर याद मन मस्तिष्कभरी झन्–झन् फिँजिन्छ। बेलुकी उसको बाटो हेर्न अभ्यस्त भैसकेकी थिएँ। हरेक साँझ मेरा लागि छट्पटी लिएर आउँथे। उसले मलाई एउटा सानो लहरो ठानेर तानी। तर, त्यही लहरो बनेकी मेरो जीवनमा पहरो गर्जिर्यो। पहरो मात्र गर्जिएन, यहाँ पहिरै गयो।

सुमीले उसको प्रेमीलाई कत्ति चिनी थाहा छैन। उसको प्रेमीले सुमीलाई कति चिन्यो थाहा छैन। तर मैले उसलाई चिनेभन्दा र उसले मलाई चिनेभन्दा बढी त पक्कै पनि चिन्न सकिन होला।

तीन महिना भयो, उनीहरुको ब्रेक अप भएको। जसको कारण कसैसित जोडिएकी थिएँ, उसैले आफ्नो सम्बन्ध तोडेपछि मैले आफ्नो मनलाई नमोड्नुको औचित्य थिएन। ऊ त उतिखेरै जापान गई, पढ्नलाई भनेर।

तीन महिना ठ्याक्कै भयो। हामीले मोबाइल नम्बर साटासाट गरेका थिएनौँ। कैलेकाँही म उनीहरुको त्यो डेटिङ स्पटमा एक्लै जाने गर्छु। संयोगले ऊसित भेट हुन्छ कि भनेर। तर, ऊ त्यहाँ म गएको समयमा कहिल्यै देखिएन। सायद, म नगएको समयमा ऊ आउँदो हो। या, यो पनि हुन सक्छ, त्यसपछि ऊ त्यहाँ कहिल्यै आएन।

 

प्रतिकृया दिनुहोस

विचार

किनमेल

ग्लोबल

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • मतगणना स्थलमा जे देखियो मतगणना स्थलमा जे देखियो

    सयौं मतपत्र यस्ता थिए, जसमा ल्याप्चे लगाएर भोट हालिएको थियो। पार्टीका उम्मेदवारलाई भोट हालिसकेपछि सोही पदमा उठेका स्वतन्त्र उम्मेदवारलाई पनि भोट हालिएको धेरै पाइयो। जस्तो, रुख वा सूर्य चिह्नमा भोट हालेपछि क्यामरा वा इस्टकोट चिह्नमा मत हाल्नेको संख्या हजारौं थियो।
     

    मानवी पौडेल

  • बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’ बालबालिकाहरुमा लुकेको संबेदनशील समस्या ‘थाइराइडको समस्या’

    बिश्वमा करिब २०० मिलियन भन्दा बढी मानिसहरुमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्याङ्कहरुले देखाएका छन्। यो समस्या मध्ये ५० प्रतिशत बिरामीहरुको जनचेतना नभएको देखिएको छ। बिश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिसहरु आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरुले देखाएको छ।

    डा. बिनोद कुमार साह

  • अमेरिकामा तालिम अमेरिकामा तालिम

    (तिब्बतबाट नेपाल आएपछि गोम्पोले पुनः विवाह गरे। सन् २००८ मा पनि मैले उनलाई भेटेको थिएँ। तिब्बती संस्कारमा मृतक व्यक्तिको नाम नभन्ने चलन छ। त्यो कुरा मलाई त्यतिबेलासम्म थाहा थिएन, थाहा भएको भए सोध्ने पनि थिइनँ। तिब्बती संस्कार थाहा पाएपछि मैले तिब्बतीसँग कुरा गर्दा नाम बताउन मिल्ने भए मात्र बताउनु होला भन्ने गरेको छु। गोम्पोले मृतक आमा र छोरीको नाम बताउँदा आँखाभरि आँसु लिएका थिए। मैले उनको पुरानो घाउ कोट्याएर दुःख दिएँ। मेरै कारण टलपलाएको थियो गोम्पोको आँखामा आँसु। क्षमा गर साङ्गे गोम्पो!)

    श्रीभक्त खनाल

साहित्यपाटी

  • प्रेम, प्लाष्टिकको फूल र बिबाह प्रेम, प्लाष्टिकको फूल र बिबाह

    प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

    महेन्द्र पौडेल

  • वैंशालु मन वैंशालु मन

    'राम्रै मान्छेको हातबाट खान पाएर पनि होला, तामाको अँखोराको पानी मीठो हगी!' एउटाले मुख मिठ्यायो। 'बैँशमा त स्याल पनि घोर्ले हुन्छ भन्छन्। तर यो घोर्ल्याइँ केटा भन्दा केटीमा बढी हुन्छ, किन होला? बैँशालु केटीको छाला नरम, अनुहार उज्यालो र शरीर पनि बान्की पारेको हुन्छ। रुपै नभएका भनिनेहरु पनि केही हदसम्म ध्यान खिच्ने खाल का हुन्छन्। केटाहरुलाई चाँही राम्रो कुराले हतपती पत्याउँदैन। प्रकृतिले नै केटीहरुको केही न केही पक्षपोषण गरेकै हुन्छ।' अर्को जान्ने पल्टियो।

  • मृत्युको सौन्दर्य मृत्युको सौन्दर्य

    मृत्युसँग पनि 
    सौन्दर्यको आयामहरु हुँदोरैछ

    जस्तो कि-
    चुँडिएपछि सयपत्री गलामा झुण्डिन्छ
    चुँडिएपछि लालीगुराँस शिरमा अल्झिन्छ

    नवीन प्यासी

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट